अन्नको भकारी मधेसमै उपेक्षित जोताहा
१० भदौ २०८१
•
६ मिनेट पाठ
अन्नको भकारी मधेसमै उपेक्षित जोताहा
मधेस सम्झिँदा उर्वर भूमि र अन्न भण्डारको चित्र आउँछ। अनि झल्कन्छ, बन्जर फोरेर उर्वर भूमि बनाउने र अन्न उब्जाउने किसान। जोबिना मधेसको भूमि उर्वर हुने थिएन। न त अन्नको भण्डार भनेर नै चिनिने थियो। ठेला उठेका किसानका हात र पटपटी फुटेका पैताला देख्दा लाग्छ–जमिन जोत्ने औजार नै ती किसानका हात र खुट्टा हुन्।




२०६२ चैत २७ गते जनआन्दोलनको उभार चर्किँदा मेरो पाइला मधेसको भूमिमा थियो। सिरहाको लहान चोकमा भूमिहीन, दलित, हरूवा/चरुवालगायतका उत्पीडितहरू एकै स्वरमा गर्जिँदै थिए–राजतन्त्र मुर्दावाद! त्यो जनआन्दोलन बनिबनाउ थिएन। जबर्जस्त थिएन। थियो त, नागरिकले गरेको ‘सामन्ती राजतन्त्रविरुद्ध’ को स्वतन्त्र आन्दोलन। आन्दोलनमा मधेसलाई उर्वर बनाउने हात उठेका थिए। फुटेका पैताला बजारिएका थिए।

अघिल्लो दिन साबिकको गाविस हनुमाननगर–७ को मुसहर समुदाय पुगेको याद अझै छ। उनीहरूको पुस्ता जमिनदारको जमिनको माटो मलिलो बनाउँदैमा बिते। उनीहरू पनि त्यो आन्दोलनमा सहभागी हुन आतुर थिए। बास र जीविका जमिनदारकै जमिनमा अडेको थियो। परिवार नै दासतामा रुमलिएका। एकैपटक आन्दोलनमा उत्रन सक्ने अवस्था उनीहरूको थिएन। तर पनि पालै–पालो आन्दोलनमा मिसिए, देशसँगै आफ्नो जीवन पनि परिवर्तन हुने झिनो आसमा। हरूवा/चरुवा बस्न पटक्कै मन थिएन। पुस्तैनी हरूवा/चरुवा बस्दाको पीडा अन्त्य गर्न चाहन्थे। अन्याय, अत्याचार र शोषण हो भन्ने बुझ्दाबुझ्दै कसरी हरूवा/चरुवा बस्नु ? यो समय आवाज उठाउने अवसर ठानी आन्दोलनमा होमिए।

२०६२/६३ सालको जनआन्दोलनपछि देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। हिमाल, पहाड, तराई मधेस सर्वत्र खुसी छायो। थोरै खुसी मधेसका हरूवा÷चरुवा, भूमिहीन, सुकुमबासी, दलितलगायत भुइँमान्छेमा पनि छायो। खुसी भएर भन्न थाले–‘अब हामी पनि सामन्तको चंगुलबाट आजाद हुने भयौँ।’ उनीहरूले सोचेका थिए– राजतन्त्र हटेसँगै सामन्ती शासन हट्छ। जमिनदारले दिने दुःख कम हुन्छ। हामी पनि आजाद हुन्छौँ। लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि दुई दशक पुग्न लाग्यो। तर मधेसमा विभेद उस्तै रहिरह्यो। शोषण कम भएन। भूमिमा श्रम गर्ने किसानको अवस्था उस्तै हैन, झन् बिग्रिँदै गयो। मँहगी बढ्यो। ज्याला बढेन। देशमा लोकतन्त्र आउँदा पनि मधेसका किसान किन भूमिहीनका भूमिहीन ? किन गरिब ? किन झन् झन् हरितन्नम् ? यस्ता अनेकन प्रश्न जीवितै रहे।

राणाकालमा उनीहरूले आफ्ना परिवार र नोकरचाकरलाई मधेसमा जग्गा उदारतापूर्वक बाँडे। जमिन आवाद गर्न प्रोत्साहन दिए। खेती गर्ने किसानबाहेक अरूले मधेसको जमिनलाई मलिलो बनाउन सक्ने अवस्था थिएन। औलो लाग्ने भएकाले मधेसकै किसानले आवाद गरे। खेतीयोग्य बनाए। तर त्यतिबेलादेखि नै शासकहरूले किसानलाई प्रयोग मात्र गरे। किसानले अन्न उत्पादन गरे। जोतेको जमिनको अधिकार पाएनन्। शोषणका विविध रूपले मधेसका भूमिहीन, सुकुमबासी, मोही, हरूवा/चरुवालगायतका भूदासहरू रस चुसेर फालेका खोस्टा जस्ता हुन पुगे।

मधेसका भूमिहीन र साना किसान असुरक्षित, शोषित र पीडित छन्। भूमि सम्बन्धमा ऐतिहासिकरूपमा सबैभन्दा अन्यायमा परेका मधेसका दलित समुदाय हुन्। उनीहरू जातिवाद र जमिनदारी व्यवस्थाका शिकार हुन पुगे। दास प्रथालाई काखी च्यापेर सँगै आएको सामन्तवादले यस्ता आर्थिक र सामाजिक समस्याहरूलाई आफ्नो रक्षाका लागि दबाए। जसका मारमा भूमिहीन, सुकुमबासी तथा दलित परेका छन्।

मधेस कृषिप्रधान क्षेत्र भएकाले यहाँ भूमिको अत्यधिक महत्त्व छ। यहाँका जनताको मुख्य जीविका नै भूमि–कृषि हो। तर मधेसको भूमि समस्या अझै सल्टिने चालामाला छैन्। तुलनात्मकरूपमा भूमि सुधारका पहलहरू जसरी अन्य क्षेत्रहरूमा लागु भए, मधेसमा त्यसको प्रभाव खासै देखिएन। फलस्वरूप, मधेसका किसानहरू भूमिहीन, सुकुमबासी र हरूवा/चरुवा भूदासका रूपमा रहे।

कृषि गणना २०७८ अनुसार मधेस प्रदेशमा ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्छन्। त्यसमध्ये सात लाख ३८ हजार तीन सय ४० अर्थात् ६३.८ प्रतिशत कृषक परिवार छन्। कृषक परिवारमध्ये पनि ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभर खान पुग्दैन। यसले पनि पृष्टि गर्छ कि जमिन कसको हातमा छ ? मधेसमा अहिले पनि ६४.३ प्रतिशत कृषकको जीविकाको मुख्य स्रोत कृषि हो। तर किसानी गर्ने ठूलो संख्यासँग कृषि भूमि छैन। खेती नगर्नेहरूले जमिन बाँझो राखेका छन्। यसको मतलव भूमि सुधार नभएकै कारण अन्नको भण्डार भनिने मधेस बिस्तारै रित्तिँदैछ।

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गठित आयोगहरूले अन्य प्रदेशका लगत संकलनको काम लगभग टुङ्ग्याएका छन्। तर मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये चौथाइले पनि लगत संकलनसम्म गरेका छैनन्। यसको मतलव भूमिको समस्या मधेसमा बढी छ भन्ने प्रष्ट हुन्छ। तर पनि मधेसका स्थानीय, प्रदेश र सङ्घीय सरकार भूमि सुधार प्रक्रियामा उदासीन छन्।

मधेसमा भूमि सुधारका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ। यसका लागि भूमिको समान वितरण, भूमिसम्बन्धी विवादहरूको उचित समाधान र कानूनी प्रक्रिया सहज बनाउन आवश्यक छ। मधेसको भूमिको समस्या समाधान गर्न राजनीतिक तथा सरकारी स्तरमा दृढ इच्छाशक्ति, नीति निर्माण, र स्थानीय जनताको सक्रिय सहभागिता आवश्यक छ। यदि यी समस्या समाधान गर्न सकियो भने मधेसमा समृद्धि र सामाजिक न्यायको स्थापना सम्भव हुनेछ।

सामन्तवादी शासकविरुद्धको जीत सम्झौताहीन शक्तिशाली संघर्षबाट मात्र प्राप्त गर्न सकिने र त्यसका लागि देशभरका सबै किसान मधेसको आन्दोलनका लागि सङ्गठित हुनुपर्ने आह्वानका साथ मधेस आन्दोलन भएको थियो। तिनको विरासत धानिरहेका ठान्ने मधेसकेन्द्रित दललगायत अन्य राजनीतिक पार्टी आजको सन्दर्भमा मधेसका किसान, तिनका समस्या, परिवर्तित राजनीतिक अजेन्डा र आन्दोलनसँग कसरी गाँसिएका छन्, प्रष्ट छुट्याउनुपर्ने देखिन्छ।

जसले जमिनमा काम गर्छ, कामका आधारमा उसलाई न्यायोचित स्वामित्व वितरण गनुपर्छ। गरिब किसान, हरूवा÷चरुवा, भूमिहीनका लागि बसोबासको प्रबन्ध मिलाउनु र उनीहरूको सम्पूर्ण ऋण मिनाहा गर्ने घोषणा गर्नुपर्छ। भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थितको काम अघि बढाउन मधेस प्रदेशका हरेक स्थानीय तहसँग समन्वय गरी लगत सङ्कलन र नापीको काम अघि बढाउन सकिन्छ। यसो गर्न सके मात्र मधेस प्रदेशको भूमि समस्या धेरै हदसम्म समाधान हुन्छ।

मधेसमा यतिखेर जनमत पार्टीको सरकार छ। कम्तीमा पनि भूश्रमिक, हरूवा/चरुवा, दलित भूमिहीन र सुकुमवासी अनि साना किसानको विषयमा गहिरो अध्ययन गरी तिनका समस्या समाधानमा काम गर्न उसको ध्यान जान आवश्यक छ। यस अर्थमा वर्तमान समय मधेसकेन्द्रित दलहरूका लागि मधेसमा भूमि सुधारको अभ्यास गर्ने अवसर पनि हो। भूमि सुधारका लागि स्थानीय तहलाई समेत यथोचित अधिकार संविधानले नै दिएको अवस्थामा आफ्नो परिवेशअनुसारको भूमि सुधारको योजना बनाइ लागु गर्ने अवसरलाई दल तथा सरकारले आफ्नो सैद्धान्तिक मान्यताअनुरूप अधिकतम् उपयोग गर्न सक्नुपर्छ।

स्थानीय तहमा लिइने असल नीति र अभ्यासले भूमि सुधारको नयाँ सम्भावनाको ढोका खोल्न पनि सक्छ। तसर्थ, दलहरूले स्थानीय तहलाई यस सवालमा सैद्धान्तिक, नीतिगत र कार्यक्रमिक हिसाबले सबलीकरण र सहजीकरण गर्न सक्नुपर्छ। यसो गर्न सकेमा मधेसमा बाह्य तथा अन्तरिक बसाइँ सराइका कारण भूमिमा श्रम गर्ने तर भूमिको अधिकारबाट वञ्चित किसानलाई भूमि स्रोतमा पहुँच विस्तार गर्न सकिनेछ। भूमि व्यवस्थापन नगर्नु भनेको देश विकास नगर्नु हो। नेपालको अर्थतन्त्र नै कृषि प्रणालीमा आधारित छ। यसलाई विकास नगरिकन मधेसको विकास हुन सक्दैन। जसले जमिनमा खेती गर्छ वा परिश्रम गर्छ, तिनीहरूको हातमा जमिन जानु भनेको किसानको मात्र हैन, मधेस प्रदेश र देशकै हित हुनु हो।

– थापा भूमि अधिकार अभियन्ता हुन्।
अर्को समाचार
किसानलाई कुनै मौसममा आराम हुँदैन !
१३ पौष २०८१
•
३ मिनेट पाठ
किसानलाई कुनै मौसममा आराम हुँदैन !
फाइल तस्विर
करिब मध्य पुसको चिसो सिरेटोले मुटु कमाउने जाडो छ। यसै बेला महोत्तरीका किसानलाई काम भ्याइनभ्याइ छ। चिनी मिल (उद्योग) सञ्चालनमा आएसँगै उखु काट्ने, बयलगाडा र ट्याक्टरमा लोड गरेर मिल गेट पुर्‍याउने चटारो छ। यस्तै खुट्टी उखु (दोस्रो वर्षको बाली) काटेर गहुँ र अन्य हिउँदे बाली लगाउने समय घर्कँदै छ। यसै बेला वैशाखी मौसमी तरकारी रोप्ने र तयार तरकारी पालोमा टिपेर बजार पुर्‍याउने धपेडी छ। एकपछि अर्को कामले पुसको जाडो भन्न नपाइएको किसान बताउँछन्।




अहिले किसानलाई सबैभन्दा बढी धपेडी खुट्टी उखु भएको खेत खाली गरेर बाली लगाउन पर्ने काममा छ। “भनेको बेला उखु कटानको चलान चिनी मिलले दिँदैन, खेत खाली गरेर खनजोत गरी समयभित्र बाली नलगाए छ महिना खेत बाँझै बस्छ”, बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो भन्छन् “सबैभन्दा बितेको खुट्टी उखुको खेतमा गहुँ छर्नु छ।” ढिलोमा पुसको तेस्रो साताभित्र गहुँ छरी सक्नुपर्ने हुँदा यसले छोपेको महतोको भनाइ छ। यसैगरी वैशाखी मौसमी तरकारी पनि पुसभरिमा रोपी सक्नुपर्ने उनले सुनाए।  

हिउँदे तरकारी पालोमा टिपेर बजार पुर्‍याउन एक दिन ढिलो हुँदा बुढिने, कक्रिने हुन्छ। मुखको बाली जाडो भनेर हात बाँधे बेहात हुने भङ्गाहा–४ रामनगरका किसान शुभनारायण ठाकुर बताउनुहुन्छ। “हामीले जाडो भगाउने नै खेतीका काममा दलिएर हो”, ठाकुरले भने। छिप्पिदो जाडो र खेतीको धमाधमकै बेला अब तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व नजिकिँदा घरका गृहिणी त्यसको मेसोमा लाग्न थालेका छन्। यस पर्वका परिकार तिल, चिउरा, जुनेलो र मुरीका लाई (सख्खरमा मुछेर बनाइने लडडु) हुँदा गृहिणी मुरीको धान छुट्याउने, उसिन्ने र चामल बनाउने तयारीमा लागेका छन्। यसैगरी गृहिणीका लागि पर्वका तिला चुट्ने, निफन्ने, फल्ने (पानीमा भिजाएर कत्ला फाल्ने) र घाममा सुकाउने काम सँगसँगै  छ।

पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लडडु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैँ धमाधम उखु पेलेर सख्खर पकाउन थालेका छन्। आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन्। तिलासक्रायत पर्व किसानका लागि आर्जनको अवसर पनि भएको हुँदा यस पर्वका आवश्यक उत्पादित फसलले राम्रो भाउ पाउँछन्। पर्वमा तिला, सख्खर, सखरखण्ड (सुठुनी) , तरूल, मास, पिडालुसहितका उत्पादित फसल प्रयोगमा आउनेहुँदा यस्ता फसल लगाएका किसान यी बस्तु बेचेर रकम आर्जनको ताकमा छन्।

पर्व लक्षित सख्खर बनाउने र तिला चुट्ने निफन्ने कामले छोपे पनि सखरखण्ड, पिडालु र तरूलसहितका कन्दमूल खन्ने र बजार लाने कामभने पुस २५ पछि नै गरिने किसान बताउँछन्। जति जाडो छिप्पिदै जान्छ त्यति कामले थिच्दै जानेहुँदा किसानले लगलगी मुटु कमाउने जाडोमा पनि आराम नपाउने भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतरको हिउँदे बाली समेट्ने र लगाउने दुबै ताकको बेला परेको हुँदा अहिले कामैकामको चटारोभित्र आफूहरू रहेको बाँतरको भनाइ छ।

“चिसो सिरेटो बहेको बह्यै छ, बिहान हुस्सुले डम्म ढाक्छ, जाडो त छ नि ! तर खेतीपातीका कामले समय थामी दिँदैन, बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्नुहुन्छ, “अहिले जाडो मानेर काममा नगए जहान परिवारको मुखमा माड लाग्दैन।” अहिले उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन ठूलो भठ्ठी चुलोमा खुदो उमाली रहनुभएका यादवले उखु फसलबाट वर्षभरिको खाने अन्नको जोहो गर्नुपर्दा अहिले मिठ्ठाले राम्रो भाउ पाउने बेला जाडो नभनी काममा लाग्नु परेको भन्छन्।  

“वर्षभरि केही महिनाको अन्तरमा फरकफरक मौसम हुन्छन्, कहिले जाडो, कहिले गर्मी र कहिले वर्षा, सबै मौसममा खेतीका आआफ्ना तुक (समय) हुन्छन्”, बर्दिबास–६ प्रेमनगरका ७५ वर्षीय किसान रामउद्गार महतोले भने “किसानका लागि कुनै मौसम आरामका हुँदैनन्, मौसमअनुसारका खेतीमा राम्रो उत्पादन लिनु हाम्रो सफलता हुन्छ।” त्यसैले मध्य पुस्ताकाको लगलगी मुटु कमाउने जाडोमा पनि किसान खेतीका कामको तुकमै जोतिनुपरेको महतोको तर्क छ। रासस
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस