सम्भव छ निःशुल्क स्वास्थ्य सेवा
२१ फागुन २०८१
•
४ मिनेट पाठ
सम्भव छ निःशुल्क स्वास्थ्य सेवा
अस्ट्रेलियामा मेडिकेयर सञ्चालन गरेको  ४० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी भई स्वास्थ्यमन्त्रीको समीक्षा सुन्ने अवसर मिल्यो। यहाँका मन्त्रीको धारणा सुन्दा अस्ट्रेलिया आजभन्दा  ४१ वर्षअघि नेपालमा स्वास्थ्य बिमा सुरु हुनुअघिको अवस्थामा रहेछ। हाल अस्ट्रेलियाले हरेक व्यक्तिबाट आफ्नो तलब वा अन्य कुनै पनि आम्दानीको दुईदेखि ३.५ प्रतिशत कर उठाएर नागरिकको स्वास्थ्य उपचारको ८० देखि एक सय प्रतिशतसम्म खर्च ब्यहोरिरहेको छ। नेपालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। यसलाई बृहत् बनाएर अस्ट्रेलियाका जस्तै स्वास्थ्य सेवाको सुनिश्चितता गर्न सकिन्छ भन्ने लागेको छ।




त्यसको पहिलो आधार अहिले विश्वमा स्वास्थ्य सेवाका जेजस्ता ज्ञान, सिप, प्रविधि, उपचारपद्धति र औषधी उपलब्ध भएका छन्, तीमध्ये अधिकांश नेपालमा पनि उपलब्ध छन्।

राम्रो स्वास्थ्य प्रणालीको व्यवस्थापन भए संसारको जुनसुकै ठाउँमा पाइने उपचार नेपालमा नै पाइन्छ। दोस्रो आधार चाहिँ सरकारले संसारकै विकसित देशले अवलम्बन गरेको स्वास्थ्य बिमा कार्यक्रमको सानो स्वरूप सुरु गरेको छ। अन्य देशले त जनताबाट लेभी उठाएर जम्मा गरेको कोषबाट सञ्चालन गर्ने गरी सुरु गरिएको यो प्रणाली नेपालमा स्वास्थ्य बिमामा आबद्धहरूले तिरेको प्रिमियमका आधारमा सुरु भएको छ। स्वास्थ्य बिमामा आम नागरिकलाई समेट्ने हो भने स्वास्थ्य क्षेत्रका लागि व्यापक बजेटको व्यवस्थापन गर्ने ढंगले सोच्न आवश्यक छ।

नेपालमा स्वास्थ्य क्षेत्रको वर्तमान समस्याको प्रमुख जड आवश्यक बजेट वा कोषको अभाव नै देखिन्छ। देशको स्वास्थ्य प्रणालीलाई सबल र पहुँचयोग्य बनाउन चाहिने रकम जुटाउने बहस, कार्ययोजना र कार्यान्वयन गर्नुको सट्टा पछिल्लो समय राजनैतिक हस्तक्षेप बढेको देखिन्छ। केही वर्षअघिसम्म नर्सहरूले न्यून तलबका कारण देश छाडे भन्ने सुनिन्थ्यो। अहिले धेरै डाक्टरहरूले पनि न्यून तलबका कारण देश छाडेको पाइन्छ।

देशका नागरिकले सबैभन्दा बढी स्वास्थ्य सेवामा नै खर्च गर्छन्। त्यो खर्चले न त सरकारी अस्पतालको  सङ्ख्या बढ्दैछ, न त स्वास्थ्यकर्मीहरूले न्यायिक पारिश्रमिक नै पाएका छन्। नेपालको राजनैतिक तहबाट पनि समय समयमा विभिन्न आश्वासन आउँछन्। स्वास्थ्य सेवा निःशुल्क हुनेछ, स्वास्थ्यकर्मीको उचित व्यवस्थापन हुनेछ, स्वास्थ्य बिमालाई पाँच लाख पुर्‍याइनेछ, सरकारी अस्पतालले बिमाको औषधी छैन भन्न पाउनेछैन, उपचार नपाई मर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ आदि आश्वासन राजनीतिक दलबाट आउँछन्।

काम भने केही पनि हुँदैनन्। यसका विभिन्न कारण होलान् तर मुख्य कारण भने यी कार्यक्रम सुनिश्चित गर्दा लाग्ने स्रोत वा खर्च जुटाउने बहस, कार्ययोजना र ठोस पहलको अभाव नै हो। विदेशमा जस्तै निःशुल्क प्रणालीको चाहना राख्ने हो भने फरक ढंगले सोच्न जरुरी छ। नेपालको स्वास्थ्य सेवालाई निःशुल्क, प्रभावकारी र सबल प्रणालीका रूपमा स्थापित गर्ने हो भने यसप्रकारका विकल्प नेपालका सन्दर्भमा उपयुक्त हुन सक्छन्:

– रोजगारमा आबद्धहरूलाई तलबको तीनदेखि पाँच प्रतिशत रकम स्वास्थ्य कोष योगदान कर लगाउने

– हरेक व्यक्तिको आम्दानीको करिब दुई प्रतिशत रकम स्वास्थ्य कोष योगदान कर लगाउने

– व्यापार व्यवसाय गर्नेलाई व्यापारको एक प्रतिशत रकम स्वास्थ्य कोष योगदान कर लगाउने

– केन्द्रीय सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याउने बजेट बढाउने

– प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो कुल बजेटको पाँचदेखि दश प्रतिशत रकम स्वास्थ्य कोषका लागि विनियोजन गर्ने

– पेट्रोलियम पदार्थमा प्रतिलिटर एकदुई रूपैयाँ, विद्युत् महसुलमा प्रतियुनिट २५ पैसा र मोबाइल रिचार्जको एक प्रतिशत स्वास्थ्य कोष योगदान कर लगाउने

– नेपालमा निःशुल्क स्वास्थ्य सेवा सुनिश्चितताका लागि नागरिकले स्वास्थ्य बिमा कोषमा स्वेच्छिक दान दिने कोषको व्यवस्था गर्ने आदि।

जुन जुन देशले यस्तो प्रणाली अवलम्बन गरे, ती देशले त्यसका लागि आवश्यक कोष यसरी नै जुटाएका हुन्। जनताले पनि के बुझ्न आवश्यक छ भने यदि तपाईंले धेरै नै पैसा कमाउनुभएको छ भने पनि जटिल रोग लाग्दा देशमा निःशुल्क स्वास्थ्य प्रणाली छैन भने उपचार गर्न कठिन हुनेछ। हामी स्वास्थ्य क्षेत्रका आमूल क्रान्ति ल्याउन तयार हुने हो भने निःशुल्क स्वास्थ्यसेवा अस्ट्रेलिया, बेलायत, क्यानडाको मात्र कथा होइन, हाम्रै देशको वास्तविकता बन्नेछ।

– ढुंगाना त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्।  
अर्को समाचार
शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क
१२ भदौ २०७९
•
२ मिनेट पाठ
शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क
राजधानीको पूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ।




निःशुल्क स्वास्थ्य सेवाका लागि नगरपालिका र शाखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीलाई निःशुल्क तथा विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख गरिएको नगर प्रमुख रमेश नापितले बताए।  

अस्पतालमा उपलब्ध सेवामध्ये सात स्वास्थ्य सेवा पूर्णरुपमा निःशूल्क र ११  स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशत छुट हुनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख नापित र अस्पतालको तर्फबाट निर्देशक डा.सन्तोषबिक्रम भण्डारीबीच नगरपालिकाको कार्यालयमा हस्ताक्षर भएको नगर प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए।

यो सेवा आजैदेखि सुरु भएको उनले सुनाए। समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन भएको बताउँदै नगरवासीको सेवामा नगरपालिका दत्तचित्त भएर लागिपरेको सुनाए। न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बञ्चित भएका नगरवासी सम्झौताबाट लाभान्वित हुनेछन्। कोही पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित नहोउन् भन्नेमा नगरपालिका संवेदनशील रहेको बताउँदै आगामी दिनमा आफ्नो नेतृत्वमा थप लोक कल्याणकारी कार्यक्रम लिएर अघि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।     

कुन उपचारमा कस्तो सुविधा ? 

सम्झौता अनुसार डेन्टल ओपिडी (कस्मेटिक बाहेक), जेनेरल ओपिडी, प्लास्टिक सजर्री (कस्मेटिक बाहेक), इमेर्जेन्सी, फिजियोथेरापी ओपिडी, ड्रेसिङ र नर्मल बेड निःशूल्क गर्ने सम्झौता भएको छ।  

यस्तै इन्भेस्टिगेशनअन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चको ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ। स्पेशल ओपिडीअन्तर्गत गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटीमा लागेको खर्चको ३० प्रतिशत छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। निःशूल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो। रासस
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस