लुम्बिनी प्रदेशः सरकारको ‘नेतृत्व– दौड’ मा काँग्रेस, माओवादी
२४ मंसिर २०७९
•
४ मिनेट पाठ
लुम्बिनी प्रदेशः सरकारको ‘नेतृत्व– दौड’ मा काँग्रेस, माओवादी
गत निर्वाचनबाट सांसदहरू चुनिएसँगै राजनीतिक वृत्तमा संघीय सरकार सँगै प्रदेश सरकारको नेतृत्वको बहस चुलिएको छ। अहिले कायम रहेको सत्ता गठबन्धनलाई कायमै राखेर सरकार निर्माण गर्ने तयारीमा गठबन्धनमा आबद्ध दलहरु प्रतिबद्ध जस्तै देखिएका छन्। भलै सरकारमा सहभागीताको इच्छा व्यक्त गरेको एमालेको आगामी भूमिकाले पनि सत्ता समीकरणको रेखा भने स्पष्ट भैसकेको छैन। 




तर वर्तमान सत्ता गठबन्धननै कायम हुने उच्च सम्भावना देखिएकाले गठबन्धनमा आबद्ध दलहरु लुम्बिनी प्रदेश सरकारको नेतृत्वको कसरतमा पनि जुट्न थालेका छन्। यो प्रदेशको नेतृत्व कसले गर्ने भन्ने बहस सुरु भैसकेको छ। भलै सरकारको नेतृत्वका बिषयमा भने गठबन्धनका शीर्ष नेताहरूकै सहमतिमा टुङ्गिने छ। उनै शीर्ष नेताहरुलाई नेतृत्वका लागि फकाउन प्रदेश तहका नेताहरू लबिङमा लागिसकेका छन्। 

यो प्रदेशमा गठबन्धनको शीर्ष दल बनेको नेपाली काँग्रेसले अबको सरकारको नेतृत्वको आकांक्षा व्यक्त गरिरहेको छ। उसले सरकारमाथि आफ्नो नेतृत्वलाई स्वाभाविक समेत मानेको छ। ‘गठबन्धनको शीर्ष दलका हिसाबले पनि यो प्रदेश सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्छ,’ काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने ‘सरकारको नेतृत्वका लागि जनमतलाई पहिलो सर्त मान्नु पर्छ भन्ने मेरो भनाई हो।’ काँग्रेसले यो प्रदेशसभामा प्रत्यक्ष तर्फ १७ सिटमा जीत हाँसिल गरेको छ। यसै गरी गठबन्धनका तर्फबाट दोस्रो दल बनेको माओवादी केन्द्रले ५ सीट जितेको छ। १८ सीट जितेको एमाले यो प्रदेशको पहिलो दल हो। 

प्रदेश सरकारको नेतृत्व आलोपालो प्रणालीमा जान सक्ने सम्भावना रहेको र यो प्रणालीमा जाँदा सुरुमा काँग्रेसले नेतृत्व लिनु पर्ने प्रदेश सभापति पुन बताउँछन्। ‘गठबन्धनमा आबद्ध दलहरुका बिचमा आलोपालो गरेरै सरकारको नेतृत्व लिने भन्ने नै सहमति होला,’ पुनले भने ‘यो अवस्थामा सुरुमा काँग्रेसले नेतृत्व लिनु पर्छ।’ काँग्रेसबाट अब्दुल रजाक गद्दी, डिल्ली बहादुर चौधरी , राजु खनाल लगायत मुख्यमन्त्रीका आकांक्षी छन्।   

त्यसोत, तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको बर्खास्तका क्रममा बनेको गठबन्धनले पनि सरकार आलोपालो चलाउने नै सहमति गरेका थिए। सुरुमा माओवादीले सरकारको नेतृत्व गर्ने र प्रदेशसभाको बाँकी अवधि काँग्रेसले सरकारको नेतृत्व गर्ने सहमति गठबन्धनका बिचमा बनेको थियो। तर यो सहमतिलाई कार्यान्वयन गरिएन। ‘सरकारको नेतृत्व फेरबदल गर्दा गठबन्धन माथि नै चुनौती आउन सक्ने खतरा पनि रहन सक्थ्यो, फेरी चुनावको मुखमा पनि हामीहरू थियौँ,’ सभापति पुनले भने ‘यसर्थ त्यो बेला आलोपालो प्रणालीलाई थाँती राखियो, त्यो बेला माओवादीले सुरुमा सरकारको नेतृत्व गरेकाले पनि अहिले काँग्रेसको पालो स्वाभाविकै रुपमा रहनु पर्छ।’

पहिलो चरणमा काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने आधार सहित लुम्बिनी काँग्रेसले पार्टी शीर्ष तहलाई सुझाव दिई रहेको छ। तर सरकारको नेतृत्वको यो दाबीले गठबन्धन माथि बेमेल निम्तने अवस्था भने नआउने उनले बताए। ‘स्वाभाविकै रुपमा काँग्रेस गठबन्धनको शीर्ष दल रहेकाले पनि सरकारको नेतृत्व पाउनु पर्छ भन्ने हाम्रो दाबी हो,’ उनले भने ‘तर गठबन्धन कार्यान्वयन गरेर सरकार निर्माण गर्दा हामीहरू केही कदम पछाडि पनि हट्नु पला, केही कदम अरू पार्टी पनि पछि हट्नु पर्ला, तर गठबन्धनका बिचमा खटपटै हुने अवस्था भने आउँदैन।’ 

यता यो प्रदेशलाई आफ्नो आधार इलाका मान्दै आएको माओवादी केन्द्रको रोजाइमा यो प्रदेश पहिलो नम्बरमै पर्न सक्ने देखिन्छ। शीर्ष तहमा हुने राजनीतिक सहमतिको एउटा बलियो आधार माओवादीले यो प्रदेशको नेतृत्वलाई बनाउन सक्ने सम्भावना उच्च रहेको माओवादी नेताहरू बताउँछन्। यो प्रदेशका रोल्पा, रुकुम पूर्व माओवादीको उद्गम थलो हुन्। यसर्थ माओवादीले प्रदेशको नेतृत्व रोजाइका क्रममा पहिलो लुम्बिनी र दोस्रो कर्णाली प्रदेशलाई नै बनाउने माओवादीका एक नेताले बताए। ‘लुम्बिनी प्रदेश माओवादीको आधार क्षेत्र हो, यसर्थ माओवादीको पहिलो रोजाई यो प्रदेश हुनु स्वाभाविकै हो,’ माओवादीका ती नेताले भने ‘यससंगै कर्णाली प्रदेश माओवादीको अर्को आधार क्षेत्र हो।’ प्रदेश नेतृत्वका लागि माओवादीले कम्तीमा पनि दुईवटा प्रदेशको नेतृत्व पाउन सक्ने भएकाले पनि उसले यी दुई प्रदेशलाई आफ्नो रोजाइमा पार्ने ती माओवादी नेताले बताए। ‘तर उपल्लो तहमा हुने राजनीतिक सहमति कसरी बन्छ भन्ने कुरा हो,’ ती नेताले भने ‘गठबन्धन भित्र सहमति कायम गर्ने सवालमा हामीले सोचेकै जस्तो नहुन पनि सक्छ।’ माओवादीबाट जोगबहादुर महरा, इन्द्रजीत चौधरी लगायत मुख्यमन्त्रीका बलिया दाबेदार हुन्। 

कुल ८७ सांसद संख्या रहने यो प्रदेशसभामा सरकार निर्माणका लागि काँग्रेस माओवादीको मात्रै बहुमत भने पुग्दैन। बहुमत पुर्याउनका लागि ४४ सांसद आवश्यक रहने यो प्रदेशसभामा काँग्रेस र माओवादीलाई अन्य साना दल तथा स्वतन्त्र सांसदको साथ अनिवार्य चाहिन्छ। फलतः सत्ता समीकरणको रेखा अहिले नै क्लियर हुने देखिन्न। ‘काँग्रेस र माओवादी मात्रै मिलेर पनि सरकार गठनका लागि बहुमत जुट्दैन,साना दल र स्वतन्त्र सांसदहरुको साथ अपरिहार्य हुन्छ,’ काँग्रेस लुम्बिनी प्रदेशसभा सभापति अमरसिंह पुनले भने ‘यसर्थ यसले पनि कसरी सत्ता समीकरण निर्माण हुने भन्ने कुराको अर्थ राख्छ।’

यो प्रदेशमा जसपा,लोसपा,राप्रपा र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ समान २÷२ सीट जित हात पारेका छन् भने ३ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। यसै गरी जनमत पार्टीले एक सिटमा जित निकालेको छ। 
अर्को समाचार
लुुम्बिनी प्रदेश:सरकारको नेतृत्व कांग्रेसले गर्ने
१२ चैत्र २०७९
•
१ मिनेट पाठ
लुुम्बिनी प्रदेश:सरकारको नेतृत्व कांग्रेसले गर्ने
कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी
लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ। गठबन्धनको केन्द्रमा बनेको  प्याकेजको सहमती अनुसार कांग्रेसले सरकारको नेतृत्व लिने कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। अब यो प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी बन्ने छन्।  




चौधरीलाई मुख्यमन्त्री नियुक्तीको माग गर्दै गठबन्धनमा आवद्ध दलहरुले आजै प्रदेश प्रमुख समक्ष बहुमत सदस्यहरुको हस्ताक्षर बुझाउँदै छन्। कांग्रेस सभापति पुनका अनुसार गठबन्धनमा आवद्ध सबै ५४ सांसदहरुको हस्ताक्षर भैसकेको छ। ‘गठबन्धनमा आवद्ध ५४ माननीय सदस्य ज्यूहरुको हस्ताक्षर भैसकेको छ,’ सभापति पुनले भने ‘कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्तीको माग सहित गठबन्धनमा आवद्ध सबै दलहरुले प्रदेश प्रमुख समक्ष त्यो हस्ताक्षर आजै बुझाईने छ।’ 

सभापति पुनले ५४ सांसदको हस्ताक्षर प्रदेश प्रमुख समक्ष बुझाएपछि वर्तमान मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्ने र उनले राजीनामा दिने कांग्रेस सभापति पुनले बिश्वास ब्यक्त गरे। गिरीले राजीनामा दिए तत्काल गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त हुनेछन्।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस