अलमलमा नेकपा एस
२० पौष २०७९
•
३ मिनेट पाठ
अलमलमा नेकपा एस
नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अप्रत्यासित रूपमा टुटेपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता हालको सरकारलाई सर्मथन गर्ने कि अर्को पार्टीसँग एकता गर्ने भन्नेमा दोधारमा छन्। निर्वाचनको समीक्षा, वर्तमान सरकारलाई समर्थन गर्ने कि नगर्ने तथा अर्को पार्टीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न बसेका नेकपा एसका दुई वटा बैठक स्पष्ट धारणा निर्माण गर्न नसकी टुंगिएका छन्। यिनै विषयमा धारणा बनाउन बसेका नेकपा एस स्थायी कमिटी र पोलिटब्युरो बैठक निष्कर्षमा पुग्न नसकेका हुन्।




बैठकमा सहभागी नेताहरूले बैठकका अजेन्डामा प्रस्ट धारणा राख्न सकेनन्। ‘पार्टीले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनतर्फ थ्रेस होल्ड कटाउन नसकेको अवस्था र अर्को पार्टीसँग एकता गर्ने भन्ने हल्लाका बीच बसेके बैठकबाट खासै निस्कर्ष निस्किन सकेन,’ पोलिटब्युरो बैठकपछि एक नेताले भने। ती नेताका अनुसार एक सयभन्दा बढी केन्द्रीय सदस्यहरू नै मतदान गर्न र जनतासँग मत माग्न नगईकन नेताहरूविरुद्ध अभिव्यक्ति दिँदै बसेको भन्ने विषय बैठकमा प्रवेश गरेको थियो। तर नेताहरूको आलोचना गर्नेलाई कारबाही गर्ने कि त्यतिकै छुट दिने भन्नेमा पनि बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।  

अर्को पार्टीसँग एकता, सहकार्य, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउने र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा स्थायी कमिटी र पोलिटब्युरो दुवै बैठक टुंगोमा नपुगेपछि निर्णय गर्ने अधिकार सचिवालय बैठकलाई दिइएको छ। ‘हामीले वामपन्थीबीच पार्टी एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने विषयमा हिजो पनि काम गर्‍यौं र भोलि पनि गर्नेछौं। बैठकले यसबारे निर्णय गर्ने अधिकार र जिम्मेवारी सचिवालयलाई दिएको छ,’ नेकपा एसका प्रचार विभाग प्रमुख एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने। उनका अनुसार चाँडै यो विषयमा सचिवालयले निर्णय गर्नेछ। वर्तमान सरकारमा पार्टी सहभागी हुने वा नहुने, सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे पनि सचिवालयले नै निर्णय लिने भएको छ। ‘सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पनि हामी छलफल गर्छौं। हाम्रो सहभागिताबिना पनि सरकारले विश्वास आर्जन गर्न सक्ने भएकाले यो विषयमा सोचविचार गरी निर्णय गर्नेछौं,’ खतिवडाले भने।

स्थायी कमिटी र पोलिटब्युरो बैठकमा नेताहरूले नेकपा एमालेसँग मिलेर, एकता गरेर वा सहकार्य गरेर जानुपर्ने धारणा राखेका थिए। उनीहरूले एमालेसँग सोझै एकता गर्नुपर्छ नभने पनि अहिलेको अवस्थाले पार्टी नचल्ने बताउँदै वामपन्थीसँगको सहकार्यमा जोड दिएका थिए।

बैठक स्रोतका अनुसार पोलिटब्युरो सदस्यहरूले दाहाल नेतृत्वको सरकारमा सहभागी हुन सुझाव दिएका थिए। उनीहरूले विचार मिल्ने शक्ति एमाले भएका कारण एमालेबाट पार्टी एकताको उपयुक्त प्रस्ताव आएमा स्वीकार गर्नसमेत नेतृत्वलाई आग्रह गरेका थिए। पार्टीभित्र सरकारमा सहभागिताको विषय र एमालेसँगको एकताबारे दुई धार देखिएको थियो। बैठकको अन्त्यमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी सरकारमा जान हतार नगर्ने र झुकेर पनि सरकारमा नजाने बताएका थिए। ‘सरकारमा झुकेर गइँदैन। सम्मानजनक अवस्था आए विचार गरौंला। पार्टी एकता पनि कोहीसँग झुकेर हुँदैन। विचार मिल्नेसँग एकता हुनसक्छ,’ नेपाललाई उद्धृत गर्दै एक नेताले भने। ‘अनुशासन तोड्नेकै स्वर ठुलो हुन्छ। पार्टीको विरोध बाहिर गर्ने अनि उनीहरूकै स्वर ठुलो हुने। आफ्ना नेताहरूकै अनावश्यक आलोचना गरेर अरू नेताको प्रशंसा गर्ने काम बन्द गरौं। हामी नयाँ क्रान्तिकारी पार्टी बनाउन लाग्नुपर्छ,’ नेपालले बैठकमा भनेका थिए।

स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने एमालेसँग एकता गरेर जानुपर्छ भन्ने पक्षमा छन्। त्यस्तै सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेर एक विद्युतीय सञ्चार माध्यममा अन्तर्वार्ता दिएकी थिइन्। सोही विषयमा अध्यक्ष नेपालले आफ्नो धारणा राख्दै पार्टीका नेताहरूलाई जथाभावी नबोल्न निर्देशन दिएका थिए। दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा स्थायी कमिटी र पोलिटब्युरो दुवै बैठक टुंगोमा नपुगेपछि निर्णय गर्ने अधिकार सचिवालय बैठकलाई दिइएको छ।
अर्को समाचार
अलमलमा माओवादी केन्द्र
१० चैत्र २०७७
•
२ मिनेट पाठ
अलमलमा माओवादी केन्द्र
क्याप्शन
नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने विषयमा अलमलमा परेको छ। प्राविधिक रूपमा सरकार अल्पमतमा परिहालेको छैन तर नेकपा एकीकरण बदर भई साबिकका माओवादी केन्द्र र एमाले ब्युँतिएपछि संकटमा भने परेको छ। माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै सरकार अल्पमतमा पर्छ तर माओवादी केन्द्र समर्थन फिर्ता लिने अथवा अविश्वास प्रस्ताव लैजाने भन्ने विषयमा अनिर्णीत देखिएको छ।




माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले स्थायी कमिटी बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुने बताए। ‘हामी स्थायी कमिटीको बैठक बस्ने तयारीमा छौं। सम्भवतः भोलि (मंगलबार) बैठक बस्छ। त्यही बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल हुनेछ’, उनले भने।

प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव आएमा सामना गर्ने तयारीमा छन्। उनी जनता समाजवादी पार्टीसँग सहकार्य गरेर सरकार सञ्चालन गर्ने दाउमा छन्। एकपटक अविश्वासको प्रस्ताव ल्याएर असफल भयो भने एक वर्षसम्म फेरि यस्तो प्रस्ताव ल्याउन पाइँदैन। यही कारण पनि माओवादीले तत्काल अविश्वास प्रस्ताव ल्याउन आनाकानी गरिरहेको स्रोतको दाबी छ। माओवादीले कांग्रेस र जसपासँग सत्ता सहकार्यका लागि प्रस्ताव भने गरिसकेको छ। जसपाको एउटा पक्ष ओलीसँग नरम रहेका कारण माओवादी अविश्वासको प्रस्ताव ल्याउन हच्किरहेको छ। माओवादी स्रोतका अनुसार पार्टी आफैंले अविश्वासको प्रस्ताव ल्याउँदा प्रधानमन्त्रीको उम्मेदवार तोक्नुपर्ने र प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई प्रस्ताव गर्दा कांग्रेसको समर्थन आवश्यक पर्ने हुन्छ।

कांग्रेसले नै सरकारको नेतृत्व गरोस् भन्ने चाहना माओवादीमा भएका कारण पनि संसद्मा अविश्वास प्रस्ताव नआएको स्रोतले बतायो। ‘कांग्रेसको धारणा पर्खंदा ओली सरकारको आयु लम्बिएको हो’, माओवादीका एक स्थायी कमिटी सदस्यले भने।

कांगेसले अविश्वासको प्रस्ताव ल्याउने र सकारको नेतृत्व गर्ने बेला भइनसकेको बताएको छ। संसद् पुनर्स्थापना भएदेखि नै ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भएपनि कांगे्रस र जसपाले साथ नदिँदा टरेको थियो। अहिले पनि अविश्वास प्रस्ताव ल्याउन कांग्रेस–माओवादीमा सक्रियता देखिएको छैन। उता ओलीले आफ्नै पार्टीका नेताहरूलाई कारबाहीको तयारी थालेका छन्। एमालेभित्र आन्तरिक द्वन्द्व चर्किरहेका बेला माओवादीले अविश्वासको प्रस्ताव ल्याए ओलीले पार्टीमा ह्विप लगाउन सक्ने र माधव नेपाल पक्षका नेताहरू सदनमा अनुपस्थित हुनसक्ने सम्भावना छ। यस्तो बेलामा प्रमुख प्रतिपक्षी र माओवादीले अविश्वासको प्रस्ताव पेस गरेमा पास हुने सम्भावना रहेको बताइएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस