संसदीय यात्रामा २० भन्दा बढी व्यवसायी
१५ मंसिर २०७९
•
४ मिनेट पाठ
संसदीय यात्रामा २० भन्दा बढी व्यवसायी
अब सांसद बन्न सडक आन्दोलनमा सक्रिय हुनु, जेलनेल भोग्नु, व्यक्तिगत स्वार्थ त्याग गर्नु मात्र नभएर व्यावसायिक क्षेत्रमा सफलता हासिल गर्नु पनि योग्यताको कसी बन्न पुगेको छ। जसका कारण उद्योगी–व्यवसायीले धमाधम सांसद बन्ने अवसर पाइरहेका छन्। उद्योगी तथा व्यवसायी समानुपातिकबाट मात्र नभई प्रत्यक्ष चुनाव लडेरै निर्वाचित हुन थालेका छन्। मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट २० जनाभन्दा बढी उद्योगी–व्यवसायी संसद्का लागि चुनिएका हुन्।




विगतमा समानुपातिक सूचीमा बसेर सांसद बनेकाहरू अहिले प्रत्यक्ष निर्वाचनबाट संसद्मा पुगेका छन्। त्यसका एक उदाहरण हुन्, उद्योगपति विनोद चौधरी। दुईपटक समानुपातिक सूचीबाट सांसद बनेका उनी यसपटक प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन्। चौधरी ग्रुपका अध्यक्ष रहेका अर्बपति चौधरीले नवलपरासीबाट चुनाव जितेका हुन्।

संसद् नीति निर्माण गर्ने थलो हो। नीति निर्माण गर्ने संसद्मा व्यापारीहरू आउँदा स्वार्थको द्वन्द्व हुने आकलन गरिन्छ। तथापि प्रत्यक्ष निर्वाचन लडेर जनताबाट अनुमोदित भई उद्योगी–व्यवसायीहरू संसद्मा आएका छन्। व्यावसायिक पृष्ठभूमि भएका राजनीतिकर्मी सांसद हुने क्रम हरेक निर्वाचनमा बढ्दै गएको छ। विगतमा समानुपातिकमा बस्ने परम्परा रहे पनि यसपटकको निर्वाचनमा धेरै व्यवसायी प्रत्यक्ष निर्वाचन लडेर संसद्मा पुगेका हुन्। उनीहरू नेपाली कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट टिकट पाएर विजयी भएका हुन्।

नेपाली कांग्रेसबाट चुनाव लडेका अधिकांश उद्योगी–व्यवसायी प्रतिनिधिसभा सदस्य बनेका छन्। पर्यटन व्यवसायी राजेन्द्र बजगाईं दोस्रोपटकको प्रयासमा संसदीय यात्रा तय गरेका छन्। २०७४ सालको निर्वाचनमा पराजित भएका उनी यसपालि गोरखा १ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मेडिकल व्यवसायी सुनिलकुमार शर्मा मोरङ ३ बाट निर्वाचित भए। कांग्रेस नेतासमेत रहेका शर्मा विराटनगरस्थित नोबेल मेडिकल अस्पतालका सञ्चालक हुन्। वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित भएका छन्।

अर्का पर्यटन व्यवसायी योगेश गौचन थकाली मुस्ताङबाट निर्वाचित भए। निर्माण व्यवसायी कान्छाराम तामाङले रामेछापबाट चुनाव जिते। तामाङ कन्स्ट्रक्सन सञ्चालक हुन्। क्रसर व्यवसायी विष्णुकुमार कार्की नवलपरासी २ बाट विजयी भएका छन्। गुरुङ, गौचन, तामाङ, कार्की कांग्रेसबाट टिकट लिएर चुनाव लडेका हुन्। संखुवासभा १ बाट निर्वाचित कांग्रेसका दीपक खड्काको जलविद्युत्, निर्माण, पर्यटन क्षेत्रमा लगानी छ। सप्तरी ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरी शिक्षा क्षेत्रका व्यापारी हुन्। चौधरीको ललितपुर कुपण्डोलमा नाइटिंगेल स्कुल सञ्चालनमा छ। प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट चुनाव लडेका उमेश श्रेष्ठ भने पराजित भएका छन्। श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पराजित भएका हुन्।

कांग्रेस मात्र नभएर अन्य पार्टीबाट टिकट लिएर उम्मेदवार बनेका व्यवसायीहरू पनि विजयी भएका छन्। झापा ४ बाट निर्वाचित लालप्रसाद साँवा लिम्बू म्यानपावर व्यवसायी हुन्। उनलाई एमाले उम्मेदवार बनाएको हो। पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा विजयी एमालेका वसन्तकुमार नेम्वाङ जलविद्युत् क्षेत्रका लगानीकर्ता हुन्।  

अघिल्लो निर्वाचनमा तनहुँबाट कांग्रेस नेता रामचन्द्र पौडेललाई पराजित गरेर सांसद बनेका व्यवसायी कृष्णकुमार श्रेष्ठ (किसान) फेरि सांसद बनेका छन्। नेकपा एसबाट गठनबन्धनको सहयोगमा बारा ४ मा श्रेष्ठ विजयी भएका हुन्। त्यसैगरी नेकपा एसबाट डोटीका प्रेम आले र डोल्पाका धनबहादुर बुढा पनि निर्वाचित भएका छन्। उनीहरू पनि व्यवसायी नै हुन्।  

पुराना राजनीतिक दल मात्र नभएर नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि व्यवसायी विजयी भएका छन्। सो पार्टीका तर्फबाट काठमाडौं ६ मा शिशिर खनाल विजयी भए। खनाल लजिस्टिक सेवा प्रदायक ‘पिक एन्ड ड्रप’का संस्थापक हुन्। कालिका कन्ट्रक्सनका सञ्चालक रहेका निर्माण व्यवसायी विक्रम पाण्डे चितवन ३ बाट विजयी भएका छन्। उनले राप्रपाबाट चुनाव लडेका थिए। सिराहा ४ बाट चुनाव जितेका वीरेन्द्र महतो माछापुच्छ«े बैंकका अध्यक्ष हुन्। चितवन १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सेयर कारोबारी हुन्। पर्सा ३ बाट निर्वाचित राजकुमार गुप्ता वीरगन्जका व्यापारी हुन्। गुप्ताको स्टिल उद्योग छ। मकवानपुर १ बाट निर्वाचित राप्रपाका दीपकबहादुर सिंह कवाडी व्यवसायी हुन्।

प्रतिनिधिसभाको प्रत्यक्ष मात्र नभएर समानुपातिक सूचीमा समेत व्यवसायी छन्। प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन नेकपा एमालेबाट जनजाति समूहतर्फ समानुपातिकको १ नम्बर सूचीमा छन्। उनी प्रतिनिधिसभा सदस्य हुने निश्चित छ। त्यसैगरी अर्का व्यवसायी अनिल रुंगटा पनि नेपाली कांग्रेसको समानुपातिक सूचीमा छन्।  

चुनाव खर्चिलो हुँदै गएपछि व्यवसायीहरू राजनीति गर्न तम्सिएका हुन्। यसरी राजनीतिमा भित्रिएका व्यवसायी कोही पहिल्यै सांसद भइसकेका छन् भने कोही नयाँ अनुहारका छन्। आर्थिक रूपमा सम्न्नि भएकले व्यापारसँगै राजनीतिमा पनि व्यापारीको आकर्षण बढ्दै गएको छ। चुनावी मैदानमा उत्रिएका अधिकांश व्यवसायी सफल पनि भएका छन्। राजनीतिमा आएका व्यवसायीले आफूले सरकारी सेवासुविधा नलिने घोषणा गरेर चुनावी मैदानमा गए पनि लाभ भने लिँदै आएका छन्।
अर्को समाचार
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
२५ मिनेट अघि
•
१ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
ताप्लेजुङ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्चालनतर्फ उन्मुख रहेको दाबी गरेका छन्।




नेपाल बार एसोसिएसन जिल्ला अदालत इकाइ, ताप्लेजुङको नवनिर्मित बार भवनको उद्घाटन कार्यक्रममा शनिबार फुङलिङमा सम्बोधन गर्दै मिश्रले सरकारले न्यायालयमा सुधार गर्नुपर्ने विषयमा यथाशीघ्र श्वेतपत्र जारी गर्नुपर्ने खाँचोसमेत औँल्याए।

वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको मिश्रको आरोप थियो।

‘विधि र प्रक्रियाभन्दा पनि चयनमुखी नीतिमार्फत सरकारले न्याय प्रशासनलाई सत्ताको स्वार्थअनुकूल अघि बढाउन खोजिरहेको छ,’ मिश्रले भने।

उनले वर्तमान सरकारले सत्ताको छायामा गरिने अनुसन्धानलाई बढावा दिइरहेको दाबीसमेत गरे। सत्ताका पात्र परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै मिश्रले फौजदारी न्याय प्रशासनलाई संरक्षण गर्नुपर्ने सरकारले आफ्नै उद्देश्य परिपूर्ति गर्ने व्यक्तिहरू छनोट गरी न्याय प्रशासनलाई सत्ताको छायामा पार्ने प्रयास गरिरहेको बताए।

‘विगतका सरकारले न्यायालयमा आफ्ना मान्छे भर्ती गरेको आरोप लाग्ने गरेको थियो। अहिलेको सरकारले देखिजानी आफ्नू अनुकूलको न्याय सम्पादन गराउने बदनियत राखेर चयनमुखी प्रक्रिया अपनाएको छ,’ मिश्रले भने।

उनले फौजदारी न्याय प्रशासन सोसल मिडियाको ट्रायलबाट प्रताडित र आक्रान्त भएको पनि बताए। पुलिङ र अल्गोरिदमबाट वकिल तथा न्यायालय डराउन नहुने उनको भनाइ थियो।

फौजदारी न्याय प्रशासन घुसखोरी, भ्रष्टाचारीकरण र दलालीकरणबाट पूर्ण रूपमा प्रभावित भएकोसमेत मिश्रले बताए। वर्तमान सरकारबाट न्याय क्षेत्रमा गरिएको सुधारको अपेक्षा सरकारले चयनमुखी प्रणाली र बिचौलियासहितका व्यक्तिको संरक्षणजस्ता कारणले गुमाइसकेको उनको भनाइ थियो।

भ्रष्टाचार र दलालीकरणविरुद्धका अभियानमा नेपाल बार सधैँ सरकारको साथमा रहेको, तर बिचौलियाको प्रभावका कारण वर्तमान सरकार बाहिर जान नसकेको पनि मिश्रले बताए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेन्द्रसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमसहित नेपाल बारका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरू र विभिन्न जिल्लाका बार अध्यक्षहरूले सम्बोधन गरेका थिए।

जिल्ला अदालतको हाताभित्र ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बार भवनको निर्माण कार्य पूरा भएसँगै अब बारको दैनिक कामकाज नवनिर्मित भवनबाटै सञ्चालन हुने बार ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए।

कार्यक्रममार्फत बार भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई ताप्लेजुङ बारले कदरपत्रद्वारा प्रशंसा गरेको ताप्लेजुङ बारका सचिव सन्तोष प्रसाईंले बताए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस