पुस्तौनी अन्तर
३२ जेष्ठ २०७७
•
४ मिनेट पाठ
पुस्तौनी अन्तर
 शारदा पराजुली




हिजो र आजमा निकै अन्तर पाइन्छ । हिजो भूत हो, आज वर्तमान र भोलि भविष्य हो । यही हिजो, आज र भोलिको अन्तरले विश्वमा नै अन्तर ल्याएको छ । हामी हिजो बालापनमा रम्दै थियौं भने आज हाम्रा छोराछोरी उही बालापनको अनुभव गर्दै छन् । भोलि उनीहरूका छोराछोरीको पालो हो बालापनमा रमाउने ।

समयको अन्तरले बालापनमा रमाउने तरीकामा पनि आमूल परिवर्तन गरिदिएको छ । हाम्रा आमा हजुरआमाहरू हामीले झैं बालापनमा रमाउन पाएनन् होला । हजुरआमा भन्नुहुन्थ्यो, ‘हामीले थाहा पाउँदा हामी साना घल्चा बोकेर पानी लिन आमाहजुरआमासँग कुवामा जान्थ्यौं । दाइभाइ पढ्न जान्थे तर हामीलाई घाँस दाउरा गराउँथे । के गर्नु बाबै त्यतिबेलाको काल जमाना नै त्यस्तै थियो । सातदेखि नौ वर्षका उमेरमै विवाह गरेर पठाइदिन्थे अनि त कामको ध्याउन्ने पथ्र्यो । त्यसै बूढी भइयो ।’ 
हजुरआमाले मात्र होइन आमाले पनि पढ्न पाउनुभएको थिएन रे । त्यसैले बुढेसकालमा प्रौढ शिक्षा पढेर भए पनि अक्षर चिन्नुभयो । उहाँको चाहना अक्षर चिनेर देवीभागवत्, सत्य हरिश्चन्द्र, रामायण र महाभारतको पुस्तक पढ्ने थियो । त्यसैले होला आफूले  अक्षर नचिनुञ्जेलसम्म त बुबाले स्वर मिलाईमिलाई वाचन गरेका उक्त पुस्तक ध्यान दिएर सुन्नुहुन्थ्यो ।

आमा हजुरआमाको बालापनभन्दा धेरै अन्तर छ हाम्रो पुस्ताको बालापनमा । हाम्रो पुस्तासम्म आइपुग्दा हामीले उहाँहरूका भन्दा धेरै कुरामा स्वतन्त्रता पायौं । सर्वप्रथम त बोली फुटेपछि स्कुल जान पायौं । स्कुलमा कालो पार्टीमा खरी ढुंगाले लेखेर कखरा पढ्यौं । कखरा पढ्दै जाने क्रममा स्कुलमा चिँ मुसी चिँ, इन्चुमिन्चु ड्राइबर सिङ, हट घोडा हट, यति यति पानी घेघेरानी, चक लुकाई जस्ता खेलहरू खेल्थ्यौं । अलि ठूलो भएपछि टोपी लुकाइ, कपर्दी, पाहुना जाने, बेहुलाबेहुली खेल खेल्थ्यौं । घरमा बस्यो भने सानामसिना काम गरिरहनुपर्ने अनि भाइबहिनीको हेरचाह गरिरहनुपर्ने हुँदा स्कुल जान खूब रमाइलो लाग्थ्यो । स्कुल जाँदा घरायसी झन्झट नहुने र आनन्दले खेल्न पाइन्थ्यो । त्यसबेला कहिल्यै स्कुल छुट्टी नहोस् जस्तो लाग्थ्यो । बिहान चाँडै स्कुल पुगेर छोइडुम, एकखुट्टे, गट्टा खेल्न खूब रमाइलो लाग्थ्यो ।

स्कुल छुट्टी भएका बेला कहिले घाँस काट्न जाने निहुँ गरी त कहिले गाईवस्तु चराउन जाने निहुँ गरेर हामी साथीसाथी मिलेर खेततिर जान्थ्यौं । हाम्रो घर तराईमा भएकाले गाईवस्तु चराउन त्यति अप्ठेरो भने थिएन । त्यसैले गाईवस्तु खेतमा छोडिदिएर हामी भने कहिले च्यातिएका मोजाभित्र टालाटुली हालेर बनाएको बल खेल्थ्यौं त कहिले डन्डीबियो खेल्थ्यौं । केटाहरूचाहिँ खोपी खेल्थे । त्यसरी खेल्दा धान काटेको ठाउँमा लाहारको टुसाले घोचेर  घावैघाउ हुन्थे तर पनि हामी खेल्न छाड्दैनथ्यौं ।

हाम्रो जमानाभन्दा बिलकुलै भिन्न छ आजको जमाना । मेरा छोराछोरीले मात्र होइन मेरा विद्यार्थीले पनि मैले जसरी खेल्न पाएका छैनन् । हामीलाई कहिल्यै स्कुल छुट्टी नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो भने मेरा विद्यार्थीहरूलाई स्कुल छुट्टी भइरहे हुन्थ्योझैं लाग्छ । भोलि स्कुल छुट्टी हुन्छ भन्दा आजैदेखि रमाउन सुरु गर्छन् अधिकांश विद्यार्थीहरू । त्यसरी रमाउनुको पनि कारण छ । उनीहरूलाई झोलाभरिका किताब, कपी र गृहकार्यले थिचेको छ । बिहान ९ः३० मा प्रार्थना सभाबाट सुरु हुन्छ पढाइको रफ्तार टिफिनको समय २० मिनेटमा खाजा खाँदै जान्छ । त्यसपछि ४ बजेसम्म त उही किताब रट्दै बित्छ । घरमा आएर गर्ने काम भनेको गृहकार्य सक्नु र टिभी हेर्नु । कसैकसैले खूब मनोरञ्जन गर्नु भनेको आमाबाबाको मोबाइलमा गेम खेल्नु हो । हाम्रो पालामा  बोडिङ स्कुल भनेको नै कसैलाई थाहा थिएन । स्कुल भनेको स्कुल हो जहाँ बालबालिका पढ्छन् वास सबैले यही बुझेका थिए । हामी स्कुल पढ्दा एक घण्टाको टिफिन हुन्थ्यो । जाडो होस् या गर्मी खेल्न पाए पुग्थ्यो हामीलाई ।

आजभोलि हामीले खेलेझैँ चिँ मुसी चिँ, हट घोडा हट, इन्चुमिन्चु जस्ता खेल केटाकेटीलाई खेल्न कसले सिकाउँछ र जान्नु उनीहरूले ? आमाबाबालाई घरअफिसको टन्टा छ । फुर्सदीमा मोबाइलको लत बसिसकेको छ । सिकाउने मान्छे नै नभएपछि कसरी जान्दछन् बालबालिकाले यस्ता कुराहरू । खेलमा मात्र होइन हरेक कुरामा नै उहिले र अहिलेमा अन्तर पाइन्छ । हाम्रो पालामा टिफिन लिएर स्कुल जाने चलन थिएन । टिफिनको समय भनेको खेल्नका लागि होझैं थियो । स्कुल छुट्टी भएपछि दौडिंदै घर पुगेर गिलीभात, बासीभात, भुटेका मकै, उसिनेका आलु खान पाउँदा पनि कति मजा हुन्थ्यो । 
अहिलेका बालबालिकालाई त्यस्ता कुरा मन पर्दैन । उनीहरू मम, चाउमिन, पिजा, वर्गर, चाउचाउ, कोक, जस्ता खानेकुरा मात्र मन पराउँछन् । उनीहरूलाई हरेक बर्थडेमा दुईचार जना साथी बोलाएर केक काट्नुपर्छ, नयाँ लुगा फेर्नुपर्छ । हाम्रो पालामा दशैँमा मात्र त्यही पनि सेतो सर्ट र निलो फर्क लगाउन पाउँदा पनि कति खुसी हुन्थ्यौं हामी । हाम्रा छोराछोरी बजारमा नयाँ डिजाइनका लुगा आउनेबित्तिकै किनिहाल्छन् । आफूले मनपराएर किनेको लुगालाई साथीहरूले सुहाएन भनिदिए भने फेरि त्यो लुगा कहिल्यै लगाउँदैनन् । हरेक पार्टी नै पिच्छे नयाँ लुगा जुत्ता चाहिन्छ आजको पुस्तालाई । यो अन्तर अझै तीव्र गतिमा बढ्दै छ । हाम्रा छोराछोरीहरू बाबुआमा हुँदा उनीहरूका सन्तानका चाहनामा पनि यो अन्तर अझै पृथक्   ढंगले देखिनेछ । यसरी समयको गति सँगसँगै पुस्तान्तरमा देखिने अन्तरले समय फड्को मार्दै गएको हो भन्ने प्रमाणित गर्दछ । 
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस