पौडेलले मागे पाँच मन्त्री, देउवाले चार दिने
०८ भदौ २०७३
•
६ मिनेट पाठ
पौडेलले मागे पाँच मन्त्री, देउवाले चार दिने
फाइल तस्बिर ।
काठमाडौं– नेपाली कांग्रेसमा गुटगत रुपमा भागवण्डा नमिल्दा मन्त्री छान्न सकस भएको छ। कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारका आफ्नोतर्फबाट पाँच मन्त्री बनाउनुपर्ने सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । तर सभापति देउवाले भने पौडेललाई चारमन्त्री दिन तयार भएका छन्।




जिल्ला सभापतिहरुको सम्मानमा महामन्त्री शशांक कोइरालाले मंगलबार आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रमका क्रममा भएको भेटमा पौडेलले आफ्नो पक्षको सम्मानजनक सहभागिता खोजेका हुन् ।

शशांक निवासमा दुई नेताबीच भएको छुट्टै भेटमा सभापति देउवाले सरकारमा सहभागी गराउने तीन नेताको नाम पौडेलसँग मागेका थिए । तर, पौडेलले त्यसप्रति असन्तुष्टि जनाउँदै कम्तीमा पाँच जना आफ्नो पक्षले पाउनुपर्ने दाबी गरेको स्रोतको दाबी छ ।

कांग्रेस समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बनेको एक महिना बित्न लाग्दा सरकारमा सहभागितासहित अन्य विषयमा पार्टीभित्र छलफल नभएको भन्दै पौडेलले असन्तुष्टि जनाएका थिए । शशांक निवासमा दुई नेताबीच भएको छुट्टै भेटमा सभापति देउवाले सरकारमा सहभागी गराउने तीन नेताको नाम पौडेलसँग मागेका थिए । तर, पौडेलले त्यसप्रति असन्तुष्टि जनाउँदै कम्तीमा पाँच जना आफ्नो पक्षले पाउनुपर्ने दाबी गरेको स्रोतको दाबी छ ।

‘सुरुमा तीन भने पनि उहाँ (सभापति) चार जनासम्म दिन तयार देखिनुभएको छ,’ पौडेलनिकट स्रोतले भन्यो, ‘निकट पदाधिकारी र पूर्वपदाधिकारीले पाँच जना नै चाहिने अडान दोहोर्याएको छ ।’

पौडेलले आफ्नो पक्षलाई सम्मानजनक रुपमा सहभागिता नगराए आफ्नो ढंगले अघि बढ्न सभापति देउवालाई भनेका छन् । सहमतिबाटै आफू अघि बढ्ने पक्षमा रहेको जनाउँदै देउवाले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पौडेलको निवासमा नै पठाउने आश्वासन दिएका थिए ।

त्यसपछि भएको निकट पदाधिकारी र पूर्वपदाधिकारी छलफलले निधिसँग भन्दा सभापति देउवासँगै सरकारसहित सबै विषयमा छलफल गर्ने निष्कर्ष निकालको थियो । तर, साँझ निधिले नेता पौडेललाई निवासमै गएर भेटेलगत्तै उनले निकट नेताहरुको बैठक बुधबार बिहानका लागि बोलाएका  थिए। बुधबार बसेको पौडेल पक्षको भेलाले पाँच जना मन्त्री पाउनुपर्ने अडान दोहोर्याएको छ।  

सभापति  देउवा आफूनिकट नेतासहित पौडेल पक्षका तीन नेतालाई सहभागी गराएर आजै थप नेतालाई सरकारमा पठाउने तयारीमा छन् । सभापति देउवाले स्वास्थ्य उपचारका लागि शुक्रबार विदेश निस्कने तयारी गरेकाले पनि कांग्रेसले सरकारमा सहभागी गराउने थप नेताको नाम पठाउन ढिलो नगर्ने भएको हो ।

देउवा अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केशवकुमार बुढाथोकी, नवीन्द्रराज जोशी र दीपक गिरीलाई सरकारमा पठाउने तयारीमा छन् । परराष्ट्र मन्त्रालय पाए नेता शेखर कोइराला पनि सरकारमा सहभागी हुनेछन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट गगनकुमार थापा र भीमसेनदास प्रधानमध्ये एक जना सहभागी हुनेछन् । यादव, जोशी र गिरी पौडेलनिकट हुन् भने शेखरले आफू कोटाबाट मन्त्री नहुने जनाउँदै आएका छन् ।

उपप्रधानमन्त्रीसहित १३ मन्त्रालय भाग पाएको कांग्रेसमा मन्त्री बन्न भीष्मराज आङ्दम्बे, शंकर भण्डारी, अम्बिका बस्नेत, मीन विक, रामकृष्ण यादव, किरण यादव, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी, जीवन परियार, तारामान गुरुङ, दिर्घराज भाट, अब्दुल रज्जाक, रामहरि खतिवडासहितका नेता सक्रिय छन् । भाट, गुरुङसहितका नेता राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

दाहालले प्रधानमन्त्रीको शपथ लिएकै दिन कांग्रेसबाट निधि र रमेश लेखक सरकारमा सहभागी भइसकेका छन् । नेपाल विद्यार्थी संघको महाधिवेशनलाई देखाउँदै कांग्रेसले सरकारमा सहभागी हुने थप नेताको सूची प्रधानमन्त्रीलाई दिन ढिला गरेको हो ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
यो पनि पढौँ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस