भिजिट भिसामा
१८ जेष्ठ २०८२
•
६ मिनेट पाठ
भिजिट भिसामा
भिजिट भिसामा हजुर भिजिट भिसामा




भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा...

हरिवंश आचार्यलगायतका कलाचार अभिनित चलचित्र दाल भात तरकारी को  ‘भिजिट भिसामा’ बोलको गीत जिब्रोमा झुण्डिएको छ। झन् मुलुमा घटित पछिल्लो ‘भिजिट भिसा प्रकरण’ ले यसलाई अरू चर्चित बनाएको छ। गृहमन्त्री रमेश लेखकलाई ट्रोल गर्दै बनाइएका अनेकन सामग्री यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

भिजिट भिसा भन्नाले पर्यटक बनेर वा कुनै किसिमको यात्रु बनेर सम्बन्धित मुलुकमा अस्थायी हिसाबले बस्ने, घुमघाम गर्ने, फुर्सद मनाउने वा परिवार र साथी भेट्न जाने प्रवेशाज्ञा हो। यसरी अस्थायी भ्रमणमा जाने गरी लिइएको भिसालाई प्रयोग गरेर विदेशमा काम खोज्ने र उतै बस्ने प्रक्रियाका रूपमा यसलाई लिने गरिएको छ। कतिपयले श्रम अनुमति नभए पनि विदेश जान यसलाई प्रयोग गर्छन्। यसरी जान चाहनेलाई ‘असुल’ गरी ‘सहजीकरण’ गर्ने काम राज्य संयन्त्रले नै गरिरहेको छ।

केहीअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाँदै थिएँ। सुरक्षा जाँच सकिएपछि विमानमा ‘अनबोर्ड’ गर्नुअघि प्रतीक्षामा रहेका बेला एक युवा नजिकै आएर सोधे– ‘दाइ, अब यहाँ भन्दा उता पनि जाँच हुन्छ?’

मैले भनेँ– ‘सुरक्षा जाँच सकियो। अब तपाईंले विमान चढ्ने बेलामा मात्रै बोर्डिङ पास देखाउनुपर्छ।’

उनी अझै अलमलमा थिए। ‘म भिजिट भिसामा जान लागेको’, उनले  बेलिबिस्तार लगाए– ‘दुइटा बोर्डिङ पास छ, कुन देखाउने ?’

उनको अलमल बुझेर जानकारी दिएँ– ‘चिन्ता गर्नुपर्दैन। अघि जुन पास देखाएर आउनुभएको हो, त्यही देखाए पुग्छ।’

मैले उनको समस्या बुझिसकेको थिएँ। उनी विदेश जान पाउने नेपाली नै हुन्। खाली यत्ति हो, उनी कामका लागि जान पाउँदैनन्। तर सेटिङ मिलाएर उनलाई उड्न सक्ने अवस्थामा दलाल समूह, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले भूमिका खेलेको बुझ्न सकिन्छ।

मसँग कुरा गरिसकेपछि उनी आश्वस्त भए। उनी खुसी भएर ‘दाइ, कफी खाऔँ भनिरहेका थिए। मैले राति अबेर भएकाले कफी नखाऔँ भनेर टारिदिएँ। बरु उनलाई सम्झाएँ– ‘अब अरूलाई सोध्नुपर्दैन है। अहिले जहाजमा बोलाएपछि सिधै गए हुन्छ। तिनको निर्दोषपन अहिले पनि मेरो सम्झनाबाट बाहिरिएको छैन।

मलाई एक सर्वसाधारण नेपालीले आफ्ना सपनाको खोजीमा जाँदै गरेको त्यो क्षणलाई सहज बनाइदिनुपर्छ भन्ने लाग्यो। आखिर यसरी जान नपाइने रहेनछ। गृह मन्त्रालयका कर्मचारी आफैँ लागेर यसमा सहजीकरण गर्ने रहेछन्। विदेशी मुलुकले भिसा दिइसकेको छ भने तिनलाई यहाँ रोक्नुपर्ने कारण पनि छैन। यस्तो प्रक्रियालाई निरुत्साहित गर्ने हो भने नियमसंगत ढंगले जान सक्ने वातावरण बनाइदिए पुग्छ।

कामका निम्ति निस्कने नेपालीलाई घुमघामका लागि भनेर विदेश पठाउने समूह यहाँ सक्रिय छ। त्यसका निम्ति दैनिक कारोबार हुन्छ। त्यो कारोबारका मुख्य लक्षित मानिस भनेकै यिनै सर्वसाधारण हुन्। अरू सबै टाठाबाठा सजिलै विदेश जान्छन् र फर्कन्छन्। पछिल्लो विवरणअनुसार प्रतिदिन यसबाट राजनीतिक नेतृत्वले ५० लाख रूपैयाँ कमाइरहेको छ।  

अहिले देशमा यही ‘भिजिट भिसा’ काण्ड मच्चिएको हो। सधैँ मिलेर भित्रभित्रै गरिरहेको यो काण्ड सार्वजनिक भएको मात्र हो। कुनै कुनै गृह मन्त्री आएका बेलामा बाहेक अरूबेला सजिलै विमानस्थलबाट मानिस ‘भिजिट भिसामा’ पठाइन्छ। यसरी जाने मानिसलाई जति अप्ठ्यारो कानुन र कार्यविधि बनाइदियो, त्यति नै यस्तो गिरोह चलाउने व्यक्तिहरूलाई कमाउ धन्दा गर्न सजिलो हुन्छ।

प्रायः गृह मन्त्रीहरू यस्तो प्रक्रियालाई कठिन बनाउन लागिपरेका हुन्छन्। कर्मचारी नेतृत्वले पनि राजनीतिक व्यक्तिहरूलाई यस्ता कठोर प्रावधान भएका निर्देशिका बनाएर लागु गराउन तत्पर गराउँछन्। र, यस्ता प्रावधान जटिल बनाएपछि सर्वसाधारणलाई दुहुनो सजिलो हुन्छ। आखिर तिनलाई जसरी पनि विदेशमा कामका लागि जानै पर्छ। विमानस्थलको ‘सेटिङ’ लाई तिरेपछि सजिलै कमाइ हुने ठाउँमा जान सकिन्छ भन्ने विश्वासले उनीहरू जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन्।

‘बिकिनी किलर’ का नाममा चिनिएका अपराधी चाल्र्स शोभराजले कुनैबेला काठमाडौँ विमानस्थलबाट हात्ती छिराइदिने बताएका थिए। यसको मतलब उनलाई यहाँ पैसा दिएपछि जे पनि गर्न सकिन्छ भन्ने ढुक्क थियो। त्यही भएर पछिल्लोपटक नेपालमा आएर घुमिरहेका बेला बल्ल उनी समातिएका थिए। यहाँ उनलाई नियमित आवतजावत गर्न कुनै कठिनाइ नभएको यसबाट बुझिन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी र अन्य गैरकानुनी कारोबार रोक्न विशेष व्यवस्था गरिएको छ। त्यसका लागि त्यहाँ तीन दर्जन भन्दा बढी सरकारी निकाय सक्रिय छन्। संसारका कुनै पनि विमानस्थलमा यहाँ जति सुरक्षा व्यवस्था हुँदैन। विदेश जाँदा मानिस अध्यागमन पार गरिसकेपछि पनि यहाँ सुरक्षा पार गर्नुपर्ने हुन्छ। अझ विदेशबाट फर्केका व्यक्तिलाई विमानस्थलमा गर्ने व्यवहार झनै आश्चर्यलाग्दो छ। मानिसले आफ्ना जुत्ता, घडी र पेटीसमेत फुकालेर आफूलाई सुरक्षा जाँचमा प्रवेश गराउनुपर्छ।

अझ रोचक त सर्वसाधारणले देशबाटै लगाएर गएका गहनाको बिल नदेखाएको वा जानुअघि जानकारी नगराएको भन्ने नाममा समेत दुःख पाउँछन्। कैयन्ले आफूले लगाएर गएको गहनाका निम्ति फर्केर आउँदासमेत कर बुझाउनुपरेको छ। यसो किन गरिन्छ भने त्यहाँ बसेर असुली गर्न सकिन्छ। सर्वसाधारणलाई यति कडाइ गरेको देखाएपछि त्यही निहुँमा आफूलाई मन लागेका व्यक्तिलाई पार गराउन वा तिनका सामग्री देशभित्र ल्याउन तिनले ‘सहजीकरण’ गर्छन्।

भिजिट भिसा प्रकरण चम्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भिडियो सार्वजनिक भएको छ। उनले त्यसमा भनेअनुसार उनकै चिनजानका एकजना मानिस अमेरिकाबाट यहाँ आउँदा ल्याएको क्यामेरा विमानस्थलमै ‘दमपच’ बनाइयो। प्रधानमन्त्री आफैँ लागेर पनि उनलाई त्यो क्यामेरा फिर्ता  गराउन सकेनन्। अझ उनका ती चिनारुले अमेरिका जाने बेलामा पनि क्यामेरा लैजान पाएनन्।

प्रधानमन्त्रीको यो ‘स्पष्ट’ अभिव्यक्ति स्वागतयोग्य छ। तर, प्रधानमन्त्रीले भन्दा त यहाँ कर्मचारीले नटेरी कसैको सामान खाइदिन सक्छन् भने बाँकी दुनियाँ यहाँ कसरी  बाँचेको होला ? सुशासनका मामिलामा सम्पूर्ण संयन्त्र पूर्णरूपमा असफल भइसकेको प्रमाण यो भन्दा अर्को के हुन सक्छ ? प्रत्येक पटक त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको सार्वजनिक हुन्छ। त्यसपछि छानबिनको नाटक सम्पन्न हुन्छ। त्यति गरेर पनि फेरि अवस्थामा कुनै सुधार आउँदैन। पुनः गति यथावत् रहन्छ।

यतिबेला संसद गृहमन्त्री रमेश लेखकको राजीनामा मागले अवरुद्ध भइरहेको छ। उनलाई राजीनामा नगराई चल्न दिने संकेत छैन। यसपटक गृहकै कर्मचारीको संलग्नताले उनीमाथि यो प्रश्न उठेको छ। कुनै घटना विशेषमा तात्ने र फेरि सेलाउने यहाँको चलन हो। विषयवस्तुको यो गम्भीरता यथावत् रहन्छ। फेरि पनि विमानस्थलको यो प्रवृत्ति रोकिँदैन। व्यवस्थालाई यसरी दोहनको माध्यम बनाइरहेका कारण यस्तो भएको हो।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष भएको छ। यही जेठ १५ गते धुमधामसँग दिवस पनि मनाइयो। त्यही दिनयता लोकतान्त्रिक गणतन्त्रविरुद्ध ‘राजतन्त्र’ पक्षधरहरूले  

विरोध प्रदर्शन गरिरहेका छन्। यतिबेला लोकतन्त्रको पक्ष र विपक्षका जुलुस देखाएर सामाजिक सञ्जालमा विचार/विमर्शसमेत भइरहेका छन्। तर लोकतन्त्रको  अहिलेको जस्तो अवस्था आउनुमा सुशासनको अभाव सबैभन्दा पहिलो कारण हो। त्रिभुवन विमानस्थलको सेटिङले यही भन्दैछ। जुन जुन ठाउँमा लोकतन्त्रलाई सुशासनको ऐन  देखाउनुपर्ने थियो, त्यही त्यही ठाउँमा आज समस्या देखिएका छन्। जहाँबाट न्याय निसृत हुनुपर्ने थियो, त्यहीँ अन्याय देखिन थालेको छ। जहाँबाट जनताका आवाज प्रस्फुटित हुनुपर्ने थियो, त्यहीँ आज वाक्य बसेको छ। राज्यका सम्पूर्ण क्षेत्रमा सन्तुलन र नियन्त्रण व्यवस्था कमजोर हुँदा अहिलेको अवस्था आएको हो। 

प्रधानमन्त्रीले समेत फेर्न नसकेको विमानस्थलको प्रणाली फेर्न को आउने? आफूले समेत साथीलाई रेस्क्यु गर्न नसकेको उनले प्रष्टै पारेपछि गीतको भाका परिवर्तन गर्नुपर्ने बेला आएको छ– 

भिजिट भिसामा हजुर भिजिट भिसामा

सुशासनसहित बसौँ हजुर आफ्नै देशमा...!
अर्को समाचार
अब भिजिट भिसामा विदेश जान स्वघोषणा
१५ कार्तिक २०८२
•
३ मिनेट पाठ
अब भिजिट भिसामा विदेश जान स्वघोषणा
गृह मन्त्रालयले नागरिक आफैं जिम्मेवार रहेर भिजिट भिसामा विदेश जान अनुमति दिने गरी मापदण्ड तय गरेको छ। गृह मन्त्रालयमातहतको अध्यागमन विभागले विदेश प्रस्थान गर्ने व्यक्तिले ‘आफू भ्रमण गर्ने प्रयोजनका लागि विदेश जान लागेको, त्यसका लागि आवश्यक सबै कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने’ व्यहोराको स्वघोषणा गर्नुपर्ने मापदण्ड तय गरेको हो। लामो समयदेखि भिजिट भिसा विवादमा परेकाहरू र कर्मचारीहरूले दुरुपयोग गरेको भन्दै आलोचना भएपछि यसलाई सरल बनाइएको विभागले जनाएको छ।




विभागमा महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसा विवादित बनेपछि हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्ड खारेज गरी नयाँ मापदण्ड ल्याएको बताए। ‘भिसालाई सरकारले सहज बनाएको छ,’ उनले भने, ‘बिचौलियाको प्रभावमा नपरी आफू जान लागेको देश र यात्राबारे पूर्ण रूपमा जानकारी प्राप्त गरी यात्रा गर्न अनुरोध गर्छौं।’

विभागले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट, प्रस्थान गर्ने व्यक्तिले गरेको ‘आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने’ व्यहोराको स्वघोषणा गर्नुपर्ने जनाएको छ। यो व्यवस्था शुक्रबारबाटै लागु भएको विभागले जनाएको छ। ‘सबै नेपाली नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राबारे पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध छ। साथै सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण र सुसूचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ,’ विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विभागले दिएको जानकारीअनुसार यसअघिको ६ बुँदे मापदण्ड खारेज भएको छ। यसअघि कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) मा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, दुईतर्फी हवाई टिकट भएको, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भए एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणापत्र वा सो नभए कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट÷क्रेडिट कार्ड), युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषणा र स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने व्यवस्था थियो। गृह मन्त्रालयको २०८२ कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका यी सबै प्रावधान खारेज गरी नयाँ प्रावधान जारी गरिएको अध्यागमन विभागले जनाएको छ।

अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समितिले पनि भिजिट भिसालाई सहज बनाउन सुझाव दिएको थियो। सोही सुझावका आधारमा मन्त्रालयल भिजिट भिसालाई सहज बनाउँदै लगेको हो। मन्त्रिपरिषद्ले असार ९ गतेको निर्णयअनुसार पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा उच्चस्तरीय सुझाव समिति गठन गरेको थियो। अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न विभिन्न ६ मन्त्रालयका सहसचिव रहेको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरिएको थियो।

सो समितिले अध्यागमन व्यवस्थापन, भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जानेआउने व्यक्तिको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत, कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गरेको थियो। अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिहरूको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरवलोकन गर्न आवश्यक भएको भनी सोको मस्यौदासहित सुझाव पेस गरेको छ । अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत व्यवस्था एवं कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेस गरेको थियो।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस