बालकलाई कसरी बुद्धिमान् बनाउने ?
१० असार २०७७
•
४ मिनेट पाठ
बालकलाई कसरी बुद्धिमान् बनाउने ?
भाग्यशाली अधिकारी  




बालबालिका उम्रिसकेका बिरुवा हुन् । उम्रिसकेका बिरुवालाई राम्रो असल फल लाग्ने बनाउन केके आवश्यकता पर्दछ । पहिला त असल राम्रो बिरुवा फस्टाउन तिनलाई राम्रो योग्य असल माटो नै चाहिन्छ । राम्रो असल माटो परेन भने त्यो बिरुवा उम्रिएर पनि त्यसै कित्रिक्क परेर बढ्नै सक्दैन । त्यसको फल लाग्नु त कता हो कता त्यसै ठिमुरिएर मर्छ । यो सबै  हामीले देखेका छौं ।

बिरुवालाई राम्रो असल माटो चाहिएजस्तै बालबालिकालाई असल राम्रो परिवार या पाठशाला चाहिन्छ । राम्रो असल परिवार अथवा पाठशाला भएन भने जतिसुकै बुद्धिमान् बालक भए पनि बुद्धिअनुसार ज्ञान नपाएर बालक राम्रो हुने कुरै आउँदैन । त्यो बिरुवा माटोमा कक्य्राक्क परेजस्तै बालकको पनि त्यही हालत हुन्छ ।

अपवादका रूपमा लाखौंमा एकदुईमा बिरुवा र बालबालिका राम्रो निस्किन्छन् । जतिसुकै रूखो माटो भए पनि त्यहाँ उम्रिएर ठूलो रूख भएर फल दिन समर्थ भएका हुन्छन् भने जतिसुकै असक्षम परिवार र पाठशाला भए पनि त्यहाँबाट राम्रो शिक्षा पाएर असल नागरिक वा महान् व्यक्तित्व बन्न सफल भएका पाउँछौं । तर, त्यो लाखौंमा एउटादुईटा मात्रै हुन्छन् ।

कुन कुरा राम्रो गर्न हुने हो र कुन कुरा नराम्रो गर्न नहुने हो भनेर परिवार र पाठशाला सबलेै कुरा बुझेको हुनुपर्छ ।  सबै कुरा बुझेका भए मात्रै तिनले बालकलाई राम्रो असल शिक्षा दिन सक्छन् र बालक असल राम्रो बन्न सक्छ । त्यसलाई ज्ञान कसरी दिने कस्तो विधि अपनाएर ज्ञान दिए त्यसले ज्ञानआर्जन गर्न सक्ला । सबै जानेबुझेका शिक्षक, अभिभावक भए भने मात्रै बालबालिका चरित्रवान् र बुझक्कड हुन सक्छन् । असल राम्रो माटो पाएर बिरुवाको जरा राम्रोसँग फैलिई ठूलो बोट भएर त्यसले राम्रो मीठो फल दिएजस्तै असल अभिभावक र पाठशालाले राम्रो असल ज्ञान दिए भने त्यो बालक महान् व्यक्तित्व बन्न सक्दछ । पाठशाला अभिभावक दुवै उत्तिकै जिम्मेवार छन् ।  

बालक कतिसम्म बुझ्न सक्ने क्षमतावान् छ त्यसमा पनि सबै भर पर्दछ । मानिसले जन्मिदै स्वभाव लिएर आएको हुन्छ । जस्तै पानी हेर्नुस् त, त्यसलाई जतिसुकै तताउनुस् एकछिन तातो हुन्छ र एकछिनपछि चिसै हुन्छ । ताताको तातै राख्न सकिन्न त्यो उसको स्वभाव हो ।त्यसकारण शिक्षक अभिभावक त्यसको ज्ञानलाई बुझेर ज्ञान दिन सक्ने भए भने त्यो बालक उत्तम बन्न सक्छ । घन छोटेर बञ्चरो त बनाउन सकिन्छ । सिपालुले शिक्षा दिएको मान्छे सिपालु नै हुन्छ ।  

बालबच्चालाई केही समय खेल्न दिनैपर्छ । त्यसले गर्दा उसलाई तन्दुरूस्ती बनाउँछ । मेहनत गर्ने मानिस त्यति बिरामी परेको छैन । रातदिन काम गरेको हुँदा भरियाहरूलाई कहिल्यै बिमार लाग्दैन ।  

अर्को खेलले गर्दा तिनलाई नयाँनयाँ विचार आउँछ । साथीहरूमा विचारविमर्श हुन्छन् । त्यसले गर्दा उसलाई नयाँ विचार उत्पन्न हुन्छ । बेलाबेलामा अभिभावकले तिनको विचार भने गरिराख्नुपर्दछ  । बालबालिकाहरू  कहाँ के गर्दै छन् ।  नराम्रो काम गर्न लागेको देखियो भने तिनलाई पिटपाट गर्नुभन्दा नराम्रो काम गर्दा कुन पात्रले कति दुःख पाइरहेको छ, त्यस्तो पात्रलाई देखाइदिने हो भने त्यसले आफैं महसुस गर्छु र नराम्रो काम गर्न छोड्दछ ।  

बेलाबेलामा राम्रो मलपानी दिनुपर्छ

बेलाबेलामा राम्रो पानी दिँदा बिरुवा राम्रोसँग हुर्किएर त्यसले राम्रो मीठो फल दिएजस्तै अभिभावक शिक्षकले बालबालिकालाई गुणकारी शिक्षा दिँदा जसको प्रेरणाले तिनीहरू ठूल्ठूला कार्यहरू गरेर देखाउन सक्ने होऊन् । महान् वैज्ञानिक र कविका जीवनी ल्याएर पढाइलेखाइदिने गरे ठूलो ज्ञान प्राप्त गर्न सक्छन् ।  

राम्रो स्वच्छ हावा र खुला आकाश चाहिन्छ

बिरुवालाई स्वच्छ हावा र खुला आकाश नभैकन बिरुवा राम्रो हुनै सक्दैन । हावा भएन भने हाम्रा रूखबिरुवाहरू सबै बाफिएर मर्न जान्छन् । बढी भयो भने पनि हावाले सबै रूखबिरुवाहरू भाँचेर फालिदिन्छन् । त्यसकारण ठीक्क मात्रामा भए मात्रै हाम्रा रूखविरुवाहरू फस्टाउँछन् । 
बालबालिकालाई पनि असल राम्रो साथी चाहिन्छ । खराब साथीको संगले जीवन बरबाद हुन जान्छ । राम्रो असल साथीले दुखको बेला साथ दिन्छ, नजानेका कुरा सिकाइदिन्छ र सुखदुखमा सधैं साथ दिन्छ । दुष्ट साथीले दुख मात्रै दिने गर्छ । त्यसकारणले भविष्य उज्ज्वल बनाउने साथीसँग संगत गर्नु बुद्धिमानी हुन्छ ।

बिरुवा आफैं बढ्छ 

यति गरेपछि बिरुवा आफैं बढ्छ र ठूलो भएर त्यसले हामीलाई मीठो फल दिन्छ र हामीले खान पाउँछौं । हाम्रा बालबालिकाहरू सानामा प्रायः सबै चकचके हुन्छन्– यता पनि दौडिन्छन् उता पनि दैडिन्छन् । हामीले गर्न नदिएर मात्रै हो उनीहरू जे काम पनि गर्न  सक्छु जस्तै गरेर गर्न खोज्दछन् । अभिभावक र शिक्षकले त्यो देखे भने ए के गरेको बिग्रिन्छ भनेर हप्काउँछन् र उसले त्यो काम छोडेर भाग्छ ।  त्यसलाई नहप्काई त्यसरी होइन् त्यो काम यसरी गर्ने हो भनेर सिकाइदिने हो भने उसले त्यो काम तुरुन्तै जान्दछ र त्यो काम उसले कहिल्यै बिर्सिदैन पनि । तिनीहरूसँग अद्भूत शक्ति हुन्छ । पाँच वर्षको बालकले गाडी चलाएको भनेर विभिन्न ठाउँमा देखाएको हामीले देखेका छौं । यस्ता बालबालिकालाई राम्रो बुद्धिमानी बनाउने अभिभावक शिक्षकको ठूलो हात हुन्छ ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस