‘अपाङ्गमैत्री भवन नहुँदा शपथ ग्रहणमै सास्ती’
१४ पौष २०७९
•
२ मिनेट पाठ
‘अपाङ्गमैत्री भवन नहुँदा शपथ ग्रहणमै सास्ती’
प्रदेशसभा भवनमा ह्विलचियरको साथमा लक्ष्मी घिमिरे।
पछिल्लो समय सार्वजनिक तथा सरकारी संरचनाहरू अपाङ्गमैत्री हुनुपर्ने आवाज उठिरहेको भएता पनि बागमती प्रदेशसभा भवन अपाङ्गमैत्री नहुँदा शपथमै सास्ती व्यहोर्नुपरेको गुनासो आएको छ। 




बागमती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरेले अपाङ्गमैत्री संरचना नहुँदा शपथ कार्यक्रममै समस्या भोग्नुपरेको गुनासो गरेकी हुन्। उनी स्पाइनल कर्ड इन्जुरी भएर ह्विलचियर प्रयोग गर्दै आएकी छिन्। घिमिरे रामेछाप जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्।

‘पहिलो दिन शपथ ग्रहणको लागि आउँदा नै कष्ट भयो’, घिमिरेले भनिन्, ‘राष्ट्रिय अपाङ्ग महासङ्घले अपाङ्गमैत्री संरचना हुनुपर्ने मागसहित ज्ञापन पत्र पनि बुझाएको थियो तर त्यसको कुनै सुनुवाइ भएको पाइएन। दुःख लाग्यो।’ 

उनले अपाङ्गता भएका समुदायको अधिकारको आवाज उठाउनु नै आफ्नो पहिलो एजेण्डा हुने बताइन्।
बिहीबार दिउँसो हेटौँडास्थित बागमती प्रदेशसभा भवनमा भएको भिडभाडबाट घिमिरेलाई शपथ ग्रहणको लागि भित्र प्रवेश गर्न सास्ती भएको थियो। प्रदेशसभा भवनभित्र ह्विलचियरमा कुन बाटोबाट प्रवेश गर्ने भन्ने नै उनलाई अन्यौलता भएको थियो। एक जना सारथिको सहयोगमा मुस्किलले भित्र प्रवेश गरेको उनले सुनाइन्।

रामेछापको गोकुलगंगा गाउँपालिका–४ निवासी घिमिरेको १६ वर्षको उमेरमै भीरबाट लडेर मेरुदण्डको पक्षाघात भएको थियो। ११ कक्षामा पढ्दै गर्दा २०६६ सालमा भीरबाट लडेर मेरुदण्ड पक्षाघात भएको उनले सुनाइन्। ढाडको स्पाइनल नसा च्यापिएपछि उनको अहिले शरीरको कम्मर मुनिको भाग चल्दैन। अपाङ्ग भएकाहरू अझैपनि कष्टकर जीवन बिताउन बाध्य रहेको स्मरण गर्दै उनले अपाङ्गताको क्षेत्रमा कानुन र नीति निर्माणका लागि पहल गर्ने बताइन्।

राप्रपाबाट प्रदेश सभा सदस्य बनेकी उनी प्रदेश सभाको दोस्रो कार्यकालमा ११० संसद् मध्ये अपाङ्गताको क्षेत्रको एक मात्र प्रतिनिधि हुन्। अघिल्लो कार्यकालमा समानुपातिक निर्वाचन प्रणालीबाट अपाङ्गताको क्षेत्रबाट नेपाली काँग्रेसका भीमसेन खत्री निर्वाचित भएका थिए।

२०७४ सालमा साझा पार्टी स्थापना भएसँगै राजनीतिक यात्रा सुरु गरेकी घिमिरेले युवा सङ्गठनको केन्द्रीय समितिमा रहेर काम गरेकी थिइन्। साझा पार्टी र विवेकशील पार्टीको एकता भएपछि उनी पार्टीको केन्द्रीय सदस्य भएकी थिइन्। पार्टीभित्र आन्तरिक द्वन्द्व बढेपछि उनी विवेकशील साझा पार्टी छोडेर राप्रपामा लागेकी हुन्। अपाङ्गता भएकाहरूलाई दयाको दृष्टिले हेर्नु भन्दा पनि अवसरको खाँचो रहेको उनी बताउँछिन्।

अपाङ्गता भएकाहरूको अधिकारसँगै अपाङ्गतामैत्री संरचना निर्माणका लागि सदनबाट आवाज उठाउने उनले दोहोर्‍याइन्। उनी ह्विलचियरबाटै बास्केटबल, भारोत्तोलन लगायतका खेलमा पनि सक्रिय रहेकी छिन्।

यता बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले बन्दै गरेको प्रदेशसभा भवन अपाङ्गमैत्री हुने र अपाङ्गता भएका प्रदेश सदस्यलाई निश्चित स्थान र क्रम तोकेर एक जना सहयोगी व्यक्तिलाई दर्शक दीर्घामा बस्ने व्यवस्थाका लागि छलफल भैरहेको बताए। अपाङ्गता भएका व्यक्ति प्रदेश सभा सदस्यमा निर्वाचित भएको जानकारी पाएसँगै प्रदेश सभा हललाई अपाङ्गमैत्री बनाउने प्रयास गरेको प्रतिक्रिया दिए।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
३ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस