समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको प्रारम्भिक मतलाई आधार मान्दा नेपाल कम्युनिस्ट पार्टी एमाले अगाडि देखिएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांक अनुसार मंगलबार साँझसम्म समानुपातिक प्रणालीअन्तर्गत एमालेले सबैभन्दा धेरै मत पाएको हो।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ कांग्रेसले अग्रता लिए पनि समानुपातिक मतमा भने ऊ दोस्रो स्थानमा छ। २०७९ असार ७ गते आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रारम्भिक गणना अनुसार समानुपातिकमा तेस्रो स्थानमा छ। नेकपा माओवादी केन्द्र चौथो स्थानमा छ। आयोगको मंगलबार राति १० बजेसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ एमालेले एक लाख ४२ हजार नौ सय एक, कांग्रेसले एक लाख २४ हजार चार सय ४५, राष्ट्रिय स्वतन्त्र पार्टीले ६४ हजार तीन सय ४३ र माओवादी केन्द्रले ६२ हजार एक सय ४४ मत पाएका छन्।
प्रतिनिधिसभा २७५ सदस्यीय छ। जसमा समानुपातिकबाट ४० प्रतिशत (११० जना) प्रतिनिधित्व हुने व्यवस्था छ। प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभामा देशभरका १६५ निर्वाचन क्षेत्रबाट १६५ जना निर्वाचित हुन्छन्। यो कुल सदस्यको ६० प्रतिशत हो।
समानुपातिक निर्वाचन प्रणालीमा सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानिएको छ। यसअन्तर्गत प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व हुन्छ। समानुपातिकमा कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने कुरा थ्रेस होल्ड कटाउने दलको सदर मतमा भर पर्ने आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल बताउँछन्। ‘समानुपातिकमा कति दलले ३ प्रतिशत ल्याउँछन् भन्नेमा भर पर्छ,’ उनले भने।
यस्तो छ समानुपातिक प्रणाली
पहिले देशभरिबाट आएको समानुपातिकतर्फको सदर मत छुट्याइन्छ। कुल मतमध्ये ३ प्रतिशत कटाएका दललाई हेरिन्छ। ३ प्रतिशत कटाएका दलहरूले ल्याएको देशभरिको सदर मतलाई शतप्रतिशत मानेर हिसाब गरिन्छ। एक करोड मत सदर भएमा समानुपातिकमा सिट हासिल गर्न ३ लाख मत कटाउनु जरुरी हुन्छ।
त्यसैगरी ३ प्रतिशत कटाएका दलको सिट बाँडफाँटका लागि टेबुलेसन गरिन्छ। दलले पाएको मतका आधारमा ११० सिटमा भाग गरी बाँडफाँट गरिन्छ। दलले प्राप्त गरेको मतलाई क्रमशः १, ३, ५, ७, ९ (कुल उम्मेदवारअनुसार) भाजकले भाग गरिनेछ। भाग गरी प्राप्त हुने नतिजालाई भागफल (क्योसेन्ट) भनिन्छ। सेन्टलग सूत्र पद्धति अनुसार समानुपातिक सिट बाँडफाँट हुने आयोगका सूचना अधिकारी अर्यालले बताए।
४० प्रतिशत मत ल्याउने दलले समानुपातिकमा करिब ४४ सिट पाउने देखिन्छ। ‘सूत्र प्रयोग गर्दा ४२ देखि ४६ सिट पर्नसक्ने सम्भावना हुन्छ। ३ प्रतिशत मत कटाएका साना दललाई एक दुई सिट फाइदा हुन्छ,’ अर्यालले भने।
समानुपातिकमा समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने व्यवस्था छ। दलले प्राप्त गरेको सिट संख्यामध्ये विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था छ। सम्बन्धित समूहका लागि छुट्याइएको प्रतिशतका आधारमा मत परिणाम विभाजक सूत्रका आधारमा सिट निर्धारण गर्ने व्यवस्था छ।
प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा दलका तर्फबाट राष्ट्रिय सभामा कायम रहेको सदस्य संख्या, प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीसहित कुल ३३ प्रतिशत महिला सांसद हुनुपर्ने व्यवस्था छ। १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलबाट आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने व्यवस्था छ।
प्रदेशतर्फ पनि एमालेअघि
प्रारम्भिक मतगणना अनुसार प्रदेश १ मा समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। त्यसपछिको स्थानमा क्रमशः माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी छन्। समानुपातिकतर्फ मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। मधेस प्रदेशमा समानुपातिकतर्फ एमाले दोस्रो, जनमत पार्टी तेस्रो, जनता समाजवादी पार्टी चौथो र माओवादी केन्द्र पाँचौं स्थानमा छन्।
वाग्मती प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, राप्रपा तेस्रो, माओवादी केन्द्र चौथो र नेपाल मजदुर किसान पार्टी पाँचौं स्थानमा छन्। समानुपातिकतर्फको प्रारम्भिक मतगणना अनुसार गण्डकी प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो, हाम्रो नेपाली पार्टी पाँचौं स्थानमा छन्।
यसैगरी समानुपातिकतर्फको प्रारम्भिक मत गणनाअनुसार लुम्बिनी प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो, नागरिक उन्मुक्ति पार्टी पाँचौं स्थानमा छन्। प्रारम्भिक नतिजा हेर्दा कर्णाली प्रदेशमा समानुपातिक मतमा माओवादी केन्द्र पहिलो, एमाले दोस्रो, कांग्रेस तेस्रो र राप्रपा चौथो स्थानमा छन्।