बुद्ध, राहुल सांकृत्यायन र म्याथ्यु रिका
१० जेष्ठ २०८१
•
९ मिनेट पाठ
बुद्ध, राहुल सांकृत्यायन र म्याथ्यु रिका
आफूले जन्म लिएको परिवारको धार्मिक विश्वास वा मान्यतालाई नै सामान्यतः अनुशरण वा पालना गर्ने गरिन्छ भन्ने ठानिन्छ। तर कतिपय व्यवहारमा त्यस्तो पाइँदैन। भारतमा मुस्लिम परिवारमा जन्मेका मुमताज लाल श्रीमको परिचयबाट परिचित छन्, योग ध्यानको शिक्षा मात्र दिँदैनन्, हिमालयको यात्रा गर्छन्। ‘हिमालय वासी गुरुको साये मे एक योगीका आत्मचरित’ पुस्तकसमेत रचना गरेका छन्।




विश्वप्रसिद्ध पुस्तक ‘अटोबायोग्राफी अफ योगी’का रचयिता परमहंश योगानन्दका शिष्य राय युजिन डेविस हिन्दु परिवारमा जन्मेका थिएनन्। उनले ‘परमहंश योगानन्द जैसा मैंने उन्हे जाना’ भन्ने कृति नै लेखेका छन्। (उनले अंग्रेजीमा लेखेका कृतिको अनुवाद आशालता चौधरीले गरेकी छन्), उनी ‘स्पिरिचुअल अवेरनेस’ का संस्थापक पनि हुन् जसको मुख्यालय उत्तरपूर्वी जजिर्यामा छ भनिन्छ। फ्रान्समा जन्मेकी मिरा रिचर्ड स्वामी श्री अरविन्दको जीवनभर आध्यात्मिक सहायक भएर ‘मदर मिरा’ नामले विश्व प्रसिद्ध भइन्।

आध्यात्मिक बाटो आफैँले तय गरिन्छ वा अस्तित्वले नै त्यस्ता आध्यात्मिक पात्रलाई छान्ने गर्दछ यसको जवाफ त आध्यात्मिक चिन्तक वा ज्ञाताले मात्र दिन सक्छन् भन्ने लाग्दछ, राहुल सांकृत्यायन र भिक्षु म्याथु रिकाको जीवनको अध्ययन गर्दा त्यस्तै लाग्छ। राहुल भारतमा हिन्दु परिवार जन्मेका थिए भने म्याथु रिका फ्रान्सको क्याथोलिक परिवारका सन्तान थिए।  

मावली हजुरबुवाले उनलाई विभिन्न स्थानको विषयमा बताउने गर्थे। त्यसको प्रभाव उनको जीवनमा पर्‍यो भनेर जानकारहरू बताउँछन्। उनी सानैमा घर छाडेर भाग्छन्। उनको भगौडायनकै कारणले हुनुपर्छ, राम दुलारी देवीसँग केटाकेटीमै उनको अभिभावकले विवाह गरिदिन्छन्। सबैले ‘बडकी माई’ भनेर सम्बोधन गर्ने गरेको राम दुलारी अनन्त प्रतीक्षामा रहिन्। 
‘चरैवेति–चरैवेति’ भन्ने वाक्यको भाव राहुलको जीवनशैलीमा लागु भएको थियो। कहिल्यै एक ठाउँमा स्थित नभएर निरन्तर परिवर्तन भइरहने ‘घुम्मकड शास्त्र’ का लेखक राहुलको जन्म भारतको उत्तर प्रदेशको ‘पन्दहा’ (आजमगढ) मा मावली घरमा ९ अप्रिल १८९३ मा भएको थियो। बाबु गोवर्धन पाण्डे र आमाकुलवन्तीका चारजना छोरामध्ये उनी कान्छा थिए। उनको केदारनाथ पाण्डेको नाममा नामकरण गरिएको थियो। रामशरण पाठकको एकमात्र सन्तान उनकी आमा भएकाले बाल्यकाल मामाघरमा बित्यो जुनबेला उनको जन्म भएको थियो। त्यसबेला महात्मा गान्धी अफ्रिकामा थिए भने स्वामी विवेकानन्द ‘धर्म सभामा’ सहभागी हुन अमेरिकामा थिए। सन् १९६३ अप्रिल १४ मा मृत्युवरण गरेका राहुलको भनाइ नै थियो–

सैरकर दुनिया की गाफिल जीन्दगी फिर कहाँ।।  

जिन्दगानी गुर रही, तो नौजवानी फिर कहाँ।।

मावली हजुरबुवाले उनलाई विभिन्न स्थानको विषयमा बताउने गर्थे। त्यसको प्रभाव उनको जीवनमा पर्‍यो भनेर जानकारहरू बताउँछन्। उनी सानैमा घर छाडेर भाग्छन्। उनको भगौडायनकै कारणले हुनुपर्छ, राम दुलारी देवीसँग केटाकेटीमै उनको अभिभावकले विवाह गरिदिन्छन्। सबैले ‘बडकी माई’ भनेर सम्बोधन गर्ने गरेको राम दुलारी अनन्त प्रतीक्षामा रहिन्। तर राहुलले यो विवाह स्वीकार गरेनन्, सानैमा विवाह भएको कारण घरबाट भागे भन्ने गरिए पनि यथार्थमा त्यस्तो होइन, स्वभावका कारण भगौडा भएका हुन भन्ने कतिपयको भनाइ छ।

श्रीलंकामा रहँदा पाली, सिंहली भाषा र बौद्ध ग्रन्थको अध्ययन गरे । किसान तथा राजनीतिक आन्दोलनमा सहभागी भए, कांग्रेस भए, पछि कम्युनिस्ट बने। जेल परे। चारपल्ट तिब्बत गए दुर्गम बाटोबाट, बौद्ध दर्शनका दुर्लभ ग्रन्थहरू खच्चरमा बोकाएर ल्याए। 
मावली हजुरबुवा उनलाई कलेक्टर बनाउन चाहन्थे, त्यसैले उर्दु र अंग्रेजी पढ्नका लागि मदरसामा पनि पढे। आर्य समाजमा पनि बसेका उनी सन् १९१२ मा १९ वर्षको उमेरमा दुवै पाखुरामा शंचक्री मुद्रा डामेर उनी रामानुजी साधु राम उदार दास भए। सन् १९२९ तिर उनले आफ्नो नाम दामोदर साङकृत्यान लेख्न थाले (रोचक घिमिरे, सम्झनामा फक्रिएका थुँगाहरू)। पछि लखनउमा पञ्जाबका ब्राह्मण परिवारका भजन आनन्द कौशल्यान भिक्षु बनेर भोजानन्द भएका हुन्छन्, उनीसँग राहुलको भेट हुन्छ त्यसपछि बौद्ध साहित्य पढ्छन। दुवैजना श्रीलंका जान्छन्। तीन वर्ष बौद्ध दर्शन पढ्छन। ३७ वर्षको उमेरमा सन् १९३० मा श्रीलंकामा बौद्ध सम्प्रदायमा दीक्षित भएर भिक्षु बनेपछि उनको नाउँ राहुल सांकृत्यायन रहन गयो (ऐ. रोचक घिमिरे)।

बौद्ध साहित्यको गहन अध्ययन गरेका राहुलले धर्म, दर्शन, लोक साहित्य, इतिहास, राजनीति, जीवनी, पुरातत्व, संस्कृति आदि कुनै यस्तो विधा छैन जसमा उनले कलम चलाएको नहोस्। श्रीलंकामा रहँदा पाली, सिंहली भाषा र बौद्ध ग्रन्थको अध्ययन गरे । किसान तथा राजनीतिक आन्दोलनमा सहभागी भए, कांग्रेस भए, पछि कम्युनिस्ट बने। जेल परे। चारपल्ट तिब्बत गए दुर्गम बाटोबाट, बौद्ध दर्शनका दुर्लभ ग्रन्थहरू खच्चरमा बोकाएर ल्याए। त्यसरी ल्याएको सामग्री मित्र इतिहासविद् डा.काशीप्रसाद जयसवालको घरमा थन्काए। अहिले ती बिहार विश्वविद्यालयको पुस्तकालयमा छ भन्ने भनाइ छ।

उनी रुसको लेलिनग्रादमा जान्छन्, रुसी भाषा सिक्छन्, पुस्तकालय प्रमुख लोलासँग प्रेम हुन्छ। लोला गर्भवती हुँदा भारत आउँछन्। आन्दोलनको क्रममा जेल पर्छन्। पछि लोलाले छोरा पाउँछिन् जसको नाम इगोर राखिएको थियो। पछि आफूलाई टाइप गर्न सघाउने कमलासँग उनको वैवाहिक सम्बन्ध कायम हुन्छ।
राहुलले तिब्बती भाषाको कोश तयार गरे। त्यसपछि तिब्बती हिन्दी शब्दकोश तयार गरे। ‘महामानव बुद्ध’ लेखेका उनका अन्य कृतिहरूमा ‘वोल्गा से गंगा’, ‘मेरी जीवन यात्रा’, ‘बाइसवी सदी’, ‘घुम्मकड शास्त्र’, ‘लद्दाखकी यात्रा’, ‘किन्नर देश’, ‘ल्हासा की ओर’, ‘दिमागी गुलामी’, ‘दर्शन–दिग्दर्शन’, ‘मानव समाज’, ‘वैज्ञानिक भौतिकवाद’, ‘मध्य एशियाको इतिहास’लगायतका थुप्रै पुस्तक लेखे। अकबरको जीवनी लेखे। उनमा प्राज्ञिक इमानदारिता र इतिहासको सम्मानको प्रवृत्ति थियो।

उनी रुसको लेलिनग्रादमा जान्छन्, रुसी भाषा सिक्छन्, पुस्तकालय प्रमुख लोलासँग प्रेम हुन्छ। लोला गर्भवती हुँदा भारत आउँछन्। आन्दोलनको क्रममा जेल पर्छन्। पछि लोलाले छोरा पाउँछिन् जसको नाम इगोर राखिएको थियो। पछि आफूलाई टाइप गर्न सघाउने कमलासँग उनको वैवाहिक सम्बन्ध कायम हुन्छ। जसबाट छोरी जया र छोरा जेता जन्मन्छन्। महामना मदनमोहन मालवीयलगायत काशीका विद्वान्हरूले दिएको ‘महापण्डित’ उपाधिबाट थाहा हुन्छ–उनी शताब्दीकै दिव्य प्राज्ञ पुरुष थिए, जसले कुनै विश्वविद्यालयबाट उपाधि प्राप्त गरेका थिएनन्।

बौद्ध साहित्यको उत्खनन्मा महत्वपूर्ण योगदान पुर्‍याएका राहुलको अन्तिम अवस्थामा उनको साथमा नेपाली बौद्ध भिक्षु महानाम थिए। उनले नै बौद्ध पद्धतिअनुसार अन्त्येष्टि संस्कार गराए। 
रोचक घिमिरेको ‘महापण्डितको नेपाल सम्बन्ध’ भन्ने आलेख पढ्दा लाग्छ, नेपालसँग उनको कति गहिरो सम्बन्ध थियो भनेर। १५/१६ वर्षको किशोर वयमा प्रभाव पार्ने नेपाली थिए उमरपुरका परहंस बाबा जसको सम्बन्धमा कृतज्ञताका साथ प्रशस्त शब्द उनले खर्चेका छन्। जसको विस्तृत चर्चा गर्न सम्भव भएन। आश्चर्य लाग्नेखालको छ। पटक–पटक नेपाल आएका उनको सम्बन्ध हुने नेपालीहरूमा राजगुरू हेमराज, श्री ३ चन्द्रशमशेर, पाटनका बज्रदत्त वैद्य, चिनिया लामा, (उनको घरमा तिब्बतका धर्म गुरु डुक्पासँग भेट) असनका धर्ममान साहू, मृगेन्द्रशमशेर, केशरशमशेर, मोहनशमशेर, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, केदारमान व्यथित, धर्मरत्न यमी आदि थिए। ईश्वर बल्लभका बाबु पण्डित मुरलीधर भट्टराईसँग भने कटाक्ष परेको प्रसङ्ग निक्कै रोचक छ। 

बौद्ध साहित्यको उत्खनन्मा महत्वपूर्ण योगदान पुर्‍याएका राहुलको अन्तिम अवस्थामा उनको साथमा नेपाली बौद्ध भिक्षु महानाम थिए। उनले नै बौद्ध पद्धतिअनुसार अन्त्येष्टि संस्कार गराए। त्यसक्षणको वर्णन अत्यन्त मार्मिक लाग्छ। पद्मभुषण पुरस्कारले सम्मानित राहुलका कालजयी कृतिले उनलाई जीवन्त बनाएका छन्।

त्रिविमा स्नातकोत्तर तहमा गणित विषय पढाउने पौडेलको छापाखाना व्यवसाय पनि थियो, यसै मेसोमा छपाइकै कारण लोचपा पुण्यप्रसाद पराजुली र म्याथु रिकासँग भेट हुन्छ। विश्वव्यापीरूपमा प्रसिद्ध उक्त पुस्तक अनुवाद गर्ने उत्प्रेरणा संन्यासी बाबुका छोरा भएकाले पनि पौडेलमा भएको हो कि भन्ने लाग्छ। 
बुबा जाँ फ्राँ–स्वाँ हवेल र छोरा म्याथु रिकाको सम्वादमा आधारित पुस्तक ‘द मङ्क एन्ड द फिलोसफर’ को नेपाली अनुवाद ‘भिक्षु र दार्शनिक’ गुहनाथ पौडेलले गरेका छन्। अनुवादक पौडेलका पिताले पं. नयराज पन्तको सान्निध्यतामा लामो समय बिताएका थिए। जीवनको उत्तरार्धमा संन्यास ग्रहण गरेर ज्ञानानन्द पुरीको नामले जीवन बिताएको कुराले यो कस्तो संयोग हो भन्ने पनि लाग्यो। त्रिविमा स्नातकोत्तर तहमा गणित विषय पढाउने पौडेलको छापाखाना व्यवसाय पनि थियो, यसै मेसोमा छपाइकै कारण लोचपा पुण्यप्रसाद पराजुली र म्याथु रिकासँग भेट हुन्छ। विश्वव्यापीरूपमा प्रसिद्ध उक्त पुस्तक अनुवाद गर्ने उत्प्रेरणा संन्यासी बाबुका छोरा भएकाले पनि पौडेलमा भएको हो कि भन्ने लाग्छ। २०६८ सालमा प्रकाशित कृति त्यसबेला २३ भाषामा अनुवाद भइसकेको छ।

दार्शनिक बाबु जाँ फ्रा–स्वा हवेल तथा कलाकार आमा यान्हला तुमलाका छोरा म्याथु रिकाको जन्म फ्रान्समा सन् १९४७ मा भएको थियो। उनको परिवार क्याथोलिक धर्ममा विश्वास राख्थ्यो। उनले कोषहरूको आनुवांशिकी विषयमा विद्यावारिधि हासिल गर्छन्। सन् १९७२ मा भारत आउँछन् र बौद्धभिक्षु काग्युर रिम्पोछेलाई भेट्छन्। दिल्गो खेन्चो रिन्पोछेका निकटवर्ती शिष्य भएर रहन्छन्।

 बुद्ध जयन्तीको दिन १८ औं  शताब्दीका बौद्ध गुरु शान्तिदेवले भनेको भनाइ पुस्तकबाट साभारयुक्त लाग्यो–संसारमा भएका सबै आनन्द अरूको सुखको चाहना गरेर नै आएको हो,संसारमा भोग्नुपरेको सबै दुःख आफ्नै मात्र सुखको खोजीमा लागेर काम गर्नुको फल हो।
बाबु र छोराको बीचमा सम्वादका रूपमा रहेको कृतिमा वैज्ञानिक अनुसन्धानदेखि आध्यात्मिक खोजसम्म, बौद्ध धर्म वा दर्शन, चित्तको विद्या, यथार्थको खोजी बौद्ध अध्यात्मवाद, हिंसाको मूल पछ्याउँदै, बौद्ध धर्मको अवनति र पुनरुत्थान, बौद्ध धर्म र मरण वैयक्तिक प्रधानता, बौद्ध धर्म र मनोविश्लेषणलगायतका विषयमा चर्चा गरिएको छ।

बुद्ध धर्म सम्बन्धमा कुनै ज्ञान नभएका लागि पनि पुस्तक ज्ञानप्रद् छ। यस्ता कृतिहरूको जानकारी बौद्धधर्मप्रति जिज्ञासु र खोजी गर्नेहरूले जानकारी पाउनुपर्छ भन्ने लाग्यो। बुद्ध जयन्तीको दिन १८ औं  शताब्दीका बौद्ध गुरु शान्तिदेवले भनेको भनाइ पुस्तकबाट साभारयुक्त लाग्यो–संसारमा भएका सबै आनन्द अरूको सुखको चाहना गरेर नै आएको हो,संसारमा भोग्नुपरेको सबै दुःख आफ्नै मात्र सुखको खोजीमा लागेर काम गर्नुको फल हो।

म्याथु नेपाल आउँदा बौद्ध नजिकै शेछेन गुम्बामा बस्छन्। तर उनका पुस्तक ‘जर्नी अफ इन्लाइटमेन्ट’, ‘दि क्वान्टम एन्ड द लोटस’ ‘ह्यापिनेस’, ‘ह्वाइ मेडिटेट’ आदि पुस्तक लेखेका छन्। 
बाल स्वभावका प्राणी आफ्नै लागि मात्र हेर्छन्, बुद्धहरू अरूकै भलाई गर्ने प्रयत्न गर्छन्।

कृतिको अन्त्यमा भिक्षुले भनेका छन्– ‘अनुभव नै मार्ग हो।’ बुद्धले बारम्बार भन्नुभए जस्तै ‘अनुशरण गर्ने तिमीमा नै भर पर्छ। कुनै दिन सन्देशबाहक नै सन्देश बन्न सक्छ।’

म्याथु नेपाल आउँदा बौद्ध नजिकै शेछेन गुम्बामा बस्छन्। तर उनका पुस्तक ‘जर्नी अफ इन्लाइटमेन्ट’, ‘दि क्वान्टम एन्ड द लोटस’ ‘ह्यापिनेस’, ‘ह्वाइ मेडिटेट’ आदि पुस्तक लेखेका छन्। बुद्ध जयन्तीको अवसरमा म्याथु रिकालाई नमन, राहुल सांकृत्यायनलगायत सबै भिक्षुमा नमन। गुहनाथ पौडेल र अनुवादमा सेतुको भूमिका निर्वाह गर्ने लोचवा पुण्यप्रसाद पराजुलीप्रति आभार।
अर्को समाचार
बुद्ध पूर्णिमा : जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ
२९ वैशाख २०८२
•
९ मिनेट पाठ
बुद्ध पूर्णिमा : जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ
एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम सुनेरै मानिसहरू तर्सिन्थे । उनको क्रूरतालाई सदाका लागि बन्द गर्न कोशल देशको भारदारीसभाले अङ्गुलिमाललाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो । 




यसबाट व्यग्र बनेकी माता छोरोलाई अन्तिम चोटि आफ्नै आँखा सामुन्ने हेर्न चाहन्थिन् । तिनले भेट्न नपाउँदै बुद्ध अङ्गुलिमालको अगाडि देखा पर्नुभयो । श्रावस्तिमा भिक्षाटन पछि अङ्गुलिमाल भएकै जङ्गलको बाटोबाट फर्कन खोज्दा त्यहाँ खेतमा काम गरिरहेका किसानहरूले बुद्धलाई उक्त बाटो भई नजान सल्लाह दिएका थिए तर, उहाँले मान्नुभएन । 

अङ्गुलिमाल एक व्यक्तिको मात्रै प्रतीक्षामा थिए । जो कसैलाई मारेर एक औँठा मात्रै जुटाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नामा थिए र एक हजार औँठा जम्मा पार्ने उसको वर्षौंसम्मको अभियान सफल हुँदै थियो । बुद्धलाई देखेपछि आफ्नो उद्देश्य अब पूरा हुने भयो भन्ने ठानेर ऊ बुद्धलाई भेटाउन पछि पछि कुद्न थाल्यो । जति कुँदे पनि भेटाउन नसकेपछि त्यो पुरुष को होला भन्ने कूतुहल उसमा जाग्यो र सोध्यो – “तिमी को हौ ? अडिनू ।” 

उनले अगाडि भने, “म देखेर अलि कति पनि डराएनौँ । म कुदेकोकुद्यै छु र थाकिसकेँ पनि । तिमी थाकेका छैनौँ । आत्तिएका पनि छैनौँ । यसअघि मेरो सामुन्ने कसैले उभिनसम्म हिम्मत गर्न सक्दैनथे ।” प्रत्युत्तरमा बुद्धले भन्नुभयो, “म कुदेको छैन । तिमी पो यो संसारमा लगातार कुदिरहेका छौँ । भागदौड गरिरहेका छौँ । क्षणिक सुखका लागि आफैँलाई दुःखको भूमरीमा धकेलिरहेका छौँ । सोच त, तिमी त वास्तवमै अहिंस्रक हौ नि !”

तीक्ष्ण बुद्धिका अङ्गुलिमाललाई तत्क्षण नै होस जाग्यो कि उसले मूर्खतावश यी सब नकाम गरिरहेको छु भनेर । उनलाई बुबाआमाले राखिदिएको नाम अहिंस्रक थियो । आफ्नो कुकर्मप्रति उनलाई भयङ्कर पश्चाताप र ग्लानि भयो । बिना विलम्ब उनले बुद्धसामु भिक्षु बन्न अनुनय गरे र उनी भिक्षु भए । उनकी आमा मारिनबाट बचिन् । जन्म दिने आमाको हत्या गर्नबाट अङ्गुलिमाल बच्यो । त्यसभन्दा ठूलो कुरा अङ्गुलिमालले हिंसालाई त्याग्यो र मुक्तिको मार्ग भेट्टायो । 

बुद्धले बुद्धत्व लाभ गर्नुभएपछि बहुजन हित बहुजन सुखका लागि ४५ वर्षसम्म गाउँ–गाउँ सहर–सहर घुम्नुभयो । विश्राम लिनु भएन । क्षणिक सुखका पछाडि नदौडेर स्थायी सुखको खोजीमा लाग्न दुःखीजनलाई उत्प्रेरणा दिँदै हिँड्नुभयो । बाटो देखाउँदै अघि बढिरहनुभयो । मेरो शरणमा आउ, म मुक्ति दिलाइदिन्छु भनेर बुद्धले आफूकहाँ आउने कसैलाई पनि कुनै आश्वासन दिनुभएन ।

सांसारिक सुख, वैभव, पद वा प्रतिष्ठाका लागि दिनरात नभनी भागदौड गरिरहेका अज्ञानीजनलाई सांसारिक वस्तु सबै क्षणभङ्गुर छन्, नाशवान् छन्, परिवर्तनशील छन्, त्यसैले ती अनित्य हुन् भन्ने ज्ञान बाँड्नुभयो । जुन अनित्य हुन्, ती सुखकर हुँदैनन्, दुःखदायी हुन्छन् । अनित्य र दुःखदायी वस्तु ‘म’ र ‘मेरा’ हुन सक्दैनन्, त्यसकारण अनात्म हुन् । त्यसमाथि कसैको पनि वश चल्दैन । ती शाश्वत र अजर अमर भएर रहन सक्दैनन् । अनित्य, अनात्म र  दुःखदायी कुराहरू त्यसकारण त्याज्य छन् भन्ने जीवन दर्शनलाई उहाँले जीवनको अन्तिम क्षणसम्म पनि जनसाधारणलाई सम्झाउँदै बुझाउँदै हिँड्नुभयो ।

बुढ्यौलीले जर्जर भइसकेको आफ्नो शरीरलाई थोत्रो गाडाजस्तो ठान्नु हुने उहाँले आफ्नो शरीरलाई त्यागेर महाप्रस्थान गर्न लाग्दाको अन्तिम घडीसम्म पनि विश्राम लिनुभएन । यो दौड उहाँको बुद्धचर्या थियो, जुन मैत्री र करुणाले ओतप्रोत थियो । अशक्तावस्थामै सुभद्र नामका एक जिज्ञासु बुद्धलाई भेट्न पाउँ भनेर जिद्दी गर्दै थिए । उनले संसारमा बुद्धको दर्शन अत्यन्त दुर्भल हुन्छ भनेर आफ्नै गुरुको मुखबाट सुनेका रहेछन् । भिक्षुहरूले देह त्याग्ने अन्तिम घडीमा कष्ट हुन्छ भनेर बुद्धसामु जानबाट रोकिरहेका थिए । तर, आफूकहाँ आएर प्रश्न राख्ने उत्कट चाहना बोकेर आएका सुभद्रलाई बुद्धले नरोक्न भन्नुभयो । 

सुभद्रको प्रश्न थियो, “संसारमा सबैले आ–आफ्नै धर्म–सम्प्रदाय सर्वश्रेष्ठ छ भन्ने गर्छन् । सर्वश्रेष्ठ धर्म–सम्प्रदाय छुट्याउने कसी के होला ?” बुद्धको जवाफ थियो, “जुन धर्म विनयमा आर्य अष्टांगिक मार्ग हुुँदैन, त्यस धर्म विनयमा श्रमण (भिक्षु) हरू हुँदैनन् । जुन धर्म विनयमा आर्य अष्टाङ्गिक मार्ग हुन्छ, त्यहाँ श्रमणहरू हुन्छन् । अरु धर्म विनयमा श्रमणहरू छैनन् । श्रमणहरूले राम्रो धर्माचरण गरी बसे भने यस लोकमा अर्हत (मुक्त पुरुष)हरू बिलाउने छैनन् ।” 

बुद्धले वैराग जगाउने धर्म–सम्प्रदाय श्रेष्ठ हुन्छ भनी आफ्नो अभिमत जाहेर गर्नुभएको हो । धर्मको नाममा गरिने नाना थरिका व्रत, यज्ञ, उपवास, मूर्ति पूजा वा ईश्वरको शरणले मुक्ति नदिने बरु मुक्तिका लागि कसैको भर नपरी आफ्नो ज्योति आफैँ बन्ने, होसपूर्वक जिउने दर्शन अँगाल्न त्यतिखेरको समाजलाई बुद्धले उत्प्रेरणा दिनुभएको हो । यही धर्माचरणले मुक्ति दिलाउने हो । त्यो दर्शन मार्ग आर्य अष्टाङ्गिक मार्ग हो, जसमा शील, समाधि र प्रज्ञा समाहित छ । बुद्धका अनुसार सुख र स्वर्गको कामना नगर्ने वितरागी नै सच्चा श्रमण हुन् । 

बुद्धको यस उपदेशबाट सुभद्र मुक्त पुरुष भए । उनी बुद्धसँग अन्तिम संवाद गरी अर्हत लाभ गर्ने सौभाग्यशाली अनुयायी बने ।  “म निर्वाण भएपछि अब हामीलाई सिकाउनु हुने गुरु रहेनन् भन्ने तिमीहरूलाई लाग्न सक्छ । अलमल नहुनू । आजसम्म मैले धर्म र विनयका बारे जे जति प्रज्ञप्ति गरेको छु ती सबै नै तिमीहरूका शास्ता हुन् भनेर सम्झिनू” उहाँले भिक्षु सङ्घलाई यसरी मार्गनिर्देश गर्नुभयो । यसअघि पनि उहाँले आफ्ना सेवक भिक्षु आनन्दसँगको संवादमा “अब मैले बताउन बाँकी कुनै विषय रहेन, मसँग आचार्यमुष्ठि छैन” भनेर भन्नुभएको थियो । आफूले तीन महिनापछि देहत्याग गर्नेछु भनेर घोषणा गरेको दिन उहाँले यो भेद खोल्नुभएको थियो । बुद्धको यस कथनबाट आफ्ना अनुयायी भिक्षुहरूलाई कस्तो प्रकारबाट ज्ञान बाँड्ने वा मार्ग निर्देशन दिने गर्नुहुन्थ्यो भन्ने थाहा लाग्छ ।  

निर्वाणमा जान अब धेरै समय बाँकी नरहेको भाव प्रकट गर्दै उहाँले धर्म र विनयबारे कुनै दुविधा वा शङ्का भए सोध्न एकत्रित भिक्षु सङ्घलाई भन्नुभयो । कसैबाट प्रश्न आएन । दोस्रो र तेस्रो चोटि पनि उहाँले यही कुरा दोहो¥याउनुभयो । तर, सबै भिक्षु मौन बसे, कसैले प्रश्न सोधेन । तत्पश्चात् उहाँले भिक्षुहरूलाई सम्बोधन गर्दै अन्तिम उपदेश दिनुभयो,“सबै संस्कार अनित्य भएको बुझेर अप्रमाद भई कुशल धर्म सम्पादन गर्नू ।”

बुद्धले सदैव होशपूर्वक जीवन जिउन सम्झाउनुभयो । काय, वाक् र चित्तको विशुद्धिमा जोड दिनुभयो । मानसिक विकार र क्लेश क्षय गर्न घच्घच्याई रहनुभयो । कुशल कार्य गरी पुण्य सञ्चय गर्न र मानसिक सन्ताप एवं दौर्मनस्य उत्पन्न गर्ने अकुशल कर्मबाट बचेर रहन सचेत गरिरहनुभयो । त्रिविष (लोभ, द्वेष र मोह)मा  लिप्त नभई अलोभ, अद्वेष र अमोह (प्रज्ञा चक्षु) को आश्रय लिन उपदेश दिइरहनुभयो । सांसारिक भोगविलाशमा लिप्त रहने मानिसलाई फलामलाई उसैबाट उब्जेको खियाले खाए जस्तै दुर्गतितिर धकेल्ने बुद्धोपदेश सबैका लागि मननीय छ । उहाँको अर्को उपदेश थियो, शरीरलाई कष्ट दिएर हठचर्या नगर्नू ।

लोभले लालायित, द्वेषले दग्ध र वासनाले वसिभूत अनार्य पृथग्जनलाई बुद्धले आफ्नो जीवनकालमा मूलतः दुई कुरा सिकाउनुभयो– दुःख र दुःखबाट मुक्ति । जन्मनु, बुढो हुनु, रोगी हुनु, मर्नु, अप्रियसँगको सहबास, प्रियसँगको विछोड, इच्छित वस्तुको अप्राप्ति सबै दुःख हुन् । यो चतुर्महाभूतले बनेको हाडछालाको शरीर रहेसम्म यी दुःखकष्टले सताइरहन्छ । यो शरीर रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानको पुञ्ज हो । यो पुञ्ज नश्वर छ र व्याधि तथा दुःखको खानी हो । शरीर (रूप)मा उत्पन्न हुने दुःखद् वा सुखद् वेदनाहरू अनित्य प्रकृतिका छन्, दुःखदायी छन् । चित्त (विज्ञान) चञ्चल र अनित्य प्रकृतिको छ र यसले हरपल सताइरहन्छ । अविद्याले मूढ र तृष्णाले अन्धो बनेका मानिस क्षणिक सुखका लागि रातदिन भौँतारिरहेका हुन्छन् । दुःखैदुःखले भरिएको यो संसार देखेर उ वाक्कदिक्क छ तर अनित्यतालाई बुझ्न चाहँदैन, चाहे पनि उसलाई फुर्सद छैन । 

शारीरिक कष्ट, मानसिक तनाव, वेदना–विरह, अहंकार, जलन, ईर्ष्याले उकुसमुकुस यो संसारको दुःख स्वभाव र अनित्य स्वभावलाई बुझेर यसबाट मुक्ति पाउने उपाय खोजी हिँड्ने मानिसलाई तृष्णाले सताउँदैन, वासनाले अँठ्याउँदैन, सोही प्रज्ञानका कारण उ शान्त र धैर्यवान् हुन्छ । मानिस सुखद् अनुभूतिको चाह राख्छ, अप्रिय अनुभूतिको तिरस्कार गर्छ । जतिसुकै सुन्दर रुप होस्, जतिसुकै कर्णप्रिय आवाज होस्, जतिसुकै सुगन्धित बास्ना होस् वा स्वादिलो भोजन होस् ती सबै उत्पत्ति भई निरोध भएर जाने धातु स्वभाव मात्रै हुन्, सधैंभरि रहिरहने होइनन् । 

त्यसकारण अनित्य स्वभावका त्यस्ता वस्तुसँग टाँस्सिएर बस्नु व्यर्थ छ । मानव देह, वेदना र चित्तलाई यसरी नै फारिफारिकन हेर्न र बुझ्न सकियो भने ‘म’ र ‘मेरो’ भन्ने दृष्टि विलुप्त भएर जान्छ । परमार्थ सत्य साक्षात्कार हुन्छ । यस्तो सत्य अन्यत्र खोज्नु आवश्यक छैन, आफ्नो शरीरमै नियाल्ने हो भनेर भन्नु हुने बुद्धलाई त्यसकारण ‘विभज्जवादी’ भनेर पनि सम्बोधन गर्ने गरिन्छ । 

यो शरीर म हुँ, यी मेरा हातखुट्टा हुन्, यी मेरा सन्तान हुन्, यी मेरा जमिन जायदात हुन्, यी मेरा दुस्मन हुन् भन्ने आत्मभाव (सत्काय दृष्टि) लाई हामी जहिलेसम्म बोकिरहन्छौँ, दुःखका शृङ्खला टुट्दैन । यस्तो मिथ्या दृष्टि रहेसम्म भवमा प्राणीको आवागमन निरन्तर चलिरहन्छ । बुद्धका सच्चा अनुयायीहरू प्रथमतः सत्काय दृष्टिलाई जरैदेखि उखेलेर फ्याँक्न प्रयत्नशील रहन्छन् । जो छँदै छैन, प्रज्ञप्ति मात्रै हुन्, पञ्चस्कन्ध (नाम र रूप) को पुञ्ज मात्रै हुन्, लाई अज्ञानता र तृष्णाको जालोमा फँसेका मानिस ‘म’ र ‘मेरो’ भन्दै बलियोसँग पक्डेर बसेका छन् । सम्यक दृष्टि वा ज्ञानचक्षु नभएर मानिस त्यसरी दिग्भ्रमित भएका हुन् । ज्ञानचक्षु उदय भएमा मात्रै मानिस बुँख्याचालाई मानव हैन बुँख्याचा मात्रै हो भनेर ठम्याउन समर्थवान् हुन्छ ।

बुँख्याचालाई मानव सम्झेर गर्ने यही महाभूलले मानिसलाई भव चक्रमा धकेल्छ । यस्तो बुझाइ नै मिथ्या दृष्टि हो भनेर बुद्ध दर्शनले हामीलाई सिकाउँछ । मानिसलाई भव चक्रमा बाँधिराख्ने दश भव संयोजनमध्ये सत्काय दृष्टि पहिलो र सबैभन्दा बलशाली बन्धन हो । ‘अर्हत’ भनेका यिनै दश संयोजन वा बन्धनलाई चुँडालिसकेका मुक्त पुरुष हुन् । विचिकित्सा (अनावश्यक शङ्का), शीलव्रतपरामर्श (अन्धविश्वास), कामराग (वासना), पटिघ (अरुप्रतिको दुर्भावना), रूपराग (रुप भुवनको चाहना), अरूपराग (अरुप भुवनको चाहना), मान (घमण्ड), औद्धत्य (चित्तको चञ्चलता), अविद्या (अज्ञानता) बाँकी नौ बन्धन हुन् । 

ममकार र अहंकारले सिर्जना गर्ने यो लोभी संसारलाई यही साढे तीन हातको शरीरभित्र राम्ररी नियालेर बुझ्ने प्रयास गर्न महामानव बुद्धले सिकाएर जानुभएको छ । कसैको लहलहैमा नलागी आफ्नै विवेकको कसीमा घोटेर हेर्दा सही जँचे मात्रै कुनै वाद वा सिद्धान्तलाई स्वीकार्नु भन्ने उहाँको उपदेशमा त्रास, धम्की र प्रलोभन फेला पर्दैन, बरु चिन्तन–मन्थनमा त्यो हदसम्मको स्वतन्त्रता प्राप्त छ । बेहोशीमा हजारौँ हजार वर्ष जिउनुभन्दा होशपूर्वक एक दिन जिउनु उत्तम हो भनेर सिकाउनु हुने उहाँ महामानव बुद्धको परिनिर्वाण मात्र हैन, लुम्बिनी उपवनमा राजकुमार सिद्धार्थको जन्म र उरुबेला बुद्धगयामा उहाँलाई बोधिज्ञान लाभ पनि  वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) कै दिन भएकाले विश्वभरका बौद्धहरूको लागि यो दिनको अत्यन्तै ठूलो महत्व छ । 
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस