समृद्धिको सङ्कल्प
०३ असार २०८३
•
६ मिनेट पाठ
समृद्धिको सङ्कल्प
नेपाल सरकार अर्थात् बालेन सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारले यस बजेटलाई आर्थिक सुधार, निजी क्षेत्रको प्रवर्धन, उद्यमशीलता विकास, पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण तथा डिजिटल नेपालको आधार निर्माण गर्ने दस्ताबेजका रूपमा प्रस्तुत गरेको छ।




यसरी संघीय सरकारको आर्थिक बजेट सार्वजनिक भएपछि प्रदेश सरकारको पनि २०८३/८४ को बजेट सार्वजनिक भएको छ, जसमा कुल बजेट दुई खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ। प्रदेशको बजेटको प्राथमिकता हेर्दा पूर्वाधार विकास, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा स्थानीय आर्थिक गतिविधिलाई विस्तार गरी केन्द्रमा राखिएको देखिन्छ।

बजेट सार्वजनिक भएपछि स्वाभाविक रूपमा दुई किसिमका प्रतिक्रिया आएका छन्। एक पक्षले यसलाई आर्थिक सुधारको आधारशिला भनेका छन् भने अर्को पक्षले यसलाई पुरानै शैलीको महत्त्वाकांक्षी दस्ताबेजका रूपमा हेरेको छ।  वास्तविकता भने यी दुई धारबिचमा छ। बजेटको सफलता वा असफलता कागजमा लेखिएका कार्यक्रमले होइन, कार्यान्वयनले निर्धारण गर्नेछ।

आज नेपालको अर्थतन्त्र जटिल मोडमा छ।  नेपाल ‘ग्रे लाइन’मा परेको छ। देश एकातिर रेमिट्यान्स अर्थतन्त्रले धानिएको छ भने अर्कातिर उत्पादन, निर्यात र रोजगारीका क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन।  युवा पलायन निरन्तर बढिरहेको छ, शिक्षित जनशक्ति बिदेसिने क्रम रोकिएको छैन।

कृषि उत्पादनमा आत्मनिर्भरता हासिल हुन सकेको छैन। निजी क्षेत्र लगानी विस्तार गर्न अझै हिचकिचाइरहेको छ। यही पृष्ठभूमिमा आएको बजेटलाई केवल अंकगणितीय दस्ताबेजका रूपमा होइन, नेपालको भावी आर्थिक दिशाको संकेतका रूपमा हेर्नुपर्छ।

सकारात्मक पक्षतर्फ हेर्दा बजेटको सबैभन्दा सकारात्मक पक्ष निजी क्षेत्र, सूचना प्रविधि, स्टार्टअप र उद्यमशीलतालाई प्राथमिकतामा राख्ने प्रयास हो। विश्वको अर्थतन्त्र तीव्र गतिमा डिजिटल अर्थतन्त्रतर्फ गइरहेको अवस्थामा नेपालले पनि सूचना प्रविधिलाई विकासको प्रमुख आधार बनाउन खोज्नु स्वागतयोग्य छ।

आज नेपालका हजारौं युवा विदेशमा अवसर खोजिरहेका छन्।  उनीहरू विदेश रहरले होइन, बाध्यताले गइरहेका छन्।  सरकारले सूचना प्रविधि, डिजिटल सेवा, नवप्रवर्तन र स्टार्टअप क्षेत्रलाई वास्तविक रूपमा सहयोग गर्न सकेको खण्डमा नेपालमै हजारौं उच्चस्तरीय रोजगारी सिर्जना हुन सक्छन्।

त्यसैगरी बजेटले कृषि आधुनिकीकरणलाई पनि प्राथमिकता दिएको छ।  कृषि अझै पनि नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार हो।  विडम्बना के छ भने कृषिप्रधान देश भनिने नेपालले अर्बौं रुपैयाँको खाद्यान्न बर्सेनि आयात गरिरहेको छ।  कृषि क्षेत्रलाई प्रविधि, सिँचाइ, भण्डारण, प्रशोधन उद्योग, उच्च बिउ तथा बजारसँग जोड्न सकियो भने यसले ग्रामीण अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउन सक्छ।

पूर्वाधार विकासलाई निरन्तरता दिन खोजिएको विषय पनि सकारात्मक छ।  सडक, ऊर्जा, पर्यटन र औद्योगिक क्षेत्रको विकास तथा विस्तार दीर्घकालीन आर्थिक वृद्धिका लागि आवश्यक छ।  सरकारको सही दिशा भनेको भ्रष्टाचार नियन्त्रण, आर्थिक अनुशासन, पारदर्शिता तथा मनी लाउन्डरिङ नियन्त्रणका विषयलाई प्राथमिकतामा राख्नु हो।  यो अत्यन्त उत्तम कार्य हो। यो प्रतिबद्धता व्यवहारमा रूपान्तरण भयो भने यसले नेपालप्रति विदेशी लगानीको विश्वास बढाउन सक्छ।  हुन पनि नेपालमा आजको दिनसम्म प्रायः हरेक क्षेत्रमा भ्रष्टाचार देखिएको छ।  यसले देश र जनतालाई लुटेर खोक्रो बनाएको छ।  त्यसको गिन्ती नै छैन।

भ्रष्टाचारले केवल राज्यको पैसा नोक्सान गर्दैन, यसले जनविश्वास नष्ट गर्छ र देशको क्षति गर्छ। अति भ्रष्टाचार भएपछि जनताको सहनशीलता आक्रोशमा परिवर्तन हुन्छ।  जसका कारण विगतमा जनआन्दोलनहरू भए र हामीले धेरै क्षति पनि भोग्यौं।  यस्ता भ्रष्टाचारले लगानी घटाउँछ र योग्यतामाथि पहुँचलाई हावी बनाउँछ।  आज नेपाललाई विश्वासको पुनःस्थापना आवश्यक छ।  नागरिकले राज्यप्रति विश्वास गर्न सके मात्र नीति सफल हुन्छ, चाहे वार्षिक नीति होस्, बजेट होस् वा मौद्रिक नीति।

हामीले विगतदेखि आजसम्म भोगिरहेको सबैभन्दा ठुलो प्रश्न भनेको कार्यान्वयन हो।  हाम्रो देशमा बजेटको अभाव कहिल्यै थिएन, समस्या मुख्यतः कार्यान्वयनमा थियो।  हरेक वर्ष महत्त्वाकांक्षी योजना घोषणा हुन्छन्।  ठुला आकारका बजेट आउँछन्।  लक्ष्यहरू निर्धारण गरिन्छन् तर आमजनतासम्म सहज रूपमा पुग्न सक्दैनन्। भए पनि पहुँचवालाहरूमा केही खर्च हुन्छ। मन्त्रालयमा राजनीतिक दबाब आउँछ– मेरो सरकार, मेरो क्षेत्रमा बढी जाओस् भन्ने सोच हाबी हुन्छ।  आमजनतालाई उकास्ने बजेट पहुँचसम्म पुग्दैन।  पुँजीगत खर्च न्यून रहन्छ। जनतामुखी आयोजना न्यून रहन्छन्।  धेरै आयोजना अधुरै रहन्छन्। आर्थिक सुधारको आधार सुशासन नै हो।

नीति निर्माण तहमा बसेकाहरूको कार्यशैली पनि धेरै ढिलो छ। हाम्रो देशमा केही दिनअघि चीनबाट आउँदा अनुभव भएको कुरा एयरपोर्टमा इमिग्रेसन अफिसरहरूको कार्यशैलीमा देखिएको ढिलासुस्ती हो।  केही उमेर पुगेका, आधुनिक प्रविधिमा अपडेट नभएका कर्मचारी देखिए।

त्यसैगरी, आउँदा–आउँदै गाँसमा ढुंगा भेटिएजस्तै अनुभव पनि भयो।  नेपाल भित्रिने पर्यटकले राम्रो अनुभव लिनुपर्छ।  देशविदेशका धेरै स्थानमा पढेलेखेका युवाहरूलाई इमिग्रेसन फ्रन्ट डेस्कमा राखिएको हुन्छ। त्यसैले के भन्न चाहन्छु भने पर्यटन क्षेत्रमा बजेट छुट्याइएको छ तर यी सबै कुरा नयाँ प्रविधि, योग्यता, शिक्षा र हस्पिटालिटीमा भएको खर्चसँग जोडिएर हेर्नुपर्छ।  खर्चअनुसार सेवा छ कि छैन भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ।

वास्तविक परीक्षा कार्यान्वयनमै हुनेछ।  अब जनताले नयाँ घोषणा सुन्न चाहँदैनन्, उनीहरू परिणाम हेर्न चाहन्छन्।  आजका जनता सडक बनेको हेर्न चाहन्छन्, विद्यालय सुधारिएको हेर्न चाहन्छ।  यी सबै कुरा आमजनताले महसुस गर्न चाहन्छन्। अहिले हरेक दिन हजारौं युवा विदेश पलायन भइरहेको देखिन्छ। सरकारले बुझ्नुपर्ने कुरा के हो भने उनीहरू आफ्नो इच्छाले गएका होइनन्, बाध्यताले गएका हुन्। उनीहरू स्वदेशमै अवसर खोजिरहेका छन्।  यदि देशमा गुणस्तरीय शिक्षा, सिपमूलक तालिम, स्टार्टअप सहयोग, लगानीको वातावरण, सूचना प्रविधि, रोजगारी तथा उत्पादनमूलक उद्योगको विकास गर्न सकियो भने ठुलो संख्यामा युवा नेपालमै बस्नेछन्।  यस बजेटको मूल्यांकन पनि अन्ततः यही आधारमा हुनेछ।

हामीले वार्षिक बजेट बनाउँदा वा मौद्रिक नीति ल्याउँदा छिमेकी राष्ट्रबाट पाठ सिक्न सक्छौं।  विकासको सन्दर्भमा चीनको उदाहरण प्रायः चर्चा गरिन्छ।  यो एउटा ज्वलन्त उदाहरण पनि हो।  चीन एकै दिनमा विकसित भएको होइन।  उसले दशकौंसम्म योजनाबद्ध रूपमा कृषि, शिक्षा, पूर्वाधार र उद्योगमा लगानी गर्‍यो।  पाँचवर्षीय योजनालाई निरन्तर कार्यान्वयन गरिरह्यो।  विस्तारै खाद्य सुरक्षा सुनिश्चित गर्‍यो। त्यसपछि पूर्वाधार निर्माण गर्‍यो। त्यसपछि शिक्षामा व्यापक लगानी गर्‍यो। अन्ततः प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय प्राथमिकतामा राख्यो।  आज चीन विश्वको अग्रणी आर्थिक शक्तिमध्ये एक बनेको छ।  त्यसो भन्नुको मतलब नेपालले चीनको नक्कल गर्न आवश्यक छैन तर दीर्घकालीन सोच, नीति निरन्तरता र कार्यान्वयनको संस्कार अवश्य सिक्नुपर्छ।

नेपालले आगामी दशकमा वास्तविक आर्थिक रूपान्तरण हासिल गर्न चाहन्छ भने सिप, अनुसन्धान र नवप्रवर्तनमा आधारित शिक्षा, आधुनिक, व्यावसायिक तथा निर्यातमुखी कृषि, डिजिटल अर्थतन्त्र, कृत्रिम बौद्धिकता र विश्व बजारसँग जोडिएको युवा शक्तिमाथि लगानी तथा आमजनतामुखी स्टार्टअप, साना तथा मझौला उद्यमशीलताको विकासमा जोड दिनुपर्छ। यही चार आधारले रोजगारी सिर्जना गर्छ, यही आधारले विदेश पलायन रोक्छ अनि समृद्ध नेपाल बन्छ अनि सबैले नेपाल हाँसेको देख्छन्।

यो बजेटलाई पूर्ण रूपमा उत्कृष्ट वा पूर्ण रूपमा असफल भन्नु हतार हुनेछ।  यसमा सम्भावना पनि छ, कार्यान्वयनका प्रश्नहरू पनि छन्। सरकारको पहिलो सय दिन पूरा हुँदै गर्दा आमजनताले एउटा कुरा स्पष्ट रूपमा भन्न थालेका छन्– अब भाषण होइन, परिणाम चाहिन्छ। 

नेपालको आवश्यकता सुशासन, शिक्षा, रोजगारी, प्रविधि, उत्पादन र परिणाममुखी नेतृत्व हो।  यसरी यो बजेटले युवा तथा आमजनतालाई नेपालमै भविष्य देखाउने वातावरण निर्माण गर्न सक्यो भने इतिहासले यसलाई सफल बजेटका रूपमा सम्झिनेछ। अब परिणाम चाहिन्छ, उपलब्धि चाहिन्छ अनि ‘ग्रे लाइन’ होइन, विकासको डबल लाइन चाहिन्छ।  
अर्को समाचार
परशुरामधाममा ‘दोस्रो परशुराम साहित्य महोत्सव’ हुने
२१ फागुन २०८१
•
२ मिनेट पाठ
परशुरामधाममा ‘दोस्रो परशुराम साहित्य महोत्सव’ हुने
डडेल्धुराको परशुरामधाममा ‘दोस्रो परशुराम साहित्य महोत्सव’ हुने भएको छ।




‘संस्कार, सङ्कल्प, अनि समृद्धिको उत्सव’ भन्ने नारासहित परशुराम नगरपालिकाले फागुन २२ र २३ गते महोत्सव आयोजना गर्न लागेको हो।

साहित्य, कला, संस्कृति, खेलकुद र समाजका विविध विषयलाई समेट्दै आयोजना गरिने यस महोत्सवमा देशभरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

परशुराम नगरपालिकाका मेयर भरत जोशीका अनुसार महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्नेछन्। उनले महोत्सवका विभिन्न सत्रहरूमा राजनीति, साहित्य, कला, इतिहास, खेलकुद र सामाजिक विषयमा चर्चा गरिने जानकारी दिए।

आयोजकका अनुसार महोत्सवको ‘सुदूरका सुईना’ सत्रमा पूर्व उपाध्यक्ष डा. विश्व पौडेल, पूर्व सांसद डा. दीपकप्रकाश भट्ट, वरिष्ठ शिक्षाविद् प्रा. डा. हेमराज पन्त वक्ताका रूपमा रहनेछन्।

यसैगरि ‘खोजिन बाँकी इतिहास, लेखिन बाँकी गीत’ सत्रमा साहित्यकार राजेन्द्र शाह बी.पी. र गीतकार हेमन्त विवशले आफ्नो विचार प्रस्तुत गर्नेछन्।

‘सु-संस्कृत राजनीति: देखाइ र भोगाइ’ सत्रमा पूर्व मन्त्री रामकुमारी झाँक्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशीला मिश्र वक्ताका रूपमा रहनेछन्।

त्यस्तै, ‘संस्कार शिक्षा’ सत्रमा डा. स्वामी केशवानन्द, ‘कविता र कहानी’ सत्रमा डा. नवराज लम्साल, ‘काव्य सन्ध्या’ सत्रमा तोयनाथ भट्ट र सेम बतास, ‘खेल संसार: अर्थतन्त्र, पर्यटन र कूटनीति’ सत्रमा ओलम्पियन दीपक विष्ट, राष्ट्रिय भलिबल प्रशिक्षक जगदीश भट्ट, क्रिकेटर दीपेन्द्र सिंह ऐरी लगायतको उपस्थिति रहनेछ। ‘डिजिटल युगका युवा: अवसर र चुनौती’ सत्रमा डा. मन्दिप पाठक, गणेश प्रसाद जोशी र दीपेश विष्ट वक्ताका रूपमा रहनेछन्।

‘गजल गंगा’ सत्रमा तिलक सिंह पेला र कमल सङ्घर्ष तथा ‘डेउडा: मौलिक पहिचान’ सत्रमा भोजराज भट्टले आफ्ना विचार प्रस्तुत गर्नेछन्।

साहित्यिक तथा वैचारिक सत्रहरूका साथै महोत्सवमा स्थानीय संस्कृति झल्कने विविध कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछन्।

स्थानीय कलाकारहरूको छलिया नाच, देउडा खेल तथा मौलिक प्रस्तुतिहरू दर्शकका लागि विशेष आकर्षण रहनेछन्।

स्थानीय प्रतिभा प्रदर्शनी अन्तर्गत रंगुन साहित्य प्रतिष्ठानका अध्यक्ष बदि सिंह खत्री, साहित्यकार कैलाश कुमार पाण्डेय, गजलकार हरिश भट्ट, लोक देउडा गायक महेन्द्र राम पार्की, साहित्यकार यशोदा ओझा, सगुन/फाग कलाकार माया देवी पाण्डेय लगायतका प्रतिभाहरूको सहभागिता रहनेछ।

परशुराम नगरपालिकाले यस साहित्य महोत्सवलाई सुदूरपश्चिमको भाषा, साहित्य, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने अवसरका रूपमा लिएको छ।

नगरपालिकाले साहित्य, कला र संस्कृति प्रेमी सबैलाई महोत्सवमा उपस्थित भई सुदूरपश्चिमको मौलिक पहिचानको उत्सव मनाउन अनुरोध गरेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस