कोरोनाको प्रभाव र लकडाउनको अनुभव
३१ असार २०७७
•
२ मिनेट पाठ
कोरोनाको प्रभाव र लकडाउनको अनुभव

अनुराग सापकोटा

कक्षा –५, श्री ताराकुञ्ज सेकेण्डरी स्कुल , पोखरा –१३,कास्की ।




सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरमा देखापरेको नयाँ प्रजातिको भाइरस नै कोरोना भाइरस हो । यसलाई कोविड १९ पनि भनिन्छ । यही भाइरसको संक्रमणका कारण लाग्ने रोगबाट अहिले सम्पूर्ण मानव जगत् त्रसित बनिरहेको छ । कोरोना भाइरस अरू प्रजातिका भाइरसभन्दा खतरनाक रहेको कुरा वैज्ञानिकहरूको अध्ययनबाट सावित भइसकेको छ । यो भाइरसको संक्रमण सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा हुन सक्छ ।

यसबाट संक्रमित व्यक्तिमध्ये झन्डै तीन प्रतिशतले यसकै कारण ज्यान गुमाउन सक्ने तथ्य सार्वजनिक भएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिमा कोरोनाको संक्रमण हुन सक्छ । यही कुरालाई ध्यान दिई गत चैत्र ११ गतेदेखि हाम्रो देशमा सरकारले लकडाउन अर्थात् बन्दाबन्दी घोषणा गरेको थियो । त्यही दिनदेखि देशभरका विद्यालयहरूमा पठनपाठन लगायतका अन्य शैक्षिक गतिविधिहरू ठप्प पारिएको थियो ।

कोरोनाको प्रभावबाट देशबासीलाई बचाउन गरिएको लकडाउनका कारण झन्डै दुई महिना पूर्ण रूपमा बन्द रह््यो  । पछिल्लो समयमा इन्टरनेटको उपयोग गर्दै हाम्रो विद्यालयमा अनलाइन विधीबाट पठनपाठन भइरहेको छ । लामो समयसम्म विद्यालय बन्द भएको हुँदा म मेरो गाउँ गएँ । त्यहाँ रहँदा मेरो बाबाआमा र हजुरआमाले मलाई विभिन्न खालका कामहरू गर्न सिकाउनुभयो । मैले तरकारी खेती गर्न, कम्पोस्ट मल बनाउन, विभिन्न खालका खेलहरू खेल्न जंगलबाट निउरो टिपेर ल्याउन एवं कथा, कविता लेख्न सिक्ने अवसर पाएँ ।
 

यस वर्ष मैले मेरो जन्मदिन घरबाट बाहिर ननिस्की मनाएँ । यसपालि हामीले जन्मदिनमा केक काटेनौं । घरमै पकाएका सेलराटी, पुरीजस्ता परिकार बनाएर भीडभाड नगरी मनायौं । यसो गर्नुपर्दा मलाई केही नरमाइलो महसुस भयो तर बाबाअमाले सम्झाएपछि म खुसी भएँ । लकडाउनको कारण कहिल्यै भुल्ने नसकिने यो एउटो अनुभव नै रहयो ।

मैले कथा, कविता र लेख लेखेर लकडाउनको समय सदुपयोग गरे । मैले लेखेको कविता टेलिभिजनमा प्रसारणको लागि रेकर्ड पनि गराउने अवसर प्राप्त भयो । त्यसैले सिर्जनात्मक रूपमा लकडाउनको समय मेरा लागि उपयोगी नै रह्यो ।

सिर्जनात्मक लेखनबाट प्राप्त हुने आनन्द बेग्लै खालको हुँदो रहेछ । कोरोनाको प्रभावलाई निस्तेज पार्न गरिएको बन्दाबन्दीका कारण अहिले हाम्रो देशका धेरै क्षेत्रमा नकरात्मक प्रभाव परेको छ । हाम्रो सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ का कार्यक्रमहरू यस वर्ष नहुने भएका छन् । कोरोनाको कारण गरिएको बन्दाबन्दीबाट अस्तव्यस्त हुन पुगेका कृषि, शिक्षा, स्वास्थ्य, यातायात, खेलकुद लगायतका क्षेत्रहरूलाई अग्रगति दिन आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुलाई नेपाल सरकारले यो वर्षको बजेटमा विशेष व्यवस्था मिलाएको छ ।

कोरोनाको प्रभाव दिनप्रतिदिन तीव्र गतिमा घट्दै जाओस् । सम्पूर्ण विश्वले नै यसलाई जितेर मानव जातिमाझ आशाको किरण छर्न सकोस् । मेरो यही कामना !
अर्को समाचार
कोरोनाको प्रभाव र लकडाउन
२६ असार २०७७
•
३ मिनेट पाठ
कोरोनाको प्रभाव र लकडाउन
स्मृति सापकोटा

स्मृति सापकोटा

कक्षा – ५,

श्री ताराकुञ्ज सेकेण्डरी स्कुल, पोखरा –१३,कास्की।

अहिले विश्व नै कोरोना प्रकोपसँग जुधिरहेको छ । सन् २०१९ को नोभेम्वर महिनामा चीनको वुहान शहरबाट उत्पति भएको नोबेल कोरोना भाइरस अहिले विश्वभरि नै फैलिएको छ । २०७६ साल माघ ९ गते चीनबाट आएको एक जना विद्यार्थीमा नेपालमा पहिलोपटक कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि फाल्गुन २० गते अर्को व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नेपालमा कोरोनाको त्रास फैलियो । यसलगतै नेपाल सरकारले पनि विद्यालय तहका सबै परीक्षाहरू चैत्र ५ गतेभित्र सक्नुपर्ने भनेर निर्देशन जारी गरेको थियो । सरकारको निर्देशनअनुसार हाम्रो विद्यालयले पनि २०७६ सालको अन्तिम परीक्षा फाल्गुन २८ बाट सुरु गरेर चैत्र ५ गते समापन गरयो ।




त्यतिबेला सबै मानिसहरू डराइरहेका थिए । बजारमा मानिसहरूको आवतजावत निकै कम भएको थियो । शहरमा गुड्ने गाडीहरू निकै कम भइसकेको थियो । हाम्रो अन्तिम परीक्षा सकिएलगतै एसइई परीक्षा रोकिएको खबर सुनियो । चैत्र ११ गतेबाट त सरकारले लकडाउनको घोषणा नै गरयो ।

लकडाउनलाई नेपालीमा बन्दाबन्दी भनिँदो रहेछ । लकडाउन हामी जहाँ छौं त्यहीँ सुरक्षितसाथ बस्ने अनि आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, घरबाहिर निस्कनै परे माक्स र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, भीडभाडमा नजाने, सामाजिक र व्यक्तिगत दूरी कायम गर्ने आदि भन्ने रहेछ ।

पहिलोपटक घरभित्र थुनिएर बस्नुपर्दाको अनुभव मैले कथामा सुनेका र पढेका जेलका कैदीहरूकाजस्तै अनुभव गरें । बुझ्दै जाँदा सरकारले हाम्रै सुरक्षाका लागि लकडाउन गरेको रहेछ । खुला रूपमा बाहिर हिँड्दा कोरोना छिटो सर्ने रहेछ । हाम्रो स्वास्थ्यका लागि हामी आफै सर्तक हुनुपर्दो रहेछ । यही कारण मैले लकडाउनको पूर्ण पालना गर्न थालें ।

लकडाउनको समयमा घरमै बस्दा मैले धेरै कुराहरूको अनुभव गरेँ । यसका अनेकौं फाइदा र बेफाइदा पनि रहेछन् । पहिलाका वर्षहरूमा परीक्षा सकिएपछि नयाँ नयाँ ठाउँहरू घुम्न जान्थ्यौं । इष्टमित्र, साथीभाइसँग भेटघाट   गथ्र्यौं तर अहिले लकडाउनका कारण कहीँ पनि जान पाइएन । प्रत्येक वर्ष वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । तर लकडाउनले गर्दा विद्यालय खुल्न पाएन । हामीहरू पनि झोलामा नयाँ पुस्तकहरू राखी विद्यालय जान्थ्यौं । तर यो वर्ष अहिलेसम्म घरमै बस्नुपरेको छ ।

लकडाउनले हाम्रो दैनिक जीवनलाई केही असहज बनाएको छ । सबै पेशा, व्यवसाय क्रियाकलापहरू प्रायः ठप्प छ । तर पनि मैले यो समयमा केही नयाँ कुराहरू सिक्ने र गर्ने अवसर पाएँ । यतिबेला मैले घरमा खाना बनाउने, चिया बनाउने, घर सफा गर्ने, कपडा धुनेजस्ता कामहरू सिकेकी छु । त्यसै गरी आमालाई घरको काममा सघाउने गरेकी छु । लकडाउनले गर्दा हामी परिवारका सदस्यहरू सँगै बस्न पाएका छौं । त्यसै गरी मैले कविता लेख्न, मोबाइल, ल्यापटप चलाउन पनि सिकें । यही समयमा मैले फेसबुक एकाउन्ट खोलें । फेसबुकमार्फत साथीहरू र इष्टमित्रहरूसँग कुराकानी गर्छु । यसकारण मलाई केही सजिलो भएको छ । लकडाउनकै कारणले मैले प्रविधिसँग नजिक हुन पाएँ ।
लकडाउनले गर्दा विद्यालय खुल्ने अनुकूल वातावरण नभएकाले गर्दा विद्यालयहरूले वैकल्पिक विधिको प्रयोग गरी कक्षा लिन सुरु गरेका छन् । हाम्रो विद्यालयले पनि अनलाइन कक्षा सुरु गरेको छ । आजकल हामीहरू घरमै बसेर अनलाइनमार्फत पढ्छौं । गुरुगुरुआमाहरूले अनलाइनबाट पढाउनुहुन्छ । गृहकार्य दिनुहुन्छ । हामीहरू पनि अनलाइनबाटै गृहकार्य बुझाउछौं । अनलाइन कक्षा सुरु भएदेखि मलाई पनि केही खुसी लागेको छ । विद्यालय जान नपाए पनि घरमै बसेर पढ्न पाएकी छु । मोबाइल र ल्यापटपको प्रयोग गर्न पाएकी छु । शिक्षक र साथीहरूसँग दैनिक रूपमा अनलाइनबाट भेट हुन्छ । हामीहरू सधैं आनन्द लिँदै पढ्छौं ।

आजकल लकडाउन केही खुकुलो भएको छ । मोटरसाइकल र निजी सवारी साधनहरू खुलेका छन् । हामीहरू पनि आवश्यक कामका लागि मात्र भए पनि बजार जान पाएका छौं । आशा गर्दछु – कोरोनाको प्रकोप छिट्टै सकिने छ । लकडाउन पूरै खुल्ने छ र हामी छिट्टै हाम्रो विद्यालयमा गएर पढ्न पाउने छौं।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस