सिन्धुपाल्चोक १ (क): समाजसेवा गर्दा गर्दै संसदको यात्रा
०७ मंसिर २०७९
•
२ मिनेट पाठ
सिन्धुपाल्चोक १ (क): समाजसेवा गर्दा गर्दै संसदको यात्रा
कोरोना कहरमा जोखिम मोल्दै उनी गाउँ–गाउँ डुल्थिन। माक्स, सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री बाँड्थिन। राजधानीबाट अक्सिजन सिलिण्डिर पठाउँथिन्। अक्सिजन प्लान्ट स्थापनामा पनि धेरै सहयोग गरिन् उनले। समाज सेवा भनेपछि हुरुक्कै हुने उनै मसिना खड्का भण्डारीले अब बागमती प्रदेश संसदको यात्रामा निस्केकी छिन्।




कांग्रेस उम्मेदवार भण्डारी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छिन्। माओवादीसमेतको मतमा उनी क्षेत्र नं. १ (क) प्रदेशबाट निर्वाचित भएकी हुन्। एमाले उम्मेदवार युद्धविक्रम तामाङलाई १ हजार ६२ मतान्तरले पराजित गर्दै भण्डारीले बाजी मारिन्। बुधबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उनले १४ हजार ६ सय ५२ मत पाइन्। एमालेका तामाङले १३ हजार ४ सय ९० मत मात्र पाए।

६० वर्षीया भण्डारी कांग्रेस बागमती प्रदेश सदस्य हुन्। ठूला पार्टीबाट प्रदेश सदस्य प्रत्यक्ष उम्मेदवार बनेर बागमती संसदमा पुग्ने उनी जिल्लाकी पहिलो महिला हुन्। यसै प्रदेशमा राप्रपाकी निर्मला श्रेष्ठ पनि उम्मेदवार थिइन्। २ हजार कम मत ल्याएकी उनी तेस्रो प्रतिस्पर्धी मात्र भनिन्।

तीन–चार वर्षअघिसम्म भण्डारीको नाम जिल्लामा गुमनाम थियो। लामो समय उनी अमेरिका बसिन्, व्यवसाय गरेर। कोरोनाको कहर सुरु हुनु केही समयअघि मात्र उनी नेपाल फर्किइन्। अमेरिका बसे पनि उनले व्यक्ति र संस्थाको सम्पर्कमा रहेर देश र आफ्नो गाउँठाउँमा सहयोग गर्दै आएकी थिइन्।

जिल्लामा कोरोना संक्रमण फैलिन नदिन कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतले जिल्ला र अन्यत्र स्वास्थ्य सामाग्री बितरण गर्ने, राहत बाँड्ने जस्ता अभियान चलाइ रहेका थिए। भण्डारी त्यसैमा मिसिएर अभियानमा सहभागी भइन्। मास्क, सेनिटाइजर, पञ्जा, साबुन, अक्सिजन सिलिण्डर लगायत सामाग्रीको व्यवस्थापन गरिन्।

नेता बस्नेतकै प्रभावमा उनले राजनीति पनि सँगै थालिन्। पार्टी क्रियाशील सदस्यता लिइन्। पार्टीमा लागेको छोटो समयमै कांग्रेसमै उनी अधिवेशनमार्फत बागमती प्रदेश सदस्य बनिन्। पार्टीले प्रदेश समिति सचिवालयको जिम्मेवारी पनि उनलाई दियो। उनी गत वर्ष सम्पन्न १४ महाधिवेशनको उनी नयाँ क्रियाशील सदस्य हुन्।

पार्टीमा जनाएको सक्रियता र कोरोना कहरमा गरेको सहयोगबाट प्रभावित नेता बस्नेतले भण्डारीलाई प्रदेश उम्मेदवार बनाउन पहल गरेका थिए। ‘संकटमा गरेको कामको पुरस्कार स्वरुप मेरै पहलमा उम्मेवार बनाएको हुँ । जित्नु पनि भयो,’ भण्डारी निर्वाचित भएपछि नेता बस्नेतले भने। बस्नेत पनि गठबन्धनबाट क्षेत्र नं. २ का उम्मेदवार बनेर प्रतिस्पर्धामा छन्। ठूलो मतान्तरसहित बस्नेत पनि जितको बाटोमा छन्।  
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१ घण्टा अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस