सिन्धुलीमा पुजिगत तर्फ ४३.५५ प्रतिशत बजेट खर्च, प्रदेशको विकास खर्च निकै कमजोर
२० माघ २०७९
•
३ मिनेट पाठ
सिन्धुलीमा पुजिगत तर्फ ४३.५५ प्रतिशत बजेट खर्च, प्रदेशको 
 विकास खर्च निकै कमजोर
सघिय सरकारको तुलनामा यस बर्ष सिन्धुलीमा प्रदेश सरकारले पठाएको विकास बजेट खर्च निकै कम भएको छ।  जिल्लामा संघ र प्रदेश सरकारको गरि जम्मा पुजिगत बजेट ५ अर्ब ४१ करोड १३ लाख ७२ हजार १ सय ४० रुपैया रहेकोमा २ अर्ब ३५ करोड ७० लाख ८० हजार ४ सय ६ रुपैया खर्च भएको छ।




पुस मसान्त सम्म सिन्धुलीमा संघ र प्रदेशको जम्मा बजेटको पुजिगत तर्फ ४३ दशमलब ५५ प्रतिशत खर्च भएको भएको छ। बागमती प्रदेश सरकारले सिन्धुलीमा उपलब्ध गराएको विकास बजेट खर्चको अवस्था भने निकै कमजोर देखिएको छ ।  प्रदेश सरकारले सिन्धुलीका प्रदेश मातहतका कार्यालय मार्फत खर्च गर्ने गरि उपलब्ध गराएको बजेटको हालसम्म ६ दशमलब ९२ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ।  

बागमती प्रदेश सरकार मार्फत सिन्धुलीमा उपलब्ध भएको बजेटको चालु खर्च ३४ दशमलब ११ प्रतिशत हुँदा पुजिगत खर्च निकै कम भएको छ। चालु आर्थिक बर्षमा बागमती प्रदेश सरकारबाट चालु तर्फ १ अर्ब २५ करोड २४ लाख ७६ हजार ६ सय २१ रुपैया विनियोजन गरेकोमा ४२ करोड ७२ लाख ४६ हजार ६ सय ३० रुपैया खर्च भएको छ भने पुजिगत बजेट तर्फ २ अर्ब २७ करोड ९९ लाख २१ हजार विनियोजित भएकोमा हालसम्म १५ करोड ७८ लाख ४२ हजार ४ सय १९ रुपैया मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका प्रमुख हिरालाल भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार प्रदेशको तुलनामा संघिय सरकारको बजेटको खर्च निकै माथि छ। संघिय सरकारले सिन्धुलीमा ३ अर्ब १३ करोड १४ लाख ५१ हजार १ सय ४० रुपैया बजेट उपलब्ध गराएकोमा हालसम्म २ अर्ब ४३ करोड १२ लाख ३७ हजार ९ सय ८७ रुपैया खर्च भइसकेको छ। हालसम्म ७४ दशमलब ७६ प्रतिशत बजेट खर्च भएको तथ्याङक छ। यस्तै चालु तर्फ संघिय सरकारको ४९ दशमलब ५३ प्रतिशत बजेट खर्च भएको छ। सरकारले ६ अर्ब ६१ करोड ४७ लाख १० हजार ७ सय ९० रुपैया चालु तर्फ संघिय सरकारले सिन्धुलीलाई उपलब्ध गराएकोमा हालसम्म ३ अर्ब २७ करोड ६३ लाख ५७ हजार ४ सय ७२ रुपैया बजेट खर्च भएको कोलेनीका प्रमुख भण्डारीले जानकारी दिए।  

भण्डारीका अनुसार प्रदेश तर्फको बजेट न्युन खर्च हुनुमा निर्वाचन चाडपर्व लगायतका कारणले खर्चमा ढिलाई भएको हुनसक्ने अनुमान गरिएको छ। यस्तै संघ तर्फ सुनकोसी मरिण डाइभर्सन आयोजनाको काम तिब्र भएकाले सोही अनुसार भुक्तानी भएकाले संघ तर्फको खर्च बढी भएको देखिएको छ। प्रदेश तर्फको हालसम्म कम्तिमा ३० प्रतिशत माथि खर्च हुनुपर्ने हो चालु आर्थिक बर्षमा निकै कम खर्च भएको छ उनले भने। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार कमलामाई नगरपालिकाको २६ करोड ३२ लाख ७८ हजार रहेकोमा ७ करोड ३९ लाख खर्च गर्न कोलेनिका मार्फत निकासा भएको छ। यस्तै २१ करोड ५३ लाख ६७ हजार बजेट रहेको दुधौली नगरपालिकामा हालसम्म १२ करोड ६० लाख ६६ हजार निकासा भएको छ।  

यसैगरि गोलञ्जोर गाँउपालिकामा १० करोड २२ लाख १० हजारमा ५ करोड ६४ लाख ५६ हजार गइसकेको छ। घ्यालेख गाँउपालिकामा ४ करोड २८ लाख ९२ हजारमा १ करोड २२ लाख ८४ हजार रुपैया निकासा भएको छ। तीनपाटन गाँउपालिकाको १३ करोड ७८ लाख १४ हजारमा ३ करोड ९२ लाख रुपैया गएको छ भने फिक्कलको ५ करोड २४ लाख ६७ हजारमा ३ करोड ७ लाख १५ हजार गएको छ। यसैगरि मरिण गाँउपालिकाको ७ करोड २ लाख ६१ हजारमा २ करोड ९ लाख १ हजार गएको र ११ करोड १८ लाखमा ३ करोड २ लाख ६२ हजार गएको भने हरिहरपुरगढी गाँउपालिकामा ६ करोड ७ लाख ८० हजारमा ३ करोड ५६ लाख २३ हजार रुपैया कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार कोलेनिकाबाट निकासा गरिएको भएपनि कति खर्च गरे वा गरेनन् भन्ने स्थानिय तहको तथ्याङ कोलेनिकामा भने आउदैन।  
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२० मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस