गोरखा क्षेत्र नम्बर २ को मत गणना सोमवार बेलुकीबाट सुरु भएको छ। करिब साँढे सात बजेबाट मत गणना सुरु भएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए।
गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता छ। नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले पछ्याईरहेका छन्।
गोरखा १ मा भने मंगलवार बिहानमात्रै मत गणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हेलिकप्टरबाट मतपेटिका ल्याउँदा सोमवार साँझ सम्म समय लागेकाले मंगलवार बिहानबाट मात्रै गणना हुन लागेको हो। मंगलवार बिहान सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।गोरखा क्षेत्र नम्बर २ मा प्रदेश सभा १ र २ को पनि गणना सुरु भएको छ।