नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जनताको पक्षमा मतदान गर्न देशभरका मतदाताहरुसँंग आग्रह गरेका छन्।
विहान १० बजे भक्तपुरको विद्यार्थी निकेतन मावि मतदान केन्द्र दरवारस्क्वायर भक्तपुरमा मतदानपछि उनले आफनो स्वास्र्थका लागि सिद्धान्तलाई तिलाञ्जली दिएर गठबन्धन गर्नेहरुलाई मत नदिन आग्रह गरे।
मतदानपछि पत्रकारहरुसँंग कुराकानी गर्दै उनले उनकै भाषामा ठगहरुलाई मतदान नगर्न आग्रह गरे। सता गठबन्धन कांग्रेस, माओवादी र नेकपा एस गठबन्धन र नेकपा एमालेसहितका राप्रपा लगायतका दुवै गठबन्धन ठबन्धन रहेको उनको भनाई थियो।
कांग्रेससहितको सता गठबन्धन र राप्रपासहितको एमाले गठबन्धन दुवै एउटै सिक्काका दुईवटा पाटा हुन्। त्यसकार यी दुवैलाई जनताले बहिष्कार गर्नुपर्छ, उनले भने।
भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन्। यस अन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था छ। त्यहाँं कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाताले मतदान गर्ने छन्। भक्तपुरका कुल मतदातामध्ये महिलाको संख्या बढी छ। महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन्।
जिल्लामा एक हजार सात सय ७६ जना निर्वाचन कर्मचारी खटिएका छन्। त्यस्तै आठ सय ८६ जना म्यादी प्रहरीसहित दुई हजार दुई सय १८ जना सुरक्षाकर्मी परिचालन भएको छ निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिने छन्।
मतदानको दिन हरेक केन्द्रमा नियमित अनुगमन भइरहने जनाएको छ। कुनै पनि केन्द्रमा उच्छृंखल तथा निर्वाचन आचारसंहिता विपरितका कार्य भए तत्काल सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको छ।
यहाँं १० वटा अपांगमैत्री मतदान केन्द्र छन्। कुल दुई सय २२ मतदान केन्द्रमध्ये १० वटालाई अपांगता मैत्री बनाइएको छ। यसअन्तर्गत भक्तपुर नगरपालिका ५, सूर्यविनायकमा ३ र मध्यपुर थिमि तथा चाँगुनारायण नपामा एकएक वटा केन्द्रलाई अपांगमैत्री बनाइएको छ। भक्तपुर नपाका ५ मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालय तेखापुखू भक्तपुरमा अपांगता भएकाहरुको सुविधाको लागि र्यामसमेत बनाइएको जनाइएको छ।
मतदानको दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै मंसिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरणमा रोक लगाइएको छ।