भागबन्डाका प्रधानमन्त्री
१७ असार २०८१
•
६ मिनेट पाठ
भागबन्डाका प्रधानमन्त्री
पुष्पकमल दाहाल सरकारले अधिकारवादी सुशील प्याकुरेललाई दक्षिण कोरियाको राजदूत सिफारिस गरेको समाचार सार्वजनिक भयो। त्यसको दुई दिनपछि विनाविमर्श र दलीय भागबन्डाबाट गरिएको त्यस सिफारिसलाई उनले अस्वीकार गरेको अर्को समाचार बाहिरियो। मन्त्रिपरिषद्बाट राजदूत सिफारिस भएपछि अस्वीकार भएको यो विरलै सुनिने दृष्टान्त हो। शायद यो पहिलो घटना हो।




मन्त्रिपरिषद् मुलुकको सर्वोच्च कार्यकारी एवं जवाफदेही संस्था हो। यसका हरेक निर्णयले देशको छवि, अस्तित्व तथा दूरगामी प्रभाव पार्ने गर्छ। नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्छ। यसका निर्णयबाट  मन्त्रिीपरिषद्का अध्यक्ष एवं प्रधानमन्त्री कति जिम्मेवार छन् भन्ने देखाउँछ। उनका संवेदनशीलता, गाम्भीर्यताका साथै नेतृत्वदायी खुबीकोे पनि पहिचान हुन्छ। ‘स्थायी सरकार’ भनिने सम्बन्धित निकायको चुस्तता एवं दक्षताको प्रतिविम्ब प्रदर्शन गर्दछ। तर सुशील प्रकरणले भागबन्डामा चलेको राजनीति र बेथिति उदाङ्गिएको छ। मुलुकको शासन पद्धतिमाथि गम्भीर प्रश्न उठेको छ।

राजदूत अस्वीकार गरेको विज्ञप्तिमा सुशीलले मुख्यतः तीन सवाल उठाएका छन्–

(१) सिफारिसपूर्वसम्पर्क नगर्ने प्रचलन,

(२)सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिक विषयमा विमर्श नगर्ने थिति र (३) राजदूत नियुक्तिको सरकारी मापदण्ड, संसदीय समितिको औचित्य तथा अनिश्चित कार्यकाल।

यसअघि राष्ट्रपति विद्या भण्डारीका राजनीतिक तथा मानव अधिकार सल्लाकारबाट नैतिकताको सवाल उठाएर उनले राजीनामा दिएका थिए। काभ्रेका अर्जुन लामाका हत्या आरोपित फरार सूचीमा रहेका अग्नि सापकोटालाई संसद्ले सभामुखचयन गरेर राष्ट्रपतिबाट शपथ दिलाउनु पूर्व जिम्मेवारीबाट बाहिरिएका थिए।

२०६२/६३ को जनआन्दोलनपछि नेकपा माओवादी तथा सरकारबीच युद्धविराम भयो। त्यसको अनुगमनका लागि डा. वीरेन्द्रप्रसाद मिश्रको संयोजनमा नागरिक समाज समूहको एक युद्धविराम आचार–संहिता राष्ट्रिय अनुगमन समिति सरकारले गठन गर्‍यो। यसको कार्यकाल संविधान निर्माण प्रक्रिया पूरा नहुन्ज्येलसम्मको थियो। त्यसमा सुशीलसमेत एक सदस्य थिए।  

विनाविमर्श गरिएको नियुक्तिलाई त्यसबेला पनि उनले अस्वीकार गरेका थिए। तर अधिकारवादी सदस्यका आग्रह र शान्ति प्रक्रिया सम्पन्न गर्ने नागरिक समाजको जिम्मेवारीबोध भएबाट उनले कष्टसाथ स्वीकार गरेका थिए।

पंक्तिकारसमेत रहेको नागरिक स्तरको २६ सदस्यीय समितिले राज्य र विद्रोही पक्षलाई ‘विस्तृत शान्ति सम्झौता’सम्म पुग्न सहयोगी भूमिका खेल्यो पनि। तर शान्ति सम्झौतामा यसको भूमिका गौण भएकाले स्वघोषणाबाट यो समिति विघटन गरिएको थियो।

विघटित समितिको हुबहु कार्यादेशका साथ डा.वीरेन्द्रप्रसाद मिश्रकै अध्यक्षतामा अर्को १५ सदस्यीय ‘अनुगमन समिति’ सरकारले गठन ग¥यो। त्यसबेला शान्तिमन्त्री काँग्रेसका नेता रामचन्द्र पौडेल थिए।

विनाविमर्श गठन गरिएको यस समितिप्रति डा.मिश्रको आपत्तिसँगै त्यसलाई अस्वीकार गरे। नैतिकताको संकटमा परेको महसुस गरे। समितिमा सदस्य चयनमापनि उनीसँग परामर्श नगरी सार्वजनिक गरिएकोमा असहमति जनाए। साथैयुद्धविराम आचार–संहिता अनुगमन समितिकै ‘टिओआर’ बनाएर अर्को समिति गठनको औचित्यमाथि समेत गम्भीर प्रश्न उठाए । फलतः समिति सरकारी घोषणामा मात्र सीमित रहेको थियो।

यही २०८० चैत्र ३० गते दाहाल सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग पदाधिकारी छनोट सिफारिस समिति गठन गर्‍यो।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा तिनका प्रतिनिधि सहित पाँच सदस्यीय समितिमा सरकारले पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा.अर्जुन कार्की र स्टेला तामाङ सदस्य घोषणा गरेपनि त्यसले पूर्णता पाएन। किनभने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिनिधिको नाम सरकारले प्राप्त गर्न सकेन। संसद्मा विचाराधीन ऐन संशोधनपछि मात्र सिफारिस समिति गठन गर्न द्वन्द्वपीडित समुदायले बारम्बार सरकारलाई गरेको आग्रहलाई आयोगले साथ दियो। ऐन संशोधनको सुनिश्चितता नभएसम्म आयोग सिफारिस समितिमा सामेल नहुने निर्णय ग¥यो।

सत्य आयोग ऐन संशोधन नगरी तत्कालीन प्रमं दाहाल तथा माओवादी नेता डा. बाबुराम भट्टराईले पूर्वसभामुख दमननाथ ढुंगानालाई (निवासमा गएर) पहिलो सत्य आयोगको अध्यक्ष बन्न आग्रह गरेका थिए तर उनले मानेनन्। स्थापित मापदण्डमा ऐन संशोधनविना यस प्रक्रियाको हिस्सा नहुने निधो गरे।

शान्ति प्रक्रियाको एक प्रमुख पाटो संक्रमणकालीन न्यायलाई सही निष्कर्षमा पुर्‍याउन द्वन्द्वपीडित तथा नागरिक समाजका निरन्तर प्रयासलाई सरकारले नसुनेको बुझेर उनले यो निर्णय लिए। सरकार ढाल्ने र बनाउने राजनीतिक औजारका रूपमा मात्र प्रयोग भएको देखे।

यो देशमा प्रधानमन्त्री छ कि छैन? सांसद ज्ञानेन्द्र शाहीकोे प्रश्नमा ‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’ भन्ने अवस्थामा यतिबेला दाहाल पुगेका छन्।

यही प्रसंगमा उनले ‘स्वार्थ बाझिएका’ राजदूत सिफारिस पुनःविचार गर्ने घोषणा गरे। तर उनको मन्त्रिमण्डलमा रहेका ‘स्वार्थ द्वन्द्व’ का विवादित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्लज्जताका साथ पदको दुरूपयोग गरी गृहमन्त्रालय हाँकेको अनदेखा गरेका छन्। लाखौँ सहकारी पीडितलाई गम्भीर अन्यायमा पारेका छन्। दाहालको पार्टीको ‘जादुयी संख्या’बाट गठित गठबन्धन सरकार जोगाउन ‘राज्यको परिभाषा’लाई जोखिममा पारेका छन्।

दलीय भागबन्डाको छटपटीबाट भारत भ्रमणको दुई दिनपूर्व त्यहाँका राजदूत शंकर शर्मालगायत आठ देशका राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्ले निर्णय ग¥यो। न्यूनतम कूटनीतिक मर्यादाको पनि ख्याल गरिएन। यसबाट प्रधानमन्त्री वरिपरिका राजनीतिक एवं कूटनीतिक सल्लाहकार ‘बेकामे’ देखिए। मुख्यसचिव लगायतका विशिष्ठ दर्जाका कर्मचारी ‘जिम्मेवारबिहीन’ भएका सावित भए। दिल्लीबाट फर्केपछि दाहालले गल्ती आत्मबोध गरेर ‘...पछि दैलो देखेको’ अनुभूति गराए।

दलीय भागबन्डाको बेथिति  २०६३ सालको पुनस्र्थापित व्यवस्थापिका–संसद्बाटै सुरु भएको हो। शान्ति प्रक्रिया बिथोलिन सक्ने बहानामा चुनाव नलडी एमालेको ७३ सिट बराबरको सांसदको  भाग माओवादीले पायो।

नागरिक समाजको योगदानलाई कदर गर्दै अन्य ४८ सिट छुट्याए पनि यसमा समेत दलीय भागबन्डा गरियो। संविधान सभाको २६ सिटमा पनि यही  कुरा दोहोरियो। ‘बास्केट प्रणाली’ लागुभएन। दलीय भागबन्डाको घेरामा पारेर नागरिक समाजलाई प्रदूषित गर्ने कार्य यहीँबाट सुरु भएको होे।

राज्यको मूलधारमा सामेल हुनुपूर्व फ्रान्सको राजदूत नपाएपछि माओवादी सडकमा उत्रियो। परिवर्तनका मुद्दा बोकर राज्यविरुद्ध लडेको पार्टी यति तल झर्ला भन्ने मलाई विश्वास थिएन। तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट यसको पुष्टि भएपछि पत्याउन कर लाग्यो।

त्यसबेला पम्फा भुषालको नाम राजदूतमा सिफारिस भयो पनि। अनि आन्दोलन रोकियो तर ‘एग्रिमो’ नआएपछि यो विषय त्यसै सेलाएको थियो। अर्थात् राजनीतिक भागबन्डाको खुला अभ्यासका  सूत्रपातकर्ता दाहाल हुन्। विडम्बना, प्रतिपक्षमा बस्दा भागबन्डाको विरोध गर्ने रास्वपाको राजदूत नियुक्ति मापदण्डसहित दरखास्त आह्वान गर्ने रणनीतिले यसलाई संस्थागत गर्न खोजेको छ।

गलत प्रचलन महसुस गरेपनि दलीय भागबन्डाको राजनीति रोक्ने मानसिकतामा दाहाल देखिएनन्। शासन प्रणाली  भद्रगोल बनाए पनि प्रधानमन्त्री पद टिकाएमा उपलब्धि हुने ठानेका छन्। संवैधानिक निकाय तथा न्यायपालिकामा समेत भागबन्डाबाट नियुक्ति हुने प्रचलनको निरन्तरता चाहन्छन्। लोकतान्त्रिक भविष्यमाथि पर्ने असरप्रति चिन्ता गर्दैनन्। क्षणिक राजनीतिक लाभबाट देश उभो नलाग्ने वास्तविकता थाहा पाए पनि उनले बुझ पचाएका छन्। त्रिविमा यस बेथिति अन्त्यको दाबी गरे पनि मूलधारको शासन प्रणालीमा यसलाई प्रवेश  गराउन चाहँदैनन्।
अर्को समाचार
निवर्तमान प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलाई कानुनी दायरामा ल्याउन माग
०५ असोज २०८२
•
१ मिनेट पाठ
निवर्तमान प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलाई कानुनी दायरामा ल्याउन माग
मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। शान्ति समाजले आइतबार जारी गरेको विज्ञप्तिमा हालैको राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे चिन्ता व्यक्त गर्दै सुशासनबिना शान्ति सम्भव नभएको उल्लेख गरिएको छ।




‘भ्रष्टाचार र कुशासनकै कारण मुलुकले ठुलो क्षति व्यहोर्नु परेको हो, यसका  जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग  गर्छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, प्रेस तथा नागरिक सम्पत्तिमा भएको आगजनी र तोडफोडमा संलग्नको पहिचान गरी दण्डित गर्नुपर्ने  जरुरी छ ।’ 

विज्ञप्तिमा प्रहरी तथा प्रशासनलाई राजनीतिक छायाबाट मुक्त गरी स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै शान्ति समाजले संवैधानिक तथा न्यायिक निकायमा दलगत भागबन्डाका आधारमा नियुक्ति पाएका व्यक्तिहरूले मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ।

समाजले अन्तरिम सरकारलाई समस्त नागरिकको अभिभावकको भूमिकामा रहन, संविधान र प्राप्त उपलब्धिहरू जोगाउन र छिटोमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस