सरकारी कार्यक्रम मोर्चा कार्यकर्ताले बिथोले
१० साउन २०७३
•
४ मिनेट पाठ
सरकारी कार्यक्रम मोर्चा कार्यकर्ताले बिथोले
रौतहट–स्थानीय तह पुनसंरचनासम्बन्धी कार्यक्रमलाई संघीय गठबन्धनका कार्यकर्ताहरुले बिथोलेका छन्। रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाकक्षमा सोमबार आयोजित कार्यशालालाई संघीय गठबन्धनका कार्यकर्ताहरुले विथोलेका छन्। स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति रौतहटद्वारा आयोजित जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठीलाई गठबन्धनका कार्यकर्ताले सीमांकनको टुंगो नलागेसम्म यस्ता कार्यको कुनै औचित्य नरहेको भन्दै विथोलेका हुन्।




समितिको कार्यालयले सोमबारदेखि विभिन्न चरणमा कार्यक्रम गर्ने सूची प्रकाशित गरेर कार्य आरम्भ गर्दा संघीय गठबन्धनका कार्यकर्ताहरुले मधेस विरोधी कार्यक्रम हुन नदिने तथा हिमाल, पहाड र तराईमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका एक समान हुनुपर्ने माग गर्दै नाराबाजीसमेत गरेर कार्यकर्ताले कार्यक्रमलाई विथोलेका हुन्।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रेबन्त झाले जनता विरोधी ऐन कानुन ल्याएर जनता जनतालाई लडाउने कार्य गरेको तथा मधेसी शान्त बसेको बेला पुनः राज्य पक्षबाट लडाउने ऐनलाई नमान्ने भन्दै कार्यक्रम विथोलेको बताए। प्रहरी प्रशासनको बलमा ऐन कानुन ल्याएमा मुलुकमा ठूलो दुर्घटना हुने संकेत दिदै केन्द्रीय सदस्य झाले संविधानमा संशोधन एवं पुनर्लेखन नहुँदासम्म यस्ता कार्यक्रमहरुको औचित्य नभएको आरोप लगाएका छन्।

तमलोपाका नेता अनिलकुमार सिंहले पुरानो सरकार ढलिसकेको अवस्थामा त्यसका अवशेषहरुद्वारा ल्याइएका मधेस विरोधी कार्यलाई मधेशी जनता कहिल्यै स्वीकार नगर्ने चेतावनी दिँदै ६ महिने मधेश आन्दोलनबाट अलिकति पनि राज्य सत्ताधारी मधेसको भावना बुझने कार्य नगरेकोमा त्यसका हरेक कार्यक्रमहरु विथोल्ने चेतावनी दिएका छन्।

पुनसंरचना सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी उमेश बस्नेतले कार्यक्रमको उद्देश्यमाथि चर्चा गर्दै २ नम्वर प्रदेशको रौतहटमा पहिलो पटक आयोजना गरिएको यसबाट जनताहरु लाभान्वित हुने तथा गाविसमा आउँदै गरेको बजेट गाउँ पालिकामा जाने बताएपछि गठबन्धनका कार्यकर्ताहरु कार्यक्रम विथोलेर जबरजस्ती कार्यक्रम स्थगित भएको सूचना स्थानीय विकास अधिकारी बस्नेतसँग बोल्न लगाए थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि बराल, नेपाल प्रहरीका एसपी गणेश रेग्मी, पुर्व स्वास्थ्य राज्य मन्त्री ब्रजकिशोर सिंह, पुर्व साँसद कृष्णाप्रसाद यादव लगायतका उल्लेख्य संख्यामा गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रम स्थलमा सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
९ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस