यतिबेला काठमाडौंको दृश्यले सबैको मन लोभ्याएको छ । हुन पनि झिलिमिली काठमाडौं नियाल्दा कल्पना गरिएको सपनाको शहरको आभाष मिल्ने खालको छ ।
हिन्दूहरूको दोस्रो महान पर्व तिहार आएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइन्छ । जसको रौनक आज देखिन्छ । अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ।
झिलिमिली बत्तीले सजिएको काठमाडौं उपत्यका नजिकका डाँडाहरूबाट थप मनमोहक र आकर्ष देखिएको छ।
तिहारको तेस्रो दिन आज सोमबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा मनाइएको छ। आजको दिन तिहारको विशेष दिन हो।
ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ। आजको दिन शहरदेखि गाउँसम्म झिलिमिली देख्न सकिन्छ।