सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित
१९ माघ २०७९
•
४ मिनेट पाठ
सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद, मन्त्रीसहितका पद गुमाएका लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता कायम रहेको प्रमाणपत्र लिएपछि उनलाई फेरि पुरानै मन्त्रालय दिएर सरकारमा फर्काउन सत्ता साझेदार दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री दाहालमाथि दबाब बढाइरहेका छन्।




संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेकेर एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामिछानेलाई पुरानै जिम्मेवारी उपप्रधान तथा गृहमन्त्रीमा फर्काउनुपर्ने पक्षमा उभिएका छन्। ओलीले बुधबार पनि प्रधानमन्त्री दाहाललाई भेटेर लामिछानेलाई पुरानै जिम्मेवारी दिएर सरकारमा ल्याउन दबाबमूलक आग्रह गरे। राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले पनि बुधबार प्रधानमन्त्री दाहाललाई भेटेर लामिछानेलाई गृहमन्त्रीसहित फेरि सरकारमा ल्याउन आग्रह गरे। उनले ओलीभन्दा अगाडि दाहाललाई भेटेर यस्तो आग्रह गरेका हुन्। रास्वपाका नेताले पनि लामिछानेलाई पुरानै जिम्मेवारीमा सरकारमा सहभागी नगराए समर्थन फिर्ता लिने अवस्था आउन सक्ने बताउँदै आएका छन्।

एकपछि अर्को गर्दै सत्ता साझेदार दलहरूबाट प्रधानमन्त्री दाहालमािथ दबाब सिर्जना गर्ने प्रयास भइरहेको जानकारी दिँदै निकट स्रोतले भन्यो, ‘यसले प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रलाई थप झस्काउने काम गरेको छ।’ लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्ण पाठ नआउँदै उनलाई पुरानै जिम्मेवारीसहित सरकारमा फर्काउन सत्ता साझेदार दलहरूबाट आएको दबाबलाई माओवादीले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दीको प्रयासका रूपमा विश्लेषण गरेको छ। ‘रवि (रवि लामिछाने) ले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता कायम गरेपछि स्वयंले प्रधानमन्त्रीलाई भेटेर पुरानै जिम्मेवारीमा फर्काउन अग्रह गर्नुभयो। सत्ता साझेदार अन्य दलका नेताले पनि ६ महिनाका लागि गैरसांसदलाई मन्त्री बनाउन सकिन्छ, लामिछानेलाई पुरानै जिम्मेवारी दिएर सरकारमा लैजानुस् भनेर दबाब दिइरहेका छन्,’ प्रधानमन्त्री दाहाल निकट स्रोतले भन्यो। सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएको र एकपटक दाग लागेको व्यक्तिलाई फेरि सोही पद दिन नसकिने प्रधानमन्त्री दाहालको तर्क छ। दाहालले लामिछाने र ओलीलाई पनि यही कुरा भनेको स्रोतको दाबी छ। दाहाल निकट एक नेताले भने, ‘निर्वाचन वा अर्को प्रक्रियाबाट नआएसम्म लामिछानेलाई सरकारमा सहभागी गराउन सकिंदैन र त्यो नैतिक कुरा पनि हुँदैन भन्नेमा प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ।’

प्रधानमन्त्री दाहाल कुनै पनि मूल्यमा तत्काल लामिछानेलाई सरकारमा सहभागी गराउने पक्षमा नरहेको दाबी गर्दै ती नेतले भने, ‘पार्टी (माओवादी) ले पनि गृह मन्त्रालय कुनै पनि हालतमा नछाड्न प्रधानमन्त्री दाहाललाई भनेको छ।’ लामिछाने सरकारबाट बाहिरिएपछि गृह मन्त्रालय प्रधानमन्त्री स्वयंले हेर्दै आएका छन्। माओवादीको बैठकले पनि लामिछानेलाई तत्काल सरकार नफर्काउन पार्टीअध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई सुझाव दिएको छ। ‘पार्टीले उहाँलाई स्पष्ट निर्देश गरिसकेको छ,’ स्रोतले भन्यो, ‘गठबन्धन जोगाउने नाममा पार्टी समाप्त गर्नु हुँदैन भनेका छौं।’  

प्रधानमन्त्री दाहालले बुधबार ओली र लिङ्देनसँगको छलफलपछि आफ्नो पार्टीका केही नेतासँग छलफल गरेका छन्। सत्ता साझेदार दलबाटै आफूविरुद्ध मोर्चाबन्दीको प्रयास भइरहेको भन्दै दाहालले कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीका केही नेतासँग सुझाव मागेको स्रोतको दाबी छ। आउने परिस्थितिको सामना गर्ने तर गृह मन्त्रालय पनि नछाड्ने र लामिछनेलाई पनि तत्काल सरकारमा नल्याउने निष्कर्षमा माओवादी पुगेको स्रोतले बतायो। स्रोतले थप्यो, ‘लामिछानेले फेरि चुनाव जितेर आए अर्कै कुरा हो।’

एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष लिङ्देन, रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर पूर्वसहमतिअनुसार मन्त्रालय र मन्त्री नदिए सत्ता गठबन्धन टुट्न सक्ने भन्दै दबाब दिँदै आएको निकट एक नेताले बताए। सत्ता गठबन्धन दलले गृह मन्त्रालयलाई देखाएर प्रधानमन्त्री दाहाल नेपाली कांग्रेससहितको पुरानो गठबन्धनलाई ब्युँताउने प्रयासमा रहेको आरोप लगाउँदै आएका छन्। एमालेलाई राष्ट्रपति दिने समझदारीबाट अहिले माओवादी पछि हटेको बताउँदै ओली निकट एक नेताले भने, ‘माओवादी अहिलेको गठबन्धनप्रति इमानदार देखिएको छैन।’ माओवादीले राष्ट्रपति गणतन्त्रको प्रतिक र साझा पद भएको भन्दै राष्ट्रिय सहमति कायम गरेर दलभन्दा माथिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ।
अर्को समाचार
सहकारी ठगीमा श्रममन्त्री अर्याल पनि?
२० चैत्र २०८०
•
२ मिनेट पाठ
सहकारी ठगीमा श्रममन्त्री अर्याल पनि?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागिरहेको बेला सोही पार्टीका अर्का उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएका छन्।




श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका अर्याल ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड रुपैयाँ बढी रकम फिर्ता पाएनन्। सहकारीले निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई गत माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ। अर्याल मात्र नभएर रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सो सहकारीको सञ्चालक थिए। अर्याल उपाध्यक्ष हुँदा सहकारीको अध्यक्ष सूर्य गुरुङ थिए।

अर्याल उपाध्यक्ष छँदै २६ जना निक्षेपकर्ताले रकम फिर्ता माग गर्दै आवेदन दिएका थिए। सहकारीबाट रकम नपाएपछि निक्षेपकर्ताले सहकारी विभागमा उजुरी दर्ता गराएका थिए। सहकारीको उपाध्यक्ष रहँदा रास्वपाका अध्यक्ष लामिछानेका तत्कालीन व्यवसायी साझेदार जिबी राईलाई सहकारीमा भित्र्याएर २०७९ मा अर्याल बाहिरिएका थिए। राजनीतिमा सक्रिय भएपछि उनले सहकारी छाडेका थिए।

‘डिपीजीले नै जिबी राईलाई सहकारीमा ल्याउनुभयो,’ एक सञ्चालकले भने, ‘उहाँ छँदै सहकारी समस्यामा परेको थियो।’ सूर्य गुरुङको कार्यकाल बाँकी छँदै जिबी राई आएपछि गुरुङले सहकारीको सञ्चालक समिति छाडेका थिए।

सहकारी ऐन, नियम, मूल्यमान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क), देखि (च) सम्मको विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम हाम्रो नयाँ कृषि सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको मन्त्रालयले जनाएको छ।

‘हाम्रो नयाँ कृषि सहकारी संस्था’मा ३४ जनाको करिब चार करोड रुपैयाँ बढी निक्षेप फिर्ता नपाएको भन्दै उजुरी परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेलले बताए। ‘अनुसन्धानका लागि सहकारीका कागजात नियन्त्रण गरेर सिल गरेका छौं,’ सदस्य सचिव पौडेलले भने, ‘अहिले फाइल अध्ययन गर्ने काम भइरहेको छ।’

जिबीलाई ल्याएपछि अर्यालको टिम सहकारीबाट बाहिरिँदा पीडितले सहकारीको निक्षेप फिर्ता पाउनुपर्ने भन्दै विभागमा उजुरी दर्ता गरेका थिए। सहकारीमा आफू उपाध्यक्ष बसेको रास्वपा उपसभापति तथा श्रममन्त्री अर्यालले स्वीकार गरे।

‘हाम्रो नयाँ कृषि सहकारी म उपाध्यक्ष भएको थिएँ,’ अर्यालले भने, ‘मेरो २३ लाख रुपैयाँ लगानी पनि छ।’ आफू सहकारीको उपाध्यक्ष भए पनि कुनै कारोबार नगरेको र २०७९ सालमा त्यहाँबाट बाहिरिएको अर्यालले बताए। ‘राजीनामा दिएर सहकारीबाट बाहिरिएको हुँ,’ अर्यालले भने, ‘सहकारीमा हुँदा कुनै समस्या थिएन।’ अर्यालको दाबी सहकारी निक्षेपकर्ता स्वीकार गर्न तयार छैनन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
यो पनि पढौँ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस