बन्दाबन्दीमा साथीहरूसँग भेटघाट
३२ जेष्ठ २०७७
•
३ मिनेट पाठ
बन्दाबन्दीमा साथीहरूसँग भेटघाट
छायादत्त न्यौपाने




आदरणीय साथीहरू,  नमस्कार !

तपाईंहरूलाई सन्चसुविस्ता के छ ? लामो समय भयो, हामी आम्नेसाम्न भएर भेट्नभेटिन पाएका छैनौं । बन्दाबन्दीले हामीलाई आआफ्नै घरमा थन्किएर बस्न अराएको छ । गएको चैत महिनाको एघार गतेदेखि सरकारले निर्देश गरेअनुसार हामी घरपरिवारमा खुम्चिएर बसेका छौं । आठ महिनाअघि चीनको बुहान शहरबाट सुरु भएको कोरोना नामको रुघाखोकीले महामारीको रूप लिएर संसारका मानिसहरूलाई थला पारिरहेको छ । यो त एकदम डरलाग्दो सरुवा रोग रहेछ । कतिकति मानिसको ज्यान लिएको लियै छ । सुनिन्छ झन्डै असी लाख मान्छे यसबाट प्रभावित भएका छन् र भइरहेका छन् । यसले त चार लाख पचास हजार जति मान्छेको ज्यान लिइसकेको छ । यस्तो ज्यानमारा सरुवा रोगबाट बच्न हामी कतै सामूहिक भेटघाटमा नगई घरभित्रै बसेर जोगिने प्रयत्न गरिरहेका छौं । यो नै यसबाट सुरक्षित रहने राम्रो विकल्प रहेछ नि है ! सुरक्षित रहियो भने पछि धेरै कुरा गर्न सकिन्छ । अहिलेलाई यसरी चिठीपत्र, फेसबुक, मेसेन्जरबाटै भेटघाट गरौं न ल !

हो त, विज्ञानले औषधि पत्ता लाउन नभ्याएको कोरोनाबाट जोगिने भरपर्दो उपाय घर बस्नु नै रहेछ । यसबाट बच्न सकेसम्म घरबाहिर ननिस्की बस्ने, जरुरी काम परे थोरै मान्छेसँग छोटो भेटघाट गर्ने, सरसफाइमा ध्यान दिने, खानेकुरा घरमै बनाएर खाने र विभिन्न सूचनाबाट जानकारी पाएका विधिप्रक्रिया अपनाउनुपर्ने रहेछ । हामी त्यही नियम पालना गरेर घरमा बसिरहेछौं हैन त !

यो मन पनि कस्तो अचम्मको हुँदोरहेछ है ! हिजोअस्ति हामी ‘स्कुल बिदा भएर घरमै बस्न पाए त कस्तो मजा हुन्थ्यो । बजारमा भीडभाड देखेर सडकहरू खुला भए त कति रमाइलो हुन्थ्यो, विनारोटोक घुम्न डुल्न पाइन्थ्यो’ भनेर मनमनमा सोचिरहन्थ्यौं तर अहिले बिदा पाइएको छ,  विद्यालय बन्द छन्, सडक खालीखाली छन्, पसलहरू बन्द छन् तर हामी घरभित्रै छौं । यतिखेर त हामीलाई घरबन्दीमा बस्नु झन् छटपटी भएको छ, डुल्नफिर्न, साथीभाइ भेट्न नपाएर उस्तै, हामी के गरौं कसो गरौं दोमन भएका छौं है ! खै, कहिलेसम्म रहन्छ कुन्नि यो बन्दाबन्दी ? तर, नआत्तियौं है, धैर्य गरौं ल ! यो समस्या हो समाधान भेटिन्छ ।
अँ, साँच्चै साथीहरू ! मैले त खुरुखुरु आफूलाई लागेको कुरा मात्र गरिरहें । तपाईंहरूको के छ खबर ? घरबसाइमा केके गर्नभएको छ ? घरभित्रका बाघचाल, चाल्ने गट्टा, गट्टा, लुँडो, शब्दान्ताक्षरी जस्ता खेलहरू खेल्दै हुनुहुन्छ होला है ! हजुरबाआमाका रमाइलो कुरा सुनेर दङ्ग पर्नुभाहोला ! कस्तो मजा आउँछ नि घरपरिवार र संस्कार संस्कृतिका कुरा सुन्न पाउँदा त ? अर्को कुरा गुन्द्रुक, ढिँडो, मकैको आटो, कोदो, फापरको रोटी, भुटेको मकै भटमास जस्ता मौलिक परिकार बनाउँदै खाँदै गर्दा बेग्लै मजा आएको छ नि है !

हेर्नु न मेरा त हजुरबाआमा गाउँमा हुनुहुन्छ, म शहरमा । मैले उहाँहरूलाई भेटेर रमाइला कथा, इतिहासका कुरा, गाउँखाने कथा, आफ्ना पूर्वजका प्रेरणादायी गाथा सुन्नै पाइनँ । यो फुर्सदको समयमा हजुरबाआमादेखि टाढा हुनुपर्दा मलाई नरमाइलो लागिरहेको छ तर मलाई विश्वास छ तपाईंहरूले रमाइला कथा, कविता, निबन्धका पुस्तक पढेर रमाउनुभएको होला । अरू पनि धेरै सिर्जनात्मक काम गरेर सीप  सिक्नुभएको छ कि ! मलाई पनि सुटुक्क भन्नु है यसरी लेखेर । लेख्न भ्याउनुभएन भने पछि भेटेका बेला ल !

कति जना साथीहरूले त बाआमालाई घरेलु तथा खेतीपातीको काममा पनि सघाउनुभएको छ रे ! यस्तो खबर सुन्दा मलाई धेरै खुसी लागेको छ । हाम्रो परम्पराले प्रयोगमा ल्याएका खेल खेल्ने, परिकारहरू बनाएर खाने, गौरवशाली गाथाहरू थाहा पाउने अवसरका रूपमा यो बन्दाबन्दीको उपयोग गर्नुभएको रहेछ नि है ! कस्तो राम्रो गर्नभएको रहेछ । कति साथीहरूले फेसबुक, मेसेन्जर, युट्युबको प्रयोग गरेर नयाँ नयाँ सीप र ज्ञानगुनका कुरा पनि सिकिरहनुभएको होला ! कतिले त टेलिभिजन, रेडियोबाट पनि कति सिर्जनाका कुरा थाहा पाउनुभाहोला । कति साथीहरू पत्रपत्रिकाका लेखरचना पढ्ने र आफूले  पनि लेखेर पठाउने गर्नुभा होला नि त ! हाम्रो यो सक्रियता पनि एउटा फरक समय परिस्थितिमा फरक तरीकाले जीवनोपयोगी सीप सिकिरहन सक्छौं भन्ने प्रमाण त हो नि है ! मलाई त यतिखेर यही नै हामी सबैले गर्नुपर्ने उपयुक्त काम हो भन्ने लागेको छ । साथीहरू, फेरि अर्को पत्रमा भेटौंला भन्दै बिदा माग्छु । ल, शान्त रहौं, खुसी रहौं, सुरक्षित रहौं है त ! नमस्ते, फेरि भेटौंला !
अर्को समाचार
बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री ढकाल
२८ चैत्र २०७७
•
३ मिनेट पाठ
बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री ढकाल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए।




उनले भने,“विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ। कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ।”

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गरे। “महामारीले थिलोथिलो बनेको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कने वातावरण बनिरहेकामा पुनः कोभिडको अत्यासलाग्दो परिस्थितिले झस्काएको छ, छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खुला सिमाना, रहनसहन भएको मुलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी (नेपाल) १०० भन्दा कम सङ्ख्यामा झरिसकेको अवस्थामा हिजोआज ३०० भन्दा बढी सङ्क्रमित भेटिनु निकै चिन्ताको विषय हो”, उनले भने।  

पर्यटनमन्त्री ढकालले छ हजार माथिका २७ चुली ९पिक० को आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एनएमएलाई यसका अतिरिक्त अझै विस्तार गर्नेतर्फ सरकार सकारात्मक रहेको तथा सोको पहालकदमी गर्न पर्यटन मन्त्रालय तयार रहेको बताए। उनले पर्वतारोहण क्षेत्रमा कुनै नीति तथा कानूनी समस्या र उल्झन भए त्यसको सहजीकरण गर्न आफू तत्पर रहेको बचन दिए। पर्यटन क्षेत्रको समृद्धि र विकासका निम्ति सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारिनुपर्नेमा पनि पर्यटनमन्त्रीको जोड थियो।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एनएमएको हालको भूमिकालाई थप प्रभावकारी तुल्याउन तथा संस्थालाई नवप्रवर्तन र पूर्वाधार विकासमा सक्रियता गराउन सुझाव दिए। उनले पर्वतारोहण क्षेत्रलाई विश्वमाझ पहिचान गराउन तथा यस क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन तथा व्यवस्थापन, आरोहणसम्बन्धी उपकरण र स्रोतसाधनको व्यवस्थापनका लागि संस्थाले गर्दै आएको कामको प्रशंसा पनि गरे।  

एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गरे। उनले पर्वतारोहणकै इतिहासमा पहिलोपटक माउन्टेन गाइड लाइसेन्सको व्यवस्था गर्न सफल भएको तथा नेपालमा खुला गरिएका ४१४ हिमाल र पिकको प्रोफाइल तयार गर्न सफल भएको जानकारी दिए।  

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार पत्रकारद्वय जगदिश तिवारी र अर्जुन पाख्रिनलाई प्रदान गरिएको छ भने सबैभन्दा बढी रोयल्टी बुझाउने १० कम्पनीलाई पनि सम्मान गरिएको छ। साधारणसभाले आगामी नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति घोषणा गर्नुका साथै महासचिव कुलबहादुर गुरुङ र कोषाध्यक्ष सुदर्शन न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्ने आयोजकले जनाएको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन्दर देश नेपाल
सुन्दर देश नेपाल
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस