विश्वका कम्युनिस्टहरूले संसदीय लोकतन्त्रलाई पुँजीवादी,बुर्जुवा व्यवस्था भनेर आलोचना गर्दै आएको इतिहास छ । कार्ल माक्र्सले संसदीय लोकतन्त्रलाई आफ्ना रचनाहरूमा धेरै आलोचना गरेका छन् । द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्ने कार्ल माक्र्सले संसदीय व्यवस्थालाई पुँजीवादीहरूको अखडा भन्दै कटु आलोचना गरेका छन् । त्यो भन्दा बढी लेनिनले त संसदीय व्यवस्थालाई ‘कुकुरको टाउको झुण्ड्याएर खसीको मासु’ बेच्ने थलोकारूपमा व्याख्या गरेका छन् । बुर्जुवाहरूले संवाद गर्ने क्लबकारूपमा हेरेका छन् । एकदलीय सर्वसत्तावादमा विश्वास गर्ने माक्र्स लेनिनका चेलाहरूले संसदीय व्यवस्थालाई प्रयोग गरी सत्ता हत्याउने नीतिअनुसार नै नेपालमा राज्यसत्ता कब्जा गरी आफूअनुकूल सञ्चालन गरिरहेका छन् ।
नेपालका कम्युनिस्टहरूले कहिल्यै बहुदलीय संसदीय लोकतन्त्रका लागि आन्दोलन गरेका छैनन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकाल २००६ सालमा नै जनवादी व्यवस्था ल्याउने उद्देश्य राखेको थियो । संसदीय व्यवस्थाको माध्यमबाट सत्तामा गइ यसैलाई ध्वंस गर्ने रणनीति लिएको थियो । २०१७ पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था समाप्त गरी निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लादेपछि राजा र दरवारलाई सहयोग पुर्याएका थिए । संसदीय लोकतन्त्रमा विश्वास राख्ने नेपाली कांग्रेसलाई आफ्नो घोषणापत्रमा नै वर्गशत्रुकारूपमा व्याख्या गरेका थिए ।
२०१५ सालको आमचुनावमा सांसदमा विजयी डा. केशरजंग रायमाझी र कमलराज रेग्मी पञ्चायती व्यवस्थामा प्रवेश गरी राजाको समर्थन गरे । प्रवासमा रहेका कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल (जो माक्र्सवादी थिए) राजाबाट २०१७ सालमा विघटन गरिएको संसद् पुनस्र्थापना पक्षमा थिए । यसका लागि वनारसमा बिपी कोइरालासमक्ष संयुक्त आन्दोलनको प्रस्ताव राखे । बिपीले कम्युनिस्टहरू विभाजित भई दर्जनौँ दल बनाएका हुँदा को/कोसित मिलेर आन्दोलन गर्ने, बरु तपाईँहरू संसदीय व्यवस्थालाई पुनस्र्थापना गर्न इमान्दारीपूर्वक एक भएर आउनूस् भनेर जवाफ दिएका थिए । तर पुष्पलालले चिरा चिरामा विभाजित कम्युनिस्टहरूलाई मिलाउन सकेनन् ।
कांग्रेसले लगातार तीसवर्षसम्म संघर्ष गर्यो । २०४६ सालमा सशक्त जनआन्दोलन गर्ने अन्तिम निर्णय गरेपछि कम्युनिस्टहरूलाई पनि आह्वान गरे र भने– वामपन्थी मोर्चा बनाएर आउनूस् । त्यसपछि माक्र्सवादी कम्युनिस्टकी नेतृ सहाना प्रधानको नेतृत्वमा संयुक्त वाममोर्चा बनाइजनआन्दोलनमा सहभागी भए । त्यसमा बाध्यतावस झापाली मालेहरूले पनि साथ दिए ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि मालेले माक्र्सवादीसित एकीकरण गरी एकीकृत माले (एमाले) बनाए । मालेका नेता मदनभण्डारीले बहुदलीय संसदीय व्यवस्थाको माध्यमद्वारा समाजवाद स्थापना गर्ने रणनीतिअन्तर्गत जनताको बहुदलीय जनवाद अर्थात (जबज)को सिद्धान्त प्रतिवाद गरे । जो कि भारत पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योतिवसुको रणनीतिको नक्कल थियो । मदन भण्डारीको मौलिक सिद्धान्त थिएन । यही जनताको बहुदलीय जनवादको रणनीतिअन्तर्गत एमाले पटक पटक सरकारमा गई प्रधानमन्त्रीको नेतृत्व गरिसकेको छ । तिनीहरूजबजको रणनीतिअनुसार संसदीय लोकतन्त्रको अभ्यास गर्दै आएकाहुन् ।
२०७४ सालको संसद्को निर्वाचनताका एमाले र माओवादीबीच एकीकरण भई एउटै नेपाल कम्युनिस्ट पार्टी बन्यो । चुनाव जित्ने मनसायबाट भएको सो पार्टी एकीकरणले प्रतिफल पनि त्यहीअनुसार नै दियो । दुवै पार्टीको विचार र सिद्धान्त विपरित हुँदाहुँदै पनि एकीकृत भए । एमालेको जनताको बहुदलीय जनवाद तथा माओवादीको एक्काइसौँ शताब्दीको जनवादबीच उत्तरी र दक्षिणी ध्रुव जस्तो दूरी छ । यसरी सिद्धान्त विपरित सिर्फ सत्ताको लोभमा एकीकृत भएको प्रष्ट छ । एमाले जबजको नीतिमार्फत विगत करिब तीन दशक संसदीय अभ्यासमा थियो भने माओवादी दोस्रो जनआन्दोलन २०६३ पछि मात्र बहुदलीय संसदीय प्रतिस्पर्धामा आएको हो ।
चुनावी प्रतिस्पर्धा गरी माओवादीले संसदीय सरकारको पनि नेतृत्व गरी शासन सत्ता चलाएको छ । तर संसदीय प्रणालीलाई बलियो बनाउनुको सट्टा कमजोर पार्न लागिपरेका छन् यसका नेता । सुरुमा संसदीय प्रणालीको मूल्य र मान्यता विपरित प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन र समानुपातिक पद्धतिमा जोड दिइ संविधान निर्माणताका लेख्न लगाएको थियो भने बहुदलवादको विरोध गरेका थिए । संसद्मा प्रत्यक्ष निर्वाचनबाट जनप्रतिनिधिहरूको चयनलाई कम महत्व दिइ समानुपातिक पद्धतिबाट अधिकांश प्रतिनिधित्व गराउन चाहन्थ्यो । जो कि संसदीय पद्धति र मर्मको विपरित थियो ।
अहिले सरकार बहुमतमा हुँदाहुँदै प्रधानमन्त्री केपीशर्मा ओलीले संविधानले कल्पना नगरेको संसद् विघटन गरी अराजकता सिर्जना गरेका छन् । संविधानअनुसार एउटै मात्र दलले नसकेदुईवटा दल मिलेर बहुमतको सरकार बनाउने अनित्यो पनि भएन भने राष्ट्रपतिले संसद्मा भएको सबैभन्दा ठूलो दललाई सरकार बनाउन दिने गर्नुपर्छ । त्यस्तो प्रधानमन्त्रीले ३० दिनभित्र आफूसँग संसद्मा बहुमत छ भनेर देखाउनुपर्छ ।
त्यो तिनै अवस्थामा भएन र सरकार गठन हुन सकेन भने प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकार गठनको अवस्था छैन नयाँ निर्वाचनतर्फ जानुपर्छ भनेर लेख्ने हो । यसरी धारा ७६ को धारा उपधाराको मर्म यही हो । त्यो भन्दा बाहेक पूरै संविधानमा संसद् विघटनबारे कहीँ कतै उल्लेख छैन । यसरी प्रधानमन्त्रीले आफूसित हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् (प्रतिनिधिसभा) विघटन गरेर संसदीय प्रणालीको हुर्मत लिएका छन् जुनकि एकदम असंवैधानिक र अप्रजातान्त्रिक हो ।
अहिले बहुमतको सरकार छ । एउटा दलभित्रको झगडा हुँदा के गर्ने भन्ने प्रावधान संविधानमा छैन । २०४७ को संविधानमा प्रमलाई राम्रोसँग काम गर्न पाएन भने संसद विघटन गर्ने अधिकार थियो । तर २०७२ को संविधानमा त्यो स्वेच्छिक अधिकार पूर्णरूपमा हटाइएको छ । प्रमको पार्टीमा गत पुस ५ गतेसम्म पूर्ण बहुमत छ । कानुनीरूपमा पार्टी विभाजन भएको पनि छैन । अनि कसरी संसद् विघटन हुन्छ ?
वर्तमान संविधानअनुसार सरकारले आफ्नो कार्यकाल पूरा गर्न अझै २ वर्ष बाँकी छ । संसद्को आयु छँदाछँदै प्रमबाट घाँटी निमोठ्ने काम भएको छ । उता राष्ट्रपतिबाट पनि संविधानको रक्षा र पालन गर्ने काम भएको छैन । संविधानको धारा ६१(४) मा राष्ट्रपतिको काम संविधानको पालन र संरक्षण गर्नु प्रमुख कर्तव्य हुनेछ भनिएको छ । तर यो संविधानको रक्षा र पालन उहाँबाट भएको छैन । प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस राष्ट्रपतिकहाँ गरिए पनि संविधानविद्हरूसित सल्लाह लिइ रोक्नुपथ्र्यो ।
यसरी प्रधानमन्त्रीले संसद (प्रतिनिधिसभा) विघटन गरेर संसदीय प्रणालीलाई कमजोर पार्ने काम गर्नुभएकोछ । संसद्लाई पूर्ण कार्यकालसम्म काम गर्न दिनुपथ्र्याे र यसको प्रहार संसद्माथि गरेर संसदीय लोकतन्त्रको उपहास गर्नुभएको छ । संसदीय प्रणालीलाई वदनाम र विध्वंश गरीकम्युनिस्ट नीतिअनुसार एकदलीय सर्वसत्तावाद ल्याउने कल्पना गर्नुभएको छ । यसलाई नेपाली जनताले पूरा हुन दिने छैन । विगत तीन दशकदेखि संसदीय लोकतन्त्रको अभ्यास र उपभोग गरीस्वतन्त्रताको अनुभूति गरेका लोकतन्त्रवादीहरू एकजुट भई कम्युनिस्ट एकदलीय सर्वसत्तावादविरुद्ध सामूहिकरूपमा सडक आन्दोलन गर्नुपर्छ । अनिमात्र संसदीय लोकतन्त्रको रक्षा हुन्छ ।
एकदलीय सर्वसत्तावादमा विश्वास गर्ने माक्र्स लेनिनका चेलाहरूले संसदीय व्यवस्थालाई प्रयोग गरी सत्ता हत्याउने नीतिअनुसार नै नेपालमा राज्यसत्ता कब्जा गरी आफूअनुकूल सञ्चालन गरिरहेका छन् ।माओवाद लेनिनवादको पथमा हिँड्ने कम्युनिस्टहरू संसदीय व्यवस्थाको भरपुर उपयोग गरी यसलाई जनतासमक्ष बदनाम गराउन उद्यतमा छन् । झापाका नक्स्लाइटहरूको आन्दोलन होस्, चाहे माओवादीको तथा कथित जनयुद्ध सबै कम्युनिस्ट आन्दोलनको उद्देश्य संसदीय व्यवस्थालाई ध्वस्त गरी एकदलीय सर्वसत्तावाद स्थापना गर्नु थियो । झापाको नक्सलवादी आन्दोलन चारुमजुमदारहरूबाट प्रभावित भएर गरेका थिए । जमिनदार, पुँजीपतिको सफाया गरी कम्युनिस्ट व्यवस्था लाद्ने मात्र ध्येय रहेको थियो जो कि माओत्सेतुङ्गको सांस्कृतिक क्रान्तिको उपज थियो ।