घटेन बदर मतको दर
११ मंसिर २०७९
•
२ मिनेट पाठ
घटेन बदर मतको दर
फोटो: गोरखा २ मा भएको मत गणना ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसाभा निर्वाचन सकिएसँगै मतगन्दा गोरखामा प्रत्यक्ष तर्फ भन्दा समानुपातीक तर्फ मत धेरै बदर भेटिएको छ। मत गणनाका क्रममा बिगत जस्तै यस वर्षपनि बदरमत बढी देखिएको हो। गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।  




गोरखा क्षेत्र नम्बर १ मा ६० हजार दुई सय ८२ मत खसेको मध्ये तीन हजार ५१ मत बदर भयो। समानुपातीक तर्फ भने यस क्षेत्रमा तीन हजार पाँच सय ८१ मत बदर भयो। २०७४ को निर्वाचनमा गोरखा १ मा ६३ हजार छ सय चार मत खसेकोमा चार हजार तीन सय २० मत बदर भयो।

गोरखा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा एक हजार ५० मत बदर भयो भने ‘ख’ मा एक हजार एकसय ६२ मत बदर भयो। प्रदेशसभा ‘क’ र ‘ख’ मा समानुपातिकतर्फको बदर मत संख्या चार हजार तीन सय २३ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गोरखा २ मा ५४ हजार ४४ मत खसेको मध्ये तीन हजार एक सय २६ मत बदर भयो भने समानुपातीक तर्फ दुई हजार नौ सय २६ मत बदर भयो। २०७४ मा ६० हजार एक सय १५ मत खसेको मध्ये दुई हजार छ सय ३६ मात्रै बदर भएको थियो। पहिले भन्दा छ हजार ७१ मत कम खस्दा बदर मत भने पहिले भन्दा चार सय ९० थपिया ।  

गोरखा क्षेत्र न २  को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ एक हजार दुई सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फ एक हजार ४३ मत बदर भयो।  प्रदेश क्षेत्र ‘क’ र ‘ख’ मा समानुपातिकतर्फ चारहजार एकसय १८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

गोरखमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या अझै घटेको छैन। प्रत्येक पटकको निर्वाचनमा बदर मतको संख्या पटक पटक दोहोरिने गरेका छन्। मतदाता शिक्षा निर्वाचन आयोग र कार्यालयले वडा तहसम्म संचालन गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईराला बताउँछन्। मतदाता शिक्षालाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने उनले बताए।  निर्वाचन आयोगले  मतदाता शिक्षालाई प्रभावकारी नबनाउँदा मतको संख्या बढेको देखिन्छ। २०७४ सालमा र हालै सम्पन्न भएको २०७९ को निर्वाचनमा बदर मतको संख्यामा अन्तर छैन। अहिले मत नै कम खसेका बेलापनि बदर दर भने पहिले भन्दा धेरै छ।  

एक भन्दा धेरै निर्वाचन चिन्हमा छाप लगाएका कारण बदर भएको संख्या गोरखामा धेरै छ। मतपत्रमा ल्याप्चे लगाउने, स्वस्तिक छाप नलगाई मतपत्र खसाल्ने गर्दा धेरै मतपत्र बदर भएको देखिन्छ। निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलेपनि आफ्नो चुनाव चिन्हमा मात्रै मत हाल्न सिकाउँछन्। उनीहरुले मत कस्तो अवस्थामा बदर हुन्छ भन्ने बारे मतदातालाई शिक्षित बनाउन नसक्दा पनि बदर मत बढेको हुन सक्ने निर्वाचन परीवेक्षक एवं अधिवक्ता रमेश अधिकारी बताउँछन्। मतदाताले सबै दल र उम्मेदवारलाई रिझाउन पनि एक भन्दा धेरै छाप लगाएको हुन सक्छ। ‘दल, निर्वाचन आयोग, कार्यालय सबैले मतदातालाई के गर्दा बदर र सदर हुन्छ भन्ने सिकाउन नसक्दा बदर दर नघटेको हुनुपर्छ’ अधिवक्ता अधिकारीले भने।  
अर्को समाचार
गोरखामा सवारी दुर्घटना हुँदा ८ जना घाइते
२९ फागुन २०७९
•
१ मिनेट पाठ
गोरखामा सवारी दुर्घटना हुँदा ८ जना घाइते
गोरखा सदरमुकामस्थित बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन्। सोमबार दिउसो १ बजे बिसौनी मोडमा दूध बोक्ने गाडी पल्टिदा ६ पुरुष र २ महिला गरी आठजना घाइते भएको प्रहरीले बताएको छ।  




जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेका अनुसार बागमति प्रदेशको  ०१००३–६१७० नम्बर दूध बोक्ने गाडी पल्टिएको हो। दूध बोक्ने गाडीले पैदयात्रीलाई समेत ठक्कर दिएर तल पल्टिएको प्रहरीले जनाएको छ।  

त्यस्तै सोहि सवारी दुर्घटना हुँदा बा ६ प १७८६ नम्बरको मोटरसाइकलाई समेत ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। सवारी दुर्घटनाबाट घाइते भएकाहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस