काठमाडौँको खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपत्यका भेला आयोजना गरेको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी तथा सांगठिनक अभियानलाई जारी राखेको छ।
पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम गरेको हो। यसै क्रममा पार्टीले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लालाई समेटेर काठमाडौँको खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको छ। कार्यक्रममा उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन हुने पार्टीले जनाएको छ।
यस्तै आकांक्षी उम्मेदवारले आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन्। कार्यक्रमस्थलबाट पार्टी सदस्यका लागि आवेदन दिने व्यवस्थासमेत गरिएको छ। यो पार्टीले केही समयदेखि देशका विभिन्न स्थानमा प्रदेश स्तरीय भेला गर्दै आइरहेकाे छ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने योजनाप्रति अकुपाई टुँडिखेल अभियानले आपत्ति जनाएको छ।
अभियानले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय खुलामञ्चमा दुईवटा फुटबल मैदान निर्माण गर्न लागिएको जानकारी प्राप्त हुन आएको र त्यसप्रति आपत्ति जनाएको हो।
खुल्लामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व भएकाले फुटबल ग्राउन्ड निर्माण गर्न नहुँने अभियानले जनाएको छ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने योजना अघि सारेको छ । दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिसकेको छ।
यसअघि महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो। त्यसका लागि कार्यपालिका बैठकमा सहमति पनि जुटाएको थियो। तर, सर्वत्र विरोध भएपछि तत्कालका लागि पछि हटेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...