बन्दाबन्दीको अगाडि र पछाडिको जीवन
२९ जेष्ठ २०७७
•
३ मिनेट पाठ
बन्दाबन्दीको अगाडि र पछाडिको जीवन
सरा जोशी पुरी,




कक्षा –६,

रातो बंगला स्कुल,  पाटनढोका, ललितपुर ।

कोविड –१९ भन्ने रोग चीनमा देखा परयो । त्यहाँबाट सर्दै यो रोग संसारको धेरै देशमा फैलियो। यो रोगको औषधि तथा खोप पत्ता नलागेको  र एक  व्यक्तिबाट धेरैमा सर्ने कारणले लाखौं मान्छेहरूलाई यो रोग लागिसकेको छ र   कैयौंको  मृत्यु भैसकेको छ ।  विश्व स्वास्थ्य संगठनले यो रोगलाई महामारीको संज्ञा दिएको छ र यसबाट बच्न अरू देशहरू जस्तै नेपालले पनि सबै जनालाई  बाहिर नगई आआफ्नै घरमा बस्नुपर्ने नियम बनाएको छ। यसरी घरभित्रै बस्नुपर्ने अवस्थालाई बन्दाबन्दी अर्थात् अंग्रेजीमा लकडाउन भनिन्छ।  यो रोगलाई निंयन्त्रण गर्न सरकारले कडा कानुनको व्यवस्था गरेको छ र  त्यत्तिकै बाहिर हिँड्ने मानिसहरूलाई सजाय तोकिएको छ। बन्दाबन्दी लागु भएको पनि २ महिनाभन्दा बढी भैसकेको छ  र आपतकालीन अवस्थामा मात्र सम्बन्धित निकायलाई खबर गरी बाहिर निस्कन मिल्छ।

लकडाउन शुरू हुनुभन्दा अगाडि मानिसहरू आफ्नै धुनमा व्यस्त थिए । हाम्रो वातावरण तथा प्रकृतिको कसैलाई वास्ता नै थिएन। प्रतिस्पर्धा र विकासको नाममा चौबिसै घण्टा धुवाँ उत्पादन गर्ने, कलकारखाना  निर्माण गर्ने,  प्लास्टिकको अनावश्यक प्रयोग गर्ने, अत्यधिक जमीन उत्खनन गरी पेट्रोलियम पदार्थहरू निकाल्ने जस्ता कारणले   हाम्रो प्यारो पृथ्वीको तापक्रम बढिरहेको थियो र यसबारे  कसैलाई चासो नै थिएन। 
हामी यति व्यस्त थियौं । आफ्नै परिवारसँग बोल्ने र सँगै खाने समय पनि निकाल्न गाह्रो थियो।  तर, यो लकडाउनले  हामी सबैको जीवनमा परिवर्तन आएको छ।  सबै मोटरगाडीहरू , हवाईजहाजहरू , फ्याक्ट्रीहरू बन्द भएकाले  हामीले स्वच्छ सास फेर्न पाइरहेका छौं। हाम्रो वातावरण सफा हुनाले हाम्रा सुन्दर अनि विशाल हिमाल तथा पहाडहरू देख्न थालेका छौं। हामीले आफ्नो परिवारको मायाको महसुस गर्न पाएका छौं। यो बन्दाबन्दीले हाम्रो प्रकृतिको सुन्दरता फिर्ता  ल्याएको छ।  

अंग्रेजीमा टेकन फर ग्रयान्टेड भनेको जस्तै, जुन सुखसुविधाहरू हामीले पाइरहेका थियौं ।  हामी त्यसप्रति कृतज्ञ नै थिएनौं। तर अहिले हामीले संसारको समाचार हेरेर जुन अभाव देखेका छौं ,  त्यसले भोक लाग्दा खाना खान पाउनु, आफ्नो घरमा सुत्न पाउनु  र  गाडी चढेर विद्यालय जान पाउनु भनेको ठूलो कुरा रहेछ भनेर बुझ्न पाएका छौं। विश्वमा लाखौं मान्छेहरू कोभिड – १९ बाट पीडित छन् र उपचार पाउन सकेका छैनन्। यस्तो अवस्थामा हामी आफ्नो परिवारसँग बस्न र बाँच्न पाउँदा हामी कृतज्ञ हुनुपर्दछ।  यो रोगले हामीलाई जस्तोसुकै नराम्रो अवस्थामा पनि हिम्मत नहारी  एक आपसमा सहयोगको भावना बढाएर धैर्य राख्दै अगाडि बढ्नुपर्छ भनेर सिकाएको छ।  

केही समयअघि नेपाल दशौं वर्ष लामो गृहयुद्धमा फसेको थियो। त्यति बेला नेपाल ठूलो आर्थिक संकटमा पर्न सक्थ्यो किनभने त्यो समयमा पर्यटकहरू आउने अवस्था पनि थिएन र हाम्रो निर्यात व्यापार पनि थिएन। नेपाली युवायुवतीहरूले विदेशमा गई दुख गरी नेपालमा रेमिट्यान्स पठाएर हाम्रो देशको अर्थतन्त्र चलेको थियो तर आज धेरै जस्तो देशहरूमा आर्थिक मन्दी शुरू भएकोले विदेशमा बस्ने नेपालीहरू बेरोजगार बन्न पुगेका छन् र आफ्नो घर फर्कन चाहन्छन्।  

आफ्नो त्याग र बलिदान दिएका तिनै नेपालीहरूलाई आफ्नो देशमा आउन निषेध गरिएको छ र आज उनीहरूको आत्मा रोइरहेको छ । उनीहरू भोक अनि रोगको डर र त्रासमा बस्न बाध्य छन्। कोभिड– १९ एक व्यक्तिबाट अर्कोमा सर्ने कारणले  सरकारले सावधानी अपनाउँँदै आफ्ना सबै नेपालीहरूलाई छिटै फिर्ता लिएर आउँँछ भन्नेमा म आशावादी छु।  

अन्त्यमा यो बन्दाबन्दीले हामीलाई दुख र पीडा मात्रै होइन धेरै सकारात्मक कुरा पनि सिकाएको छ ।  यो रोगले न महिला न पुरुष,  न धनी न गरीब, न जातजाति न कुनै राष्ट्रियतालाई नै छुट्याउँछ। मेरो व्यक्तिगत जीवनमा अहिलेको अवस्थाले धेरै परिवर्तन ल्याएको छ अनि मेरा परिवार, गुरु अनि साथीहरूप्रति  कृतज्ञ हुन सिकाएको छ। 
सबैभन्दा महत्वपुर्ण कुरा, लकडाउनपछि पनि पृथ्वीको  लामो आयुका लागि हामी सबै मानिस र अन्य प्राणीहरू प्रकृतिसँग मिलेर अगाडि बढ्नुपर्छ र म यो बन्दाबन्दीलाई हामी सबै समान हौं भन्ने कुरा सिकाएकोमा धन्यवाद दिन चाहन्छु। 
अर्को समाचार
फेरि बढ्यो कोरोना जोखिमः नियम कडा, कार्यान्वयन फितलो
०१ वैशाख २०७८
•
५ मिनेट पाठ
फेरि बढ्यो कोरोना जोखिमः नियम कडा, कार्यान्वयन फितलो
गत वर्ष कोरोना संक्रमण मुलुकमा प्रवेश गर्दा मानिसहरु ‘अब मरिने भइयो’ भन्दै घर बाहिर जान डराउँथे। थोरै संक्रमित हुँदा पनि मानिसमा डरको पारा धेरै माथि थियो।




बाहिरबाट किनेर ल्याएका तरकारी, फलफूल, दुसंक्रमण हुन सक्ने डरले मानिसहरू पसलबाट ल्याएको दूधका प्याकेट समेत नधोइपखाली घरभित्र लग्दैन्थे, डराउँथे। आफन्तसँग पनि दूरी कायम गर्थे। सकभर फोन वा सामाजिक सञ्जालबाटै भेटघाट, कुराकानी गर्थे।  

लकडाउनका कारण नयाँ वर्षमा न मेला लाग्यो न रमाइलो नै भयो। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै सर्वसाधारण घरभित्रै खुम्चिए।  

नयाँ वर्ष ०७८ को सुरुवातसँगै कोरोनाको पुनःआगमन भएको छ। फरक यती हो कि पहिले जस्तो डर अहिले देखिदैन। पहिलेको कोराना भन्दा अहिलेको कोरोनाको संक्रमण दर र मृत्यु क्षमता बढी भएको स्वास्थ्य विज्ञहरु बताउँछन्।  

कोरोनाको पहिलो लहर जेठको दोस्रो सातादेखि बढेर असारको पहिलो साता उच्च बिन्दुमा पुगेको थियो। साउनको पहिलो सातामा न्यून भएको संक्रमण पुनः बढ्दै कात्तिकको दोस्रो सातामा उच्च बिन्दुमा पुग्यो। त्यसपछि माघको पहिलो सातामा कम भए पनि चैत दोस्रो सातादेखि फेरि संक्रमण बढ्न थालेको छ।

पोहोरको वर्ष लकडाउन र आवतजावत बन्द भएकाले सबैजसो घरभित्रै हुँदा संक्रमण फैलिन पाएको थिएन। अहिले लकडाउन छैन। आवतजावत खुकुलो छ। हटिया, मेला, सभा, सिनेमा हल समान्य रुपमा चलेका छन्। स्वास्थ्य सावधानी र मापदण्ड पालना गर्नेको संख्या बढ्न सकेको छैन।  

पोहोर चीनको वुहानमा देखिएको कोरोना भाइरसले डराएको थियो भने अहिले ‘यूके भेरिएन्ट’ ले त्रसित बनाएको छ। पोहोर जस्तै संक्रमण फैलिए सरकारले फेरि लकडाउन गर्ला कि भन्ने सर्वसाधारणमा अर्को त्रास छ। कारण अघिल्लो लकडाउनमा धेरै मानिसको दैनिक जीवन कष्टकर बन्यो। रोजगार गुमाएर भोकभाकै बस्न बाध्य भए। किसानको उत्पादनले बजार नपाउँदै खेतमै फाल्न बाध्य भए। अन्ततः सर्वसाधारण लकडाउनको विरोधमा उत्रिन बाध्य बने।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख जनस्वास्थ्य विज्ञ कृष्ण यादव भन्छन्,‘मानिसले व्यवहारमा परिवर्तण नल्याएसम्म लकडाउन मात्र गरेर कोरोना संक्रमणबाट निदान पाउन सकिन्न। जीवनशैली बदल्नु पर्यो। स्वास्थ्य सुरक्षा मापदण्ड पालना मात्र गरिदिए पुग्छ। मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र हात धुने कामलाई जीवनपद्धति बनाउन सके कोरोनमाथि विजय प्राप्त गर्न सकिन्छ।’

उनी भन्छन्,‘मैले मात्र मापदण्ड पूरा गरिदिएर भएन यो प्रत्येक नागरिकले पालना गरिदिनुपर्छ। आफ्नो, आफ्ना परिवारको र अन्ततः सामाजको जीवन सुरक्षाका लागि नाक मुख राम्ररी छोपिनेगरी मास्क लगाउन हामी किन गाह्रो मानिरहेका छौं? उनले भने,‘मोटरसाइकल चलाउँदा जसरी हामी हेलमेट लगाउँछौं, घर बाहिर निस्किँदा मास्क लगाउने बानी बसालौं। कुनै चिज छुँदा हातलाई साबुनपानीले धाऔं र भींड नगरौं। यती गर्न केही बिग्रिंदैन। नगरे आफ्नो र सबैको ज्यान खतरामा पार्छौं।’

माघदेखि प्रदेश २ मा सक्रिय संक्रमितको संख्या घट्दै गएपनि चैतदेखि बढ्दै गएको छ। अहिले प्रदेश २ का आठवटै जिल्लामा संक्रमितको संख्या बढ्दो क्रममा छ।

सामाजिक विकास मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार यस प्रदेशमा सक्रिय संक्रमितको संख्या १९३ पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित पर्सामा ११४ जना छन्। बारमा ३९, धनुषामा १९, सिरहामा ८, महोत्तरीमा ७, सप्तरीमा ३, सर्लाहीमा २ र रौतहटमा १ छन्। प्रदेश २ मा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहोर, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्र्याइँ भएको जस्वास्थ्य विज्ञहरु बताउँछन्। सीमादेखि गाउँ हुँदै सहरसम्मको अवस्था पहिलाजस्तै सहज भएपछि संक्रमणको समुदायस्तरमा फैलिसकेको अनुमान छ। 'सीमादेखि सहरसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा पछिल्लो समय बढ्दै गएको संक्रमितको संख्या हो,' जिल्ला स्वास्थ्य प्रमुख यादवले भने। नयाँ वर्षको अवसरमा ठाउँ ठाउँमा लाग्ने मेला, उत्सवले झन संक्रमणको भयावह अवस्था निम्त्याउँछ।  

२४ घण्टामा तीनको मृत्यु

पछिल्लो २४ घण्टामा बारा र पर्साका तीन जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय वृद्धको मङगलबार बिहान साढे ८ बजे मृत्यु भएको छ। स्वास्थ्यमा समस्या भएपछि उनी आइतबार उपचारका लागि नारायणी अस्पतालमा भर्ना भएका थिए। पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। एक महिनाअघि भारतको नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए। उनी उतैबाट संक्रमित भएर आएको अनुमान गरिएको छ।

पर्साकै कालिकामाई गाउँपालिका–२ का ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको हो।  

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनी चैत २४ गते भारतको हैदरावादबाट घर फर्किएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चैत २६ गते उपचारका लागि वीरगन्जको एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो। 

पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति १ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो। यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ। सबैभन्दा बढी पर्सामा ५३ जना, सप्तरीमा ४१ जना, सिरहामा २५ जना, धनुषामा २५ जना, बारामा २५ जना, महोत्तरीमा १८ जना, सर्लाहीमा १४ जना, रौतहटमा १० जना र एक जना भारतीय नागरिक छन्।

मंगलबार मात्र यस प्रदेशमा ५६ जना संक्रमित थपिएका छन्। जसमा ३८ जना पर्सामा, ७ जना सिरहामा, ४ जना बारामा, २ जना सप्तरीमा, ४ जना धनुषामा, १ जना महोत्तरीमा थपिएका छन्।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस