सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेका छन्।
उनीहरू मत गणना बहिस्कार गर्दै मतगणना स्थलबाट बाहिरिएका छन्। मतगणना जारी रहँदा आज राजविराज नगरपालिका वडा नम्बर ३ स्थित 'ख' केन्द्रको मतपेटिकामा लगाइएको सिल नमिलेपछि मिलाउन आग्रह गर्दा प्रमुख निर्वाचन अधिकृतले मतपेटिका लुकाएको उनीहरूले आरोप लगाएका छन्।
गणनामा बसेका जसपाका प्रतिनिधि नारायण प्रसाद यादवले छानबिनको माग गर्दै मतगणना बहिस्कार गरी बाहिरिएको बताए। प्रमुख निर्वाचन अधिकृतलाइ विश्वसनीय छानबिन नभए गणना अस्वीकार गर्ने लिखित चेतावनी दिएको यादवले बताए।
अहिले यहाँको मतगणना स्थगित गरिएको छ। स्थगित हुँदासम्म सिके राउतले २१ हजार ८१७ मत प्राप्त गरेका छन्। उपेन्द्रले १० हजार ८८७ मत मात्र प्राप्त गरेका छन्।