घोर दक्षिणपन्थको घनघोर माहोल
२६ जेष्ठ २०८२
•
७ मिनेट पाठ
घोर दक्षिणपन्थको घनघोर माहोल
सम्राट अशोकले आफ्नो साम्राज्य विस्तारका लागि कैयौँ हिंसात्मक युद्ध लडे। अन्तमा कलिंग युद्धमा भएको व्यापक नरसंहारले उनको कठोर हृदय र क्रूर स्वभावलाई बदलिदियो, अनि उनी बौद्ध धम्मको प्रचार, पुनर्स्थापना एवं शान्तिको मार्गतिर अग्रसर भए।




अक्सर क्रूर तानाशाहहरू पनि विजयपछि आफ्नो छवि सुधार्न वा प्राप्त उपलब्धि वा साम्राज्यलाई बचाइराख्न विचार र स्वभावमा परिवर्तन ल्याउने गर्छन्। यसको उदाहरणमा पृथ्वीनारायण शाह पनि हुन्। क्रूर र निर्दयी स्वभावका उनी नेपाल विजयपछि भने देशको जातीय विविधतालाई आत्मसात गर्न पुगेका देखिन्छ। आफ्ना भारदारहरूलाई ‘दिव्य उपदेश’ मार्फत ‘मेरा साना दुःखले आज्र्याको मुलुक हैन, चार जात छत्तीस वर्णको फूलबारी हो’ भन्ने बोध गराउने प्रयास गर्छन्। छत्तीस वर्णको अर्थ विविध जाति एवं समुदाय वा धार्मिक समूह भन्ने हो।

आमबोलीचालीमा यो शब्दको प्रयोग लोप झैं भइसकेको छ। तर ‘छत्तीस जात’ भारतको हरियाणा वा राजस्थानतिर आज पनि प्रयोग हुन्छ। कुनै गाउँमा गएर यहाँ कुन कुन जातका मानिस बस्छन् ? भन्ने प्रश्न गर्‍यो भने ‘सभी छत्तीस जात के लोग रहते हैं’ भन्ने उत्तर आउन सक्छ।

पृथ्वीनारायणले देशलाई फूलबारी भनेकाले यही कुरालाई मनन गरेरै होला पछिका शासकहरूले उनको हातमा फूल समातेको चित्र तयार गर्न लगाए। मुगल राजा शाहजहाँको पनि हातमा फूल बोकेको चित्र भेटिन्छ। शाहजहाँले आफ्नी दिवंगत पत्नी मुमताजको स्मरणमा ताजमहल निर्माण गराएका थिए। ताजमहललाई सच्चा प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। हातमा फूल लिनुको सांकेतिक अर्थ हुन्छ– प्रेम बाँड्नु। तत्कालीन शासकहरूले हातमा फूल लिएको पृथ्वीनारायण शाहका चित्रले प्रेम बाँड्ने वा प्रेमको सुगन्ध फैलाउने राजाको प्रतीकका रूपमा उनलाई उभ्याउन खोजेका हुन् भन्न सकिन्छ।

२०१७ सालपछि देशको राजनीतिले नयाँ मोड लियो। राज्यसत्ता यस्ता व्यक्तिहरूको हातमा पुग्यो जो आफ्नो जातिको नश्लीय गौरवमा विश्वास गर्थे। यो समूह देशलाई ‘छत्तीस जातको फूलबारी’ नभएर आफ्ना पूर्वजहरूले आर्जेको सम्पत्तिका रूपमा लिन्थे। त्यही युगमा जातीय गौरवलाई उचाल्ने राष्ट्रिय गीतहरू रचना गरिए।

यसै क्रममा उनीहरूलाई फूल हातमा लिएको कमजोर पृथ्वीनारायणको चित्र पाच्य भएन किनकि तानाशाही व्यवस्थाका लागि यो उपयुक्त थिएन। पृथ्वीनारायणको हातबाट फूल फ्याँकेर दाहिने हात माथि उचालेको, चोर औँलाले खबरदारी गरिरहेको र तरबार भिरेको काल्पनिक अनुहार कोरेर अभिमान प्रदर्शित हुने चित्र सार्वजनिक गरियो। चित्रको पनि आफ्नो भाषा हुन्छ।

पृथ्वीनारायणका खबरदारी गरिरहेको त्यो चोर औँला ती सबै प्रजातन्त्र र बहुलीय व्यवस्थाका पक्षधरहरूलाई माथि उठाइएको थियो जसलाई तत्कालीन शसकहरू अत अर्थात् अराष्ट्रिय तत्त्व भन्ने गर्थे। त्यस्तै त्यो औँला ती सबै व्यक्ति वा समूहका लागि थियो जो बहुसांस्कृतिक राष्ट्रलाई तिरस्कार गर्ने तत्कालीन सरकार र उसको ‘एक भाषा एक भेष’ नीतिको विरोध गर्ने साहस गर्थे।

आज राजधानीको सडकमा राजावादीको नाममा त्यही पुरानो व्यवस्था पुनर्उत्थान गर्न तत्कालीन पञ्चायती कालका समूहहरूको नेतृत्वमा संविधानविरोधी प्रदर्शनहरू भइरहेका छन्। सेभ द नेसन भन्दै राजा आऊ देश बचाऊ भन्ने नारा गणतन्त्र प्राप्तिपछि रचना गरिएको होइन।

यो नारा संवैधानिक राजतन्त्रको बेलादेखि नै लगाइँदैछ। राज्यसत्ता र स्रोतहरूमा अधिकार जमाएर बसेका शासक वर्गको घोर दक्षिणपन्थी तप्का राजालाई आफ्नो नश्लीय गौरवको प्रतीकका रूपमा ठान्ने गर्छ र देशमा आफ्नो नश्लीय प्रभुत्व कायम रहिरहोस् भन्ने पनि चाहना राख्छ। यस्ता समूह कांग्रेस, एमालेजस्ता ठूला पार्टीमा पनि प्रशस्त छन। तर यस्ता समूह खुलारूपमा राजतन्त्रको समर्थन गर्न सक्दैनन्।

राजावादी आन्दोलनले संकेत गरेको अर्को पक्ष भनेको परिवर्तनको रापतापमा एकपल्ट मधेसीमूलका रामवरण यादव नेपालको प्रथम राष्ट्रपति हुन सफल भएका थिए तर देशको असहिष्णु तप्का राष्ट्राध्यक्षका रूपमा फेरि कुनै मधेसी, दलित, आदिवासी, सीमान्तकृत, जनजाति भएको हेर्न चाहँदैनन्। राजावादी समूहहरूको उक्साहटमा ज्ञानेन्द्रले सक्रिय शासक बन्ने धृष्टता गरेका कारण नेपालमा गणतन्त्र आएको हो।

अहिले पनि नेपालमा राजतन्त्र पुनस्र्थापनाको अर्थ लोकतन्त्र र संवैधानिक व्यवस्थाको शिरमाथि झुिण्डएको एउटा नांगो तरबार हो। त्यो तरबारद्वारा राजाको लहड वा अरूको उक्साहटमा जुनसुकै बखत पनि लोकतन्त्रको हत्या हुनेमा दुई मत राख्नै पर्दैन। तसर्थ लोकतन्त्र, बहुदलीय व्यवस्थाको टाउकोमाथि तरबार झुण्डाउनुको कुनै औचित्य हुँदैन।

राजावादीहरूको अर्को माग हो– देशका सीमान्त जनताको बलिदानबाट प्राप्त संघीय व्यवस्थाको खारेजी। ठूला दलहरूसँग आबद्ध बौद्धिक जमातलाई यो महत्त्वपूर्ण विषय हो जस्तो लाग्दैन। किनकि स्वयः उनीहरूको आस्थाको पार्टीले संघीयतालाई बाध्यात्मकरूपमा मात्र स्वीकार गरेका हुन। यसको स्वतः अर्थ हो– प्रमुख दलहरू पनि संघीयताप्रति प्रतिबद्ध छैनन्। संघीयता भनेको देशको प्रशासनिक विभाजन मात्र हैन। संघीयताको अर्थ देशका अल्पसंख्यक, सीमान्त, जनजाति वा मधेसी, आदिवासीहरूलाई उनीहरूको पहिचान र जल, जंगल, जमिनमा न्यायोचित अधिकारका लागि सुरक्षा प्रदान गर्नु हो। उत्पीडितहरूको खोसिएको पहिचानलाई पुनर्उत्थान गर्दै नयाँ पुस्तामा सुरक्षित हस्तान्तरण गर्न पनि संघीयता, स्वायत्तता आवश्यक परेको हो।

संघीयताको अनुभूति गर्न केही उदाहरण प्रस्तुत गर्न सकिन्छ। सुदूरपश्चिमसँग सिमाना जोडिएको भारतको उत्तराखण्ड राज्यले हालै राज्यको ११ वटा पहाडी जिल्लामा ‘भू–कानुन’ लागु गरेर अन्य प्रदेशका बाहिरी व्यक्तिलाई जमिन बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। मूल निवासीहरूको हातबाट राज्यको जल, जंगल, जमिनको अधिकार बाहिरियाहरूले खोस्न नसकून् भनेर यस्तो कानुन ल्याइएको हो।

संघीयतामा राज्यले आफ्नो राज्यको हितका निम्ति स्थानीयहरूको आवश्यकता र भावनाअनुरूप कानुन बनाउने अधिकार हुुनुपर्छ। यस्तो घटना नेपालमा कल्पना गर्न पनि सकिँदैन। कुनै जनजाति बाहुल्य क्षेत्रमा यस प्रकारको कानुन ल्याउने कुरा मात्र गरिए पनि यो देशद्रोह वा विखण्डनकारी कदम ठहरिन्छ।

भारतकै अर्को उदाहरणमा पूर्वोउत्तर भारतमा अवस्थित जनजातिहरूको सानो राज्य मिजोरमलाई लिन सकिन्छ। मिजोरमको आफ्नै संसद्, सरकार, कामकाजी भाषा छ। राज्यले आफ्नो सांस्कृतिक, समाज एवं जल, जंगल जमिनमाथि आफ्नो स्वायत्त अधिकार संरक्षित गरेको छ। मात्र १० लाख जनसंख्या रहेका मिजोहरूले संघीयताकै कारण एक अर्ब ४० करोडको भारतमा आफ्नो अस्तित्व र अस्मिता बचाएर राख्न सफल भइरहेका छन्।

भारतकै पहिलो शतप्रतिशत साक्षर प्रदेश हुन सफल मिजोरम अहिले चर्चामा पनि छ। प्रदेश स्वायत्त भएमा देशले गर्न नसकेको प्रगति एउटा प्रदेशले गर्न सक्छ भन्ने उदाहरण पनि हो यो। तसर्थ संघीयता सीमान्कृत जाति वा समुदायको अमूल्य सम्पत्ति हो जसलाई खारेज गर्ने अधिकार शासक वर्गलाई छैन।

राजावादी समूहको अर्को माग हो हिन्दुराष्ट्र अर्थात् उनीहरूले हिन्दुवादलाई भजाउन खोजेको देखिन्छ। राजावादी प्रदर्शनमा हिन्दुवादीहरूको पनि उपस्थिति पक्कै छ। हिन्दु हुनु र हिन्दुवादी हुनुमा निकै फरक छ। आफ्नो आस्थाअनुसार जोसुकैलाई पनि आफ्नो धर्म र संस्कृति मान्ने अधिकार छ। तर हिन्दुवादको अर्थ हो देशको बागडोर जोगी, बाबाहरूलाई हस्तान्तरण गर्नु।

विज्ञानलाई आत्मसात गरेर चलिरहेको एउटा सचेत समाजलाई रुढिवाद तथा अन्धकारतिर धकेल्नु हो। देशका जनतालाई अन्धभक्ति मार्गतिर धकेलेर देशको शासनसत्तामा मुठ्ठीभरका पुँजीवादीहरूले रजाइ गर्ने नयाँ सोच पनि हो यो। जोगी र बाबाहरूका प्रवचन सुन्न मानिसको घुइँचो नेपालमा बढ्दै गइरहेको छ। त्यस्ता प्रवचन कुनै विज्ञानसम्मत हुँदैन बरु जनतामा अन्धविश्वास फैलाउनेखालका हुन्छन। तसर्थ हिन्दुवादले समाजलाई अगाडि बढ्न कुनै मद्दत गर्दैन तथा देशका लागि सबै धर्म बराबर हुन्छ, आफ्नो सन्तान जस्तै।

विदेशी दक्षिणपन्थी शक्ति नेपालमा दक्षिणपन्थी विद्रोह होस् भन्ने चाहन्छ। नेपालमा भारतीय आरएसएसको सहयोगी संगठन लामो समयदेखि क्रियाशील छ। त्यस्तै भारतकै अन्य हिन्दुवादी संगठनको पनि नेपालमा बलियो उपस्थिति छ तथा कतिपयको सदाशयता र सहयोग राजावादी आन्दोलनलाई पनि खुला रूपमा छ। दक्षिणपन्थी विद्रोह भइहालेछ भने पनि त्यसको बागडोर पारम्परिक राजावादीहरूको हातमा रहिरहनेछ भन्ने कुनै ग्यारेन्टी छैन। आउने दिनमा घोर दक्षिणपन्थीहरूको सक्रियताले खास गरेर नेपालको प्रगतिशील, वाम आन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन तथा पहिचानवादी आन्दोलनमा असर पर्ने देखिन्छ।

संघीय लोकतान्त्रिक गणतन्त्र आउने पुस्तालाई कसरी सुरक्षित हस्तान्तरण गर्ने भन्ने चिन्ता लिनेहरू नयाँ आधारमा एक ठाउँमा पुग्नुपर्ने अवस्था हो यो। संविधानमा भएका त्रुटि सच्याउने, प्रदेश सरकारलाई स्वायत्त र अधिकार सम्पन्न गराउने, केन्द्रीकृत मानसिकता भएका दललाई शुद्धीकरण गरेर सही बाटोमा हिँडाउनु जरुरी छ। बाँकी जगजाहेर भ्रष्टाचार र कुशासनविरुद्ध उभिएर प्रतिरोध गर्ने त छँदैछ।

–पर्यावरण एवं पारिस्थितिकीतन्त्र अध्येता जोशीले इतिहास, संस्कृति एवं राजनीतिक विषयमा कलम चलाउँदै आएका छन्।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस