४२८५ जनाको धरौटी जफत
२९ मंसिर २०७९
•
५ मिनेट पाठ
४२८५ जनाको धरौटी जफत
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्न बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यस्तो जानकारी दिएका हुन्।




आयोगका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १ हजार ७७२ पुरुष र १८९ महिलासहित १ हजार ९६१ तथा प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ २ हजार ८६ पुरुष, २३७ महिला र एक अन्यसहित २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी ७६.०४ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत सदर मतको १० प्रतिशतभन्दा कम पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिँदा १० हजार र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिँदा ५ हजार रूपैयाँ धरौटी राख्नुपर्ने कानुनी व्यवस्था छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा कुल धरौटी रकममा ५० प्रतिशत छुट हुन्छ।

प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका १६५ सिटका लागि राजनीतिक दल र स्वतन्त्र गरी २ हजार ४११ र सातवटै प्रदेशसभाका ३३० सिटका लागि ३ हजार २२४ जनाले उम्मेदवारी दिएका थिए।

समानुपातिक निर्वाचनतर्फ कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरे दलले राखेको धरौटी रकम जफत हुन्छ। प्रमुख आयुक्त थपलियाका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ बन्दसूची पेस गरेका ४७ मध्ये ४० वटा दल र प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा ३०, मधेसमा २६, वाग्मतीमा ३३, गण्डकीमा २४, लुम्बिनीमा २२, कर्णालीमा २२ र सुदूरपश्चिममा २८ वटा दलको धरौटी रकम जफत भएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनतर्फ कुल सदर मतको कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ। यो व्यवस्थाबमोजिम यसपटक सातवटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन्।

त्यस्तै प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचनतर्फ कुल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी प्राप्त गर्ने दलबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। यो व्यवस्थाअनुसार प्रदेश १ मा ६, मधेसमा १०, वाग्मतीमा सात, गण्डकीमा सात, लुम्बिनीमा १०, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्रदेशसभामा सिट पाएका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताए। प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) जनाले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ४ लाख ८७ हजार ९ सय ५८ मत सदर भएको छ।

त्यस्तै प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१.८५ प्रतिशत) जनाले मतदान गरेकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको आयोगले जनाएको छ। प्रतिनिधिासभा समानुपातिकतर्फ बदर मत ५.०९ प्रतिशत छ।

त्यस्तै प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १ करोड १० लाख ३४ हजार ५ सय (६१.३६ प्रतिशत) ले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ५ लाख ८५ हजार ३ सय मत सदर भएको छ। प्रदेशसभा प्रत्यक्षतर्फ बदर मत ४.०७ प्रतिशत छ। प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ १ करोड १० लाख २८ हजार ३ सय ७६ (६१.३१ प्रतिशत) जना मतदानमा सहभागी भएका थिए। जसमध्ये १ करोड ३ लाख ६ हजार ११ मत सदर भएको छ। प्रदेशसभा समानुपातिकतर्फ ६.५५ प्रतिशत मत बदर भएको छ।

आयोगको प्रतिवेदनअनुसार प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा २ सय ७५ र प्रदेशसभामा ५ सय ५० गरी ८ सय २५ जना निर्वाचित भएका छन्। जसमध्ये प्रतिनिधिसभातर्फ १ सय ८४ पुरुष (६६.९० प्रतिशत) र ९१ महिला (३३.१० प्रतिशत) तथा प्रदेशसभातर्फ ३ सय ५० पुरुष (६३.६४ प्रतिशत) र २ सय महिला (३६.३६ प्रतिशत) निर्वाचित भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा प्रत्यक्ष निर्वाचनमा ६१ वटा र समानुपातिकमा ४७ वटा दल सहभागी भएको आयोगले जनाएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ सय २५ महिला र २ हजार १ सय ८६ पुरुष गरी २ हजार ४ सय ११ जना उम्मेदवार थिए। प्रतिनिधिसभा समानुपातिकतर्फ १ हजार १ सय ८७ महिला र १ हजार १२ पुरुष गरी २ हजार १ सय ९९ उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो।

त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचनमा २ सय ८० महिला, २ हजार ९ सय ४३ पुरुष र एक अन्य गरी ३ हजार २ सय २४ जना उम्मेदवार थिए। प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ १ हजार ५ सय ११ महिला र २ हजार १ सय ९७ पुरुष गरी ३ हजार ७ सय ८ उम्मेदवारको अन्तिम बन्दसूची कायम भएको थियो। प्रतिनिधिसभा तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ११ हजार ५ सय ४२ जना उम्मेदवार थिए।

मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८ सय ६ पुरुष र १ सय ८५ अन्य गरी १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता नामावलीमा सूचीकृत थिए। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकामध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा ५ लाख ५० हजार मतदाता थिए। निर्वाचनका लागि देशभरका १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएका थिए। अस्थायी मतदातालाई प्रतिनिधिसभा समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको थियो। यसका लागि १ सय ४१ अस्थायी मतदानस्थल कायम गरिएका थिए।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिम निर्वाचनको अन्तिम नतिजा प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ। पुस २ गते प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सात प्रदेशका प्रमुखहरूलाई बुझाउने कार्यक्रम तय भएको आयोगले जनाएको छ। निर्वाचित सदस्यहरूलाई पुस ३ गते प्रमाणपत्र वितरण गरी नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५ सय ५३ र दुईवटा अन्तर्राष्ट्रिय संस्थाका १२ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गरेको जनाएको छ। त्यस्तै भारत, भुटान, बंगलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारीहरू, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ वटा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गरेको आयोगले जनाएको छ।

अर्को समाचार
नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने
०३ मंसिर २०७९
•
१ मिनेट पाठ
नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत नवलपुरको दुवै निर्वाचन क्षेत्रका मतगणना कावासोतीमा हुने भएको छ। दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरको मतगणना सदरमुकाम कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा हुने भएको हो।




जिल्लाको छवटै क्षेत्रको मतगणना आठ वटा कोठाबाट एकसाथ गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए। जिल्लामा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन्। एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ।  

क्षेत्र नं २ का निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार आज साँझसम्म मतदानस्थल निर्माण, फोटोसहितको मतदाता परिचयपत्र वितरण तथा सर्वलदलीय बैठक सकिएको छ। सबै मतदानस्थलमा भएको सर्वदलीय बैठकमा मतगणनालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि दलका प्रतिनिधि तयार रहेका पन्थीले बताए। जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा आएपछि सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना गर्ने तयारी गरिएको छ। पन्थीले मतगणना सुरु भएको पाँच दिनभित्र अन्तिम मत परिणाम घोषणा गरिने दाबी गरे।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मतदानस्थलमा हुनसक्ने हिंसात्मक गतिविधि रोक्नदेखि मतदानस्थलबाट मतगणनास्थलसम्म सुरक्षितरुपमा मतपेटिका ल्याउनका लागि सुरक्षाकर्मीलाई उच्च सतर्कता साथ राखिएको बताए। मतदान सकिएपछि आइतबार राति १२ बजेसम्म सबै मतपेटिका जिल्ला सदरमुकाम ल्याउनेगरी तयारी गरिएको उनले बताए।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस