नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)ले प्रदेशमा सबै दललाई मिलाएर लैजान एमालेले भूमिका खेल्ने प्रतिक्रिया दिएका छन्।
‘सत्ता समिकरणको बिषयमा केन्द्रमा छलफल भैरहेको छ। केन्द्रको समिकरण अनुसार नै अघि बढ्नेछौं’, उनले भने, ‘हामी सबैलाई मिलाएर लैजान भूमिका खेल्नेछौं।’ एकहप्ता भित्र बागमती प्रदेशमा नयाँ सरकार बन्ने उनको भनाइ थियो।
बागमती प्रदेशको नेतृत्वको बिषयमा उनले आफू संसदीय दलको नेता भएकोले आफ्नै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको सुनाए। ‘संसदीय दलको नेता नै मुख्यमन्त्री हुने हुँदा मेरो सम्भावना छ’, थपलियाले भने, ‘यद्यपी हामी केन्द्रको समिकरण अनुसार नै अघि बढ्नेछौं।’ थपलिया बिहीबार सर्वसम्मत रुपमा एमालेको संसदीय दलको नेता चुनिएका हुन्।
डोरमणि पौडेल मुख्यमन्त्री हुँदा उनी बागती प्रदेशको राजनीतिक सल्लाहकार रहेका थिए। एमालेका केन्द्रीय सदस्य समेत रहेका उनी चितवन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका हुन्।