गण्डकी सरकारले पायो पूर्णता
११ माघ २०७९
•
३ मिनेट पाठ
गण्डकी सरकारले पायो पूर्णता
गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरू शपथ लिँदै। तस्बिर: सन्देश/नागरिक
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिब आधा महिनापछि मन्त्रिपरिषद्ले मंगलबार पूर्णता पाएको हो। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक/एक जना मन्त्री नियुक्त गरेका थिए। मन्त्री नियुक्त गरेपनि उनीहरूलाई जिम्मेवारी नदिई विनाविभागीय मन्त्री बनाएर राखिएको थियो।




दलहरूबीच गाण्डकीमा बनाइने मन्त्रालयको संख्या र कसले कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति हुन सकेको थिएन। तर करीब आधा महिनाको रस्साकस्सी र प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई/दुईपटक भेटेपछि मुख्यमन्त्री अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। उनले यसअघि १२ मन्त्रालय रहेको गण्डकीमा ५ मन्त्रालय घटाएर ७ मा छन्।

मुख्यमन्त्री अधिकारीले मंगलबार तीन मन्त्री थप गर्दै मन्त्रिपरिषद् संख्या ७ पुर्‍याएका छन्। मंगलबार उनले एमालेका दुई र माओवादी केन्द्रका एकसहित तीन मन्त्री थप गरे। उनले एमालका रोशन गाहामगर र वेदबहादुर गुरुङ (श्याम) तथा माओवादी केन्द्रबाट रेशम जुग्गालीलाई मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले मंगलबार साँझ नै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका छन्। यसअघि माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री भइसकेका छन्।

मन्त्रिपरिषद्ले पूर्णता पाउँदा एमालेको भागमा परेको आर्थिक मामिला मन्त्रालयमा रोसन गाहा मगर, सीताकुमारी सुन्दासलाई आन्तरिक मामिला तथा कानुन र बेदबहादुर गुरुङ (श्याम)लाई कृषि तथा जलस्रोत मन्त्रालय दिने पार्टीमा सहमति भएको थियो। सोअनुसार नियुक्त भएका मन्त्रीहरू सपथ लिन जाँदै थिए। तर बाटोमा जाँदाजाँदै मुख्यमन्त्री अधिकारीले जिम्मेवारी हेरफेर गर्दै आर्थिक मामिला मन्त्रालय सुन्दासलाई दिएर आन्तरिक मामिला तथा कानुनमन्त्रीमा गाहा मगरलाई दिए भने गुरुङको मन्त्रालय यथावत राखेका थिए।

पार्टीमा भएको सहमतिअनुसार मन्त्रालय नपाएपछि शपथ लिन पुगेका गाहा मगर केहीबेर अलमलमा परेका थिए। सुरुमा शपथ नलिने अडानमा रहेका गाहा मगरले अन्तिममा शपथ भने लिएका छन्। यसअघि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मन्त्री दिने भनेर बोलाएपछि गृहजिल्ला नवलपुरबाट दुई गाडी आफन्त र शुभचिन्तक लिएर पोखरा आउने क्रममा बाटोमै उनलाई दिने भनिएको जिम्मेवारी अर्कैलाई दिएपछि उनी जिल्ल परेर फर्केका थिए।

मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार विकास र रेशम जुग्जाली मगरलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् भने राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

योसँगै गण्डकी प्रदेशमा मन्त्रालय संख्या १२ बाट घटाएर ७ मा झारिएको छ। तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकीमा आफ्नो सरकार बचाउन ११ मन्त्रालय बनाएका थिए। मन्त्रालयको संख्या बढाए पनि तत्कालीन गुरुङ सरकार ढलेपछि बनेको वाम–लोकतान्त्रिक सरकारले एक मन्त्रालय थपेर गण्डकीमा मन्त्रालय संख्या १२ पुर्‍याएको थियो। जसका कारण भाग मिलाउन मन्त्रालय बढाएर फजुल खर्च गरेको भन्दै व्यापक आलोचना भयो। सोही कारण संघीयताको औचित्य माथि नै प्रश्न चिह्न उठाउने र संघीयता खारेजीको आवाजसमेत उठ्न थालेको थियो।

ताजा जनादेशसँगै एमाले र माओवादीको पुर्नमिलन भएपछि बनेको खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले मन्त्रालय घटाउने तयारी गरेको थियो। आलोचनाबाट बच्दै आफ्नो सरकारप्रति नकारात्मक दृष्टिकोण नआओस् भन्ने उद्देश्यले अधिकारीले सुरुदेखि नै मन्त्रालय घटाउने बताउँदै आएका थिए। मन्त्रालय घटाउने कुरामा सत्तारुढ दलहरूबीच सहमति भएपनि मन्त्रालय कति बनाउने भन्नेबारेमा मतैक्यता थिएन। मुख्यमन्त्री अधिकारी मन्त्रालय घटाएर सातमा झार्ने योजनामा भए पनि उनकै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ९ मन्त्रालय बनाउन दबाब दिँदै आएका थिए। तर पछिल्लो केही दिनयता दैनिक रूपमा भएको सघन छलफलले मन्त्रालय संख्या ७ मा झार्ने सहमति भएको थियो।
अर्को समाचार
करिव आधा महिनापछि गण्डकी सरकारले पायो पूर्णता
१० माघ २०७९
•
३ मिनेट पाठ
करिव आधा महिनापछि गण्डकी सरकारले पायो पूर्णता
गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरु सपथ लिदै। तस्बिर: सन्देश/नागरिक
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिव आधा महिनापछि मन्त्री परिषदले मंगलबार पूर्णता पाएको हो।




प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक÷एक जना मन्त्री नियुक्त गरेका थिए। मन्त्री नियुक्त गरेपनि उनीहरुलाई जिम्मेवारी नदिई बिना विभागीय मन्त्री बनाएर राखिएको थियो।

दलहरुबीच गाण्डकीमा बनाइने मन्त्रालयको संख्या र कसले कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति हुन सकेको थिएन। तर करीब आधा महिनाको रस्साकस्सी र प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई/दुई पटक भेटेपछि मुख्यमन्त्री अधिकारीले मंगलबार मन्त्री परिषदलाई पूर्णता दिएका हुन्। उनले यसअघि १२ मन्त्रालय रहेको गण्डकीमा ५ मन्त्रालय घटाएर ७ मन्त्रालयमा झारेका छन्।

मुख्यमन्त्री अधिकारीले मंगलबार तीन मन्त्री थप गर्दै मन्त्री परिषद संख्या ७ पु¥याएका छन्। मंगलबार उनले एमालेका दुई र माओवादी केन्द्रका एकसहित तीन मन्त्री थप गरे। उनले एमालका रोशन गाहामगर र वेदबहादुर गुरुङ (श्याम) तथा माओवादी केन्द्रबाट रेशम जुग्गालीलाई मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ नै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका छन्। यसअघि माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री भइसकेका छन्।

मन्त्री परिषदले पूर्णता पाउँदा एमालेको भागमा परेको आर्थिक मामिला मन्त्रालयमा रोसन गाहा मगर, सीताकुमारी सुन्दासलाई आन्तरिक मामिला तथा कानुन र बेदबहादुर गुरुङ (श्याम)लाई कृषि तथा जलश्रोत मन्त्रालय दिने पार्टीमा सहमति भएको थियो। सो अनुसार नियुक्त भएका मन्त्रीहरु सपथ लिन जाँदै थिए। तर बाटोमा जाँदाजाँदै मुख्यमन्त्री अधिकारीले जिम्मेवारी हेरफेर गर्दै आर्थिक मामिला मन्त्रालय सुन्दासलाई दिएर आन्तरिक मामिला तथा कानून मन्त्रीमा गाहा मगरलाई दिए भने गुरुङको मन्त्रालय यथावत राखेका थिए।

पार्टीमा भएको सहमति अनुसार मन्त्रालय नपाएपछि सपथ लिन पुगेका गाहा मगर केहिबेर अलमलमा परेका थिए। शुरुमा सपथ नलिने अडानमा रहेका गाहा मगरले अन्तिममा सपथ भने लिएका छन्। यसअघि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलेपनि उनलाई यसरी नै लोप्पा खुवाएका थिए। मन्त्री दिने भनेर बोलाएपछि गृहजिल्ला नवलपुरबाट दुई गाडी आफन्त र शुभचिन्तक लिएर पोखरा आउने क्रममा बाटोमै उनलाई दिने भनिएको जिम्मेवारी अर्कैलाई दिएपछि उनी जिल्ल परेर फर्केका थिए।

मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार विकास र रेशम जुग्जाली मगरलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् भने राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

योसँगै गण्डकी प्रदेशमा मन्त्रालय संख्या १२ बाट घटाएर ७ मा झारिएको छ। तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकीमा आफ्नो सरकार बचाउन ११ मन्त्रालय बनाएका थिए। मन्त्रालयको संख्या बढाएपनि तत्कालीन गुरुङ सरकार ढलेपछि बनेको वाम–लोकतान्त्रिक सरकारले एक मन्त्रालय थपेर गण्डकीमा मन्त्रालय संख्या १२ पु¥याएको थियो। जसका कारण भागशान्ती गर्न मन्त्रालय बढाएर फजूल खर्च गरेको भन्दै व्यापक आलोचना भयो। सोहि कारण संघीयताको औचित्य माथि नै प्रश्न चिह्न उठाउने र संघीयता खारेजीको आवाजसमेत उठ्न थालेको थियो।

ताजा जनादेशसँगै एमाले र माओवादीको पुर्नमिलन भएपछि बनेको खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले मन्त्रालय घटाउने तयारी गरेको थियो। आलोचनाबाट बच्दै आफ्नो सरकारप्रति नकारात्मक दृष्टिकोण नआओस् भन्ने उद्देश्यले अधिकारीले शुरुदेखि नै मन्त्रालय घटाउने बताउँदै आएका थिए। मन्त्रालय घटाउने कुरामा सत्तारुढ दलहरुबीच सहमति भएपनि मन्त्रालय कति बनाउने भन्नेबारेमा मतैक्यता थिएन। मुख्यमन्त्री अधिकारी मन्त्रालय घटाएर सातमा झार्ने योजनामा भएपनि उनकै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ९ मन्त्रालय बनाउन दवाब दिदै आएका थिए। तर पछिल्लो केहि दिनयता दैनिक रुपमा भएको सघन छलफलले मन्त्रालय संख्या ७ मा झार्ने सहमति भएको थियो।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस