प्रधान सेनापति महारथी अशोक राज सिग्देलले इन्डियन मिलिट्री एकेडेमीमा तालिमरत क्याडेटहरूको अन्तिम दलेल कवाज निरीक्षण गरेका छन्।
भारतको औपचारिक भ्रमणमा रहेका उनले शनिबार भारतको देहरादुनस्थित इन्डियन मिलिट्री एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएको नेपाली सेनाले जानकारी दिएको छ।
यस अवसरमा, प्रधान सेनापति सिग्देलले क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण र अवलोकन गर्नुका साथै, नवनियुक्त अधिकृत क्याडेटहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे र उनीहरूसँग अन्तरक्रिया समेत गरे।
नेपाली सेनाले २०१० सालदेखि इन्डियन मिलिट्री एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरूको तालिम सुनिश्चित गर्दै आइरहेको छ। अहिले सम्म उक्त एकेडेमीबाट २०० भन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरूले प्रशिक्षण प्राप्त गरेका छन्।
हाल, बाह्र देशका क्याडेटहरू तालिमरत रहेका उक्त एकेडेमीमा नेपाली सेनाका ६ जना क्याडेटहरू पनि प्रशिक्षणमा छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...