बागमती प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनु अघि ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेशसभाका ११० प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य रहेका ढुङ्गानालाई बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा (५) बमोजिम बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानालाई प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा २४ को उपदफा (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्। ढुंगाना नेकपा माओवादी केन्द्रबाट नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका थिए।
निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरण अनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो। संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्मको अवस्थामा ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन्। सोही अनुसार ढुङ्गानाको शपथ भएको हो।
प्रदेश सभामा निर्वाचित बाँकी सदस्यहरूको शपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौँडामा राखिएको छ। बाँकी रहेका सदस्यहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य ढुङ्गानाले पद तथा गोपनीयताको शपथ गराउनेछन्। शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहित मन्त्रीहरूको उपस्थिति थियो।