मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्ने : लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य
१६ पौष २०७९
•
३ मिनेट पाठ
मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्ने : लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य
बिपिको ४७ औ राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिइएको छ। कांग्रेस कपिलवस्तद्धारा तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित ‘ बर्तमान राजीनिति परिपेक्षमा बिपिको मेलमिलाप नीतिको सान्दर्भिकता ’ बिषयक बिचार गोष्ठीका बक्ताहरुले सो कुरामा जोड दिएका हुन। उनीहरुले अहिलेको परिपेक्षमा समेत बिपिको मेलमिलाप नीति उतिकै सान्दर्भिक रहको भन्दै बिगतका कमी कमजोरीलाई बिर्सिएर पार्टीलाई एक ढिक्का बनाई मजबुत बनाउनु पर्नेमा जोड दिए। 




सो अवसरमा कपिलवस्तु क्षेत्र नरम्बर २ का सांसद तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले बिपिको राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। उनले बिपि सो नीति देश र कांग्रेस पार्टीका लागि उत्तिकै महत्वपुर्ण रहेको बताए। उनले कांग्रेस कार्यकर्ताहरु पार्टीको अनुशासनमा नबस्दा र केन्द्रिय निर्देशन नमान्दा अहिले कांग्रेस ईतिहास मै कमजोर साबित भएको बताए। ‘ लोकतन्त्रका लागि लडेको कांग्रेस अहिले खिईदै गएको, कुनै बेला कांग्रेसको किल्ला रहेको कपिलवस्तु ईतिहास मै कमजारे बनेको छ ’ उनले पार्टीको पछिल्लो अवस्था प्रति चिन्तित हुदै भने। उनले कांग्रेस ठुलो पार्टी भएर पनि प्रतिपक्षमा बस्नु पर्दा कार्यकर्ताहरुको शीर झुेकेको बताए। कांग्रेस अहिले हरेक अवसरबाट बंचित भएका कारण आफै कमजारे बनेको उनले बताए। 

उनले राजीनीति संभावनाको खेल भएको र नेता र कार्यकर्तालाई उच्च मनोबलका साथ लाग्न आग्रह गरे। बिगतमा भएको कमी कमजोरीलाई थाती राख्दै फेरी एक हुन आग्रह गरे। उनले अरुको टाउको देखाएर आफनो कमीकमजोरी लुकाउने प्रथा हटाउन्ु पर्ने बताए। उनले भातृ संगठन र पार्टीलाई क्रियाशील बनाइए एक ढिक्का बनाएर लानु पर्ने बताए। सो अवसरमा कांग्रेस नेता दीप कुमार उपाध्ययाले राष्ट्रियता र पार्टी एकतामा ध्यान दिनु पर्ने बताए। ‘ कांग्रेस भित्र अहिले एकता आवश्यक छ ’ उनले भने ‘ अब के गर्ने भन्ने अहिले चुनौतीपुर्ण अवस्था छ यसलाई पार्टी भित्र ब्यापक छलफल हुन जरुरी छ ’। पुर्व सांसद तथा पार्टीका पुर्व केन्द्रिय सदस्य अतहर कमालले पार्टी नेता र कार्यकर्ताहरुले सुधार गरी अघि बढनु पर्ने बताए। उनले अहिलको अवस्था किन आयो त्यसको ब्यापक बहस हुनु पर्ने बताए। 

पुर्व सांसद अभिषेक प्रताप शाहले गुट उप गुट र अन्तरघातका कारण कपिलवस्तुमा कांग्रेस कमजोर साबित भएको बताए। उनले यही अवस्था रहे कपिलवस्तुमा कांग्रेसलाई खोज्नु पर्ने दिन आउने भन्दै अबको नेतृत्व युवाहरुलाई सुम्पिनु पर्ने बताए। उनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने समय आएको बताए। कांग्रेस नेता तथा कपिलवस्तु क्षेत्र नम्बर २ को १ का प्रदेश सदस्य सुधाकर पाण्डेयले क्षेत्र नम्बर ३ मा एक पक्षले अर्को पक्षलाई कारबाहीको सिफारिस गरिएको प्रति ईगीत गर्दै अहिले त्यो कारबाहीको कुनै औचित्य नभएको बताए। ‘ 

अहिले कारबाहीको कुर्नै औचित्य छैन ’ उनले भने ‘ सबै मिलेर एक भएर जानु पर्छ मेलमिलापको नीति अपनाउनु पर्छ ’। पार्टीका पुर्व सभापति राजेश आचार्यले बिगतको कमीकमजोरी हटाएर अघि बढनु पर्ने भन्दै बर्तमान गठबन्धनको सरकार धैरै दिन नटिक्ने दाबी गरे। राष्ट्रियता र राष्ट्रिय एकताका लागि बिपि कोईराला ८ बर्षे लामो निर्वासित जीवनलाई छाडेर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए। 

यही दिनलाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाई आएको छ। पार्टी सभापति अब्दुल कलाम खाँको अध्यक्षता, सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा कांग्रेस नेता कमलेश कुमार शर्मा,  पार्टीका प्रदेश सदस्य रबि ठाकुर, शिक्षक संघका जिल्ला अध्यक्ष अफाक अहमद खा क्षेत्र नम्बर १ को १ का क्षेत्रीय अध्यष दुर्गा केसी , सिता न्यापाने लगायतले मन्तब्य दिएका थिए। सो अवसरमा गत मंसिरमा क्षेत्र नम्बर २ मा निर्वाचित सांसद सुरेन्द्रराज आचार्य र २ को २ का प्रदेश सदस्यमा निर्वाचित सुधाकर पाण्डेयलाई सम्मानित समेत गरिएको थियो।  
अर्को समाचार
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४४ मिनेट अघि
•
० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।




समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
यो पनि पढौँ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस