१० वर्षे राजनीतिक द्वन्द्वको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रलाई सहरी जनताले १५ वर्षपछि एक सिट पनि पत्याएनन्। माओवादी द्वन्द्वले आक्रान्त उपत्यकावासीले २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौंका १० मध्ये चार र ललितपुरका ३ वटै क्षेत्रबाट माओवादीलाई स्वागत गरेका थिए। यसपटक कुनै पनि क्षेत्रबाट माओवादी उम्मेदवार प्रतिनिधिसभाका लागि अनुमोदनमा परेनन्। २०६४ सालको निर्वाचनपछि माओवादीको मत बढ्नुको सट्टा निरन्तर घटिरहेको छ। स्थानीय तहको निर्वाचन होस् वा संघीय संसद्को निर्वाचन, माओवादी केन्द्रले एमाले वा कांग्रेसको सहायताबिना एक्लै चुनाव लड्ने आँट गरेको देखिँदैन।
पहिलो संविधानसभा निर्वाचनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० र रोल्पा १ बाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर पाए। भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीले पहिलो संविधानसभा निर्वाचनमा ३१ लाख ४५ हजार ५१९ (३०.५२ प्रतिशत) मत प्राप्त गरेको थियो। माओवादीले प्रत्यक्षतर्फ १२० सिट आफ्नो पोल्टामा पारेको थियो। समानुपातिक र मनोनीत गरी १०९ थपेर २२९ सिट ल्याएको माओवादीले सरकार बनाएको थियो। उक्त निर्वाचनमा माओवादीले काठमाडौं उपत्यकाभित्र ललितपुरका तीनवटै क्षेत्रमा कब्जा जमाएको थियो।
काठमाडौं २ बाट तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई माओवादीले पराजित गरेको थियो। नेपाललाई हराएका माओवादी केन्द्रीय सदस्य झक्कु सुवेदीको देशविदेशमा चर्चापरिचर्चा मात्रै भएन, एमालेका तत्कालीन महासचिव नेपालले पदबाटै राजीनामा दिएका थिए। त्यसैगरी डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले काठमाडौं ७ र हितमान शाक्यले काठमाडौं ६ मा निर्वाचित भई संविधानसभा सदस्य भएका थिए।
उक्त निर्वाचनमा नेपाली कांग्रेसले २३ लाख ४८ हजार ८९० (२२.७९ प्रतिशत) मत ल्याएको थियो। उसले प्रत्यक्षमा ३७ सिट जितेको थियो। समानुपातिकतर्फ ७३ र मनोनीत पाँच गरी ११५ सिट कांग्रेसले आफ्नो पक्षमा पारेको थियो। त्यतिबेला कांग्रेस दोस्रो भएको थियो। त्यस्तै एमालेले २२ लाख २९ हजार ६४ (२१.६३ प्रतिशत) मत ल्याएको थियो। उसले प्रत्यक्षतर्फ ३३ सिटमा समानुपातिक ७० र मनोनीत ५ जोडेर १०८ सिट ल्याएको थियो। जनताले माओवादीलाई पहिलो, कांग्रेसलाई दोस्रो र एमालेलाई तेस्रो दल बनाएर संविधान सभामा पठाएका थिए। कांग्रेस र एमाले आफ्नो जनमतलाई सहर्ष स्वीकार गर्दै आफ्नो भूमिकामा रहे।
२०६६ असार ६ गते संविधानसभाले डा. रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित गर्यो। २०६५ साउन ३२ गते संविधानसभाको दुई तिहाइ बहुमतले दाहाललाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनायो।
माओवादीको नेतृत्वमा एमाले, मधेसी जनअधिकार फोरम, राष्ट्रिय जनमोर्चा, संयुक्त वाममोर्चा लगायत दलहरूको सहभागितामा संयुक्त सरकार बनेको थियो। तर माओवादीले सरकार सम्हालेपछि देशमा बेथितिको चाङ लाग्यो। सरकारी प्रशासन भताभुंग हुने अवस्था आयो। सेना र प्रहरीमा राजनीतिक हस्तक्षेप बढ्यो। प्रशासन निकम्मा बन्न पुग्यो। जसको परिणाम माओवादीले सरकारबाट बाहिरिनु मात्र परेन, संविधान निर्माण नभई संविधानसभा विघटनसमेत भयो। माओवादीले सरकार सम्हालेपछि अव्यवस्थित सहरीकरण बढ्यो। काठमाडौं उपत्यकामा माओवादीबाहेक अरूले जग्गा खरिदबिक्री गर्न सक्ने अवस्थै आएन। उनीहरू चाँडै नै नवधनाढ्यमा परिणत हुँदै गए। यो क्रम बढ्दै गएपछि समाजमा आर्थिक बेथिति पनि बढ्दै गयो।
संविधान निर्माणमा लागेका सांसदहरू समेत आर्थिक बेथितिको मतियार बन्दै गए। फलस्वरूप संविधान निर्माण नगरी २०६९ जेठ १४ गते पहिलो संविधानसभा भंग भयो। प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिए। खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो। सोही सरकारले दोस्रो संविधानसभाको निर्वाचन गरायो। निर्वाचनपछि आएको परिणामले २०७० सालमा उपत्यकामा एक सिट पनि हात पार्न सकेन। माओवादी अध्यक्ष दाहालले काठमाडौं १० र सिरहा १ मा उम्मेदवारी दिएका थिए। काठमाडौं १० बाट उनले हात धुनुपर्ने अवस्था आयो। यी विविध कारणले गर्दा माओवादी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंमा शून्यको स्थितिमा पुग्यो।
त्यतिबेला माओवादीको पोल्टामा अघिल्लो निर्वाचनको भन्दा झन्डै आधा अर्थात् १६ लाख ९ हजार १४५ (१७.७९ प्रतिशत) मत मात्रै पर्यो। उसले प्रत्यक्षमा २६ सिट जितेको थियो भने समानुपातिक र मनोनीत दुवै गरी ८३ सिटमा खुम्चिएको थियो। २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस र एमालेको मतमा धेरै अन्तर देखिएको छैन। कांग्रेसले २६ लाख ९४ हजार ९८३ (२९.८० प्रतिशत) मत प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ १०५ तथा समानुपातिक र मनोनीत १०१ गरी २०६ सिटसहित कांग्रेस पहिलो पार्टी बन्यो। एमालेले २४ लाख ९२ हजार ९० (२७.५५ प्रतिशत) मत प्राप्त गरेको थियो। एमालेले प्रत्यक्षमा ९४ र समानुपातिक र मनोनीतमा ९३ गरी १८४ सिट प्राप्त गरेको थियो। त्यतिबेला कांग्रेस पहिलो र एमाले दोस्रो शक्ति हुँदा माओवादी तेस्रो बनेको थियो।
यसअघि २०७४ सालमा सम्पन्न आम निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट ल्याएर १२१ सिटका सुरक्षित गरी पहिलो भएको थियो। एमालेले समानुपातिकमा ३० लाख ८२ हजार मत ल्याएको थियो। कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट प्रत्यक्षमा जितेको थियो तर समानुपातिकमा ३५ लाख ९० हजार मत ल्याएको थियो। त्यसैको बलमा कांग्रेस दोस्रो पार्टी बन्यो। माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो। उसले समानुपातिकमा १५ लाख मत ल्याउँदा १५ सिट पाएको थियो। ऊ संसद्मा तेस्रो दल बन्यो। तर त्यतिबेला एमालेसँग ४० र ६० सिट बाँडफाँट गरेर प्रत्यक्षमा ३६ सिट जितेको थियो। तर अहिले माओवादी केन्द्रको प्रत्यक्षमा सिट संख्या घट्ने अनुमान गरिएको छ।
२०७४ मा एमालेसँग गठबन्धन गरेको माओवादीले सहरमा पुनः जित्ने आकलन थियो तर उम्मेदवारी दिएका तीनै जनाले पराजय भोगे। माओवादीबाट काठमाडौं १ मा अनिल शर्मा, ६ मा झक्कु सुवेदी र १० मा हितमान शाक्य उम्मेदवार थिए। उनीहरूमध्ये शर्मा तेस्रो भए भने सुवेदी र शाक्य निकटतम प्रतिद्वन्द्वी रहे।
२०७४ मा एमालेको सहायताले ललितपुर ३ मा कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गर्दै माओवादी नेत्री पम्फा भुसाल विजयी भइन्। तर यसपटक भुसाल निकै पछि परेकी छन्। खड्का दोस्रो स्थानमा हुँदा भुसाल तेस्रोमा छिन्। त्यहाँ रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. तोसिमा कार्कीले अग्रता लिइरहेकी छन्। त्यस्तै काठमाडौं २ मा ओनसरी घर्ती र काठमाडौं ९ मा कल्पना धमला पनि प्रतिस्पर्धामै नआई तेस्रो स्थानमै चित्त बुझाउन बाध्य भए।