कांग्रेसमा किचलो
१२ पौष २०७९
•
२ मिनेट पाठ
कांग्रेसमा किचलो
नेपाली कांग्रेसले संघीयसहित प्रदेशका सरकारहरूको नेतृत्व गुमाएसँगै पार्टीभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि आन्तरिक विवाद बढ्न पुगेको हो। राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्न सभापतिसमेत रहेका देउवामाथि दबाब खडा गरेका कांग्रेस नेताहरूले नै अहिले नेतृत्वका कारण सबै पद गुम्न पुगेको आरोप लगाउँदै आएका छन्। त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै देउवाले सभापतिबाट पनि राजीनामा गर्नुपर्ने इतरपक्षले बताउँदै आएका छन्।  




नेता शेखर कोइरालाले संसद्बाट नयाँ सरकारको नेतृत्वमा पुष्पकमल दाहालको सत्तारोहण अपेक्षित नभएको बताएका छन्। कोइरालाले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ।’

कांग्रेस नेतृत्वको गठबन्धनमा मुख्य साझेदार रहेको माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि उदांगिएको भन्दै कोइरालाले भनेका छन्, ‘हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ। अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान् र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन।’ पार्टीको गल्ती र कमजोरीका कारण संघदेखि प्रदेशसम्म कांग्रेस विपक्षमा बस्नुपर्ने अवस्था आएको पनि नेता कोइरालाको आरोप छ। प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमा सकिन लाग्दा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टी नेतृत्वमा सरकार बनाउन लाग्नुको साटो साहित्यक कार्यक्रममा सहभागी भएको भन्दै उनीहरूको पनि आलोचना भइरहेको छ। संघ, प्रदेशका साथै राष्ट्रपति, सभामुखसहितका पदबाट कांग्रेस बाहिर पर्ने भएपछि नेताहरू एकअर्काबीच आरोप–प्रत्यारोप गर्दै आफूलाई राम्रो देखाउन सक्रिय भएका छन्।
अर्को समाचार
कास्की कांग्रेसमा किचलो, सभापतिले जिल्ला सदस्य गंगाधर पराजुलीलाई हटाए
१३ मंसिर २०८०
•
२ मिनेट पाठ
कास्की कांग्रेसमा किचलो, सभापतिले जिल्ला सदस्य गंगाधर पराजुलीलाई हटाए
नेपाली कांग्रेस कास्कीमा किचलो उत्पन्न भएको छ। जिल्ला सभापति किशोरदत्त बरालले पार्टीका जिल्ला सदस्य गंगाधर पराजुलीलाई पदमुक्त गरेसँगै किचलो देखिएको हो।




बराल र पराजुली दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन्। दुईबीच मिल्ती भएकैले जिल्ला सभापति बरालले विश्वासपात्र को रुपमा सदस्य पदमा पराजुलीलाई मनोनित गरेका थिए। तर मनोनित गरेको केही समयदेखि नै उनीहरुबीच मनमुटाव शुरु भई अहिले एकअर्का बीच आरोप प्रत्यारोप सुरु भएको छ।

जिल्ला सभापतिमा निर्वाचित भएलगत्तै बरालले पराजुलीलाई सदस्यमा मनोनित गरेका थिए। तर मंसिर १० गते एकपत्र लेखेर सभापति बरालले पराजुलीलाई पदमुक्त गरेको जानकारी गराएका छन्। पराजुली चार महिनादेखि अमेरिकामा छन्। उनी बुधबार बेलुकी नेपाल आउँदैछन्। नेपाल नओर्लिदै पराजुलीलाई जिल्ला सभापति बरालले भाईवर मार्फत पदमुक्त भएको पत्र पठाएर जानकारी गराएका छन्। 

पदमुक्त भएको पत्र आफुले प्राप्त गरेको पराजुलीले बताए। तर पदमुक्त गरेको प्रति आफ्नो कुनै गुनासो पनि नभएको र दुःख पनि नलागेको प्रतिक्रिया दिएका छन। ‘सभापति बराललाई कार्यशैली सुधार्नका लागि बारम्बार आग्रह र दवाब दिए,’ पराजुलीले भने, ‘तर उहाँ सुध्रिनु भएन, सुधार्न नसकेपछि मैले नै सभापतिलाई मलाई हटाउन आग्रह गरेको थिए। 

पराजुलीले सभापति बराललाई सामाजिक सञ्जालमा एउटा कुरा लेख्ने तर व्यवहार र कार्यशैलीमा लागु नगर्ने गरेको आरोप लगाएका छ। सभापति बरालले लामो समयदेखि बैठक राख्न नसकेको, महिला संघलाई विवाद र विभाजनतर्फ लगेको, नेपाल विद्यार्थी संघ कास्की जिल्लाको विवाद मिलाउन चासो नदिएको तथा पार्टी संगठन सुदृढ गर्नु भन्दा व्यक्तिगत ईच्छा र चाहना अनुसार पार्टी चलाउन खोजेपछि आफूले ५–७ महिना अगाडि देखि नै विरोध गर्दै आएको पराजुलीको भनाई छ। पराजुलीले सभापति बरालले नियमित बैठक पनि राख्न नसकेको र राखेको बैठकमा कोरमसमेत पु¥याउन नसकेको भन्दै यसमा सभापति नै दोषी भएको आरोप पनि लगाएका छन्। 

तर, सभापति बरालले भने मनोनित भएका पराजुलीले पार्टीलाई सहयोग नगरेका कारण पदमुक्त गर्नुपरेको बताए। ‘उहाँलाई सहयोगको अपेक्षा सहित मनोनित गरेको थिए’, उनले भने, ‘तर उहाँबाट अपेक्षित सहयोग भएन। उहाँ लामो समय देश बाहिर पनि हुनुभयो । घरमा पनि नभएकाले बढी योगदान गर्न सक्ने व्यक्तिलाई मनोनित गर्ने गरी उहाँलाई पदमुक्त गरेको हुँ।’
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस