अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले आज आयोजित एक समारोहका बीच लुम्बिनी विकास कोष र पुरातत्त्व विभागका प्रतिनिधिहरूका साथमा लुम्बिनी सङ्ग्रहालय संरक्षण परियोजनाको उद्घाटन गरेका छन् ।
सो सङ्ग्रहालयमा रहेका प्राचीन कलाकृतिको अमूल्य सङ्ग्रहको सुरक्षण, अभिलेखन र संरक्षण गर्न नेपालस्थित अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत करिब सवा तीन करोड रुपैयाँको अनुदान बुद्ध फाउन्डेसनलाई प्रदान गरेको छ । उक्त अनुदानले एउटा अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना पनि गर्नेछ, जससँगै पुरातात्त्विक संरक्षणको एउटा क्षेत्रीय हबको सृजना हुनेछ ।
'यस संरक्षण प्रयोगशालाको स्थापना लुम्बिनीका लागि एउटा ऐतिहासिक अग्रगामी कदम हो जसले लुम्बिनीलाई पुरातात्त्विक अनुसन्धान तथा संरक्षणको क्षेत्रीय केन्द्रमा रूपान्तरण गर्दछ,' सार्वजनिक मामिला प्रमुख हार्करले भने, 'यस परियोजनाले प्रतिस्थापन गर्नै नसकिने कलाकृतिको सुरक्षा गर्ने मात्र नभई नवप्रवर्तन र सहकार्यका अवसरहरूको सृजना पनि गरी नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्नेछ ।'
इसा पूर्वको छैटौँ शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका ३०० भन्दा बढी कलाकृतिहरू रहेको लुम्बिनी सङ्ग्रहालयमा लुम्बिनीको पवित्र स्थलमा उत्खनन गरिएका पक्की माटोका प्रतिमा, ढुङ्गाका मूर्ति, सिक्का र अन्य अवशेषहरू सङ्ग्रहित छन् ।
यस परियोजना यी सांस्कृतिक निधिको संरक्षणमा एउटा रूपान्तरणकारी कदम हुनेछ । संरक्षण स्थलको सीमितताका कारण हाल यी कलाकृतिमध्ये धेरै वटा काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालयमा भण्डारण गरिएका छन् ।
यस पहलले लुम्बिनी प्रदेशको पहिलो र नेपालकै सुरुवातीमध्ये एक आधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरी लुम्बिनी र यस वरपरका पुरातात्त्विक स्थलमा रहेका कलाकृतिको अध्ययन, संरक्षण र सुरक्षित भण्डारणलाई सम्भव बनाउनेछ । त्यसका साथै, एक बृहत् प्रशिक्षण कार्यक्रमले पुरातात्त्विक संरक्षणमा स्थानीय क्षमता निर्माण गरी भावी पुस्ताका निम्ति नेपालको समृद्ध सांस्कृतिक सम्पदाको अभिलेखन तथा संरक्षण गर्न पेसाकर्मी तथा विद्यार्थीहरूको सशक्तीकरण गर्नेछ ।
एएफसीपीले विकासोन्मुख देशहरूमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग प्रदान गर्छ । नेपाल एएफसीपी अनुदानका विश्वकै शीर्ष प्राप्तिकर्तामध्ये एक हो । विगतका दुई दशकमा काठमाडौँस्थित अमेरिकी दूतावासले नेपालमा २८ वटा सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूका लागि ६१ करोड रुपैयाँभन्दा बढीको कोष प्रदान गरेको छ ।
लुम्बिनी सङ्ग्रहालयबारे
बुद्धको जन्मस्थलमा अवस्थित लुम्बिनी सङ्ग्रहालयले विश्वका सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक स्थलमध्ये एक अर्थात् लुम्बिनीमा रहेका प्राचीन कलाकृतिको संरक्षण तथा प्रदर्शन गर्दछ ।
यहाँ उपलब्ध सङ्ग्रहले लुम्बिनीको गहिरो इतिहास र बौद्ध संस्कृतिको केन्द्रका रूपमा यसको चिरस्थायी भूमिकाको एक झलक पनि प्रदान गर्छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशङ्का गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता समेत जनाए।
नेपालकै मध्य भागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतम बुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेले बताए। उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने समेत प्रतिबद्धता जनाए। ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’ उनले भने, संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्नेमा लागेको छ। ‘ मेची महाकालीको बिचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ।’उनले थप्दै भने।
मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टरको संज्ञा दिए। उनले विमानस्थलसंग सम्बन्धित श्रम, भिस्सा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निर्णय भएको बताए। मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसी कार्यान्वयन गरिने उद्घोष गरे।
गौतम बुद्ध विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको ईपिसेन्टर लुम्बिनी आउने बताए। उनले संस्कृति नरहेको बताउँदै अब नहुने काम हुँदैन भनेर भन्ने संस्कार बनाउनुपर्ने समेत बताए। ‘अहिले अन्तर्राष्ट्रिय उडान भएपछि तपाईँहरूले बधाई दिँदा म झस्किन्छु, किन भने ५ महिनापछि त्यो बधाई बजाइमा परिणत हुन्छ भन्ने कुरा मैलै ख्याल गरेको छु’ मन्त्री पाण्डेले भने। उनले विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रुपमा गर्नुपर्ने कामहरूलाई सूचीबद्ध गरेर गर्ने समेत बताए। उनले भैरहवाको विमानस्थल सञ्चालन हुँनेवितिकै पोखरा पनि चल्ने विश्वास दिलाए।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले द्रुतगतिमा काम गर्नुपर्ने सुझाव स्वीकार गर्दै आगामी दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने उद्घोष गरे। उनले होटल, गुम्बा र स्थानीयहरूका बिचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउँदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...