सरकारको सुशासन साँचो
३० साउन २०८१
•
८ मिनेट पाठ
सरकारको सुशासन साँचो
शक्तिको गलत उपयोग गरी व्यक्तिगत फाइदा लिने क्रम नेपालमा उत्कर्षमै पुगेको छ। यसरी शक्तिको आडमा लिइने फाइदाको प्रभाव आर्थिक मात्र नभई राजनीतिक क्षेत्रमा समेत परेको छ। भ्रष्टाचारकै कारण वैदेशिक लगानी भित्रिन सकेको छैन। सरकारले संविधानमा उल्लेख ‘समाजवाद’ शब्दको आशय ‘लोकतान्त्रिक’ हो भनेर व्याख्या गर्न नसकेकै कारण पनि वैदेशिक लगानी आकर्षित हुनै सकेन। एकातिर लगानीकर्ताले ‘लगानी गरेको सम्पत्तिको सुरक्षा’ को निश्चितता खोज्छ भने हाम्रो संविधानमा उल्लेख ‘समाजवाद’ कै कारण भोलि नेपाल सरकारले निजी लगानीका उद्योगलाई समाजवादको व्याख्या गर्दै राष्ट्रियकरण गर्‍यो भने के होला भन्ने प्रश्न वैदेशिक लगानीकर्तामा देखिन्छ।




हिजोको माओवादी केन्द्र नेतृत्वको सरकारले त यो विषय चिर्न नसकेको मात्र नभई उसैको भाषामा जनयुद्धकालीन समयमा दर्जनाँै उद्योगमा ‘बम विष्फोट’ गराएकै कारण पनि वैदेशिक लगानीकर्तामा भयानक भय देखिएकैले लगानी सम्मेलनमा उल्साह देखाएनन्। नवगठित सरकारले संविधानमा उल्लेख समाजवादको लोकतान्त्रिकतवरले व्याख्या गर्दै सुशासन र आर्थिक समृद्धिको खाका ल्याउन सक्दा मात्र जनतामा सरकारप्रतिको भरोसा पैदा हुन्छ।

मध्यरातमा कांग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौताको भावना पनि संविधान संशोधन र सुशासन कायम राख्ने हो भनिएको छ। यो विषयको कार्यान्वयनअगावै जनता सरकारको यो कुरा मान्न र पत्याउन तयार छैनन्। सरकारहरूले सुशासनबारे बोल्दै आएका छन्। तर, भ्रष्टाचारजन्य गतिविधि ‘असीमित महŒवाकांक्षाको उपज’ भएकैले सरकारले भन्ने बित्तिकै पत्याइहाल्ने स्थिति छैन। किनकि एकाधलाई छाडेर मन्त्रिमण्डलमा सामेल अनुहार हेर्दा लाग्छ–उनीहरूले सत्ता प्राप्तिअगावै शक्तिको आडमा पुस्तौँलाई पुग्ने जोगाड गरिसकेका देखिन्छ।

सवाल केवल हसिनाले झैँ देशै छाडेर भाग्नुपर्दा त्यो सम्पत्ति बोकेरै लैजान वा विदेश पु¥याउन कति सम्भव होला ? एसियाली मुलुकमध्ये कतिपयलाई छाडेर आज सत्तामा देखिएको अस्थिरता राजनीति र प्रशासनिक क्षेत्रको हो। हिजो ‘प्रचण्ड’ सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य सफलता हासिल गर्न सकेको भए केपी ओली नेतृत्वको सरकारको जन्म हुने नै थिएन। ओली नेतृत्वको सरकार पनि केबल राजदूत र कर्मचारी फेरबदल गरेर मात्र बस्यो भने दलीय उतारचढाव वा न्यायालयबाट अर्को नयाँ सरकारको जन्म अवश्यंभावी छ।

भ्रष्टाचार र राजनीतिक अस्थिरता एकअर्काका पर्याय देखिएका छन्। अझ खासगरी विकासोन्मुख मुलुकहरूमा सत्ता परिवर्तनको कारक नै भ्रष्टाचार बन्ने गरेको छ। अझ प्रजातान्त्रिक सरकारलाई हटाएर ‘सैनिक कु’ हँुदा सन् २०१४ मा थाइल्यान्डमा भनिएझैँ भ्रष्टाचारलाई कारक मानिन्छ। हुन पनि हरेक राजनीतिक अस्थिरताका पछाडि कारक बनेर भ्रष्टाचार नै अगाडि देखा पर्छ।

नेपालको सन्दर्भमा पनि चुनाव आफैँमा ‘असल व्यक्ति छान्ने पद्धति’ बन्नुपर्नेमा एकाधलाई छाडेर सत्तामा भएको राजनीतिक व्यक्तिले भ्रष्टाचारबाट बच्न र विपक्षीले सत्तामा पुग्न ‘भ्रष्टाचारजन्य गतिविधि’ लाइ नै परोक्षरूपमा प्राथमिकतामा राखेको पाइन्छ। सत्तारुढ दलका प्रभावशाली एक सांसदले त औपचारिक कार्यक्रममै निर्वाचन आचारसंहितालाई चुनौती दिँदै निर्वाचनमा आफ्नो पाँच करोड खर्च भएको सगौरव सुनाए। वैचारिक पक्ष सबल बन्न नसक्दा नै प्रतिस्पर्धालाई आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्थाको तस्बिर। अर्कातिर सत्तामा लामो समय रहेका नेताको परिवारका सदस्यको ‘आर्थिक हाउभाउ’ ले विपक्षीलाई समेत लोभ्याइरहेको हुन्छ। त्यही कारण ‘सांसद् खरिद–बिक्री’ समेत गरेर सत्ता पलट गराइने घटना सामान्यझैँ बन्न पुगेका छन्।

राजनीतिक वैधताका निम्ति जनताको समर्थन अपरिहार्य छ। तर हिजो कांग्रेस, माओवादी, समाजवादी गठबन्धन गरेर ‘जनताको मत’ हासिल गरेका थिए । प्रचण्डमा कांग्रेस एमाले जस्ता दललाई ‘खेलाएर’ म्याजिक नम्बरको त्यान्द्रोसमेत समाएर २०८४ सम्म शासन गर्ने अभिलाषा पलाएकै कारण उल्टै प्रचण्डको सत्ता उथलपुथलको भुंग्रोमा पर्न पुग्यो। जसका कारण जनताले पहिलो र दोस्रो बनाएका दलहरूको आज सरकार निर्माण हुन पुग्यो। यो प्रकारको गठबन्धन जनताले अनुमोदन गरेको नभई विशिष्ट अवस्थाको गठबन्धन भनिएको छ।

यो गठबन्धनलाई विशिष्ट प्रकारकै कायम राखेर जनताद्वारा भोलिको मितिमा अनुमोदन खोज्ने हो भने सरकारले ‘कुलमान–बालेन’ तिर आँखा नलगाई थाती भ्रष्टाचारका मुद्दाहरूमा निरपेक्षता देखाउनै पर्छ। माओवादी–रास्वपा दुवै दलले कांग्रेस–एमाले गठबन्धनको उद्देश्य नै ‘भ्रष्टाचारको फाइल बन्द गर्न नै हो’ भन्ने भष्य निर्माणमा कुनै कसुर बाँकी राख्ने छैनन्। त्यसलाई चिर्न पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा, नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग जस्ता निकायलाई ‘सत्ताको छाया’ पर्न नदिई काम गर्न दिँदा मात्र एकातिर सुशासन कायम हुनेछ भने अर्कातिर ‘माओवादी–रास्वपा’ को भाष्य निस्तेज भएर जानेछ।

भ्रष्ट राजनीतिक व्यवस्थाले खुला छलफल स्वीकार गर्दैन। त्यस्तो व्यवस्था सीमित घरानियामा र सीमित वर्गको स्वार्थ रक्षामा केन्द्रित बन्न पुग्छ। जब तार्किक छलफलाई अस्वीकार गरिन्छ तब नागरिकमा सरकारप्रतिको असन्तोष चुलिन पुग्छ। खासमा लोकतन्त्र भनेकै नीतिमा नागरिकको प्रभावकारी सहभागिता र जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्ने सरकार नै हो। तर नेपाल जस्तो देशमा सरकारको प्रभाकारिता र नागरिकको हरेक निर्णायक तहमा सहभागिताभन्दा पनि ज्यादा ‘समाज–सरकार’ हरेक तहमा ‘स्टन्ट’ देखिन पुगेको छ। यो वास्तवमा लोकतन्त्र हुँदै होइन। १८औँ शताब्दीमै अमेरिकाका टेकोभेलीले अमेरिकामा प्रजातन्त्र सुदृढ हुनुमा ‘बहुदलीय व्यवस्था’ लाई जिम्मेवार ठानेका थिए।

राजनीतिक दलहरू जति बलिया हुँदै जान्छन् त्यति प्रजातन्त्र पनि बलियो हुन्छ भन्ने गरिन्छ। तर नेपालको सन्दर्भमा भने राजनीतिक दलभन्दा पनि ती दल, सरकारका प्रधानमन्त्री, मन्त्री आदिलाई परिचालन गर्ने ‘बिचौलिया’ शक्तिशाली भए। तिनै बिचौलियाका माध्यमबाट ‘बालकोट, बालुवाटार, बूढानीलकण्ठ र खुमलटार’ सबैले ‘स्रोत’ माथि आँखा लगाए। कसैले यती–ओम्नीका नाममा त कसैले वाइडबडीका नाममा। अलिकति आर्थिक मामिलामा तल–माथि भयो कि ‘मीनबहादुर’ बनाइदिने भाष्य निर्माण गरेर ‘स्रोत’ माथिको ‘दोहन’ उत्कर्षमा पुग्यो। जसका कारण राजनीतिक अस्थिरताको दुष्चक्रबाट नेपाल उम्कनै सकेन।

वास्तवमा राजनीतिलाई सार्वजनिक हित प्रवद्र्धनको माध्यम बनाइनुपथ्र्याे। राजनीतिकै माध्यमबाट मनग्गे धन आर्जन गर्न सकिने भएपछि केही व्यापारीले धिरुभाइ अम्बानीको उद्योग सञ्चालनको बाटो छाडेर दल परिवर्तन गर्दै संसद् नै ताके। उद्योगधन्दा खोलेर जोखिम मोल्नुभन्दा राजनीतिको बाटोबाट सहजै कमाउन सकिन्छ भन्ने मान्यता विस्तार स्थापित हँुदै गयो। हिजो प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सँगै जेल बसेका, माओवादी द्वन्द्वमा अपांगता भएका र झापा विद्रोहबाट कम्युनिस्ट आन्दोलनमा लागेका ‘नेता÷कार्यकर्ता’ भन्दा ‘बिचौलिया’ नै आज कांग्रेस, एमाले, माओवादीलाई प्रिय लाग्न थाल्यो। किनकि ती बिचौलियासँग नेपालमा समुन्द्र नभए पनि ‘पानीजहाज’ चलाउने अरबौँको ‘हवाई प्रपोजल’ झोलैमा थिए। स्टारवाला होटलमा बैठक गराउने सामथ्र्य तिनैमा छ। विदेशमा त्यो पनि डलरमै ‘रिश्वत’ लेनदेन गर्ने हैसियत तिनैले राख्छन्।

मध्यरातमा चामत्कारिकरूपमा संसद्का ठूला दललाई एकै ठाउँ राखेर ‘हस्ताक्षर’ गराउन सक्ने उच्च घरानियाका सामु संसदीय व्यवस्थामा पारंगत भैनसकेका प्रचण्डको केही लाग्न सक्ने स्थिति नै थिएन किनकि प्रचण्ड स्वयंलाई शासनको कुर्सीमा राखेर घरैबाट ‘नायवी शासन’ प्रारम्भ भइ नै सकेको थियो। यसरी शासन गर्न पल्केकाहरूले ‘हसिना’ बनिसकेपछि मात्र हो, धेरै विषयको भेउ पाउने।  

संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने बलिया शक्ति भनेकै सत्ताका आसपास घुमिहिँड्ने ‘बिचौलिया’ हुन्। उनीहरू विभिन्न भेषमा आकर्षक प्रपोजल लिएर शक्ति केन्द्रमा तत्कालै पुगिसकेका हुनेछन्। कोही स्याटेलाइट, कोही मल कारखाना, कोही चिनी उद्योग त कोही आइटीको विषय बोकेर बिचौलियाहरू सडकभर छरपष्ट देखिन्छन । बिचौलियालाई चिन्न र चिर्न नसक्नु सत्ताको कमजोरी हो। सत्ताले सुशासन कायम राख्ने नै हो भने त्यस्ता बिचौलियालाई च्याप्प समातेर ‘टंगाल’ पठाइदिनु श्रेयष्कर हुनेछ । तर कतिपय शक्तिकेन्द्र आफैँ बिचौलियाको पर्खाइमा रहने भएकाले उनीहरूबाट सुशासनको अपेक्षा राखिनु आफैँमा अर्को आश्चर्यको विषय हो। उद्योगलाई चल्न सक्ने वातावरण निर्माण गरी वैदेशिक लगानी आकर्षित गर्न सक्दा बिचौलियाका हवाई सपनावाला उद्योगको भर पर्नै पर्दैन।

राजनीतिमा सुधार कहिले आउला भन्ने प्रश्न यत्रतत्र सुनिन्छ। एउटा शक्तिमा पुगेको राजनीतिक व्यक्तिले गरेको भ्रष्टाचारबाट आर्जित रकम उसले ‘पार्टी र सरकार’ मा समर्थन जुटाउन प्रयोग गर्छ। त्यति गर्दा पनि ‘राजनीतिक असुरक्षा’ बढ्दै गयो भने उसले त्यतिबेला भ्रष्टाचारको पनि स्केल बढाउन पुग्छ। यसले देशको अर्थ व्यवस्था नै डावाँडोल हुन पुग्छ। भ्रष्टाचारलाई दुनियाँमै प्रमुख समस्याका रूपमा लिने गरिन्छ। तर भ्रष्टाचार नियन्त्रण गर्ने ‘अख्तियार’ जस्ता निकायलाई बलियो र अधिकार सम्पन्न बनाउन भने दलहरू तयार छैनन्। यसैले देखाउँछ, नेताहरूको मनोविज्ञान। तसर्थ शान्तिपूर्णरूपमा भ्रष्टाचारविरुद्ध सत्याग्रह गरेर राजनीतिलाई सही बाटोमा हिँडाउन नसक्ने हो भने जुन÷जुन पार्टीबीच जे नाम दिएर सरकार निर्माण गरे पनि परिणाम अन्ततः शून्य नै हो।

समग्रमा भ्रष्टाचारमा शून्य सहनशीलता र देशभित्र उद्योग सञ्चालनको वातावरण निर्माण गर्न ‘स्वदेशी तथा विदेशी’ लगानीकर्तालाई प्रोत्साहन गर्न सक्दा मात्र मुलुकभित्र देखिएको आर्थिक निराशा चिर्न सम्भव छ। त्यसैगरी संविधान संशोधनका माध्यमबाट निर्वाचन प्रणालीमा फेरबदल गर्न सक्दा मात्र राजनीतिक निराशा चिर्न सम्भव हुने हो। देशको व्यवस्थापक नै ‘बिचौलिया’ को कुरा सुनेर बहकिन पुग्यो भने त्यो देशले आर्थिक, राजनीतिक कुनै पनि क्षेत्रमा फड्को मार्नै सक्दैन।

अध्ययनको टुंगोमा नपुगी फैसला सुनाउने अदालत, प्रोपगान्डामा रमाउने मिडिया, सत्तामा हँुदा र प्रतिपक्षमा पुग्दा फरक–फरक भाषा बोल्ने दल, विपक्षमा पुग्यो कि षडयन्त्र गर्दै सत्तामै पुगिहाल्ने विपक्षी र दलको सदस्यताबेगर बस्नै नसक्ने जनता नेपालमा भएकै कारण राजनीतिक अस्थिरता भएको हो। राजनीतिले जबसम्म स्थिरताको बाटो समाउँदैन तबसम्म न सुशासन कायम सम्भव छ न त समृद्धि नै।
अर्को समाचार
विद्युत् सुधार र विस्तारमा ७३ अर्ब लगानी जुट्यो
०९ पौष २०८१
•
४ मिनेट पाठ
विद्युत् सुधार र विस्तारमा ७३ अर्ब लगानी जुट्यो
विद्युतको सुधार तथा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ७३ अर्ब रूपैयाँ लगानी गर्ने भएको छ। देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रूपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर) लगानी जुटेको छ। 




विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी) ले ३१ करोड १० लाख डलर (४२ अर्ब २४ करोड रूपैयाँ) सहुलितपूर्ण ऋण र तीन करोड डलर (चार अर्ब सात करोड रूपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ। युरोपेली युनियनले दुई करोड २६ लाख डलर (तीन अर्ब ६ करोड रूपैयाँ) र नर्वे सरकारले तीन करोड १० लाख डलर (चार अर्ब २१ करोड रूपैयाँ) अनुदान दिनेछन्। यसैगरी, रणनीतिक जलवायु कोषमार्फत एक करोड डलर (एक अर्ब ३५ करोड रूपैयाँ) सहायता प्राप्त हुनेछ। आयोजना कार्यान्वयन गर्न आवश्यक १३ करोड २४ लाख डलर (१७ अर्ब ९८ करोड रूपैयाँ) नेपाल सरकारले बेहोर्ने छ।

एडिबीको दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) विद्युत् प्रसारण र वितरण सुदृढीकरण परियोजनामार्फत कार्यान्वयन हुने आयोजनाहरूबाट मुख्य रूपमा दुई सय ९० किलोमिटर प्रसारण लाइन, पाँच वटा नयाँ सबस्टेसन र दुईवटा सबस्टेसनको स्तरोन्नति गरिने छ। साथै, काठमाडौं उपत्यकाका घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाइ स्मार्ट मिटर जडान (दोस्रो चरण), वितरण सबस्टेसनहरूलाई आधुनिक एवम् स्वचालित बनाउन कम्युटरमा आधारित सुपरिवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा) जडान, कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीको स्तरोन्नति गरिने छ। सहयता परिचालनका लागि गत शुक्रबार सरकार र एडिबी एवम् नेपाल विद्युत् प्राधिकरणबीच सहुलितपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ। योजनाहरू नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्नेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विकास साझेदारबाट प्राप्त स्रोत परिचालन गरी मुख्य रूपमा देशभित्रको विद्युत् आपूर्ति प्रणाली सुधार एवम् विस्तार, क्षेत्रीय/उपक्षेत्रीय विद्युत् व्यापारलाई भरपर्दो बनाउन मेरुदण्डका रूपमा आवश्यक पूर्वाधार संरचना निर्माण र वितरण प्रणाली डिजिटाइजेसन गरिने बताए।

‘समय–समयमा विद्युत् गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न र भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति गर्न विगतका वर्षहरूबाट योजनाबद्ध रूपमा अगाडि बढाइएका पूर्वाधार संरचनाहरूको सुधार र सुदृढीकरणका काम कार्यान्वयन गर्न ठूलो रकम जुटेको छ, अब योजनाहरू तत्काल कार्यान्वयनमा लगिने छ’, कार्यकारी निर्देशक घिसिङले भने।

एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले देशभित्र बढ्दो मागअनुसारको विद्युत् आपूर्तिमा रहेको ग्रिड पूर्वाधारको सीमितता हटाउन र हरित ऊर्जा निर्यातको लक्ष्य पूरा गर्न सहायता सहयोगी हुने बताए। निर्देशक कुश्वाले भने, ‘सहायता प्रसारण र वितरण गुरुयोजनाका मुख्य अवयवहरूमा खर्च हुनेछ, यसबाट जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रसारण गर्न एमम् अन्तरदेशीय विद्युत् व्यापार क्षमता वृद्धि गर्न टेवा पुग्नेछ। कर्णाली र लुम्बिनी प्रदेशमा प्रसारण र वितरण पूर्वाधार विस्तार, सुधार, स्तरोन्नति एवम् पुनर्स्थापना हुनेछ। जसबाट विद्युतीकरण, ऊर्जा गरिबी कम गर्न, प्रदेशबीचको सामाजिक–आर्थिक असमानतालाई हटाउन सहयोग पुग्नेछ।’

सहायता परिचालन गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनदेखि रूपन्देही, कपिलवस्तु, अर्घाखाँची हुँदै दाङको लमहीसम्मको एक सय ६० किलोमिटर लामो चार सयकेभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ। लमहीमा ‘ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित चार सय केभीको स्वचालित सबस्टेसन निर्माण हुनेछ। प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २० करोड ३० लाख डलर खर्च हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल बुटवलबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि एक सय ३२ केभी लाइनमार्फत रहेकाले त्यस क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न, त्यहाँको बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न र छिमेकी देशसँगको व्यापारलाई भरपर्दो बनाउन चार सय केभी लाइन तथा सबस्टेसन निर्माण गर्न लागिएको बताए।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हेटौडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा चार सय केभी सबस्टेसन निर्माण गरिने छ। भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निजगढमा चार सय केभी सबस्टेसन निर्माण हुनेछ। निजगढबाट परवानीपुरसम्मको चार सय केभी लाइन र परवानीपुरमा चार सय केभी सबस्टेसन निर्माणका लागि एडिबीबाट प्राप्त हुने साढे आठ करोड डलर खर्च गरिने छ।

सन् २०५० सम्मको तीन हजार एक सय मेगावाट विद्युत माग धान्ने गरी काठमाडौं उपत्यकाको आपूर्तिलाई लक्षित गरी निर्माण गर्न लागिएको ओखरपौवा–तीनपिप्ले दुई सय २० केभी प्रसारण लाइन र तीनपिप्लेमा दुई सय २० केभी सबस्टेसन निर्माणमा ४ करोड रूपैयाँ खर्च गरिने छ। दैलेख–जुम्ला १३२ केभी प्रसारण लाइन र जुम्लामा १३२ केभी प्रसारण लाइन निर्माणमा साढे तीन करोड डलर खर्च हुने छ। साथै, कर्णाली प्रदेशका जिल्लाहरूको विद्युत् वितरण प्रणालीको स्तरोन्नति गर्न दुई करोड ३० लाख डलर खर्च हुने छ।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस