देउवा फेरि सक्रिय
२२ पौष २०७९
•
३ मिनेट पाठ
देउवा फेरि सक्रिय
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले गुमाएको भन्दै पार्टीभित्र आलोचना भइरहेका बेला उनले सरकारमा सहभागी हुने वा नहुने अलमलमा रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटेर छलफल गरेका छन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेसमेतको सहयोगमा प्रधानमन्त्री बनेपछि देउवा असन्तुष्ट छन्।




संविधानको धारा ७६ (२ ) अनुसार प्रधानमन्त्री भएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। विश्वासको मतका विषयमा राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जसपा अध्यक्ष यादवसँग छलफल गरेका हुन्। यादवसहितका दललाई विश्वासमा लिएर तत्कालै नयाँ सरकारको नेतृत्व गर्न सकिन्छ कि भन्ने गृहकार्यमा कांग्रेस जुटेको स्रोतको दाबी छ। दाहाल नेतृत्वमा सरकार बनेपछि केही दिन सुस्ताएका देउवाको यो राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मान्न सकिन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुन चाहे पनि तत्कालीन राजा ज्ञानेन्द्र शाह त्यसको विपक्षमा देखिएका छन्। सर्तसहित सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए। कार्यसम्पादन समितिका धेरैजसो नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएपछि राप्रपाले सर्तसहित सहभागिता जनाउने निर्णय गरेको हो। त्यसलगत्तै राप्रपाका रवीन्द्र मिश्रसहितका नेताले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए। राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन (पुस २७ गते) सार्वजनिक बिदा र चारवटा मन्त्रालय दिइनुपर्ने सर्त राखेको छ।  

दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै शीतल निवास पुगेका राजनीतिक दलले नै विश्वासको मत नदिने त होइनन् भन्ने आशंका गर्न थालिएको छ। दाहालले २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गनुपर्ने व्यवस्था छ। यसरी बन्ने प्रधानमन्त्रीले पनि एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।  

कांग्रेसका नेताहरू मुलुकको सत्ता राजनीतिलाई संविधानको धारा ७६ (३) को अवस्थामा पुर्‍याएर फेरि सत्तारोहण गर्न सकिन्छ कि भन्ने कसरतमा लागेको निकट स्रोतहरूको दाबी छ। यो कसरतमा पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय छन्। मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको औंल्याउँदै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि माओवादीसहितको पुरानो गठबन्धनलाई कायम गर्ने वा अन्य विभिन्न विकल्पमा जाने भन्ने विषयमा छलफल गरिरहेको स्रोतको दाबी छ।  

यसैबीच कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि नयाँदिल्ली पुगेका छन्। निधिले भने भारतीय नेता डिपी त्रिपाठीको निधनको वार्षिकीमा सहभागी हुन नयाँदिल्ली आइपुगेको बताएका छन्। नयाँदिल्लीमा शुक्रबार आयोजना हुने त्रिपाठीको स्मृति कार्यक्रममा सहभागी भएर आइतबार काठमाडौं फर्कने तयारीमा रहेका निधिले भने, ‘डिपीजीसँग मेरो पुरानो सम्बन्ध भएकाले स्मृति दिवसमा सहभागी हुन यहाँ आएको हुँ। राजनीतिक भेटघाटको कार्यक्रम तय भइसकेको छैन तर हुन पनि सक्छ।’ पार्टी सभापति देउवालाई जानकारी गराएर निधि नयाँदिल्ली गएका हुन्।
अर्को समाचार
कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय
१३ कार्तिक २०८३
•
३ मिनेट पाठ
कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय
नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसक्दा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला देउवा समूहले जिल्ला अधिवेशनलाई पनि निरन्तरता दिएको छ।




देउवा समूहले सिन्धुपाल्चोकमा कात्तिक १६ गते जिल्ला अधिवेशन गर्ने भएको छ। पूर्वमन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा उनको गृहनगर बाह्रबिसेमा अधिवेशन हुन लागेको हो। अधिवेशनको उद्घाटन बस्नेतले गर्ने कार्यक्रम छ।

बस्नेतले अधिवेशनमा सहभागी हुन आफू निकट नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। संस्थापन पक्षले केन्द्रीय महाधिवेशन गरिसकेको भए पनि देउवा समूहले सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन गर्न लागेको हो।

यो अधिवेशनलाई देउवा समूहले आफ्नो संगठनात्मक गतिविधि निरन्तरता दिने प्रयासका रूपमा हेरिएको छ। पार्टीको आधिकारिक संरचनाभन्दा अलग रहेर जिल्ला तहमा गतिविधि अघि बढाउनुले कांग्रेसभित्रको विभाजन र समानान्तर संगठन सञ्चालनको अवस्थालाई थप स्पष्ट पारेको छ।

देउवा समूहको घोषित कार्यतालिकाअनुसार कात्तिक १५ गते देशभर जिल्ला अधिवेशन गर्ने तयारी छ। तर केही जिल्लामा स्थानीय परिस्थितिअनुसार मिति परिवर्तन गरिएको छ। यसअघि समूहले सङ्खुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी र रोल्पामा जिल्ला अधिवेशन सम्पन्न गरेको विवरण सार्वजनिक गरेको थियो।  

यसैगरी, काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते गर्ने तयारी छ। अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।  

देउवा समूहले मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। यसअघि वडा, पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढाइएको थियो।  

अर्कोतर्फ, गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ। संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरे पनि जिल्ला र प्रदेश तहका अधिवेशन नगरी नेतृत्व चयन गरेको थियो। देउवा समूहले भने तल्लो तहदेखि नै अधिवेशन गरेर छुट्टै केन्द्रीय नेतृत्व चयन गर्ने रणनीति अघि सारेको छ।  

यसबीच सभापति गगन थापाले देउवा समूहलाई अलग्गै महाधिवेशन नगर्न र पार्टीको मूल प्रक्रियामा सहभागी हुन आग्रह गर्दै आएका छन्। उनले पार्टीभित्र एकताका लागि आफू लचिलो हुन तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। तर देउवा समूहले आफ्नो छुट्टै महाधिवेशन प्रक्रिया रोकेको छैन।  

यसरी कांग्रेसभित्र अहिले दुई नेतृत्व र दुई संगठनात्मक प्रक्रियाका गतिविधि समानान्तर रूपमा अघि बढिरहेका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा हुने जिल्ला अधिवेशन पनि यही प्रक्रियाको एउटा कडी हो।

पार्टीको आधिकारिक नेतृत्व र संगठनात्मक वैधतासम्बन्धी विवाद कायमै रहेका बेला दुवै पक्षका गतिविधिले कांग्रेसको आगामी राजनीतिक तथा संगठनात्मक दिशा कता जाने भन्ने प्रश्नलाई थप पेचिलो बनाएको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस