मौनताको शक्ति
१३ जेष्ठ २०८३
•
६ मिनेट पाठ
मौनताको शक्ति
कुनै पनि संगीत दुई स्वरहरूबिचको रिक्ततामा लुकेको हुन्छ। यसैगरी जीवनको गहिराइ शब्दहरूको कोलाहलमा नभई मौनताको गाम्भीर्यमा छिपेको हुन्छ। पूर्वीय र पाश्चात्य दर्शनमा मौनतालाई ‘नबोल्नु’ मात्र होइन, यसलाई आत्म–साक्षात्कार र शक्तिको परम स्रोत नै मानिएको छ।




मौनता आत्मिक अनुशासन, मानसिक स्पष्टता र चेतनाको सशक्त अभ्यास हो । मौनता शब्दको अनुपस्थिति मात्र होइन । कुनै व्यक्ति अविवेकी बोलाइ, तर्कहीन प्रतिक्रिया वा आवेगपूर्ण व्यवहारबाट टाढा रहेपछि उसमा आत्मनियन्त्रण र विवेक विकसित हुन्छ । मौनताको अभ्यासले व्यक्तिगत स्तरमा शान्ति ल्याउँछ । यसले सामाजिक र अन्तरवैयक्तिक सम्बन्धहरूमा समझदारी, धैर्य र सहिष्णुता पनि सुदृढ बनाउँछ । विचार र भावनाको स्पष्टता बढ्दा,  निर्णयहरू अनावश्यक द्वन्द्व र विवादबाट मुक्त हुन पुग्छन्।

दार्शनिक दृष्टिले हेर्दा छान्दोग्य उपनिषद्ले मौनतालाई आत्मविनिग्रह र मनः संयमको महत्त्वपूर्ण अंगको रूपमा वर्णन गरेको छ । बुद्ध दर्शनमा पनि मौनता (मौनं) सत्यबोध र प्रज्ञाको साधन मानिन्छ।

सांसारिक जीवनमा कुनै चुनौती वा विवादको सामना गर्दा तुरुन्त प्रतिक्रिया नदिई धैर्यपूर्वक सोचेर प्रतिक्रिया दिनु मौनताको शक्ति प्रयोग गर्न सफल भएको संकेत हो । यसले मानसिक स्थिरता मात्र होइन, सामाजिक सम्बन्धमा पनि सकारात्मक प्रभाव पार्छ । मौनताको अभ्यासले व्यक्तिलाई आत्मजागरण, मानसिक स्पष्टता र नैतिक परिपक्वतातर्फ अग्रसर गराउँछ।

सनातन दर्शनमा मौनतालाई ‘परम वाणी’ मानिन्छ किनभने सत्यको चरम स्वरूप शब्दले मात्र व्यक्त गर्न सक्दैन । तैत्तिरीयोपनिषद् (२।९।१) मा ‘यतो वाचो निवर्तन्ते अप्राप्य मनसा सह’ भनिएको छ । अर्थात् जहाँ शब्द र मन पुग्न सक्दैनन्, त्यहाँ सत्यको बास हुन्छ । भगवद्गीतामा (१७।१६) मौनतालाई मनको संयम र आत्मनियन्त्रणसँग जोडिएको छ– ‘मनः संयममौनं च आत्मविनिग्रहः।’ अर्थात् व्यक्तिलाई आत्म–अनुशासन, मानसिक संयम र मौनताको अभ्यास गर्न उत्प्रेरित गर्नु । महाभारतमा भीष्मले युधिष्ठिरलाई ‘मौनं सर्वार्थसाधनम्’ भनेका छन् । अर्थात् मौनता नै सबै उद्देश्य पूरा गर्ने साधन हो।

मौन रहन पाउने अधिकार

यो अधिकारले आधुनिक फौजदारी कानुनमा विशेष स्थान राख्छ। कानुनी दृष्टिले, अभियुक्त वा प्रतिवादीलाई आफूविरुद्ध प्रमाण लाग्न सक्ने बयान दिन बाध्य पार्न नपाइने सिद्धान्त मानव अधिकारको आधारभूत अंग हो । यो सिद्धान्त नेपालसहित धेरै मुलुकमा प्रचलित छ र यसले न्यायिक निष्पक्षता सुनिश्चित गर्छ।

स्वर दमन

मौनताको शक्ति र मौन रहन पाउने अधिकार हरेक व्यक्तिको स्वतन्त्र छनोट हो । बलपूर्वक मौन रहन बाध्य पारिएको हो भने त्यो चाहिँ स्वर दमन (साइलेन्सिङ द भोइस) हो । यो राजनीतिक, सामाजिक वा सांस्कृतिक रूपमा देखापर्न सक्छ । स्वतन्त्र अभिव्यक्ति गर्न पाउने अधिकार हननको एउटा स्वरूपमा यसलाई हेरिन्छ।

मौनतार एकान्तको संगम

मौनतालाई आत्मिक साधना वा कानुनी रक्षा दुवैका रूपमा प्रयोग गरिएका बेला एक्लै रहन पाउने अधिकार (राइट टु बी लेट अलोन) यसको पूरक अधिकार बन्न पुग्छ । मौनताले भित्री शान्ति दिन्छ, एकान्त (लेट अलोन) ले बाहिरी व्यवधानबाट मुक्त पार्छ । दुवै मिलेर मानिसलाई आत्मस्वतन्त्रता, मानसिक स्थिरता र रचनात्मक जीवनका लागि अनुकूल वातावरण प्रदान गर्छन् । यसलाई गोपनीयताको अधिकार पनि मानिन्छ।

ध्यानमग्न मौनता

ध्यानमग्न मौनता, योग र आध्यात्मिक साधनामा आत्मज्ञानको मुख्य साधन हो । पतञ्जलि योगसूत्रमा ‘चित्तवृत्ति निरोधः’ मार्फत मौनताले मानसिक तरंगलाई शान्त पार्छ भन्ने बताइएको छ । ध्यानमा मौन रहनु बाहिरी आवाजको अभाव मात्र नभएर आन्तरिक संवादको अवस्थासमेत हो । यो अवस्था आत्म–परिचय, मानसिक स्पष्टता र आध्यात्मिक उन्नतिको लागि अनिवार्य मानिन्छ।

रिक्त सम्बन्ध र मौनता

रिक्त सम्बन्ध (जिरो रिलेसनसिप) भन्नाले दुई व्यक्ति वा समूहबिच कुनै भावनात्मक, मानसिक वा सामाजिक तानातान बाँकी नरहने अवस्थालाई जनाउँछ । यो शत्रुता वा मित्रता दुवै होइन, पूर्ण तटस्थता हो । यसलाई कहिलेकाहीं भावनात्मक तटस्थता वा वैराग्यपूर्ण समभाव (डिट्याच्ड इक्वानिमिटी) पनि भनिन्छ।

परिणामको रूपमा मौनता

सम्बन्ध शून्य भएपछि शब्दहरूको आवश्यकता समाप्त हुन्छ । न कुनै सम्झाइबुझाइ, न त कुनै विवाद, त्यहाँ मौनता स्थिर हुन्छ।

साधनको रूपमा मौनता

कतिपय अवस्थामा मौन रहँदा सम्बन्धको भावनात्मक आवेश क्रमशः कम हुँदै जान्छ । अन्ततः त्यो सम्बन्ध शून्यतामा पुग्छ वा पुनः जागरणका लागि तयार हुन्छ । कुनै व्यक्तिसँग लिइने सबैभन्दा ठुलो बदला उसँग नबोल्ने वा मौनता साँध्ने औजार हो । त्यसैले संवैधानिक रूपमा समेत मौनतालाई अभिव्यक्ति स्वतन्त्रताको एउटा प्रकार मानिन्छ । बोल्न पाउने अधिकारसँगै चुपलागेर बस्ने अधिकार समाहित भएको हुन्छ।

दार्शनिक दृष्टि

भगवद्गीता (६.६) मा ‘आत्मा नै आफ्नो मित्र र आत्मा नै आफ्नो शत्रु’ भनिएको छ । यो सन्देश विशेषगरी ‘रिक्त सम्बन्ध’मा लागु हुन्छ । उपनिषद्मा रिक्तता (एम्टिनेस) र मौनतालाई ब्रह्मज्ञान प्राप्तिको द्वार मानिन्छ । बौद्ध दर्शनमा वर्णित सबै प्राणीप्रति न आशक्ति, न त द्वेष राख्ने अवस्था नै रिक्त सम्बन्ध हो । यसलाई उपेक्षा भावका रुपमा लिइन्छ जसमा मौनता स्वाभाविक हुन्छ।

आध्यात्मिक लाभ

मानसिक स्पष्टता: रिक्त सम्बन्धमा अनावश्यक भावनात्मक तनाव हट्छ । आत्मिक शान्ति : मौनताले बाहिरी उत्तेजनाबाट बचाउँछ।

स्वतन्त्रता: सम्बन्धको बन्धनबाट स्वतन्त्र भएर व्यक्ति आफ्नो आत्मविकासतर्फ केन्द्रित हुन्छ । मौनतालाई आत्मसंवाद पनि भनिन्छ । यो आत्मसँग प्रश्न गर्ने र उत्तर पाउने प्रक्रिया हो । कतिपय अवस्थामा नबोलेर पनि जितिन्छ । नबोल्नेले नै शत्रु कम बनाउँछ । अनावश्यक विवादबाट मुक्तिको लागि पनि मौनता चाहिन्छ । यस दृष्टिबाट मौनता आफैंमा दर्शन, व्यवहार र रणनीतिको त्रिवेणी हो भन्न सकिन्छ।

मौनताको बहुआयामिक लाभ

मौनता शान्त बस्नु मात्र होइन। यो एक उपचार पद्धति नै हो।

मनोवैज्ञानिक लाभ:

मौनताले मस्तिष्कको ‘एमिग्डाला’ (तनाव केन्द्र) लाई शान्त पार्छ र कोर्टिसोल जस्ता तनाव उत्पन्न गर्ने हर्मोनको स्तर घटाउँछ । यसले मानसिक एकाग्रता बढाउन मदत गर्छ।

शारीरिक लाभ: दिनको केही समय पूर्ण रूपले मौन बस्दा रक्तचाप नियन्त्रणमा आउँने, हृदयको गति स्थिर हुने र निद्राको गुणस्तरमा सुधार आउँने तथ्य अध्ययनहरूले स्थापित गरेका छन्।

आध्यात्मिक र रचनात्मक लाभ: मौनतामा नै मानिसले आफ्नो ‘अहं’ लाई चिन्ने र त्यसलाई त्याग्ने अवसर पाउँछ । महान् दार्शनिक, साहित्यकार, वैज्ञानिक र कलाकारहरूले आफ्ना उत्कृष्ट रचनाहरू मौनताको एकान्तमा नै सिर्जना गरेका हुन् । यसलाई स्वसंवाद पनि भनिन्छ।

अन्ततः मौनता रित्तोपन नभएर उत्तरहरूले भरिएको पूर्णता हो । यसले बाहिरको आवाजलाई शान्त पार्न सक्छ । मौनताले मात्र मनभित्रको संगीत सुन्न सक्छ । मौनताले हामीलाई कोलाहलबाट निकालेर स्वयंको गहिराइसम्म पुर्‍याउने एउटा पुलको  काम गर्छ।–तिमल्सेना सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार हुन्।
अर्को समाचार
आत्माहरूको जुलुस
२८ असोज २०७७
•
२ मिनेट पाठ
आत्माहरूको जुलुस

सरस्वती श्रेष्ठ सरू

 




मिरमिरे उज्यालो हुँदै गर्दा  

हिलाम्य उखुबारीमा

अलिअलि ढुकढुकीमा बिउँझी जूनकीरी

थाहा पाई आफ्नै सपनाको बलात्कार भएको

उठाउन खोजी सम्हालेर आफैलाई

अफसोच  

क्षत –विक्षत भैसकेका थिए सपनाहरू  

अलि पर मिल्किएका थिए आफ्ना पखेटाहरू

जो उसले स्वयं समयलाई बोकेर उडेकी थिई

साथमै थिए अथाह सपनाहरूको बही खाता

जसमा भविष्यको खाका कोर्नु थियो  

भिजेछन् रातभर जूनको आँसुले  

एकैछिन घर पुग्न ढिलो भए

आत्तिँदै खोज्न पुग्थिन् आमा  

तर आज वर्षौँ भयो आमासँग टाढा भएको  

कस्तो भयो होला आमालाई !

सुनसान उखुबारीमा

जूनकीरीको चीत्कार सुनेर

बेहोस प्राय छन् अझै उखुका पातहरू

अझै बिउँझन सकेको छैन धर्ती

अझै तेजोमय हुन सकेको छैन घाम

चिरबिराउन सकेका छैनन् चराहरू

जुन दिन भाँचिए जूनकीरीका पखेटाहरू

जुन दिन च्यातियो जामा

र गरियो निर्मम हत्या

त्यही दिनदेखि खुलेआम ,निर्धक्क डुलिरहेछ अपराधी

मानौँ बलात्कारीले बलात्कार गरेकै छैन

हत्याराले हत्या गरेकै हैन  

अपराधी भेटिएझैँ हुन्छ  

भेटिएझैँ मात्र हुन्छ भेटिएको हुँदैन

अपराधी पहिचान गरिएझैँ हुन्छ  

पहिचान गरिएझैँ मात्र हुन्छ  

पहिचान गरिएको हुँदैन  

पटकपटक छानबिन हुन्छ

पटकपटक मुचुल्का उठाइन्छ

एकाध डिएनए परीक्षण गरिन्छ

तर पहिचान गरिन्न  

जुन दिनदेखि अपराधीको पहिचान गर्न छोडियो

त्यही दिनदेखि भट्किरहेको छ आत्मा जूनकीरीको  

सरकार,

कलिलो र निर्दोष आत्माले न्याय नपाउनु  

के भुइँ मान्छेले न्याय नपाउनु  

सुनेका छैनौ तिमीले लाखौं पुतलीहरूका मौन आवाज  

सुनेका छैनौ लाखौं जूनताराका मौन चीत्कार  

सुनेका छैनौ लाखौं फूलहरूका मौन कोलाहल  

मौनताको शक्ति त खतरनाक हुन्छ नि ख्याल गर  

एक दिन ओर्लिने छ गल्लीगल्लीबाट  

चोकचोकबाट  

बस्तीबस्तीबाट  

पुतलीहरूको जुलुस

जूनताराहरूको जुलुस

फूलहरूको जुलुस

आत्माहरुको जुलुस  

र त्यतिबेला तिमीले घुँडा टेक्नु पर्नेछ ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस