तथ्याङ्कमा घटेको गरिबी
११ मंसिर २०८१
•
५ मिनेट पाठ
तथ्याङ्कमा घटेको गरिबी
.
बेरोजगारी बढेसँगै गरिबी पनि बढ्छ र बढेकै पनि छ। गरिबीकै कारण समय समयमा अप्रिय सामाजिक घटनाहरू पनि भइरहेका छन्। प्रहरीको तथ्याङ्कले बर्सेनि आत्महत्या गर्नेहरूको संख्या बढिरहेको देखाएको छ।




नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा ६ हजार नौ सय ७४ जनाले आत्महत्या गरेका छन्। अघिल्लो आर्थिक वर्षमा ६ हजार सात सय ९२ जनाले आत्महत्या गरेका थिए। दैनिक औसत १९ जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछ।

यसरी आत्महत्या गर्नुपर्नाका अरू धेरै कारणहरूमध्ये आर्थिक अर्थात् गरिबी मुख्य कारण हो। यस्ता दर्दनाक घटनाहरू दिनहुँ भइरहेका छन्, जसको सबै समाचार हामीसम्म आएका छैनन् अथवा आउन सक्दैनन्।

बिरामी पर्दा बाँच्ने आशामा उपचारका लागि अस्पताल जाने हो। तर अस्पतालमा उपचार गराइसकेपछि उपचार खर्च तिर्न नसकेको पीडामा अस्पतालको छतबाट हामफालेर अस्पतालमै आत्महत्या गर्नेहरू पनि धेरै छन्।

गरिबीले मान्छेको जिजीविषाको पनि हत्या गरिरहेको छ। आत्महत्याका धेरैथरी कारणहरूमध्ये आर्थिक अवस्था एउटा मुख्य कारण हो। आर्थिक अवस्था कमजोर भएर अर्थात् गरिबीले पिल्सिएर बाँच्नै गाह्रो भएपछि मान्छेले आत्महत्याको बाटो रोज्ने गरेका छन्।

नेपालमा गरिबीको कारण भोकले तड्पिएर र रोगले थलिएर अत्यन्तै दयनीय जीवनयापन गर्ने मान्छेको संख्या उल्लेख्य छ। यी सबै गरिब मान्छेहरूको दयनीय दिनचर्या अखबारहरूको समाचार बन्न सम्भव छैन। त्यसैले त्यस्ता गरिब मान्छेहरूको यथार्थ स्थितिबाट हामी अझै टाढा छौं। यद्यपि यसरी गरिबीकै कारण निराश भएर र दुःखी जीवनदेखि हतास भएर एकल र सामुहिक आत्महत्या गर्ने क्रम बढिरहेको अवस्थामा तथ्याङ्कमा भने गरिबी क्रमशः घटिरहेको देखाइने गरेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको पहिलो नेपाल जीवनस्तर सर्वेक्षण आर्थिक वर्ष २०५२/५३ को प्रतिवेदनअनुसार नेपालमा गरिबीको रेखामुनिको जनसंख्या ४१.७६ प्रतिशत थियो। दोस्रो नेपाल जीवनस्तर सर्वेक्षण २०६०/६१ को प्रतिवेदनअनुसार यस्तो जनसंख्या ३०.८५ प्रतिशत थियो।

यसैगरी तेस्रो नेपाल जीवनस्तर सर्वेक्षण २०६६/६७ को प्रतिवेदनअनुसार गरिबीको रेखामुनिको जनसंख्या २५.३९ प्रतिशत रहेको जनाइएको थियो। यसैगरी पछिल्लो अर्थात् चौथो नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को प्रतिवेदनअनुसार नेपालमा गरिबीको रेखामुनिको जनसंख्या २०.२७ प्रतिशत रहेको जनाइएको छ।

यसरी तुलनात्मकरूपमा हेर्दा पछिल्लो करिब चार दशकमा नेपालमा गरिबीको रेखामुनिको जनसंख्या १९.४९ प्रतिशत बिन्दुले घटेको देखिन्छ। रेमिट्यान्सको कारण गरिबी न्यूनीकरणमा थोरै मद्दत पुगेको होला। तर यो दिगो आर्थिक स्रोत होइन र यसले गरिबी निवारण नै गर्न पनि सक्दैन। रेमिट्यान्स घट्नासाथ गरिबी  फेरि बढ्नेछ।

तथ्याङ्कमा गरिबी घटे पनि वास्तविक गरिबहरूको संख्या घट्न नसकेको यथार्थ हामीसामु छर्लङ्ग छ। तथ्याङ्कअनुसार सहरी क्षेत्रमा गरिबीको रेखामुनिको जनसंख्या १८.३ प्रतिशत रहेको छ भने ग्रामीण क्षेत्रमा २४.७ प्रतिशत रहेको छ। बहुआयामिक गरिबी सूचकाङ्क २०२१ अनुसार नेपालको बहुआयामिक गरिबी १७.४ प्रतिशत रहेको छ।

बैभन्दा बढी गरिबी कर्णाली प्रदेशमा ३९.५ प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ७.० प्रतिशत रहेको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको सोह्रौं योजनाको दस्ताबेजमा उल्लेख भएअनुसार योजना अवधि (आ.व. २०८५/८६) सम्ममा गरिबीको रेखामुनिको जनसंख्या १२.० प्रतिशतमा झार्ने लक्ष्य छ। १६ औं योजनामा उल्लेख गरिएको दीर्घकालीन सोच २१०० सालसम्म गरिबीको अन्त्य र बहुआयामिक गरिबी तीन प्रतिशतमा सीमित गर्ने भनिएको छ ।

तथ्यांकले गरिबी घटेको देखाएको छ। तर समाजलाई नियाल्दा गरिबी र अभावसँग लडिरहेका, जीवनका लागि संघर्ष गरिरहेका, रोग र भोकसँग लडिरहेका, निन्याउरो अनुहार लिएर आयआर्जनको अवसर खोजिरहेका रहेका मान्छेको भिडलाई हेर्दा चाहिँ गरिबी घटेको होइन, बढेको महसुस हुन्छ।

अभावको पूर्ति र सुखको खोजीमा गाउँबाट सहर, सहरबाट देशको राजधानी र त्यहाँबाट पनि विदेश पुग्ने मान्छेहरूको सपनाको खोजलाई हेर्दा साँच्चै देशमा गरिबी घटेको जस्तो लाग्दैन, बरु बढे जस्तो लाग्छ।

मुलुकमा गरिबी घटेको भए अभावै अभावमा बाँच्नेहरूको संख्या घट्नुपर्ने हो। रोग र भोकसँग पौंठेजोरी खेल्नेहरूको संख्या घट्नुपर्ने हो। अशिक्षा र अज्ञानताको अँध्यारो गर्तमा रुमल्लिनेहरूको संख्या घट्नुपर्ने हो। भोकले चाउरिएका अनुहारको संख्या घट्नुपर्ने हो। रोगलाई लुकाएर बाँच्ने वा रोगको पीडाले छटपटाउँदै बाँच्नेहरूको संख्या घट्नुपर्ने हो।

हरेक वर्ष हुम्ला, जुम्ला र जाजरकोटका जनताले एक चक्की सिटामोल र एक पुरिया जीवनजलको अभावमा अकालमै मृत्युवरण गर्नु नपर्ने हो। तराईमा शीतलहर चल्दा चिसोमा कठ्यांग्रिएर दर्जनौँ मान्छेको मृत्यु नहुनुपर्ने हो। खाली खुट्टामा मैलोधैलो र फाटेको कमिज अनि फाटेकै पाइन्ट लगाएर स्कुल जाने बालबालिकाको संख्यामा कमी आउनुपर्ने हो। गरिबीकै कारण शिक्षाबाट बञ्चित बालबालिकाको संख्या शून्य हुनुपर्ने हो।

बाटोमा हिँड्दा पिर, व्यथा र निराशाले अँध्यारिएको अनुहार कम देखिनुपर्ने हो। सहरका सडकहरूमा सहयोगापेक्षीहरूको संख्या शून्य हुनुपर्ने हो। घरको चुलोमा आगो बाल्नकै लागि आगोले जस्तै पोल्ने घाममा काम गर्न नेपाली युवा खाडी मुलुक पस्ने क्रम रोकिनुपर्ने हो। अन्त्यमा अरू केही उपाय नलागेर गरिबीकै कारण आफ्नै जीवनलाई बोझ सम्झेर जीवनलाई नै समाप्त पार्नेहरूको संख्या घट्नुपर्ने हो।

त्यसैले भन्न करै लाग्छ, तथ्यांकमा गरिबी घटे पनि गरिबहरू घटेका छैनन् र गरिबीका कारण कष्टपूर्वक गुजारा गर्नेहरू घटेका छैनन्। त्यसैले सर्वेक्षणको नाउँमा तथ्याङ्क केलाएर गरिबी घटेको देखाउने कसरत गर्नुभन्दा साँच्चिकै गरिबी घटाउने आर्थिक क्रियाकलापहरूमा जोड दिनु आवश्यक छ।

आर्थिक दृष्टिकोणले सक्रिय सबैले आआफ्नो सिप, क्षमता र दक्षताअनुसारको आयआर्जनको अवसर पाए मात्रै गरिबी घट्छ र गरिबीकै कारण हुने आत्महत्याका घटनामा कमी आउँछ।
अर्को समाचार
गरिबीले यौन कार्यमा धकेलिँदै बालिका
२७ भदौ २०८१
•
६ मिनेट पाठ
गरिबीले यौन कार्यमा धकेलिँदै बालिका
पछिल्लो समय उपत्यकाभित्रका होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूमा सरसफाइ र भाँडा माझ्ने काममा प्रायः बालिकालाई देख्न सकिन्छ। तिनै बालिकालाई यौन अपराधमा लगाएर फाइदा लिनेहरू पनि उत्तिकै बढेका छन्। बालिकालाई विद्यालय छाड्न बाध्य बनाई यावत् प्रलोभनमा पारेर यौन कार्यमा संलग्न गराइएका घटना बढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकाका खाजाघर तथा होटलहरूमा यस्ता बालिकाको दुरूपयोग भइरहेको छ।




परिवारको आर्थिक बोझ उठाउन अग्रसर हुनुपर्ने बाध्यताका कारण पनि यस्ता बालिका हिंसाका घटना भइरहेका छन्। तिनीहरू यौन शोषण लगायत यौनजन्य हिंसाको मारमा पर्ने गरेका छन्। साथै जात र लिंगमा आधारित भेदभावलाई गरिबीले बढी प्रभावित पारेको छ।

आर्थिक अवसरको खोजीमा रहेका बालिका पुरुषहरू यौन दुरूपयोगको साधन बनेका छन्। ललितपुरको सातदोबाटोस्थित एक रेस्टुरेन्टमा आएका ग्राहकहरूको यौन चाहना मेटाउन एउटी बालिका प्रयोग भएकी थिइन्। मातापिताबिच बेमेलका कारण सम्बन्धमा दरार आएपछि ती बालिका सानै उमेरदेखि मामाघरको आँगनमा हाँस्दै–खेल्दै हुर्किन्।

उनलाई आफ्ना आमाबुबाभन्दा प्यारो लाग्थ्यो मामाघरका हजुरबुबा र हजुरआमाको काख। गाउँकै विद्यालयमा कक्षा २ मा अध्ययनरत उनले पढ्दापढ्दै घरको आर्थिक अवस्था नाजुक देखेर बिचमै पढाइ छोडी घरधन्धामा लागिन्।

यही बिचमा घरको धन्धाभन्दा बाहिर कतै काम पाए गर्ने सोच बनाइरहेकी थिइन्। वृद्ध हजुरबा र हजुरआमाको स्याहार गरेसँगै पाल्ने ठूलो उद्देश्य लिएको १६ वर्षीया बालिकाले मानव बेचबिखन अनुसन्धान ब्युरोसँग बताइन्। आफ्नो अवस्था सुधार्न काठमाडौं झरेको ती बालिकाले बताइन्।

‘मामाघरमा आर्थिक अवस्थाले च्याप्यो’, उनले भनिन्, ‘कामको खोजीमा जीविकोपार्जन गर्नका लागि मैले विभिन्न स्थानमा ज्यामी, अरूका घरमा सरसफाइ, फर्निचरमा रङ लागाउने काम गर्दै आएकी थिएँ, तर एकजना दिदीमार्फत रेस्टुरेन्टमा पुगें।’

गत असार २७ मा आफू बस्दै आएको नजिकैको कोठामा बस्ने अस्मिता नाम गरेकी दिदीले काम खोजिदिन्छु भनेर आफूलाई प्रलोभनमा पारेको ती बालिकाले बताइन्। ललितपुर सातदोबाटोस्थित न्यु नमस्ते रेस्टुरेन्ट एन्ड बारले काम गर्ने मानिस खोजेको छ भन्दै ती दिदीले आफूलाई त्यहाँ पुर्‍याई सञ्चालक राजीव लामालाई भेटाएको उनको अनुभव छ।

रेस्टुरेन्ट सञ्चालक लामाले आफूलाई कामका बारेमा गरेको वर्णन उनले सुनाइन्। बालिका भन्छिन्, ‘तिमीले यहाँ गर्ने काम भाँडा माझ्ने र सरसफाइ हो। खाएर बसेर तिमीलाई मासिक ६ हजार रूपैयाँ दिन्छु।’

अन्य ठाउँमा सुख्खा काम गर्दा पनि समयमा पैसा नपाउने तर त्यहाँ खानेबस्ने सुविधा भएसँगै कोठा भाडा तिर्नुनपर्ने भएकाले उनी गत असार २८ देखि काम गर्न थालिन्।

‘त्यहाँ रेस्टुरेन्टसँगै उनीहरूकै गेस्टहाउस पनि थियो’, उनी भन्छिन्, ‘दुईतीन हप्ता सरसफाइ र भाँडा माझ्ने काम गरें।’ सञ्चालक राजीवले भनेको सम्झँदै उनी भन्छिन्, ‘भाँडा माझेर मात्रै तिम्रो जीवन सुध्रिँदैन। घरमा कति पठाउनू? बरू रेस्टुरेन्टमा आउने ग्राहकसँगै बस्नू, तिमी बस्यौ भने ग्राहकले धेरै खाइदिन्छन्। बस्ने क्रममा उनीहरूले तिम्रो शरीर चलाउलान्, त्यसमा संकोच नमान्नू। शारीरिक सम्पर्क राख्न चाहे भने सम्पर्क गर्दा हुन्छ।’

सञ्चालकले भनेको उनी अझै सम्झन्छिन्, ‘अरू युवतीले समेत यस्तै काम गरी आम्दानी गरिरहेका छन्। तिनीहरूले कति धेरै प्रगति गरिसकेका छन्। तिमी भने लाटी रैछौ। शारीरिक सम्पर्क राखेमा ग्राहकबाट आएको पैसा आधा म राख्छु, आधा तिम्रो हातमा हालिदिन्छु।’

केही हुँदैन शारीरिक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग गरेसँगै गर्भसमेत नरही सुरक्षित हुनेसमेत सञ्चालकले बताएको ती बालिकाले सुनाइन्। दुईचार दिनसम्म सञ्चालकले शारीरिक सम्पर्कबारे भनेको कुरा उनको कानमा गुन्जिरह्यो। ग्राहकसँग शारीरिक सम्पर्क राखेमा आफूलाई पाँच सय आउने र अन्य पैसा सञ्चालकले राखिदिने भनेको सल्लाह आफूलाई ठीक पनि लागेको बताइन्।

वृद्ध हजुरबा र हजुरआमालाई सम्झदा उनका आँखाबाट आँसु झर्छन्। उनीहरूलाई पाल्नुपर्छ भन्ने दिनरातको चिन्ताले पनि ती बालिकालाई सताइरहेको हुन्छ। यही चिन्ताले उनलाई आफ्नो शरीर बेचें झैं लाग्छ। एक दिन राती सुतिरहेको अवस्थामा सञ्चालकले दिएको सल्लाहमा सहमत हुने निर्णय गरेको उनले ब्युरोसामु बताइन्।

गत साउन १५/१६ देखि उनले आफ्नो शरीर बेच्न थालिन्। सुरुसुरुमा ग्रांहकलाई आफ्नो शरीर सुम्पिँदा उनलाई निकै कष्ट भयो। विस्तारै दैनिक ५/६ जना ग्राहकसँग शारीरिक सम्पर्कमा बाँधिनुपर्‍ यो। दिनप्रतिदिन उनीसँग मासिक तलबभन्दा बढी शारीरिक सम्पर्क गरेवापत पैसा आउन थाल्यो। ग्राहकले जेजे खाए, त्यही खाने उनलाई पनि बानी पर्‍यो।

ग्राहकसँगै खाजा र मदिरा सेवन गरेपछि ग्राहकको इच्छाअनुसार शारीरिक सम्पर्कका लागि गेस्टहाउसमा आफू पुग्ने गरेको ती बालिकाले बताइन्।

ग्राहकसँग पैसा लिने सम्पूर्ण काम राजीव दाइले गर्ने गरेको बालिका बताउँछिन्। उनी भन्छिन्, ‘शारीरिक सम्पर्कका लागि सबै ग्राहकसँग राजीव दाइ नै कुरा गर्नुहुन्थ्यो। रेस्टुरेन्टको सम्पूर्ण व्यवस्थापन शर्मिला कटुवाल दिदी गर्नुहुन्थ्यो। उहाँहरू नै शारीरिक सम्पर्क राख्ने ग्राहक बोलाउनु हुन्थ्यो र हामीमध्ये एकजनालाई कोठामा पठाउनुहुन्थ्यो।’

शारीरिक सम्पर्कका लागि अरू दुई युवतीसमेत रहेको उनले बताइन्। भन्छिन्, ‘मलाई जस्तै उनीहरूलाई पनि राजीव दाइले ठूला आश्वासन देखाउनुहुन्थ्यो। तिमीहरूको आधा पैसा हामीले जम्मा गरेका छौं, पछि दिन्छौं पनि भन्नुहुन्थ्यो, तर हामीलाई प्रतिव्यक्ति पाँच सयबाहेक अरू पैसा दिइएन।’

आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर रेस्टुरेन्ट सञ्चालक राजीवले वेश्यावृत्तिमा लगाइरहेको सुराकीमार्फत भदौ १९ गते ब्युरोबाट खटिएको प्रहरी टोलीले ती बालिकासहित तीनजनालाई उद्धार गरेको हो।

वेश्यावृत्तिमा लगाउनु मानव बेचबिखन तथा ओसारपसारविरुद्धको कार्य भएकाले ती पीडित बालिकाले ब्युरोमा उजुरी दिएकी छन्। ललाइफकाइ प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने रेस्टुरेन्ट सञ्चालक राजीवलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्मको कानुनी कारबाही तथा सजाय गरी क्षतिपूर्तिसमेत दिलाइपाऊँ भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्।

बालबालिकाविरुद्ध हुने यौन दुव्र्यवहार नियन्त्रणका लागि नेपालले कानुन बनाएको छ। नेपालको संविधानमा ‘कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन’ भन्ने व्यवस्था छ।

बालिकालाई विद्यालय जान वञ्चित गर्नु तथा बालविवाह गराउनुले उनीहरू हिंसामा पर्छन् र हिंसाबाट मुक्त हुन बालिका घर छाडेर हिँड्ने गर्छन्।

ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार पारिवारिक कलह, घरेलु हिंसा तथा आर्थिक अवस्था कमजोर भएका कारण बालिकाहरू यौन कार्यमा लाग्न बाध्य हुन्छन्। अहिले त अनलाइनमार्फत पनि यौन शोषण भइरहेको उनले बताए।

उनका अनुसार अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियो बनाएर पठाउनका लागि दबाब झेल्नेहरूमा बालिकाको कमी छैन। नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरूमा प्रेमीप्रेमिका, दाैंतरी, नजिकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्ति समेत छन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस