नेपालीहरूको महान् चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ।
यस वर्ष असोज २६ गते शनिवार दसैँको टिका रहेको छ। दसैँ मनाउन विदेश गएका फर्किने र सहर पसेकाहरू पनि गाउँ जाने क्रम जारी छ। जसका कारण गाउँ फर्किँदा आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनी,नातागोतालाई नयाँ कपडा, मिठा खानेकुराहरू किन्न बजारमा उल्लेख्य भीड देखिन्छ।
साथै दसैँका लागि आवश्यक अन्य सामग्रीहरू किन्नका लागि पनि मानिसहरू घर बाहिर निस्किएका छन्। केही कार्यालयहरू बन्द भइसकेका छन्। जसका कारण पनि घरबार बाहिर निस्किएर बजार डुल्ने फुर्सद मिलेको छ। त्यसैले काठमाडौँको न्युरोड, असन, बौद्ध, रत्नपार्क लगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ। बजार, उपभोक्ता र व्यापारीहरूका केही तस्बिरहरू।
लोपोन्मुख समुदायका रुपमा रहेको राउटेको टोली जुम्लामा पुगेको छ ।कर्णाली प्रदेशको दैलेखमा बसोबास गर्दै आएका राउटे समुदाय सदरमुकाम खलङ्गा पुगेका छन्।राउटे समुदायका मुखिया शेरबहादुर रास्कोटी नेतृत्वको टोली मंगलबार जुम्लाको सदरमुकाम खलङ्गा आइपुगेको हो।दैलेखको गुराँस गाउँपालिकाको मैना खोलामा बसोबास गर्दै आएका उनीहरु गाडीको यात्रा गरेर दसैं र तिहार मनाउन आर्थिक संकलन गर्दै जुम्लामा आइपुगेका हुन्। चार जनाको टोली छ ।प्रति व्यक्ती दुई हजार ५ सय भाडा तिरेको उनले बताए।
लोपोन्मुख राउटे समुदाय कर्णाली प्रदेशको दैलेख र सुर्खेत जिल्लाका जंगलमा बसोबास गर्दै आएका छन्।दैलेख,कालिकोट हुँदै जुम्ला पुगेका हुन्। दसैं तिहार र अन्य चाडपर्व मनाउन पर्वको खर्च संकलन गर्ने गरी प्रत्येक जिल्लामा घुम्न थालेको अर्का प्रकाश कलेलले बताए।
राउटे समुदायका मुखिया रास्कोटी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी र अन्य स्थानीय तहका प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्ने बताउँछन्।उनीहरू प्रत्येक जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाडपर्व खर्च संकलन गर्ने गरेका छन्।उनीहरुले सरकारले दसैँ खर्चको व्यवस्था गरिदिन आग्रह गरे। ‘अब दसैँ आइसक्यो, हाम्रो जनताले दसैँमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ’, शेरबहादुरले भने, ‘हामीसँग पैसा हुँदैन, त्यसका लागि सरकारले पैसा दिनुपर्यो ।’
काठका सामाग्री बनाउने र बिक्री गर्ने परम्परागत पेसा सङ्कटमा परेपछि मागेर खानुबाहेक अर्को विकल्प नभएको प्रकाशको भनाइ छ।‘पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कौसी बनाएर बिक्री गर्थ्यौ र आफ्नो खर्च चलाउँथ्यौँ तर अहिले रुख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ ।
‘पढे लेखेका छैनौं, अरु काम गरी खाने अवस्था छैन, जुन सीप थियो, त्यो सीप काम नलाग्ने नै भइसक्यो,’ उनले भने । गाउँपालिका पुग्ने र रकम माग्नेबाहेक अर्को विकल्प नै नभएको उनीहरूले दुखेसो पोखेका छन्।नजिकै चाडपर्व आउन थाले। दसैंतिहार पनि नजिकै आउँदै छ । समुदायमा रमाइलो गर्नुपर्यो त्यसका लागि पनि केही आशा बोकेर आएको भन्दै राउटेले वास्तविकता सुनाए। जिल्लामा आइपुग्दा बर्षाले बाटो अप्ठ्यारो भएकोले दुःख र समस्या धेरै पाएको शेरबहादुरले भने ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...