क्वारेन्टिन भनेको के हो मामु ?
२९ असार २०७७
•
३ मिनेट पाठ
क्वारेन्टिन भनेको के हो मामु ?

लक्ष्मी उप्रेती  

’ मामु म स्कुल कहिलेदेखि जाने ?’  बिहान ओछयानमा नै छोरी अश्लेषाले आँखा मिच्दै सोधिन।




’अहो आज मेरी छोरीले सपनामा स्कुल देखिन कि क्या हो ?’ आमाले प्रतिप्रश्न गर्नुभयो।

– हैन मामु, स्कुल जान नपाएदेखि सपना देख्दिन। ए। अब केही दिनमा कोरोनाको प्रकोप सकिन्छ। लकडाउन पूरै खुल्छ, स्कुल पनि खुल्छ नि। अनि स्कुल जाने ल नानु ।

– मलाई स्कुल जान मन लागेको छ । स्कुल गएर राम्रो पढ्छु नि। अनलाइनमा पढाएको बुझ्दिन म। साथीहरूसँग  टिफन साटासाट गरेर खान, खेल्न र सबै मिलेर ठूलो स्वरमा कराउन क्या मजा हुन्छ। एक कक्षाको परीक्षा सकेदेखि घरमै छौं । पास भएर दुई कक्षामा पढन स्कुल नै जान पाइन। अब कसले पढाउनु होला। जान्छु नि के मामु आज।

– अहिले हिँड्नु हुन्न नानी। अनि स्कुल पनि बन्द छ नि। नत्र तिम्रो साथी लयलाई सोध त। फोनमा कुरा गर्छौँ। कुरा गर्छौं भने म नम्बर मिलाइदिन्छु ।

– हुन्छ मामु मिलाइदिनुन। लयसँग कुरा गर्छु त।आमाले तुरुन्तै मिलाएर छोरीलाई मोवाइलमा दिइन।

साथीसँग कुरा गर्न पाउँदा छोरी दङ्ग भई अनि आमा पनि उठेर भान्छामा लागिन् ।

एकैछिनमा छोरी भान्छामा आइन अनि ठाडो प्रश्न गरिन  ’अचानक मामु क्वारेन्टिन भनेको के हो  ?’ 

– क्वारेन्टिन किन छोरी ।

– लया का बाबा त  क्वारेन्टिनमा रे नि । कस्तो स्याड छिन् लया। रुँदै बिस्तारै बोलिन। अनि मैले अरू कुरा गरिन् ।

– ठीक गरयौं छोरी। अहो’, कहिलेदेखि नि।

– खै त्यो  त सोधिन मामु’ । क्वारेन्टिन भनेको चै के हो भन्नु न छिटो ।

– ब्रेकफास्ट खाँदै भन्छु हिंड तर तिमीले पनि कपाकप खानुपर्छ नि।

– हस ।

दुवै जना डाइनिङ रूममा आए। अनि आमासँगै छोरी अश्लेषा पनि खान थालिन्। खाँदै आमाले भन्न सुरु गरिन। 

क्वारेन्टिनमा बस्ने भनेको आफूलाई अरूबाट अलग्ग राख्ने बसाइ हो । यसरी घरमा पनि बस्न सकिन्छ अनि सरकारले बनाएरका क्वारेन्टिनमा पनि बस्न सकिन्छ। अझ यसबेला त कुनै होटलमा पनि क्वारेन्टिनको व्यवस्था छ। त्यहाँ पनि बस्न सकिन्छ।
 अहिले कोरोनाको  डरलाग्दो प्रकोप छ। यसको संक्रमण भएको शंका भएमा अरूलाई नसरोस् भनेर कम्तीमा १४ दिनसम्म सबैबाट अलग्ग रहेर बस्नुलाई क्वारेन्टिनमा बस्ने भनिन्छ । यदि लापरवाही गरे आफ्ना सम्पर्कमा आउने व्यक्तिलाई पनि खतरा हुन्छ।

– ए, अनि सबैसँग अलग्ग भोकै बस्ने, कि भोक लाग्दैन  क्वारेन्टिनमा मामु  ?

–   नि। किन नलाग्नु। अझ यस्तो बेला त स्वास्थ्यकर र तागतिलो कुरा खाइरहनुपर्छ।

– सबैबाट अलग्ग अनि  कसले दिन्छ खानेकुरा ?

– बूढाबूढी, रोगी र साना नानीहरूले विशेष होस गर्नुपर्छ। अरूले पनि अलग्ग भएर दिँदा हुन्छ नि ।

– ए, त्यसो भए त ठिक छ। अरू के गर्नु पर्छ मामु।

क्वारेन्टिनमा बसेका मान्छेको कपडा, थाल कचौरा ग्लास अरूलाई उपयोग गर्न दिनु हुन्न। उसले मात्र उपयोग गर्ने । भरसक उसका लागि नुहाउने र ट्वाइलेट कोठा पनि बेग्लै भए राम्रो हुन्छ। उसेले मुखमा माक्स दिन दिनै बदलेर लगउने। साबुनपानीले हात धुने र सेनेटाइजरको प्रयोग त छोड्नै भएन। क्वारेन्टिनमा बस्ने मान्छेबाट ख्याल गर्नुपर्छ। यदि रुघाखोकी या ज्वरो आयो भने तुरुन्तै डाक्टरलाई जँचाउनुपर्छ। बुझ्यौ क्वारेन्टिन भनेको नानु । मैले अब तिम्रो लागि नै भए पनि हरेक कुरा जान्नुपर्ने भयो नि। धन्न अफिस छाडेर सजिलो भएको छ।

स्कुल जाने बिर्सिएकी अश्लेषातिर पुलुक्क हेरेर आमा हाँसिन्।आमासँगै आठ वर्ष लागेकी अश्लेषा पनि हाँसिन् ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस