मेरो खुत्रुके
१३ असार २०७७
•
३ मिनेट पाठ
मेरो खुत्रुके

हार्दिक न्यौपाने

कक्षा—२,

अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।

मेरो खुत्रुकेमा दस हजार ६ सय रुपैयाँ छ । मेरो खुत्रुके माटाको हो । मेरो घरमा दुईवटा खुत्रुके छ । एउटामा १० हजार ६ सय अनि अर्काे सानामा ५ सय जति छ । आजै गितुले दस रुपैयाँ दिनुभयो । बाबाले डेढ सय दिनुभयो । हजुरबुबाले  सय रुपैयाँ दिनुभयो । पाँच रुपैयाँ मैले भेटें । अनि २० रुपैयाँ ममीले दिनुभयो । आज मात्रै ३ सय ९० रुपैयाँ भयो । पहिलो कमाइमै यति धेरै भयो । यो नयाँ खुत्रुकेमा त पहिलाको भन्दा पनि धेरै होला जस्तो छ ।  




मेरो पहिलो खुत्रुके दशैमा किनेको हो । खुत्रुकेको सुरुवात ठूलो खुत्रुकेबाट भयो । अनि आज सानो खुत्रुके किनेको हो । पहिलाचाहिं ठूलो खुत्रुकेमा भेट्नेबित्तिकै खुत्रुकेमा हाल्थें । मैले एकपटक त बाबाको हजार रुपैयाँ देखें टेबुलमा । त्यसलाई पनि खुसुक्क खुत्रुकेमा हाल्दिएँ । बाबाले थाहा पाउनुभयो । थाहा पाएर मलाई फलो गर्नुभयो । बाबाकै अगाडि चोरेको । चोरपुलिस खेलेको जस्तै भयो । मचाहिं चोर, बाबाचाहिं पुलिस । हाहा ।  

खुत्रुके 
बाबाले देऊ भन्नुभयो । मैले बाबालाई दिएँ । अनि बाबाले हालहाल भन्नुभयो । अनि मैले हालें । हजार देख्यो भने मलाई खुत्रुकेमा हालोंहालौं लाग्थ्यो । मलाई त हालौंहालौं लाग्थ्यो हजार देखेसी । धनी हुन्छु भनेर खुत्रुकेमा हालेको हो । धनी भयो भने मजैमजा हुन्छ । खेलौना किन्न पाइन्छ । खुत्रुकेमा पैसा भयो भने बस्न मिल्ने बाइक पनि किन्न मिल्छ । दराज किन्न मिल्छ । स्टोरीबुक किन्न मिल्छ । टेबुल किन्न मिल्छ । कपडा किन्न मिल्छ । कुर्सी किन्न मिल्छ । बदाम किन्न मिल्छ । पेन्सिल किन्न मिल्छ । गितार किन्न मिल्छ । खाट किन्न मिल्छ । पर्दा किन्न मिल्छ । इरेजर किन्न मिल्छ । चंगा किन्न मिल्छ । लट्टा किन्न मिल्छ । कपाल काट्न मिल्छ । दारी काट्न मिल्छ । मेरो दारी छैन तर अरू ठूला मान्छेका दारी छन् केटीबाहेक । पेनड्राइभ किन्न मिल्छ । स्कुलमा एडमिसन हुन मिल्छ । घर बनाउन मिल्छ 

घर फोहोर छ भने खरेटो किन्न सहयोग गर्छ । खास यो बेलामा मास्क किन्न मिल्छ । खास यो बेलामा खाना किन्न पनि मिल्छ । हामी बाहिर गएका छैनौं ।

खुत्रुकेमा पैसा राखेर हजुरबालाई ढाकाटोपी किन्दिने प्लान छ । दिदीलाई ल्यापटप किन्दिन्छु । बाबालाई पनि ल्यापटप किन्दिन्छु । अनि सेभिङ क्रिम किन्दिन्छु । ममीलाई स्कुटर मेकअप फम किन्दिनी प्लान छ । ठूलोबाबालाई एउटा गाडी किन्दिनी प्लान छ । ठूलोममीलाई भाँडाकुडा किन्दिन्छु । पैसा पनि दिन्छु । ठूलो ममीसँग पैसा छैन । केके ठूलोममीले नै किन्नुहुन्छ ।
 सुजिता दिदीलाई पेन्सिल र आर्ट कपी किन्दिन्छु । इना बुनेलाई मोबाइल किन्दिन्छु । आफूलाई केही किन्दिनँ । मलाई त ममीबाबाले किन्दिहाल्नुहुन्छ नि । सबैलाई किन्देपछि मसँग पैसा बाँकी रहँदैन । स्कुटरकै महँगो पर्छ ।

मेरो पहिलो खुत्रुके ममीले फुटाइदिनुभयो । मैले थाहा पनि पाइन । किनभने म निदाएको थिएँ । मैले भोलिपल्ट थाहा पाएँ । बुबाले खुत्रेकेमा हाल्न पैसा हाल्न दिनुभयो । खुत्रुके खोजेको पैसा हाल्न । लास्टमा त खुत्रुके फुटेको पो देखें । खुत्रुकेको फुटेको देख्दा म रोएँ । किनकि त्यसमा टन्नै पैसा थियो । पैसाचाहिं कहाँ गयो भनेर म रोएँ । मलाई बाबाले फकाउनुभयो । अब अर्काे खुत्रुके किन्नी, नरोऊ भन्नुभयो । पाइयो भने आजै किन्दिनी भन्नुभयो । पैसा बैंकमा लगेर राख्नी भन्नुभयो । अनि बैंकमा लगेर राख्दिनु पनि भयो । बैंकमा राख्दा आफ्नो अकाउण्ट खोलिन्छ । ब्याज पनि आउँछ रे । ब्याज भनेको के हो थाहा छैन । ममीले ब्याज पनि आउँछ भनेको । यो खुत्रुके पनि फुटाएपछि यो पैसालाई पनि बैंकमा राख्नी । अनि फुटाउँदाफुटाउँदा म अठार वर्ष भएपछि त्यसलाई त्यहाँबाट लिनी । ठूलोममीले भनेको १८ वर्षमा मात्र लिन पाइन्छ रे । त्यो बेलासम्म त १० लाख जति भइसक्छ होला । खोई एक करोडै पो हुन्छ कि । खोई एक करोड २० लाखै हुन्छ कि । बचत गर्नुपर्छ भनेर बाबाले भन्नुभको । बचत गर्दा भोलिपर्सि पैसा सकिएपछि सानैमा बचत गरेको पैसा निकाल्नहुन्छ नि त । लकडाउन भएको बेला बचत गरयो भने पछि खानेकुरा किन्न मिल्छ । त्यही भएर बचत गर्नुपर्छ । 
अर्को समाचार
हामी खुत्रुके होइनौँ फुटाएर काम चलाउनुपर्ने : उपाध्यक्ष नेम्वाङ
१२ फागुन २०७८
•
१ मिनेट पाठ
हामी खुत्रुके होइनौँ फुटाएर काम चलाउनुपर्ने : उपाध्यक्ष नेम्वाङ
नेकपा (एमाले)का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल सकारात्मक भएको बताएका छन्।




प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग एमाले अध्यक्ष ओलीले बिहीवार संसद भवनमा भेटवार्ता गरेका थिए। भेटवार्ताको क्रममा एमसीसी र राष्ट्रिय राजनीतिको सम्बन्धमा तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा व्यापक छलफल भएको उपाध्यक्ष नेम्वाङले बताए। छलफल सकारात्मक भएको उनले बताए। छलफललाई अझै निरन्तरता दिइने उनको भनाई छ।

उनले भने, ‘अध्यक्ष केपी ओलीको शब्दमा भन्नुपर्दा हामी खुत्रुके होइनौँ। खुत्रुके माटोको भाँडो जसमा पैसा राखेर जम्मा गर्ने गरिन्छ। सबैचिज सिद्धियो भने अन्तिममा खुत्रुके फुटाएर भएपनि काम चलाउ हुन्छ। हामी त्यस्तो चाहीँ होइनौँ। हामी देश र जनताको हितमा काम गर्छौ। निर्णय गर्छौ।’

उपाध्यक्ष नेम्वाङले एमाले सबैकुरा सकिएपछि अन्त्यमा फुटाएर भएपनि काम चलाउनुपर्ने खुत्रुके जस्तो भने नभएको स्पष्ट पारे। उनले छलफल सकारात्मक रुपमा अगाडी बढेको भएपनि ठोस निष्कर्षमा भने नपुगिएको बताए।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस