निगरानी समितिको आपत्ति
१३ पौष २०७९
•
१ मिनेट पाठ
निगरानी समितिको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएकोमा निगरानी समूहले आपत्ति जनाएको छ। नागरिकता तथा पासपोर्ट दुरूपयोग गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र अदालतमा मुद्धा विचराधीन रहेको अवस्थामा स्वार्थ बाझिने र प्रहरीले अनुसन्धान नै गर्न नसक्ने अवस्थामा पुर्‍याउन भएका कारणले कुनै पनि हालतमा गृहमन्त्री बनाउन नहुने भन्दै आपत्ति जनाएको छ।  




‘रवि लामछिानेको गृह मन्त्रालयमा भएको नियुक्तिले स्पष्ट रूपमा स्वार्थको द्वन्द (कन्फ्ल्टि अफ इन्ट्रेस्ट) स्थिति पैदा तथा यसले नवगठित पुष्पकमल दाहालको सुशासनलाई प्राथमिकता भनी गरेको निर्णयको विपरित रहेको छ,’ जवाफदेही तथा निगरानी समितिका संयोजक चरण प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसले गर्दा प्रहरीले गर्ने अनुसन्धानमा विश्वसनीयताको अभाव हुने र गम्भीर आँच आउने पनि उल्लेख गरिएको छ। नेपाल प्रहरी गृहमन्त्रालय अन्र्तगतको संगठन भएको र यसको अनुसन्धानको नेर्ततव पनि गृहमन्त्रीको प्रत्यक्ष वा परोक्ष नियन्त्रण वा प्रभावमा हुने तथा सम्बन्धित उजुरीमाथि विनाभय वातावरणमा अनुसन्धान नहुने भन्दै सो समितिको आपत्ति रहेको छ। साथै सो समितिले अनुसन्धान प्रक्रिया र अदालतको प्रकृया नटुगिंदासम्म उनलाई गृहमन्त्रीबाट अलग राख्नसमेत माग गरेको छ।
अर्को समाचार
प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति जवाफदेहिता निगरानी समितिको आपत्ति
१३ जेष्ठ २०८२
•
१ मिनेट पाठ
प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति जवाफदेहिता निगरानी समितिको आपत्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा दिएको भड्काउपूर्ण अभिव्यक्ति सम्बन्धमा जवाफदेहिता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ।




राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजतन्त्र समर्थकहरूले गणतन्त्र दिवसका दिन जेठ १५ गते गर्न लागेको विरोध प्रदर्शनलाई लक्षित गरी आइतबार जेठ ११ गते नेकपा (एमाले)ले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्’ भनेका थिए।

कुनै पनि व्यक्ति, संस्था र दलले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्नु, आफ्ना माग र अभिव्यक्ति राख्न पाउनु संविधानप्रदत्त अधिकार भएको समितिले भनेको छ। सरकारको नेतृत्व गरी प्रधानमन्त्री जस्तो ओहोदामा रहेका व्यक्तिबाट नै अरू दलले आयोजना गरेका कार्यक्रममा हस्तक्षेप गर्न भन्दै आफूनिकट दलका कार्यकर्तालाई उक्साउने र भड्काउने अभिव्यक्ति दिनु पदीय मर्यादाविपरीत रहेको जवाफदेहिता निगरानी समितिको धारणा छ।

आज एक विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, 'विरोधलाई शान्तिपूर्ण बनाउन, संयमित रहन र कुनै पनि किसिमको हिंसा भड्कन नदिन सार्वजनिक आह्वान गर्नुपर्ने सरकार प्रमुखबाटै निषेधका लागि दुष्प्रेरित गर्दै उत्तेजना र मुठभेड निम्त्याउने अभिव्यक्ति दिनु चिन्ता र खेदजनक छ। निश्चित क्षेत्र कब्जामा लिन आफ्ना कार्यकर्तालाई उत्तेजित पार्नु संविधानको ठाडो उल्लंघन मात्र होइन, मानव अधिकारको न्यूनतम मूल्यमान्यता विपरीत पनि हो।'

प्रधानमन्त्रीलाई आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी नबिर्सन आग्रह गर्दै विरोध कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन निगरानी समिति आयोजक पक्षले अपील समेत गरेको छ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस