नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन्। दलको नेता चयनका लागि बुधबार संसदीय दलको कार्यालय हेटौंडामा भएको निर्वाचनमा ईन्द्रबहादुर बानियाँलाई हराउँदै लामा विजयी भएका हुन्। लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरेका थिए।
अघिल्लो कार्यकाल बागमती प्रदेश संसदीय दलको नेता भैसकेका बानियाँ यसपटक मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभा सदस्यमै चुनावमा होमिएका थिए। लामा नुवाकोट जिल्लाको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए भने बानियाँ मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद हुन्। दुवै नेता कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन्। लामा कांग्रेसको केन्द्रीय सदस्य हुन् भने बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन्।
बागमती प्रदेशमा प्रत्यक्षबाट २५ जना र समानुपातिकबाट १२ जना गरी ३७ जना प्रदेश सभा सदस्य रहेका छन्। दिउँसो २ बजे सुरु हुने भनिएको मतदान विवादका कारण सवा ३ बजे सुरु भएको थियो। मतदान स्थलमा मोबाइल लैजान पाइने कि नपाइने भन्ने विषयमा विवाद भएपछि तोकिएको समय भन्दा करिब सवा घण्टा ढिलो मतदान सुरु भएको हो।