रवि लामिछानेको नागरिकता प्रहरी अनुसन्धानमा
१७ मंसिर २०७९
•
३ मिनेट पाठ
रवि लामिछानेको नागरिकता प्रहरी अनुसन्धानमा
चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीको वैधानिकताबारे अनुसन्धान सुरु भएको छ।




राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नेपाली नागरिकता र राहदानी ‘अवैध’ रहेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो। लामिछानेले खारेज भइसकेको ‘सरकारी कागज’(नागरिकता) दुरूपयोग गरेको दाबी उजुरीमा छ।

सोही उजुरीको छानबिन तथा अनुसन्धान गर्नका लागि मन्त्रालयले केही दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेको जनाइएको छ। सोहीअनुसार जिल्ला प्रशासन कार्यालयले बिहीबार जिल्ला प्रहरीपरिसर काठमाडौंलाई अनुसन्धान गर्नका लागि पत्र पठाएको थियो।

जिल्ला प्रशासन कार्यालयबाट पत्र प्राप्त भएपछि अनुसन्धान थालिएको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए। उनले भने, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्र प्राप्त भएको छ। सो पत्र प्राप्त भएसँगै हामीले त्यसबारे अनुसन्धान थालिसकेका छौं।’

लामिछानेले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएको र सो नागरिकता ‘त्याग’ नगरी अमेरिकी नागरिकता लिएको दाबीसहित सञ्चारमाध्यममा समाचार आएका थिए।

यस्तै लामिछानेले अमेरिकी नागरिकताका आधारमा अमेरिकी राहदानी लिएको, अमेरिकी राहदानी हुँदाहुँदै पुरानै नेपाली नागरिकताका आधारमा नेपाली राहदानी लिएको, नेपालमा श्रम स्वीकृति नलिई विदेशी नागरिकको हैसियतमा नेपालमै काम गरेको, अमेरिकी नागरिकता त्याग प्रक्रिया पूरा नगरेको, अमेरिकी नागरिकता त्यागपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रियामा नगई पुरानै नेपाली नागरिकताका आधारमा नेपाली नागरिक दाबी गरेको विषय सञ्चारमाध्यममा आइरहेको छ।

यही कुरा नेपालको संविधानविपरीत रहेकाले लामिछानेको अवैध नागरिक भन्दै उम्मेदवारी खारेजको माग गर्दै मतदानअघि निर्वाचन आयोगमा समेत उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दा मतदान भइसकेको थियो। त्यसपछि आयोगले त्यस विषयमा निर्णय लिइरहन नपर्ने भन्दै पन्छिएको थियो। आयोग पन्छिएपछि गृह मन्त्रालयमा उजुरी परेको हो।

सोही उजुरीमाथि गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाउने क्रममा नागरिकता र राहदानी प्रक्रियाबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन गरेपछि प्रशासनले प्रहरीपरिसर काठमाडौंलाई अनुसन्धान गर्न निर्देशन गरेको जनाइएको छ।

के छ कानुनी व्यवस्था ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा (१०) को उपदफा (१) अनुसार ‘नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम हुने छैन’ भनेको छ। यही दफाको उपदफा (२) मा अर्को देशको नागरिकता लिँदा नेपाली नागरिकता त्याग्न पनि तोकिएबमोजिम प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था राखेको छ। जुन नेपाल नागरिकता नियमावली, २०६३ को नियम (९) कार्यविधि उल्लेख छ।

यस्तै ऐनको दफा (११) मा ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने’ व्यवस्था पनि गरेको छ। यो व्यवस्थाअनुसार पुनः नागरिकता प्राप्तिका लागि नियमावलीको नियम (११) बमोजिमको कार्यविधिअनुसारको प्रक्रिया पूरा गर्नुपर्छ।

जसको नियम ११(१) मा ‘ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशी नागरिकता त्यागेको निस्सासहित निजले पहिले नागरिकता प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ’ भन्ने व्यवस्था छ। सोअनुसार निवेदन आएपछि ‘साविककै विवरणअनुसार नयाँ नेपाली नागरिकता जारी गर्ने’ व्यवस्था छ।

यही प्रक्रिया लामिछानेले पूरा नगरी पुरानै नागरिकता प्रयोग गरेर नेपालमा सक्रिय रहेको र उम्मेदवारी दिएको दाबी गरिएको छ।  

यस्तै नेपालको ‘राहदानी ऐन २०७६’ को दफा २१(क) मा झूटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। लिएमा दफा २२ बमोजिम दुई लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
अर्को समाचार
जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु: गृहमन्त्री लामिछाने
०७ माघ २०७९
•
१ मिनेट पाठ
जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु: गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेका वाचाहरुको हेक्का रहेको भन्दै मिडियाको हेडलाइन भन्दा जनताको लाइफलाइन बदल्न मेहनत गरेको बताएका छन्।




शनिबार गृहमन्त्री लामिछानेले आफ्नो आधिकारिक फेस्बुक पेज मार्फत यस्तो लेखेका हुन्। उनले यसअघि बोलेका शब्द–शब्दको हेक्का रहेको बताउँदै भोट माग्दा गरेका वाचाहरुको समेत हेक्का रहेको बताएका हुन्।

‘हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ’, उनले लेखेका छन्, ‘मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ थोरै पर्खिनु चाहिँ पर्छ।’

यस्तै उनले अपराधिक गतिविधिमा संलग्न पुराना फरार अपराधिलाई समात्ने मात्र नभई नयाँ अपराधिहरु फरार हुन नपाउने भन्ने कुराको हेक्का रहेको बताए।

‘पुराना फरारहरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’, उनले लेखेका छन्। 
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस