हामी सरकार ढाल्न आएका होइनौं, ब्यूँझाउन आएका हौं
३१ जेष्ठ २०७७
•
१ मिनेट पाठ
हामी सरकार ढाल्न आएका होइनौं, ब्यूँझाउन आएका हौं
सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले राष्ट्रिय गान गाएर घर तर्फ फर्केका छन्। हातमा फुल बोकेर, बेसार सडकमा पोखेर शान्तिपूर्ण प्रर्शन गरेका थिए ।  




माइतीघर मण्डलमा करिब डेढ घण्टा मौन प्रदर्शनका क्रममा पनि फूल बोकिएको थियो। सामाजिक दूरीसहितको मौन प्रदर्शन सकिएपछि प्रदर्शनकारीले प्रहरीलाई फूल दिएका हुन्।

सरकारले कोरोना नियन्त्रणमा गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब खोज्दै माइतीघरमा नेपाली र विदेशीसमेतले प्रदर्शन गरेका हुन्। 
https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/104114113_257462775341452_5651331452567503955_n.jpg
https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/82410069_265574927889393_6566071660849157778_n.jpg
https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/103154027_253577019406523_5692941111542401280_n.jpg
https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/103800462_3042432369173783_6500981637049578619_n.jpg
https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/102739488_260495901723985_4631895809947306337_n.jpg
https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/104231166_193492701931058_3978292926939230523_n(2).jpg
https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/104412036_2991040587676289_762359563658333651_n.jpg
https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/103142229_264453251467044_8102234013225456855_n.jpg
https://images.nagariknewscdn.com/photos/Baishak%202077/Jestha/103745215_615607692645574_8351689808056631990_n.jpg
अर्को समाचार
खोटाङमा सरकार विरुद्ध सिट्ठि जुलुस प्रदर्शन
२५ असार २०७८
•
२ मिनेट पाठ
खोटाङमा सरकार विरुद्ध सिट्ठि जुलुस प्रदर्शन
दिक्तेलमा सिट्ठि जुलुस प्रदर्शन गर्दै सत्तासिन दल निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ता। तस्बिर सौजन्य: रोशन राई
चार विद्यार्थी संगठनले खोटाङमा सरकार विरुद्ध सिट्ठि जुलुस प्रदर्शन गरेको छ। सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासन विरुद्ध सत्तासिन दल निकट नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तीकारी, समाजवादी विद्यार्थी यूनियन र अनेरास्ववियु (नेपाल समुह)ले बिहिबार साँझ दिक्तेलमा सिट्ठि जुलुस प्रदर्शन गरेको हो। 




सरकार विरुद्ध चरणवद्ध संघर्षका कार्यक्रम गर्दैआएको विद्यार्थी संगठनले दिक्तेलको भवनगैराबाट त्रिबेणीचोकसम्म सिट्ठि जुलुस निकालेको समाजवादी विद्यार्थी यूनियन खोटाङका अध्यक्ष रोशन राईले जानकारी दिए। चार विद्यार्थी संगठनले संसद पुःर्नस्थापनाको माग पनि गर्दैआएका छन्। 

सिट्ठि जुलुसपछि त्रिबेणीचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तीकारीका नेता डिल्लीराम खड्काले नेपाली जनताको रगत र पसिना बगाएर ल्याइएको लोकतन्त्र र संविधानलाई जोगाउनका लागि संयुक्त संघर्षमा उत्रनु परेको बताएका छन्।  

सरकारको विरोधमा गत असार १९ गते दिक्तेलमा राँके जुलुस प्रदर्शन गरेको चार विद्यार्थी संगठनले असार १६ गते दिक्तेलको किरातचोक (रत्नपार्क)मा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो। संयुक्त संघर्ष समितिले लकडाउनको अवधिको सम्पूर्ण शुल्क राज्यले वहन गरी विद्यार्थीलाई शुल्क नथोपर्न र मनपरी शुल्क थोपरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। 

यस्तै, मन्त्री पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीबाट संविधान र कानूनलाई चुनौती दिने गरिएका हर्कतको विरोध गर्दै दलित आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै विद्यार्थीको संयुक्त संघर्ष समितिले कोभिड–१९ को महामारीको विकल्प खोप भएको हुँदा आम नागरिकलाई खोप व्यवस्था गर्न, विद्यार्थी र शिक्षकलाई तत्काल कोभिड विरुद्धको खोपको व्यवस्था गरी शैक्षिक संस्था सञ्चालनको वातावरण तयार गर्न माग गरेका छन्।  

चार विद्यार्थी संगठनले महामारीको मौका छोपेर पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मुल्यवृद्धि, आकाशिएको महंगी, कालाबजारी नियन्त्रण गर्न तथा कोभिड विरुद्धको खोप एवं स्वास्थ्य सामग्री खरिदमा भएको चरम भ्रष्टाचारप्रति राज्यले साँधेको मौनताको भत्र्सना गर्दै जनताप्रति जवाफदेही र उत्तरदायी भूमीका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराएको छ।  
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस