निर्णायक घडी
२१ फागुन २०८२
•
५ मिनेट पाठ
निर्णायक घडी
प्रतिनिधिसभा निर्वाचन बिहीबार हुँदै छ। यस निर्वाचनका लागि देशले धेरै क्षति ब्यहोर्नुपरेको छ। नेपाल आज एकातिर सामाजिक सञ्जालको पर्दामा चम्किरहेको छ वा भाइरल छ भने अर्कातिर बेरोजगारी, अशिक्षा, अराजकताका कारण दैनिक हजारौं युवा खाडी प्रस्थान गर्दै छन्। गाँउ रित्तै छ, गाउँमा काम गर्ने जनशक्ति परदेशमा पसिना बगाइरहेको छ।




यी दुई संसारबिचको दुरी दिनदिनै बढ्दै गइरहेको छ। आज सत्यभन्दा छिटो अफवाह फैलिन्छ, समाधानभन्दा पहिले प्रतिक्रिया भाइरल हुन्छ र गहिरो बहसभन्दा छिटो सनसनी फैलिन्छ। यहाँ यथार्थभन्दा बढी अफवाहमा विश्वास हुन्छ। यो प्रवृत्तिले नेपाललाई भाइरल बनाएको छ। जसले गर्दा समाज भित्रभित्रै गम्भीर समस्या बोकेर यात्रारत छ। यस अवस्थालाई बोकेर हाम्रो देशमा निर्वाचन भइरहेको छ।

निर्वाचनको दिन आइसकेको छ। निर्वाचनअघि नै प्रायः सबै दलका घोषणापत्र, चुनावी नारा, नेताका एक से एक भाषण आइसकेका छन्। सामाजिक सञ्जालमा अमूक दललाई जिताउने र हराउने अभियान राम्रैसँग भएको देखियो। मेरो एउटै प्रश्न छ - यो निर्वाचन विचारको प्रतिस्पर्धा हो कि भाइरल सामग्रीको युद्ध?

धेरैको बलिदान एवं जनधनको क्षतिबाट विषम परिस्थितिमा आएको निर्वाचन हो यो। त्यसैले पनि यो निर्वाचनलाई बढी गम्भीर तरिकाले सोच्नुपर्ने हो तर दल, नेता -कार्यकर्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसरी सोचेको देखिएन।

केही समयअगाडि रत्नपार्कमा केटा र केटीको सामान्य झगडा भइरहेको थियो। त्यो झगडा बुझ्नुभन्दा पहिले धेरैले झगडाको भिडियो खिचे अनि आफ्नो भिडियोलाई भाइरल बनाउनतर्फ लागे। उक्त झगडाको भिडियो लाखौंले हेरे, हजारौंले प्रतिक्रिया दिए तर कसैले पनि सोधेनन् - किन उनीहरूबिच झगडा भयो? उनीहरू एकैछिनमा हात समाएर सँगै गए। सत्य कथा के हो भन्ने कसैलाई थाहा छैन, यद्यपि भिडियो भाइरल बन्यो।

यही मानसिकता अहिले चुनावी वातावरणमा सर्वत्र छ। उम्मेदवारको कार्यक्रमभन्दा उसको चिप्लिएको बोली भाइरल हुन्छ, नीति–घोषणापत्रभन्दा विवादित वाक्य चर्चित हुन्छ। यहाँ भाषणको सारभन्दा भिडियोको क्लिप निर्णायक बन्छ। कुन नेतृत्व सक्षम छ, नेपालको भविष्यका लागि कस्ता उम्मेदवारलाई भोट दिने भन्दा पनि एउटा चिह्न वा छाप समातेको छ, त्यसैलाई भोट दिने भन्ने हल्ला चलिरहेको छ। तिमी चिन्छौ यो छाप कसको हो? उत्तर - चिन्दिनँ। के उसको प्रतिवद्धता देशका लागि हो त? उत्तर - थाहा छैन। हामीले कस्तो भविष्य बनाउन खोज्दै छौं?

हाम्रो यत्रो आँसु र बलिदानबाट आएको चुनाव हो यो। हामीले मतलाई खेर फाल्नुहुँदैन। हरेक मतदाताले आफ्नो नेतालाई राम्ररी चिन्नुपर्छ। यो नेपालको भविष्य र नेपालीप्रतिको उत्तरदायित्व हो। आज चुनावी बहस होइन, दृश्यको प्रतिस्पर्धा हुँदै छ। आज कुनै घटना घट्नासाथ त्यहाँ अनुसन्धान होइन, रेकर्ड हुन थाल्छ। मोबाइल अब सञ्चारको साधन मात्र होइन, तमासाको मुख्य साधन बनेको छ।

पीडित सहायता खोज्नुभन्दा पहिले क्यामराको घेरामा पर्छ। मानवीय संवेदना अनि अधिकार कन्टेन्टमा रूपान्तरण हुन्छ। आज निर्वाचन हुँदै गर्दा यो प्रवृत्ति अझै तीव्र बन्दै छ, अधुरो सत्यलाई पूरा सत्य बनाउँदै फैलिएको छ। यो प्रवृत्तिले मान्छेलाई जिम्मेवारी र वास्तविकताबाट टाढा लगेको छ। भावनात्मक भाषाले मतदातालाई उत्तेजित बनाइन्छ तर समाधानको बाटो देखाइँदैन। यसो भन्दै गर्दा राजनीतिमा भाइरल संस्कृतिको प्रभाव झनै गम्भीर छ।

संसदमा उठेका गम्भीर बहसभन्दा नेताको कटाक्ष, आरोप, प्रत्यारोप र व्यंग्य भाइरल हुन्छ। बजेटका तथ्यभन्दा गाली चर्चित हुन्छ। नीति निर्माणभन्दा टिकटके भाषण लोकप्रिय हुन्छ। नेताको क्षमताभन्दा छापको हल्ला फिजाइन्छ। जसले लोकतन्त्रलाई संवादको होइन, प्रदर्शनको रंगमञ्च बनाइरहेको छ।

यो निर्वाचन यसै प्रवृत्तिको परीक्षास्थल बन्ने संकेत देखिँदै छ, जहाँ घोषणापत्रमा छलफल गर्नुभन्दा ह्यासट्याग प्रभावशाली बन्ने खतरा छ। हाम्रा युवा पुस्तामा यसको असर झनै गम्भीर देखिन्छ। प्रसिद्धि अब संघर्ष र उपलब्धिबाट होइन, भाइरलबाट आउने भ्रम फैलिएको छ। परीक्षा पास हुनुबाट होइन, ट्रेडिङ हुनु ठुलो मानिन्छ। सिप सिक्नुभन्दा फलोअर बढ्नु सफलता मानिन्छ। निर्वाचनसँगै समाज अझै ध्रुवीकृत बन्दै छ। असहमति बहस होइन, गालीमा बदलिन थालेको छ। फरक विचारलाई सुन्ने संस्कार कमजोर हुँदै गएको छ। देशको हावापानी, माटोमा नरमेका अनि विदेशमा बसेर नेपालको भविष्य र नेतृत्वमाथि हस्तक्षेप हुँदै छ। त्यही पोस्टलाई भाइरल बनाउँदै हामी छाप लगाउँछौं। बिर्सन्छौं, जेनजी आन्दोलन अनि बलिदान।

यस्ता कार्यक्रमका भिडियोको भूमिकामाथि पनि प्रश्न उठेको छ। ब्रेकिङको होडमा कतिपय समाचार सत्य पुष्टि हुनुअघि नै सार्वजनिक हुन्छन्, अनुसन्धान हुनुअघि नै सार्वजनिक हुन्छन्। अनुसन्धानभन्दा छिटो प्रकाशन हुने प्रवृत्ति पनि बढेको छ। अहिले निर्वाचन हुँदै गर्दा सत्यतथ्य नबुझी फलानाले जित्छ भन्ने आँकलन गर्न आँटेका छन्।

यो भाइरल प्रवृत्ति पनि देशका लागि हानि हुन्छ। देशको चौथो अंगले भड्काउने र उचाल्ने - पछार्ने गर्नुहुँदैन किनकि निर्वाचनको बेला यो प्रवृत्ति झनै संवेदनशील हुन्छ। आधा सत्य र अतिरञ्जित समाचारले मतदाताको मनोविज्ञानलाई प्रभावित पार्छ। यस्ता समाचारे सचेत निर्णयभन्दा भावनात्मक निर्णयलाई बढी प्रभाव पार्छन्। यसो भन्दै गर्दा सम्पूर्ण कुरा भाइरलले बिर्गाछ भन्ने होइन। भाइरल कन्टेन्टका राम्रा पक्ष पनि छन्, यस्ता सञ्चार सामग्रीमा आशाको पक्ष पनि पाइन्छ।

एउटै पोस्टले रगत संकलन भएर बिरामीको ज्यान जोगिन्छ, हराएका बालबालिका भेटिन्छन्, उपचारका लागि सहयोग जुट्छ। संसारमा के भइरहेको छ भन्ने तथ्य तत्कालै थाहा हुन्छ। त्यसरी समस्या प्रविधिमा होइन, प्रविधिको प्रयोग, जिम्मेवारी र विचारमा छ। चुनावी यात्रा सकारात्मक प्रयोगतर्फ मोडियो भने भाइरल संस्कृतिले लोकतन्त्रलाई सशक्त बनाउन सक्छ। यसलाई केवल तमासा र आक्रोशको माध्यम बनाइयो भने यसले निर्वाचनलाई कमजोर बनाउँछ, कमजोर नेतृत्व आउँछ।

नेपाल अहिले गम्भीर संक्रमणकालमा छ। एकातिर डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रता दिएको छ, अर्कातिर विवेक कमजोर बन्दै छ। सूचना सजिलै फैलिन्छ तर ज्ञान गहिरो हुन सकेको छैन। आवाज धेरै छन्, सुन्ने कम छन्। प्रतिक्रिया तीव्र छन् तर समाधान सुस्त छन्।

आगामी निर्वाचन यही अवस्थाको कठोर परीक्षा हो। के हामी मत दिने बेला भाइरल भिडियोको आधारमा निर्णय गर्छौं? कि उम्मेदवारको विचार, कार्यक्रममा दृष्टि लगाउँछौं वा चरित्र हेर्छौं? मत प्रकट गर्नुभन्दा पहिल्यै बाटो स्पष्ट हुनुपर्छ। नागरिकले सामाजिक सञ्जालमा सामग्री सेयर गर्नुअगाडि सत्यतथ्य हो कि होइन? निर्क्याेल गर्नुपर्छ। अहिले हाम्रो निर्वाचनप्रति देशविदेश जताततैबाट नजर लगाएका छन्।

हामीले एउटै कुरा बुझ्नुपर्छ - सुख, दुःख हामी आफैंले भोग्नुपर्छ। त्यसैले देश–विदेशका मन्तव्य एवं भाइरल सामग्रीमा जोड नदिई आफ्नो देशको भविष्य आफैं चुनौं, देश, माटो, भूगोल बुझेको व्यक्ति चुनौं। अब प्रश्न हामी दर्शक बन्ने कि निर्णयकर्ता बन्ने? ह्यासट्याग पछ्याउने कि भविष्य बनाउने? चेतनाले भोलिको नेपाल बनाउँछ।  
अर्को समाचार
भारतमा मतगणना : मोदीका लागि निर्णायक घडी
२१ वैशाख २०८३
•
३ मिनेट पाठ
भारतमा मतगणना : मोदीका लागि निर्णायक घडी
भारतका विभिन्न राज्यमा सम्पन्न चुनावको मतगणना सोमबार कडा सुरक्षा व्यवस्थाबीच सुरु हुँदा यसको नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक रूपमा महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ। विशेषगरी पश्चिम बङ्गालमा केन्द्रित यस चुनावी प्रतिस्पर्धालाई राष्ट्रिय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।




अप्रिल र मे महिनामा पाँच राज्य तथा क्षेत्रहरूमा सम्पन्न निर्वाचनपछि अहिले मतगणना भइरहेको छ। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) विपक्षीको नियन्त्रणमा रहेका राज्यहरूमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिमा देखिएको छ। राष्ट्रिय संसद्मा बहुमतसहित सत्तामा रहेको भाजपाले यी चुनावलाई आफ्नो पकड थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ।

सबैभन्दा बढी ध्यान भने पश्चिम बङ्गालतर्फ केन्द्रित छ, जहाँ करिब १० करोड जनसङ्ख्या भएको राज्यमा सन् २०११ देखि सत्तामा रहँदै आएकी मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल काङ्ग्रेस (टिएमसी) लाई हटाउन भाजपाले आक्रामक अभियान चलाएको थियो। हिन्दू राष्ट्रवादी धार बोकेको भाजपाले यसपटक उल्लेखनीय उपलब्धि हासिल गर्ने अपेक्षा गरेको छ।

गत हप्ता सार्वजनिक गरिएको एक्जिट पोलहरूले टिएमसी र भाजपाबीच कडा प्रतिस्पर्धा देखाए पनि केहीले भाजपालाई झिनो अग्रता दिएका थिए। यद्यपि भारतमा एक्जिट पोलहरूको विश्वसनीयता अघिल्ला अनुभवका आधारमा कमजोर मानिँदै आएको छ।

राजनीतिक विश्लेषक विश्वनाथ चक्रवर्तीका अनुसार पश्चिम बङ्गालको नतिजाले देशव्यापी राजनीतिक समीकरणमा प्रभाव पार्न सक्छ। उनले कोलकातामा एएफपीसँग कुरा गर्दै यस प्रतिस्पर्धाले शक्ति सन्तुलनलाई नयाँ ढङ्गले परिभाषित गर्न सक्ने सम्भावना रहेको बताए।

यस चुनावी अभियानमा मतदाता सूचीबाट लाखौँ नाम हटाइएको विषयले पनि विवाद निम्त्याएको थियो। अधिकारीहरूले अयोग्य मतदातालाई हटाउने उद्देश्य रहेको बताएका भए पनि आलोचकहरूले यसलाई सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित कदमका रूपमा व्याख्या गरेका छन्।

मतगणनाअघि मुख्यमन्त्री ममता बनर्जीले आफ्नो पार्टी विजयी हुने दाबी गरिन्। उनले भाजपाले सत्ता प्राप्त गर्न नसक्ने बताउँदै अन्तिमसम्म धैर्य राख्न समर्थकहरूलाई आग्रह गरिन्। यता पश्चिम बङ्गाल भाजपाका प्रमुख समिक भट्टाचार्यले भने जनताले परिवर्तन चाहेको दाबी गर्दै आफ्नो पार्टीको जित सुनिश्चित भएको प्रतिक्रिया दिए।

पश्चिम बङ्गालमा अघिल्ला चुनावहरूमा हिंसात्मक घटना देखिएकाले यसपटक पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसैबीच अन्य राज्यहरूमा पनि मतगणना जारी छ। दक्षिणी राज्य तमिलनाडुमा मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको द्रविड मुनेत्र कडगम पुनः सत्तामा फर्किने अपेक्षा गरिएको छ। करिब आठ करोड जनसङ्ख्या भएको यो औद्योगिक राज्यमा सत्तारूढ दल बलियो अवस्थामा देखिएको छ।

तीन करोड १० लाखभन्दा बढी जनसङ्ख्या रहेको पूर्वी राज्य असममा भाजपाले आफ्नो नियन्त्रण कायम राख्ने अनुमान गरिएको छ। सानो तटीय क्षेत्र पुडुचेरीमा पनि भाजपा सत्तारूढ गठबन्धनको हिस्सा रहेको छ।

दक्षिणी राज्य केरलामा भने प्रतिस्पर्धा रोचक बनेको छ। करिब तीन करोड ६० लाख जनसङ्ख्या रहेको यस राज्यमा काङ्ग्रेस नेतृत्वको गठबन्धनले कम्युनिस्ट पार्टीलाई चुनौती दिएको छ र एक्जिट पोलहरूले सत्ता परिवर्तनको सम्भावना देखाएका छन्।

यी राज्यहरूको नतिजाले प्रधानमन्त्री मोदीलाई आन्तरिक र बाह्य दुवै मोर्चामा प्रभाव पार्ने देखिन्छ। उच्च बेरोजगारी दर, आर्थिक दबाब तथा अमेरिकासँगको सम्भावित व्यापार सम्झौता जस्ता विषयबीच यी चुनावी परिणामहरूले सरकारको आगामी रणनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। एएफपी
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस